राजनीति

‘संसद् विघटन खारेज हुनुपर्छ, नत्र मुलुकमा अराजकता आउछ’

‘संसद् विघटन खारेज हुनुपर्छ, नत्र मुलुकमा अराजकता आउछ’

राजनीति
काठमाडौं । संसद् विघटनविरू्द्ध सर्वाेच्च अदालतमा परेका मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ जारी छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा एमिकस क्युरीको तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले संसद् विघटन असंवैधानिक भएको बताएका छन्। एमिकस क्युरीका तर्फबाट बुधबारको संवैधानिक इजलासमा बहस गर्दै वरिष्ठ अधिवक्ता खरेलले संसद् विघटन असंवैधानिक भएको बताएका हुन् । संविधानमा हुँदै नभएको अधिकार प्रयोग गर्दा मुलुकमा अराजकता मात्र आउने भन्दै वरिष्ठ अधिवक्ता खरेलले संसद् विघटन खारेज हुनुपर्ने बताए। 'माथिकाले सीमा नाघ्यो भने तल भएकाहरुले पनि सीमा नाघ्छन्, त्यसैले विघटनलाई असंवैधानिक भनेर खारेज गर्नुपर्छ,’ उनले भने, 'प्रणाली ध्वस्त हुने संघारमा छ, एउटा कम्पन हामी पनि ल्याउँ भन्ने लागेको भए सदर गर्नुस्,'उनले भने।'...
कांग्रेस नेता साउदमाथि भएको आक्रमणको विरोधमा प्रदर्शन

कांग्रेस नेता साउदमाथि भएको आक्रमणको विरोधमा प्रदर्शन

राजनीति
काठमाडौं ।नेपाली कांग्रेसका नेता एनपी साउदमाथि बैतडीमा भएको आक्रमणको विरोध गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौँमा प्रदर्शन गरेको छ । बुधबार काठमाडौँको प्रदर्शनीमार्गमा नेविसंघ आवद्ध आरआर क्याम्पसका विद्यार्थीले बैतडीमा भएको घटनाको विरोध गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् । मंगलबार बैतडीमा साउद सहभागी कार्यक्रममा नेकपाको केपी ओली समूहले हस्तक्षेप गर्दा साउदसहितका नेता कार्यकर्ता घाइते भएका थिए । मुलुकमा हत्या हिंसा हुदा पनि सरकार मौन रहेको र नेकपा राजनीतिक प्रतिशोध साध्न व्यस्त रहेको आरोप प्रदर्शनमा सहभागीहरुले लगाएका छन् ।...
संसद् विघटन राजनीतिक होइन, संवैधानिक प्रश्न हो : सतीशकृष्ण खरेल

संसद् विघटन राजनीतिक होइन, संवैधानिक प्रश्न हो : सतीशकृष्ण खरेल

राजनीति
काठमाडाैं । वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले संसद् विघटन राजनीतिक नभई संवैधानिक विषय रहेको बताएका छन् । प्रतिनिधिसभा विघटनको मुद्दामा बुधबार एमिकस क्युरीका तर्फबाट राय दिँदै वरिष्ठ अधिवक्ता खरेलले प्रतिनिधिसभा विघटन संवैधानिक प्रश्न भएको बताएका हुन् । प्रतिनिधिसभा विघटन राजनीतिक प्रश्न नभएकैले यसमा सुनुवाइ गर्न नहुने भन्न नमिल्ने उनको भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन राजनीतिक विषय भएकाले कानुनी ‘रिभ्यु’ हुन नहुने लिखित जवाफ पेस गरेका थिए । उनले सार्वजनिक अभिव्यक्तिमा पनि आफूले राजनीतिक कदम चालेकाले अदालतले त्यसमा हात हाल्न नहुने भनेका थिए । उनका निजी वकिल र सरकारी कानुन व्यवसायीले पनि सोही कुरा इजलासलाई बताएका थिए । वरिष्ठ अधिवक्ता खरेलले भने, 'प्रतिनिधिसभा विघटन संवैधानिक प्रश्न हो । यसलाई राजनीतिक प्रश्न भन्न मिल्दैन ।' कसलाई मन्त्री नियुक्त गर्ने भन्नेमा प...
कांग्रेस केन्द्रीय समिति बैठक २ बजे बस्ने, बैठक अगाडि पौडेल पक्षको छुट्टै भेला

कांग्रेस केन्द्रीय समिति बैठक २ बजे बस्ने, बैठक अगाडि पौडेल पक्षको छुट्टै भेला

राजनीति
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ । १४औं महाधिवेशनको नयाँ मितिका लागि आज दिउँसो २ बजे बाेलाइएकाे बैठकअगाडि केन्द्रीय कार्यालय सानेपामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले छलफल गर्ने भएकाे छ। बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्नका लागि पौडेलले बैठक डाकिएको बताइएकाे छ। बैठकमा महामन्त्री डा. शशांक कोइराला पनि पुगेका छन्। कांग्रेसले फागुन ७ बाट १४ औं महाधिवेशन शुरु गर्ने मिति तोकेपनि उक्त मितिमा महाधिवेशन गर्न नसक्ने निश्चित भएको छ । सोही विषयमा छलफल गर्न र नयाँ मिति तयका लागि कांग्रेसले केन्द्रीय समिति डाकेको हो।  केन्द्रीय समिति बैठकमा एजेन्डा कसरी तय गर्ने विषयमा छलफल हुने केन्द्रीय सदस्य बद्री पाण्डेले जानकारी दिए।...
नेकपाको आधिकारिकता: निर्णय आफु अनुकुल नआउने देखेपछि ओलीले राजपत्रमा प्रकाशित गर्न दिएनन्

नेकपाको आधिकारिकता: निर्णय आफु अनुकुल नआउने देखेपछि ओलीले राजपत्रमा प्रकाशित गर्न दिएनन्

पत्रपत्रिका, राजनीति
काठमाडौं । निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवाद टुंंगो लगाउन अझै पनि प्रक्रिया अघि बढाएको पाइएको छैन ।नेकपा एउटा पक्षको अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले आयोगसमक्ष आफ्नो आधिकारिकता दाबी गरेको १५ दिन बितिसक्दा पनि आयोगले विवाद निरुपणको प्रक्रिया अघि नबढाएको पाइएको हो । अध्यक्षद्वय प्रचण्ड र नेपालले गत माघ २० गते आयोगसमक्ष पार्टीको आधिकारिकता दाबी गर्नुभएको थियो । आयोगले सोही दिन विवाद निरुपणको विषयमा दुई, तीन दिनमै आधिकारिक जवाफ दिने बताएको थियो । आधिकारिकता दाबी गरेपछि नेकपाको विवादले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ र ४४ मा टेकेको बताउँदै आएको आयुक्तहरुले यसबारे अनौपचारिक छलफल गर्दै आएको बताएका छन् । यसअघि दुवै पक्षले आधिकारिकता दाबी गर्नुनपर्ने जिकिर गरेकाले आधिकारिकता विवाद कानुनी ट्रयाकमा अघि नबढेको भनाइ आयोगले राख्दै आएको थियो । कानुनी प्रावधान टेके ...
वाग्मती प्रदेशसभाको बैठक फेरि स्थगित

वाग्मती प्रदेशसभाको बैठक फेरि स्थगित

राजनीति
काठमाडौं । वाग्मती प्रदेशसभाको सातौँ बैठक आज २ बजे बस्ने भनिएकामा विशेष कारणवश स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । सभाको बैठक अर्को सूचना जारी भएपछि मात्र सञ्चालन हुने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए । प्रदेशसभाको बैठक माघ १९ गते बस्ने भनिए पनि अनिश्चितकालका लागि स्थगन गरिएको थियो ।...
खोप खरिद गर्दा अग्रिम भुक्तानी दिने मन्त्रिपरिषद्को निर्णय

खोप खरिद गर्दा अग्रिम भुक्तानी दिने मन्त्रिपरिषद्को निर्णय

राजनीति
काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप खरिदमा अग्रिम भुक्तानी दिने निर्णय गरेको छ । मंगलबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले भारतमा बनेको कोभिसिल्ड भाक्सिन खरिद गर्दा अग्रिम भुक्तानी दिने निर्णय गरेको हो । सरकारले सिरम इन्स्टिच्यूटले उत्पादन गरेको २० लाख डोज भ्याक्सिन खरिद गर्ने प्रक्रिया थालेको भए पनि जति मूल्यको खोप खरिद गर्ने हो त्यसको अग्रिम भुक्तानी उक्त कम्पनीले मागेपछि मात्रै ब्याच नम्बर जारी गर्ने अडान राखेका थियो । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीका अनुसार यही समस्या समाधान गर्ने उद्देश्यले मन्त्रिपरिषद्ले खोप खरिदमा अग्रिम भुक्तानी दिने निर्णय गरेको हो ।...
राष्ट्रपतिलाई भेट्न शितल निवास पुगे प्रधानमन्त्री ओली

राष्ट्रपतिलाई भेट्न शितल निवास पुगे प्रधानमन्त्री ओली

Featured, राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री ओली मंगलबार साँझ ७ः१० बजे शितल निवास प्रवेश गरेका हुन् । पछिल्लो समय प्रधानमन्त्री ओली आकस्मिक रुपमा राष्ट्रपतिसँगको भेटका लागि बारम्बार शितल निवास जाने गरेका छन् । गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि नेपालमा राजनीतिक संकट देखिएको छ । नेकपाकै प्रचण्ड–नेपाल समूहलगायत नेपाली कांग्रेस, जनता समाजवादी पार्टी प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमको विरोधमा सडक संघर्षमा छन्। संसद पुनःस्थापना हुनुपर्ने उनीहरुको माग छ। संसद विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ ।...
डिलासैनी घटनाप्रति कांग्रेसको आपत्ति, सत्ताको उन्माद प्रस्तुत नगर्न चेतावनी

डिलासैनी घटनाप्रति कांग्रेसको आपत्ति, सत्ताको उन्माद प्रस्तुत नगर्न चेतावनी

section, राजनीति
काठमाडौं । नेपाली कांग्रेसले बैतडीको डिलासैनीमा भएको आक्रमण निन्दनीय भएको भन्दै घटनाका दोषीहरुलाई तत्काल पक्राउ गरेर कारबाही गर्न माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै घटना निन्दनीय भएको भन्दै घटनाका दोषीहरुलाई तत्काल कारबाही गर्न माग गर्दै सत्ता उन्माद प्रस्तुत नगर्न चेतावनी समेत दिएका छन् । प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ 'सत्तारूढ नेकपाको स्थानीय पार्टी पंक्तिमा उग्रवादी चरित्र भर्न केन्द्रीय नेतृत्वकै अभिव्यक्ति शैली र ब्यवहारले भुमिका खेलेको हाम्रो ठहर छ । यस्तो प्रवृत्ति परित्याग गर्न चेतावनी दिंदै नेपाली कांग्रेस डिलासैनी घटनाका दोषीहरुलाई तत्काल पक्राउ गरेर कार्वाही गर्न माग गर्दछ ।'...
जनार्दन शर्मा भन्छन् – नेकपा विवाद टुंगोमा नपुग्दासम्म निर्वाचन हुन सक्दैन

जनार्दन शर्मा भन्छन् – नेकपा विवाद टुंगोमा नपुग्दासम्म निर्वाचन हुन सक्दैन

राजनीति
सल्यान । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल समूहका स्थायी कमिटी सदस्य जनार्दन शर्माले नेकपाको विवादलाई थाती राखेर निर्वाचन हुन नसक्ने दावी गरेका छन् । नेकपा (प्रचण्ड–नेपाल) समूहको जिल्ला भेलामा सल्यान पुगेका शर्माले पत्रकार भेटघाट कार्यक्रममा निर्वाचन हुन नसक्ने बताएका हुन् । शर्माले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछिको नेकपाको विवाद निर्वाचन आयोगमा विचाराधीन अवस्थामा छ । यस्तो अवस्थामा मध्यावधि हुन सक्दैन ।’ ‘नेकपा भित्रको विवाद अहिले उत्कर्षमा पुगेको छ । पार्टीको आधिकारिकताको लागि विवाद निर्वाचन आयोगमा पुगेको छ । यस्तो अवस्थामा मध्यावधि निर्वाचन कुनै हालतमा हुन सक्दैन । यस्तो अवस्थामा पनि निर्वाचन गर्न खोजियो भने त्यसको हिसाबकिताब जनताले गर्नेछन् ।’...