राजनीति

संसद विघटन: प्रधानमन्त्रीका निजी वकिलहरू बहस गर्दै

संसद विघटन: प्रधानमन्त्रीका निजी वकिलहरू बहस गर्दै

Featured, राजनीति
काठमाडौं । प्रतिनिधसभा विघटनविरूद्ध सर्वाेच्च अदालतमा परेकाे रिटमा प्रधानमन्त्री केपी शर्मा ओलीका निजी वकिलहरूले बहस थालेका छन् । साेमबारकाे बहसमा अहिले अधिवक्ता ईश्वरी भट्टराईले बहस गरिरहेका छन् । हिजो महान्यायाधिवक्तासहित १० सरकारी वकिलले बहस सकेपछि प्रतिनिधसभा विघटनको पक्षमा बहस गर्न सरकारका पक्षबाट निजी कानुन व्यवसायीहरूले बहस थालेका थिए । संसद विघटनको पक्षमा सरकारका तर्फबाट डेढ सय भन्दाबढी निजी वकिलले बहस गर्नेछन् । वरिष्ठ अधिवक्ता सुशील पन्त, अधिवक्ता रमेश बडालले हिजो बहस सकेका थिए । प्रधानन्यायाधीस चाेलेन्द्र शमसेर जबरारे माघ ३० भित्र बहस सक्न सरकार पक्षलाई समय दिएका छन् । १३ निवेदकका पक्षबाट ७२ कानुन व्यवसायीले १३ दिन बहस गरेका थिए ।...
प्रधानमन्त्री ओलीको व्यक्तिगत सहयोगमा राम र सीताको मूर्ति तयार, माडीमा अयोध्यापुरी बन्ने

प्रधानमन्त्री ओलीको व्यक्तिगत सहयोगमा राम र सीताको मूर्ति तयार, माडीमा अयोध्यापुरी बन्ने

section, राजनीति
चितवन । माडी नगरपालिकामा अयोध्याधाम बनाउनका लागि प्रधानमन्त्री केपी ओलीको व्यक्तिगत सहयोगमा भगवान राम र सीताको मूर्ति तयार भएको छ। चितवनबाट प्रधानमन्त्रीसँग भेटघाटका लागि प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका माडी निवासी नेकपा चितवनका सल्लाहकार श्याम विष्टले राम र सीताको मूर्ति तयार भएर बालुवाटार प्रधानमन्त्रीको सचिवालयमा राखिएको बताए। उनले हनुमान र लक्ष्मणको बन्दै गरेको जानकारी दिए। उनले भने, “प्रधानमन्त्री ओलीको सौजन्यमा झण्डै पाँच फिट अग्लो राम र सीताको मूर्ति तयार गरिएको छ। दुवै मूर्ति तयार गरेर बालुवाटारमा राखिएको छ।” नेता विष्टले आगामी वर्षको रामनवमीमा सो मूर्तिलाई प्रतिस्थापन गरिने योजना रहेको जानकारी दिए। माडीका स्थानीय नेतासँगको भेटमा प्रधानमन्त्रीले आफैँ तयारी अवस्थामा रहेको राम र सीताको मूर्ति देखाएका थिए। प्रधानमन्त्री ओलीले माघ १७ गते भरतपुरमा आयोजित जनसभालाई सम्बोधन गर्...
वर्तमान सङ्कटको निकास प्रतिनिधिसभाको प्राप्तिले मात्र हुन्छ : उपसभापति निधि

वर्तमान सङ्कटको निकास प्रतिनिधिसभाको प्राप्तिले मात्र हुन्छ : उपसभापति निधि

राजनीति
पर्सा । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्रनारायण निधिले मुलुकमा विद्यमान राजनीतिक सङ्कटको निकास प्रतिनिधिसभाको प्राप्तिले मात्र हुने बताउनुभएको छ । उहाँले सरकारकोे असंवैधानिक निर्णयबाट सिर्जना भएको राजनीतिक संवैधानिक सङ्कटको समाधान प्रतिनिधिसभाको प्राप्तिले मात्र हुने प्रष्ट पार्नुभयो । कांग्रेस बुथ कमिटी बगहीले आइतबार वीरगञ्ज महानगरपालिका–२८ बगहीमा आयोजना गरेको बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा उपसभापति निधिले वर्तमान समस्याको समाधान गर्न प्रतिनिधिसभाको पुनःस्थापना वा निर्वाचनबाहेक अर्को विकल्प नभएको बताउनुभयो । उहाँले सर्वोच्च अदालतको संवैधानिक इजलासमा रहेको रिटको फैसला गर्दै प्रतिनिधिसभा पुनःस्थापना भए समस्या समाधान हुन्छ, नभए प्रनिधिसभाको निर्वाचनमार्फत समस्याको समाधान खोज्नु नै उपयुक्त बाटो भएको धारणा व्यक्त गर्नुभयो । प्रतिनिधिसभाको पुनःस्थापना वा निर्वाचन दुवै मध्यमबाट ...
केपी ओली ‘शाही कम्युनिस्ट’ केशरजंग रायमाझीको पुनरागमनः रामकुमारी झाँक्री

केपी ओली ‘शाही कम्युनिस्ट’ केशरजंग रायमाझीको पुनरागमनः रामकुमारी झाँक्री

राजनीति
म्याग्दी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्रड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओलीलाई ‘शाही कम्युनिस्ट’ केशरजंग राजमाझीको पुनरागमन भएको आरोप लगाएकी छन् । नेकपा प्रचण्ड–नेपाल समूह म्याग्दीले आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले ओलीलाई ‘शाही कम्युनिस्ट’ केशरजंग राजमाझीको पुनरागमन भएको बताइन् । कार्यक्रममा उनले भनिन्, ‘तत्कालीन नेकपा एमालेको नवौं महाधिवेशनबाट अर्काको विचारमा केपी ओली अध्यक्ष निर्वाचित भएसँगै पार्टी विघटन भइ अर्को केशरजंग रायमाझी जन्मनु स्वभाविक थियो ।’ साथै नेततृ झाँक्रीले प्रधानमन्त्री ओलीलाई ‘कागजी तानाशाह’ र राष्टपति विद्यादेवी भण्डारीलाई ‘बडा महारानी’को संज्ञा दिइन् । झाँक्रीले थपिन्, ‘नेकपा विघटनको दोष पूर्वएमाओवादी र प्रचण्डको होइन, मुलतस् पूर्व एमालेकै दोष हो । संगठनात्मक स्वरुप टुंगो नगरी राज...
आगामी महाधिवेशनबाट तीस प्रतिशत युवा पार्टी नेतृत्वमा आउनुपर्छः ईश्वर पोखरेल

आगामी महाधिवेशनबाट तीस प्रतिशत युवा पार्टी नेतृत्वमा आउनुपर्छः ईश्वर पोखरेल

राजनीति
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टीको आगामी महाधिवेशनबाट कम्तीमा ३० प्रतिशत युवा नेतृत्व तहमा आउनुपर्ने बताएका छन् । राष्ट्रिय युवा सङ्घको दोस्रो पूर्ण बैठकको आज उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले पार्टीको नेतृत्वको नर्सरीका रुपमा युवा सङ्घ रहेकाले कम्तीमा ३० प्रतिशत नेतृत्वमा आउनुपर्ने बताए । उनले ३० प्रतिशत युवा पार्टीको नेतृत्वमा नआउँदा पार्टीमा नेतृत्वको रिक्तता आउने र पार्टी संकटमा पर्ने बताउँदै भने, “त्यसैले अब म आफै कमसेकम ३० प्रतिशत युवा महाधिवेशनमा आउनुपर्छ भनेर म वकालत गर्छु ।” उनले थपे, “पार्टीको नेतृत्वमा आएका ३० प्रतिशतमध्ये ५० प्रतिशत अगाडि बढे भने नेतृत्वमा रिक्तता हुँदैन ।” उनले पार्टीको एकतापछि तीन वर्षमा पार्टी सबैतिर भएपनि शक्ति र संगठनमा देखिन नपाएको बताए । “एकतापछि पार्टी शक्ति र संगठनमा देखिनुपर्नेमा त्यस्तो देखिएन ।...
आफ्नो फाइदाका लागि ओलीले मदन भण्डारीको नाम बचेको माधव नेपालकाे आरोप

आफ्नो फाइदाका लागि ओलीले मदन भण्डारीको नाम बचेको माधव नेपालकाे आरोप

Featured, राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो फाइदाका लागि मदन भण्डारीको नाम बेचेको आरोप लगाएका छन् । काठमाडौंमा भएको आफू निकट मजदुर संगठनको कार्यक्रममा अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले मदन भण्डारीको उत्तराधिकारी दावी गरेपनि त्यो स्वार्थ सिद्धिका लागि मात्रै भएको टिप्पणी गरे । नेकपाको ओली समूहले माघ २३ गते काठमाडौंमा भएको कार्यक्रम असफल भएको नेपालले टिप्पणी गरे । प्रधानमन्त्री ओलीले दलाल पूँजीवादलाई प्रश्रय दिएको नेपालकाे आरोप थियाे ।...
ओलीले नेतृत्व गरेकै पार्टी आधिकारिक होः मन्त्री नेम्वाङ

ओलीले नेतृत्व गरेकै पार्टी आधिकारिक होः मन्त्री नेम्वाङ

राजनीति
पर्वत । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले प्रधानन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेकै नेकपा आधिकारिक भएको बताएका छन् । कुश्मा नगरपालिका–३ र मोदी गाउँपालिका–५ बाजुङ जोड्ने आम्वोट खोला मोटरेल पुलको उद्घाटन गर्दै मन्त्री नेम्वाङले निर्वाचन आयोगले समेत केपी शर्मा ओली अध्यक्ष रहेको पार्टीबाहेक अन्यलाई आफूले नजान्ने बताएकाले भ्रममा नपर्न आग्रह गरे । उनले प्रधानमन्त्री ओलीले गरेका जनमुखी र मुलुकमा विकास निर्माणले छलाङ मारिरहेको हेर्न नसकेर प्रचण्ड र माधव नेपाल बाहिरिएको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओली नै आधिकारिक अध्यक्ष र उहाँले नेतृत्व गरिरहेकै नेकपा संस्थापन पक्ष भएकाले कोही पनि कार्यकर्ता प्रचण्ड–नेपालको प्रलोभनमा पर्न नहुने बताए । उनले चुनाव चिन्हका बारेमा समेत शंका गर्नु नपर्ने बताए । जो अहिलेसम्म सुर्य चिन्ह लिएर निर्वाचन लडेकै छैन, उसैले सुर्य चिन्ह हाम्...
ओलीले भगवानप्रतिको आस्थासँग खेले, प्रत्येक कदमको सही ढंगले विश्लेषण गर्न जरुरी छः गगन थापा

ओलीले भगवानप्रतिको आस्थासँग खेले, प्रत्येक कदमको सही ढंगले विश्लेषण गर्न जरुरी छः गगन थापा

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रत्येक कदमको सही ढंगले विश्लेषण गर्न जरुरी रहेको बताएका छन् । पर्सामा आइतबार आयोजित सभालाई सम्बोधन गर्दै नेता थापाले ओलीमाथि जनताको भगवानप्रतिको आस्थासँग खेल्न खोजेको आरोप समेत लगाए । दुई वर्षअगाडि संसारबाट लखेटिएकी एक महिलालाई स्वागत गर्न देश नै ठप्प पारेको भन्दै उनले भने, ‘होलीवाइनको त्यत्रो काण्ड रच्दै गर्दा कहिल्यै पशुपति सम्झिनुभएन । अहिले रुद्राक्षको गह्रौं माला लगाएर पशुपतिको चौराहमा घुम्दै हिन्दु धर्म मान्ने तपाईं हाम्रो आस्थामा खेल्न खोज्दै हुनुहुन्छ ।’ ‘सीता माताको प्रदेशका कयौं नागरिकले नागरिकता पाएका छैनन्, तिनलाई नागरिकता दिउँ भन्दा प्रधानमन्त्री केपी ओली कहिल्यै तयार हुनु भएन । तर आज भगवान रामलाई नागरिकता दिन लाग्नुभएको छ’ उनले अघि भने ।...
प्रदेश १ मा ओली समूहका सांसदहरुबाटै प्रदेशसभा बैठक अवरोध

प्रदेश १ मा ओली समूहका सांसदहरुबाटै प्रदेशसभा बैठक अवरोध

राजनीति
काठमाडौं । प्रदेश नम्बर १ को प्रदेशसभा बैठक फागुन ९ गतेसम्मका लागि बैठक स्थगित भएको छ । नेकपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहले अवरोध गरेपछि सभामुख प्रदीप भण्डारीले फागुन ९ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका थिए । आइतबार दिउँसो बसेको प्रदेशसभा बैठक ओली समूहका सांसदहरुले अवरुद्ध गरेका थिए । उनीहरुले बैठक अवरुद्ध गरेपछि अविश्वासको प्रस्ताव दर्ता हुन सकेन । ओली पक्षका सांसदहरुले संसदीय दलका नेताले निलम्बन गरेका १६ जना सांसदहरुलाई प्रवेश गर्न दिएको भन्दै बैठक अवरुद्ध गरेका थिए ।...
सभामुखले दायर गरेको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

सभामुखले दायर गरेको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

राजनीति
काठमाडौं । सर्वोच्च अदालतले सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक आयोगहरूमा भएका नियुक्तिविरुद्ध दायर गरेको रिटमा विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ । सभामुख सापकोटाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले आइतबार कारण देखाउ आदेश जारी गरेको हो । सर्वोच्चले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा संवैधानिक परिषद्को कार्यालय, राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनालगायतका विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो । सभामुख सापकोटाका तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, वरिष्ठ अधिवक्ता रमण श्रेष्ठलगायतले बहस गरेका थिए । उनीहरूले संवैधानिक आयोगहरूमा नियुक्तहरूलाई काम गर्नबाट रोक्न माग गरेका थिए । सभामुख सापकोटा गत शुक्रबार रिट निवेदन लिएर आफै सर्वोच्च गएका थिए ।...