राजनीति

प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक पेरिसडाँडामा सुरु

प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक पेरिसडाँडामा सुरु

Featured, राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठक पेरिसडाँडामा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्ययादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि राजनीतिक रुपमा विभाजित बनेको नेपाल कम्युस्टि पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल समूहको बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे केन्द्रीय सदस्यहरुलाई जानकारी गराउने बताइएको छ । यसैगरी निर्वाचनमा आयोगमा पुगेको आधिकारिकता विवाद र प्रतिनिधि सभा विघटनविरुद्ध जारी आन्दोलनका विषयमा समेत बैठकमा छलफल हुनेछ । आधिकारिकताका लागि बहुमत देखाउने प्रयासमा रहेको नेकपा प्रचण्ड–नेपाल समूहका नेताहरुले हस्ताक्षरसमेत गरेका छन् ।...
प्रचण्ड-नेपाल समूहकाे केन्द्रीय कमिटी बैठक बस्दै

प्रचण्ड-नेपाल समूहकाे केन्द्रीय कमिटी बैठक बस्दै

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधबकुमार नेपाल समूहको पार्टी केन्द्रीय कमिटी बैठक बस्दै छ। यसअघि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक बसेको थियो । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । केन्द्रीय सदस्यलाई शुक्रबार बिहान नागरिकतासहित उपस्थित हुन आग्रह गरिएको थियो । बिहीबार सबै केन्द्रीय सदस्यलाई फोन गरेर शुक्रबार बिहानै पेरिसडाँडामा उपस्थित हुन भनिएको हो । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले पार्टी अभिलेखको कागजपत्र मिलाउन भन्दै आकस्मिक रुपमा केन्द्रीय सदस्यलाई पेरिसडाँडामा बोलाएका थिए। यसअघि पार्टीे वैधानिकताको दाबी गर्दै प्रचण्ड–नेपाल समूहले २८७ जनाको नाम बुझाएको थियो। प्रचण्ड–नेपाल समूहले केन्द्रीय समितिका ४४१ सदस्यमध्ये आफ्नो पक्षमा बहुमत रहेको भन्दै आधिकारिकता दावी गर्दै आएका...
संविधानभन्दा माथि कोही पनि छैन : गीता पाठक

संविधानभन्दा माथि कोही पनि छैन : गीता पाठक

Featured, राजनीति
काठमाडौं । संसद् विघटनविरूद्ध परेका मुद्दामा सर्वाेच्च अदालतकाे संवैधािनक इजलासमा सुनुवाइ भइरहेकाे छ । शुक्रबारकाे एमिकस क्युरी तर्फबाट राय दिँदै गीता पाठकले संविधान बिरामी भएको भए र कोमामा गएको भए नेपाली नागरिक नै कोमामा गएको बताएकी छन् । प्रतिनिधिसभा विघटनको मुद्दामा माघ ४ गतेदेखि जारी बहसमा अन्तिम कानुन व्यवसायीका रूपमा एमिकस क्युरीका रूपमा इजलाससामु आएकी वरिष्ठ अधिवक्ता पाठकले भनिन्, 'यस इजलासमा संविधान बिरामी छ । कोमामा छ भन्ने कुरा उठ्यो । यदि त्यसो हो भने, हामी सबै बिरामी छौं । हामी सबै कोमामा छौं । हामीलाई स्वास फेर्न गाह्रो हुन्थ्यो ।' उनले थपिन्, 'संविधान र त्यसका धाराले हामीलाई अक्सिजन दिन्थे ।' प्रतिनिधिसभा विघटन सही भएको तर्क राख्दे प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट बहस गरेका सरकारी वकिलहरूले संविधान बिरामी परेको बताएका थिए । नायब महान्यायाधिवक्ता टेकबहादुर घिमिरेले बि...
तोकिएको मितिमा चुनाव हुन्छ, तयार रहनुहोस् : सुवास नेम्वाङ

तोकिएको मितिमा चुनाव हुन्छ, तयार रहनुहोस् : सुवास नेम्वाङ

राजनीति
इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुवास नेम्वाङले आउँदो निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह गर्नुभएको छ । सदरमुकाममा आज कार्यकर्तासँगको भेटघाटमा चुनाव हुने कुरामा आफू विश्वस्त रहेको नेम्वाङले बताउनुभयो । नेता नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीले सही ठानेर नै यो निर्णय गरेको बताउनुभयो । “प्रधानमन्त्रीलाई निर्वाचन घोषणा गर्ने काम २०० प्रतिशत उपयुक्त लागेर गर्नुभएको हो ।” उहाँले भन्नुभयो, “सर्वोच्च अदालतले यस बारेमा अन्तरिम आदेश नदिनु भनेको निर्वाचनसम्बन्धी काम गर्दै गर्नु भनेको हो । त्यसैले चुनावी कार्यक्रममा जुट्नु पर्छ ।” नेता नेम्वाङले नेकपामा को आधिकारिक भन्ने विवाद छैन, आयोगले केपी ओली प्रथम अध्यक्ष रहेको पार्टीलाई नै आधिकारिक भनिसकेको दाबी गर्दै भन्नुभयो, “कोही व्यक्ति एक महीना तीन दिन अध्यक्ष भए तर आयोगले आधिकारिकता दिएन ।” उहाँले आफू सर्वोच्च अदालतको निर्णयप्...
मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव पास गराउन कांग्रेसले सहयाेग गर्छ : रामचन्द्र पौडेल

मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव पास गराउन कांग्रेसले सहयाेग गर्छ : रामचन्द्र पौडेल

Featured, राजनीति
मोरङ । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश नम्बर एककाे प्रदेशसभामा दर्ता भएकाे अविश्वासको प्रस्ताव नेकपा पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल समूहलाई सहयोग गरेर पास गराइदिने बताएका छन् । विराटनगरमा शुक्रबार पत्रकारहरूसँगको कुराकानी गर्दै नेता पौडेलले सत्तापक्षको विपक्षमा बस्नु प्रमुख प्रतिपक्षको धर्म भएकाले प्रदेश १ र वाग्मती प्रदेशमा मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव पास गराउन कांग्रेसले समर्थन गर्ने बताएका हुन् । प्रस्ताव पास गराउन पार्टी सभापति शेरबहादुर देउवाले रोके पनि प्रदेशसभा सदस्यहरू नमान्ने पौडेलको भनाइ थियो । प्रधानमन्त्री केपी शर्मा ओली समूहलाई काँध हाल्ने प्रस्ताव सभापति देउवाले पार्टी केन्द्रीय कार्यसमिति बैठकमा ल्याउन नसक्ने दाबी पनि उनले गरे ।...
गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ गतेको क्रान्ति : देउवा

गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ गतेको क्रान्ति : देउवा

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विसं २००७ फागुन ७ गते कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनका अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गरेका छन्। देउवाले आज विज्ञप्तिमार्फत ७० वर्षअघि विसं २००७ कात्तिक २६ देखि प्रारम्भ ऐतिहासिक जनक्रान्तिले आजकै दिन १०४ वर्षको एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना गरेको वताएका छन् । ‘राजनीतिक परिवर्तन मात्र होइन, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक हरेक क्षेत्रमा यसले अग्रगामी परिवर्तनको मार्गप्रशस्त गरेको थियो । मध्ययुगीन सामन्ती अवस्थाबाट नयाँ युगमा नेपाल प्रवेश गर्यो र प्रजातन्त्रसँगै बलियो राष्ट्रियताको आधार पनि सो दिनले निर्माण गर्यो’, सभापति देउवाले विज्ञप्तिमा उल्लेख गरेका छन्। समृद्धिको सपना, समावेशीताको जग, राष्ट्रियता र प्रजातन्त्रको अन्योन्याश्रित सम्बन्ध हुँद...
अवहेलना मुद्दाः चार पूर्व प्रधानन्यायाधीशलाई वारेस राख्न अनुमति

अवहेलना मुद्दाः चार पूर्व प्रधानन्यायाधीशलाई वारेस राख्न अनुमति

राजनीति
काठमाडौं । सर्वोच्च अदालतले चार पूर्व प्रधानन्यायाधीशलाई अवहेलनासम्बन्धी मुद्दामा वारेस राख्न अनुमति दिएको छ । गत माघ १४ गते लोचन भट्टराई र धनजीत बस्नेतसमेतले पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर गरेका थिए । सोही मुद्दाका सन्दर्भमा चार पूर्वप्रधानन्यायाधीशले वारेस राख्न अनुमति पाउँ भनेर इजलाससमक्ष निवेदन दिएका थिए । बिहीबार न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले उनीहरुको मागअनुसार वारेस राख्न अनुमति दिने आदेश जारी गरेको हो । यसअघि उनीहरुले अदालतको आदेश अनुसार आफै उपस्थित भएर लिखित जवाफ पेस गरेका थिए ।...
सरकारले लोकतन्त्रको बाटो बिराउने काम गर्दैनः प्रधानमन्त्री ओली

सरकारले लोकतन्त्रको बाटो बिराउने काम गर्दैनः प्रधानमन्त्री ओली

Featured, राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले लोकतन्त्रको बाटो नबिराउने दावी गरेका छन् । प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेल भएकाे कार्यक्रममा उनले शुभकामना दिँदै भने, 'अहिलेको सरकारले लोकतन्त्रको बाटो बिराउँदैन। संविधान मिच्दैन, मिच्न दिँइदैन। जनताको अभिमतभन्दा विपरित जाँदैन र जान दिँदैन।' प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द विप्लव समूहलाई सानातिना मतभेदलाई त्याग्दै सबैलाई शान्तिपूर्ण राजनीतिमा आउनसमेत आग्रह गरे । 'साना मतभेद त्यागौं। शान्तिपूर्ण राजनीतिको मुलधारमा आउन हार्दिक आग्रह गर्दछु,' ओलीले भने। नेपाललाई एकजुट बनाउनुपर्ने उल्लेख गर्दै सबैको चिन्तन राष्ट्रिय हितमा केन्द्रित हुनुपर्ने सुझाव दिए। प्रधानमन्त्रीले देशको विकास द्रुत गतिमा हुनुपर्नेसमेत बताए।...
केन्द्रीय सदस्यको नागरिकतासहित आयोग जाने प्रचण्ड–नेपाल समूहको तयारी

केन्द्रीय सदस्यको नागरिकतासहित आयोग जाने प्रचण्ड–नेपाल समूहको तयारी

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधबकरमार नेपाल समूह केन्द्रीय सदस्यहरुको नागरिकतासहित निर्वाचन आयोग जाने भएकाे छ । बहुमत केन्द्रीय सदस्यहरु आफ्नो पक्षमा रहेकाले दावी गर्दै आएकाे याे समूहले नेकपाको आधिकारिकता आफूहरुले नै पाउनुपर्ने भन्दै आज निर्वाचन आयोग जाने तयारी गरेको हो । त्यसका लागि केन्द्रीय सदस्यहरुलाई आ–आफ्नो नागरिकतासहित पार्टी कार्यालय पेरिसडाँडामा अहिले १२ बजे भेला हुन भनिएको छ । नेकपाका ४४१ जना केन्द्रीय सदस्यमा १२९ मात्रै केपी ओली खेमामा रहेका र अन्य केन्द्रीय सदस्यहरू आफ्नो समूहमा रहेकाे दावी गर्ने प्रचण्ड-नेपाल समूह आज आयाेग जान लागेकाे हाे । गत पुस ५ गते सरकारले संसद् विघटन गरेलगत्तै नेकपा दुई खेमामा बिभाजित भएको छ । एउटा खेमाको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् भने अर्को खेमाको नेतृत्व प्रचण्ड र नेपालले गरेका छन् । दुवै प...
सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु साझा दायित्व होः राष्ट्रपति भण्डारी

सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु साझा दायित्व होः राष्ट्रपति भण्डारी

राजनीति
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले अवलम्बन गरेको प्रणालीलाई थप सुदृढ गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु सबैको साझा दायित्व हुन आएको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई तथा शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले आजको दिनले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय सङ्कल्प हासिल गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ । राष्ट्रपतिले प्रजातन्त्र स्थापनाका लागि भएका अनेकाँैं सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शहीद परिवार तथा आन्दोलनमा भाग लिने क्रममा बेपत्ता, घाइते एवं अङ्गभङ्ग हुनुभएका व्यक्तित्वप्रति तथा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभ...