राजनीति

नियुक्तिदेखि बढुवासम्म यस्ता छन् मन्त्रिपरिषदका निर्णय

नियुक्तिदेखि बढुवासम्म यस्ता छन् मन्त्रिपरिषदका निर्णय

राजनीति
काठमाडाैँ । नेपाल सरकारले बीस लाख डोज कोभिसिल्ड खोप सोझै खरिद गर्न सक्नेगरी बाधा अड्काउ फुकाउन आदेश जारी गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा खोप खरिद गर्नका लागि बाधा अड्काउ फुकाउन आदेश जारी गर्ने निर्णय भएको बताए । फागुन ४ गते बसेको मन्त्रिपरिषद् बैठकले बीस लाख डोज कोभिसिल्ड खोप खरिद गर्न लाग्ने रकम नेपाल राष्ट्र बैंक मार्फत भुक्तानी हुने गरी सोझै खरिद गर्न बाधा अड्काउ फुकाउन आदेश जारी गर्ने र सोको सूचना प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अतिरिक्ताङ्क गरी नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो । मन्त्री गुरुङले भने, ‘सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४१ को उपदफा (१) को खण्ड (घ ३) बमोजिम सोझै खरिद गर्ने प्रक्रिया अघि बढाएकोमा उक्त खोप उत्प...
प्रधानमन्त्री ओली अवहेलना मुद्दामा लिखित जवाफ दिन सर्वोच्च जाँदै

प्रधानमन्त्री ओली अवहेलना मुद्दामा लिखित जवाफ दिन सर्वोच्च जाँदै

राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ दिन बिहीबार सर्वोच्च अदालत जाँदैछन् । ओलीले उक्त मुद्दामा गत आइतबार म्याद बुझेका थिए । अदालतको अवहेलना गरेको भनेर ओलीविरुद्ध परेको मुद्दामा माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बाटोको म्यादबाहेक ७ दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । अदालतमा विचाराधीन प्रतिनिधिस भा विघटनको मुद्दा र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकुमार न्यौपानेले रिट निवेदन दर्ता गराएका थिए । म्याद बुझेको सात दिनभित्र लिखित जवाफ दिनुपर्ने व्यवस्थाअनुसार उनी जवाफ लिएर अदालत जान लागेका हुन् । प्रधानमन्त्री आउने भएपछि सर्वोच्च अदालत परिसरमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् ।...
कोप-२६ टोलीद्वारा प्रधानमन्त्रीसँग भेट

कोप-२६ टोलीद्वारा प्रधानमन्त्रीसँग भेट

राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेलायतको ग्लास्गोमा आयोजना हुने मौसम परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) को आयोजक समितिका संयोजक एवं बेलायती सांसद आलोक शर्मा नेतृत्वको टोलीले भेट गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बुधबार भएको भेटमा टोलीले नेपालको मौसम परिवर्तनबाट नेपालको हिमालय क्षेत्रमा परिरहेका प्रभावहरुका बारेमा प्रधानमन्त्रीसँग जिज्ञासा राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए । उनका अनुसार यसबारे अध्ययन गर्न कोप–२६ इच्छुक रहेको समेत टोलीले प्रधानमन्त्री ओलीसँग बताएको थियो । मौसम परिवर्तनसम्बन्धी विषयलाई सम्बोधन गर्न नेपालले आयोजना गर्न लागेको सगरमाथा संवाद कार्यक्रमप्रति टोली सकारात्मक रहेको टोलीले बताएको थियो । यसका लागि आवश्यक सहकार्य गर्न आफूहरु तयार रहेको जानकारी प्रधानमन्त्रीसमक्ष टोलीका प्रमुख शर्माले राखेको प्रेस सल्लाहा...
पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै काठमाडौंमा प्रदर्शन 

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै काठमाडौंमा प्रदर्शन 

Featured, राजनीति
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहनिकट विद्यार्थीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिकाे विरोधमा काठमाडौंमा प्रदर्शन गरेका छन् । नेकपाको भ्रातृ संगठन अनेरास्ववियुले प्रदर्शनी मार्गस्थित रत्नराज्य क्याम्पसअगाडि विरोध प्रदर्शन गरेको हो । प्रदर्शनकारीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि सरकारले तत्काल फिर्ता लिनुपर्ने भन्दै नारा लगाएका थिए । अनेरास्ववियुले प्रतिनिधिसभा विघटन र पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध बिहीबार देशभरका क्याम्पसमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ । सरकारले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाएको छ । नयाँ मूल्यसूचीअनुसार पेट्रोल १ सय १४ रुपैयाँ, डिजेल ९७ रुपैयाँ, मट्टीतेल ९७ रुपैयाँ र हवाई इन्धन ६७ रुपैयाँ कायम भएको छ । आयल निगमले कायम गरेको पेट्रोलको मूल्य साढे २ वर्षयताकै उच्च हो ।...
कांग्रेसकाे केन्द्रीय समिति बैठक आज पनि बस्ने

कांग्रेसकाे केन्द्रीय समिति बैठक आज पनि बस्ने

राजनीति
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । दिउँसाे तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा १४औँ महाधिवेशनको नयाँ कार्यतालिकाबारे विस्तृतमा छलफल हुनेछ । कांग्रेसले १४औँ महाधिवेशन २०७८ साल भदौ ७ गतेदेखि २० गतेसम्म काठमाडौँमा गर्ने प्रस्ताव गरेको छ । यस्तै आजको बैठकमा संसद विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम के हुने भन्नेबारे पनि छलफल गर्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।...
पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध माइतीघरमा प्रदर्शन

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध माइतीघरमा प्रदर्शन

राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि बिरुद्ध ग्यास सिलिन्डरसहित प्रदर्शन गरेको छ । जसपाले काठमाडौंको माइतीघरमा थाल, चम्चा र ग्यास सिलिन्डरसहित विरोध विरोध जनाएको हो । सरकारले सातामा दुईपटक पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै जसपाले नाराबाजीसहित थाल, चम्चा र ग्यासको खाली सिलिन्डरसहित प्रदर्शन गरेको हो । जसपाले मूल्यवृद्धि फिर्ता, संसद् पुनःस्थापन गर, खाद्यान्नलगायत महत्त्वपूर्ण सामानको मूल्यवृद्धिमा नियन्त्रण गर, पहिचानमा आधारित संघीयताको पुनर्संरचना गर, राष्ट्रपति संस्थाको मर्यादा कायम गर, महिला हिंसा र जातीय विभेद अन्त्यको मागसहित जसपाका नेता(कार्यकर्ताहरु प्रदर्शनमा सहभागी थिए ।...
कांग्रेस केन्द्रीय समिति बैठकः आगामी भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव पेस

कांग्रेस केन्द्रीय समिति बैठकः आगामी भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव पेस

राजनीति
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा २०७८ भदौमा १४औं महधिवेशन गर्ने प्रस्ताव पेस भएको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले आगामी भदौ ७ देखि १० गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय कार्यसमितिमा पेस गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बुधबारबाट सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकको बारेमा पत्रकारहरुलाई जानकारी गराउँदै प्रवक्ता शर्माले २०७८ भदौ ७, ८, ९ र १० गते केन्द्रीय महाधिवेसन काठमाडौंमा गर्ने प्रस्ताव पेस भएको बताए । यस्तै गाउँनगरको वडा अधिवेशन असार २० गते, गाउँ नगरपालिकाको अधिवेशन असार २२ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन असार २५ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार २७ गते, एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार ३० गते र प्रदेश अधिवेशन साउन ६...
सभामुख सम्पर्कविहीन भएको भन्दै उपसभामुख तामाङलाई विरोधपत्र

सभामुख सम्पर्कविहीन भएको भन्दै उपसभामुख तामाङलाई विरोधपत्र

राजनीति
हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल समूहकी संसदीय दलकी नेता अष्टलक्ष्मी शाक्यले बाग्मती प्रदेशका सभामुख सानु श्रेष्ठ सम्पर्कविहीन भएको भन्दै उपसभामुख राधिका तामाङलाई विरोध पत्र बुझाएकी छिन् । बुधबारका लागि बोलाइएको बागमति प्रदेशसभाको बैठक स्थगित भएपछि नेकपाको प्रचण्ड–नेपाल समूहको संसदीय दलले उपसभामुखलाई विरोध पत्र बुझाएको हो। उपसभामुख तामाङले विरोधपत्र प्रदेशसभाका सचिव कृष्णहरि खड्कालाई दिएकी छिन् । विरोधपत्र बुझाएपछि प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गर्दै प्चण्ड–नेपाल समूह संसदीय दलकी नेतृ शाक्यले मुख्यमन्त्री डोरमणि पौडेल र सभामुख सानु श्रेष्ठको रबैया ठीक नदेखिएको आरोप लगाएकी छिन् ।...
कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीद्वारा निजी सचिवालयका कर्मचारी हेरफेर

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीद्वारा निजी सचिवालयका कर्मचारी हेरफेर

section, राजनीति
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले निजी सचिवालयका कर्मचारी हेरफेर गरेका छन् । मुख्यमन्त्री शाहीले निजी सचिवालयमा कार्यरत प्रमुख स्वकीय सचिव, जनसम्पर्क सल्लाहकार र स्वकीय सचिव हेरेफेर गरेका हुन् । शाहीले जनसम्पर्क सल्लाहकारमा विष्णुबहादुर विक (विकल्प जुम्ली), प्रमुख स्वकीय सचिवमा कृष्णप्रसाद आचार्य र स्वकीय सचिवमा रविन्द्रबहादुर शाहीलाई नियुक्त गरेका छन् । तीन वर्षदेखि प्रमुख स्वकीय सचिवको जिम्मेवारी सम्हालेका खेमबहादुर सिंह, जनसम्पर्क सल्लाहकार जनकनाथ योगी र स्वकीय सचिव सुमन शाहीलाई बुधवार नै विदाई गरिएको छ ।...
पत्रकारिता क्षेत्रका विकृति, विसंगतीलाई हटाउनेमा मेरो अर्जुनदृष्टि छः मन्त्री गुरुङ

पत्रकारिता क्षेत्रका विकृति, विसंगतीलाई हटाउनेमा मेरो अर्जुनदृष्टि छः मन्त्री गुरुङ

राजनीति
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले संविधानले दिएको प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजेको भन्दै शंका नगर्न आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघको २६औँ महाधिवेशनमा बोल्दै मन्त्री गुरुङले संविधानले दिएको प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रताप्रति आफ्नो सधै सम्मान रहेकाले सरकारले नियन्त्रण गर्न खोजेको भन्दै शंका नगर्न उनले आग्रह गरे । साथै उनले पत्रकारिता क्षेत्रका विकृति, विसंगतीलाई हटाएर सम्मानित र जवाफदेही बनाउनुपर्ने बताएका छन् । आफ्नो एक मात्रै ध्यान पत्रकारिता तथा आमसञ्चार क्षेत्रलाई सम्मानित र जवाफदेही बनाई गरिमालाई उच्च राख्नुतर्फ रहेको बताए । पत्रकारिता क्षेत्रमा रहेका विकृति, विसंगति र अनुशासनहिन गतिविधिहरुलाई कसरी सुधार गर्न सकिन्छ भन्नेमा आफ्नो अर्जुनदृष्टि रहेको उनको भनाई थियो ।...