‘संविधान बनाउनेहरु नै सडकमा छन्, श्रीमानहरु अलमलिनु पर्ने अवस्थै छैन’

काठमाडाैं । संसद् विघटनविरूद्ध सर्वाेच्च अदालतमा परेका मुद्दामाथि एमिकस क्युरीले आफ्नाे राए दिइरहेका छन् । मंगलबार वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संविधान निर्माण गर्नेहरु नै संविधान संकटमा पर्‍यो भन्दै सडकमा आएको बताएका छन्।

एमिकस क्युरीमा रहेका अधिवक्ता कार्कीले संवैधानिक इजलासमा राय दिने क्रममा संविधान बचाउने निर्णय इजलासले लिनुपर्ने बताए।

‘श्रीमानहरु अलमलिनु पर्ने अवस्थै छैन’,उनले भने, ‘जसले संविधान निर्माण गरेका थिए, जसले कार्यन्वयन गर्नुपर्ने हो, उनीहरु नै संविधान संकटमा पर्‍यो भन्दै सडकमा पुगेका छन्।’

अधिवक्ता कार्कीले ५ जना न्यायाधीशहरुलाई ठूलो र महत्वपूर्ण निर्णय लिने जिम्मेवारी आएको बताए। यसअघि पक्ष र विपक्षका कानुन व्यवसायीको बहस सकिएपछि मंगलबारदेखि एमिकस क्युरीको राय लिन सुरु भएको हो।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.