तेस्रो चरणको आन्दोलन घोषणा गर्दै प्रचण्ड–नेपाल समूह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आइतबार तेस्रो चरणका आन्दोलन घोषणा गर्ने भएको छ ।

नेकपाका केन्द्रीय सदस्य तथा केन्द्रीय संघर्ष समितिका सदस्य विष्णु रिजालका अनुसार आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा प्रतिगमन विरोधी संघर्षका तेस्रो चरणका कार्यक्रम घोषणा गरिनेछ ।

गत पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपाको प्रचण्ड–नेपाल समूहले चरणबद्ध आन्दोलन गरिरहेकाे छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.