राजनीति

प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छः मन्त्री भट्ट

प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छः मन्त्री भट्ट

राजनीति
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार भएको बर्ताएका छन् । प्रेस सङ्गठन नेपाल, सुदूरपश्चिम प्रदेशले आज आयोजना गरेको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश इञ्चार्ज भट्टले नेपालको संविधानमा प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने भनी उल्लेख भएका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको सिफारिश गर्नुभएको बताएका छन् । उनले प्रश्न गर्दै भने, “संविधानमा प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने स्पष्ट लेखिएको छ, सरकारले काम गर्न नसक्ने स्थिति आएपछि र देशमा समस्या आइपरेमा ताजा जनादेशका लागि जनता माझ जान्छु भन्दा अरुको टाउको दुखाइ किन रु” उनले प्रधानमन्त्रीको कुर्सी नपाउँदा केही नेतालाई निद्रा लाग्न छोडेको टिप्पणी गरे । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले पद नप...
संयुक्त आन्दोलनमा गए कांग्रेसलाई घाटा हुन्छ : शशांक कोइराला

संयुक्त आन्दोलनमा गए कांग्रेसलाई घाटा हुन्छ : शशांक कोइराला

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले संयुक्त आन्दोलनमा कांग्रेसले कसैसँग मिल्न नहुने बताएका छन् । सोमबार पूर्वप्रधानमन्त्री सुशील कोइरालाको छैटौं स्मृति दिवसको अवसरमा सुशील कोइराला सोसलिस्ट युथ सर्कलले काठमाडौंमा गरेको संकटमा संविधान विषयक विचार गोष्ठीमा बोल्दै महामन्त्री कोइरालाले कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्नु नहुने बताएका हुन् । नेपाली कांग्रेसको आफ्नै विचार र अस्तित्व भएका कारण संयुक्त आन्दोलनमा जानु नहुने उनको भनाइ छ । संयुक्त आन्दोलनमा गए कांग्रेसलाई घाटा हुने उनको भनाइ थियो । महामन्त्री कोइरालाले आफ्नो कार्यकर्ताहरुलाई समेटेर एकजुट बनाएर लिएर जान सके कांग्रेसको भविष्य उज्ज्वल रहेको उनले बताए ।...
संवैधानिक इजलासमा भोलि बहस नहुने

संवैधानिक इजलासमा भोलि बहस नहुने

section, राजनीति
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा मंगलबार सुनुवाइ नहुने भएको छ । पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार सुनुवाइ नहुने भएको प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराले जानकारी दिए । प्रधानन्यायाधीश जबराका अनुसार बुधबारदेखि निरन्तर बहस हुनेछ । सरकारको सिफारिसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरुद्ध परेका एक दर्जनभन्दा बढी रिटमा निरन्तर सुनुवाइ भइरहेको छ ।...
ओली रक्षात्मक बाटोतिर गइसकेको प्रचण्डको दावी

ओली रक्षात्मक बाटोतिर गइसकेको प्रचण्डको दावी

Featured, राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी ओली रक्षात्मक बाटोतिर गइसकेको दावी गरेका छन्। सोमबार काठमाडौंमा आयोजित आफू निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन प्रथम राष्ट्रिय परिषद बैठकमा अध्यक्ष प्रचण्डले नारायणहिटी संग्राहलय अगाडि ३५ हजार पनि मानिस सहभागी नभएपछि प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओली रक्षात्मक अवस्थामा गइसकेको बताए । 'केपी ओली अब रक्षात्मक हुनेतिर गइसके। उनीहरु डिफेन्सिप हुने वातावरण बनिसक्यो,' उनले भने। उनले वातावरण विस्तारै सकारात्मकतिर गएको र यसले प्रतिक्रान्तिकारीहरुलाई हराइ छोड्ने बताए। अध्यक्ष प्रचण्डले माघ २३ गते गरेको जनप्रदर्शनमा ३५ हजार बढी मानिस सहभागी नभएपछि प्रधानमन्त्री ओली रक्षात्मक अवस्थामा गइसकेको दावी गरेका हुन्। 'ओलीले माघ २३ गते काठमाडौंमा गरेको जनप्रदर्शनमा ३ लाख जनता उतार्ने...
निर्माण व्यवसायीका माग सम्बोधन गर्न प्रतिबद्ध छुः अर्थमन्त्री पौडेल

निर्माण व्यवसायीका माग सम्बोधन गर्न प्रतिबद्ध छुः अर्थमन्त्री पौडेल

राजनीति
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीका माग सम्बोधन गर्न सरोकार भएका निकायसँग छलफल गर्ने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री पौडेलले व्यवसायीका केही माग अर्थ मन्त्रालयसँग पनि सम्बन्धित रहेकाले समाधान खोजिने प्रतिबद्धता जनाए । त्यस्तै केही माग भने मन्त्रिपरिषद्बाटै निर्णय गर्नुपर्ने खालका रहेको उनको भनाइ थियो । सार्वजनिक खरीद नियमावली नै संशोधन गरी निर्माण व्यवसायीका माग सम्बोधन गर्न पनि महासङ्घ नेतृत्वले अर्थमन्त्री पौडलेको ध्यानाकर्षण गराएको छ । महासङ्घ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले धरौटी रकम, म्याद थप, डिजेलमा लागेको मूल्य अभिवृद्धि कर फिर्ता, जरिवाना, ब्याज र थप दस्तुर छुटलगायतका विषयमा मन्त्री पौडेलको ध्यानाकर्षण गराउँदै समस्या समाधानका उपायसमेत पेश गरेको छ । कोभिड–१९ को असरले गर्दा निर्माण क्षेत्रमा नगद...
केपी ओली संविधान कुल्चेर इतिहासमै कलंकित बने : प्रचण्ड

केपी ओली संविधान कुल्चेर इतिहासमै कलंकित बने : प्रचण्ड

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेपालको संविधान कुल्चेर इतिहासमा कलंकित भएको बताएका छन् । काठमाडौंमा आज आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले केपी ओली प्रतिगमनको बाटोमा हिँडेको आरोप लगाए । साथै प्रचण्डले आफू शान्ति र स्वतन्त्रताको पक्षमा उभिँदा आफूहरुको जित भएको र केपी ओलीको हार भएको समेत दाबी गरे । कार्यक्रममा बोल्दै प्रचण्डले आफूहरू पदका लागि सडकमा नआएको दाबी गरे । उनले विचारका निम्ति पार्टीभित्र संघर्ष गर्नुपर्ने अवस्था आएको जिकिर गरे । ‘केपीसँग परेको प्रधानमन्त्रीको निम्ति लडाइँ परेको हो पनि भन्छन्, यो सबै केपी र केपीका गुटका मान्छेले गरेको षडयन्त्र हो, हामी विचारका निम्ति, सिस्टमका निम्ति लडेको हो,’ उनले भने । ‘हाम्रो आन्दोलनलाई र विचारलाई बदनाम गर्न षडयन्त्र भएको हो,’ प्रचण्डले भने, ...
चोइटी गएको केपी ओलीसँग आसेपासे हनुमान र ‘बा’ भन्नेहरु मात्रै छन् : माधव नेपाल

चोइटी गएको केपी ओलीसँग आसेपासे हनुमान र ‘बा’ भन्नेहरु मात्रै छन् : माधव नेपाल

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले गणतन्त्र समाप्त पार्नेविरुद्ध निरन्तर आन्दोलनमा रहेकाे बताएका छन् । अखिल नेपाल शिक्षक संघको प्रथम राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपामा देखिएकाे अहिलेकाे विवाद गणतन्त्र समाप्त पार्नेविरुद्धको लडाइ भएकाले ओली र आफ्नो निजी नभएको बताए । समावेशीता अझै राम्रो ढंगले कार्यन्वयन गराउन खोज्ने र खारेज गर्ने बिच अहिले द्वन्द्व देखिएको उनको भनाई थियो। प्रधामन्त्री केपी ओलीसँग नेता नै नभएको आरोप पनि उनले लगाए। 'चोइटी गएको केपी ओलीसँग आसेपासे र हनुमान र 'बा' भन्नेहरु मात्रै छन्। त्यहाँ क्रान्तिकारी छैन्। त्या साइवर सेना मात्रै छन्। असल मानिसहरु सबै हामीसँग छन्,' उनले भने। भ्रममा परेर ओली समूहमा लागेकालाई पनि आफ्नै समूहमा ल्याउनुपर्ने उनको भनाई थियो। उनीहरुलाई ओली समूहमा लागको भनेर तिरस्कार गर्न नहुने नेपा...
नेकपा विवाद टुङ्गाे लगाउने जिम्मा ओलीले नियुक्त गरेका निर्वाचन आयुक्तलाई

नेकपा विवाद टुङ्गाे लगाउने जिम्मा ओलीले नियुक्त गरेका निर्वाचन आयुक्तलाई

राजनीति
काठमाडाैं । प्रतिनिधि सभा विघटनसँगै दुई धारमा देखिएकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पार्टीको नाम र चुनाव चिह्नको विवाद छानबिन गर्ने जिम्मेवारी निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पाएका छन् । निर्वाचन आयोगले भण्डारीलाई निर्वाचन आयुक्तको शपथ लिएकै दिन अर्थात् गत बुधबार नै जिम्मेवारी दिएको आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिए। आयुक्त भण्डारीलाई प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले नै नियुक्त गरेका हुन् । सूचना अधिकारी अर्यालका अनुसार आयोगमा आयुक्तहरुको जिम्मेवारी बाँडफाँट भएको छ । जिम्मेवारी बाँडफाँटका क्रममा राजनीतिक दलको विवाद निरुपण गर्ने राजनीतिक दल नियमन र अभिलेख व्यवस्थापन शाखाकाे जिम्मेवारी भण्डारीलाई दिइएकाे हाे । पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमपछि नेकपा विभाजित अवस्थामा छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–...
भागरथी हत्या प्रकरण : परिवारलाई राहत र अपराधी पक्राउ गर्न गृहमन्त्रीको ध्यानाकर्षण

भागरथी हत्या प्रकरण : परिवारलाई राहत र अपराधी पक्राउ गर्न गृहमन्त्रीको ध्यानाकर्षण

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेतृहरूले गृहमन्त्री रामवहादुर थापा ‘बादल’लाई भेटेर बलात्कारपछि हत्या गरिएकी किशोरी भागरथी भट्टका परिवारलाई न्याय दिन र अपराधीलाई कानूनको दायरामा ल्याउने विषयलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेका छन् । राष्ट्रियसभा सदस्य डा. विमला राई पौडेल, पार्वती रावल, उदया शर्मा र विघटित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले सोमवार गृहमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएका हुन् । हत्यारा पत्ता लगाई कडा सजाय दिन, परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न आफूहरूले गृहमन्त्रीको ध्यानाकर्षण गराएको सांसद राईले बताइन् । महिला नेताहरूले यस्ता घटना पुनः दोहोरिन नदिन सुरक्षालाई अझ चुस्त बनाउनसमेत ध्यानाकर्षण गराएका छन् । भेटमा गृहमन्त्री थापाले अनुसन्धानमा कुनै कमी नरहने र दोषीलाई चाँडै पत्ता लगाएर कडा कारबाही गरिने आश्वासन दिएका छन् । उनले पीडित परिवारलाई अविलम्ब...
संवैधानिक इजलासमा बहस : निजी वकिलहरू पनि सरकारी वकिलकै लयमा, एउटै तर्क दोहोर्‍याउँदै

संवैधानिक इजलासमा बहस : निजी वकिलहरू पनि सरकारी वकिलकै लयमा, एउटै तर्क दोहोर्‍याउँदै

Featured, राजनीति
काठमाडौं । सरकारकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भणडारीले प्रतिनिधिसमा विघटन गरेपछि त्यसकाे विरूद्धमा परेका एक दर्जनभन्दा बढी रिटमा सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा बहस जारी छ । साेमबारकाे बहसमा अधिवक्ता सिपि रेग्मीले प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँने बताएका जिकिर गरेका छन् । प्रतिनिधसभा विघटनको पक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा आज बहस गर्दै उनले प्रतिनिधसभा विघटनको प्रधानमन्त्रीमा रहेको बताएका हुन् । न्यायाधीस तेज वहादुर केसीले संविधानको ब्याख्या गर्दा, सविधान निर्माताको मनसाय पो हेर्ने हो होइन भनेर गरेको प्रश्नमा उनले यस्तो जिकिर गरेका हुन् । प्रतिनिधसभा विघटनको पक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीका निजी वकिलहरूले बहस थालेका छन् । हिजो महान्यायाधिवक्तासहित १० सरकारी वकिलले बहस सकेपछि प्रतिनिधसभा विघटनको पक्षमा बहस गर्न सरकारका पक्षबाट निजी कानुन व्यवसायीले बहस ...