राजनीति

लोकतन्त्रको आधार स्तम्भ राजनीतिक दलः पूर्वराष्ट्रपति डा यादव

लोकतन्त्रको आधार स्तम्भ राजनीतिक दलः पूर्वराष्ट्रपति डा यादव

राजनीति
धनुषा । पूर्वराष्ट्रपति डा रामवरण यादवले लोकतन्त्रको आधार स्तम्भ राजनीतिक दल भएको बताएका छन् । शुक्रवार जनकपुरधाममा डा शोभाकर पराजुलीको दुई कृति ‘समाजवाद र बीपी कोइराला’ र ‘बीपी विचारसङ्ग्रह’को लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले लोकतन्त्रको आधार स्तम्भ राजनीतिक दल भएको बताएका हुन् । उनले भने, “अहिले सबैभन्दा ठूलो दल विभाजित भएको छ भने अर्को दल कांग्रेसको अवस्था पनि ठीक छैन ।” उनले प्रश्न गरे, “सबैभन्दा ऐतिहासिक, लोकतन्त्र र समाजवादीको पर्यायवाची बनेको पार्टीको अवस्था के छ? ठीक छ?” पूर्व राष्ट्रपति यादवले भोलि संसद् पुनःस्थापना नभए देश कुन बाटोमा जान्छ यो विद्धानलाई सोधुँला, त्यो म भन्न सक्दिनँ भन्दै लोकतन्त्रमा फेरि एक पटक ग्रहण लागेको हुँदा लोकतन्त्र रक्षाको लागि सबैले भूमिका खेल्नुपर्ने बताए ।...
ओली सरकारको गृहमन्त्री बन्दैछ भनेर चरित्रहत्या गर्न खोजियोः वामदेव गौतम

ओली सरकारको गृहमन्त्री बन्दैछ भनेर चरित्रहत्या गर्न खोजियोः वामदेव गौतम

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेम गौतमले केपी शर्मा ओली नेतृत्वको सरकारको गृहमन्त्री बन्न लागेको भन्दै आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएका छन् । शुक्रबार सामाजिक सञ्जाल मार्फत गौतमले आफ्नो चरित्र हत्या गर्ने दुष्ट प्रयत्नस्वरुप यसप्रकारको हल्ला चलाइएको बताएका हुन् । यस किसिमका भ्रामक समाचारहरुलाई विश्वास नगर्न पनि गौतमले आग्रह गरेका छन् । https://www.facebook.com/BamdevGautam.com.np/posts/3880874671970090...
विकास र समृद्धिका लागि निर्वाचन अपरिहार्यः मुख्यमन्त्री राई

विकास र समृद्धिका लागि निर्वाचन अपरिहार्यः मुख्यमन्त्री राई

राजनीति
विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले स्थायी शान्ति, विकास र समृद्धिका लागि निर्वाचन अपरिहार्य रहेको बताएका छन् । प्रेस संगठन प्रदेश–१ स्तरीय भेलाको आज उद्घाटन गर्दै उजले मुलुकलाई बन्धक बनाउने र अस्थिरतातर्फ धकेल्न क्रियाकलापलाई परास्त गर्न लोकतन्त्रान्त्रिक पद्धतिअनुसार जनतासमक्ष ताजा जनादेश लिनु जानुपरेको वाध्यतात्मक परिस्थिति सिर्जना भएको प्रष्ट पारे । उजले मुलुकको समग्र विकास एवं समृद्धि बनाउन निर्वाचनमा जुट्न आग्रह गर्दै विभिन्न राजनीतिक दल आफ्ना किसिममा तयारीमा लागेको बताए । उजले जनताको बलिदानबाट प्राप्त भएको लोकतन्त्र र सङ्घीयतालाई संस्थागत बनाउन पत्रकारले भूमिका खेल्नुपर्नेमा जोड दिँदै संगठनकोे भेलाबाट गरिने योजनालाई प्रदेश सरकारले जोडेर लैजाने विश्वास दिलाए । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले पार्टी विधान विपरित प्रदेश सरकार विरुद्ध अविश्वास प्रस्ता...
 संसद् पुनर्स्थापना नभए देश भयंकर अन्धकारमा जानेछ : प्रचण्ड

 संसद् पुनर्स्थापना नभए देश भयंकर अन्धकारमा जानेछ : प्रचण्ड

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मुलुकमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको ‘गुण्डागर्दी’ चलिरहेको आरोप लगाएका छन् । बाराको सिमरामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले अहिले मुलुकमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको ‘गण्डागर्दी’ चलिरहेको दावी गरेका हुन् । सम्बोधनका क्रममा उनले चुनाव हुनेमा आफूहरुलाई रतिभर पनि विश्वास नभएको बताउँदै संसद् पुनर्स्थापना नभए तोकिएको समयमा निर्वाचन नहुने बताए । ‘संसद पुनर्स्थापना नभए देश भयंकर अन्धकारमा जानेछ, यसतर्फ सरकार बेलैमा सचेत हुनुपर्छ ।’ उनले भने ।...
प्रदेश प्रमुख झाद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

प्रदेश प्रमुख झाद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

राजनीति
काठमाडौं । प्रदेश नम्बर–२ का नवनियुक्त प्रदेश प्रमुख राजेश झा (अहिराज)ले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार साँझ शीतलनिवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले झालाई पथ तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन् । सपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतको उपस्थिति थियो । उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटा भने समारोहमा सहभागी भएनन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई आजै पदमुक्त गर्दै रौतहटका राजेश झालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् । परियारलाई पदमुक्त गरेपछि रिक्त ठाउँमा झालाई नियुक्त गरिएको हो ।...
ओली सरकारले ज्यादतीपूर्ण र दमनकारी क्रियाकलाप गरिराखेको छः नारायणकाजी श्रेष्ठ

ओली सरकारले ज्यादतीपूर्ण र दमनकारी क्रियाकलाप गरिराखेको छः नारायणकाजी श्रेष्ठ

section, राजनीति
‘ओली सरकारले गैह्रकानूनी ढंगले ज्यादतीपूर्ण र दमनकारी क्रियाकलाप गरिराखेको छ’ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले केपी शर्मा ओली सरकारले ज्यादतिपूर्ण ढंगले दमनकारी क्रियाकलाप गरिराखेको बताएका छन् । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडाँमा केन्द्रीय कमिटीको अनौपचारिक बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले प्रतिनिधि सभाको विघटनपछि कामचलाउ बनेको ओली सरकारले कानून विपरित ज्यादतिपूर्ण ढंगले दमनकारी क्रियाकलाप गरिराखेको बताए । यस्तो कदम केही समयको लागि निर्लज्ज दमनकारी अभिव्यक्ति मात्रै हुने पनि प्रवक्ता श्रेष्ठले बताए । उनले भने– ‘प्रधानमन्त्री र सरकारले आफैले प्रतिनिधि सभा विघटन गरिसकेपछि स्वतः कामचलाउ सरकारमा परिणत भएको छ । त्यसको विपरित गैह्रकानूनी ढंगले ज्यादतीपूर्ण, बलमिच्याहिंपूर्ण, दमनकार...
प्रदेश प्रमुखको बर्खास्ती र नियुक्तिप्रति कांग्रेसको आपत्ति

प्रदेश प्रमुखको बर्खास्ती र नियुक्तिप्रति कांग्रेसको आपत्ति

Featured, राजनीति
काठमाडौं । नेपाली कांग्रेसले प्रदेश नम्बर २ मा शुक्रबार भएको प्रदेश प्रमुखको बर्खास्ती र नयाँ नियुक्तिप्रति आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै कामचलाउ स्थितिमा पुगेको सरकारले स्वेच्छाचारी ढंगले बर्खास्त, नियुक्ति आदि काम गर्न नमिल्ने बताएका हुन् । केपी शर्मा ओली नेतृत्वको सरकारले प्रदेश प्रमुखको गरिमा थप घटाउने कार्य गरेको र निर्वाचन घोषणा गर्ने तर बर्खास्त र नियुक्तितर्फ लाग्नु आपत्तिजनक भएको कांग्रेसले टिप्पणी गरेको छ । सरकारले एकातर्फ प्रदेश प्रमुखको गरिमा थप घटाउँदै जाने कर्म गरेको छ भने निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्तितर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक छ । विज्ञप्तिमा भनिएको छ ।...
बृहत् नागरिक आन्दोलनको घोषणापत्र जारी (पूर्णपाठसहित)

बृहत् नागरिक आन्दोलनको घोषणापत्र जारी (पूर्णपाठसहित)

राजनीति
काठमाडौं । संसद् विघटनको विरोधमा बृहत् नागरिक आन्दोलनले आफ्नो घोषणापत्र २०७७ जारी गरेको छ । बृहत् नागरिक आन्दोलनले काठमाडौंको टुँडिखेलमा मार्च गरेको छ । शंखधर पार्कबाट शहीद गेट हुँदै जुलुस टुँडिखेलतिर अघि बढेको छ । उनीहरुले नागरिक आन्दोलन जिन्दावाद, प्रतिगमन मुर्दावाद, गणतन्त्र जिन्दावाद जस्ता नारा लगाएका थिए । वृहत नागरिक आन्दोलनले जारी गरेको घोषणापत्रमा अबका कार्यक्रमलाई १० बुँदे उद्देश्यमा केन्द्रित रहने अभियन्ताहरुले जानकारी दिए । कार्यक्रममा साहित्यकार, लेखक, पत्रकार, नागरिक अभिन्यताहरू सहभागी छन् ।...
महिला संघ अध्यक्ष रेग्मीको दावी – टुँडिखेलमा झुण्डाएर गोली ठोकेपछि बलात्कार कम हुन्छ

महिला संघ अध्यक्ष रेग्मीको दावी – टुँडिखेलमा झुण्डाएर गोली ठोकेपछि बलात्कार कम हुन्छ

राजनीति
काठमाडौं । नेपाल महिला संघले हत्या, हिंसा, बलात्कारविरुद्ध रत्नपार्कको शान्तिबाटिमा विरोध प्रदर्शन गर्ने भएको छ । संघकी अध्यक्ष उमा रेग्मीले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी शनिबार दिउँसा १ बजे महिलाविरुद्धको हिंसा र बलात्कारविरुद्ध विरोध प्रदर्शन गर्ने जानकारी दिएकी हुन् । देशमा कम्युनिष्ट सरकारले असंवैधानिक तथा अलोकतान्त्रिक कदम चालेको भन्दै त्यसका विरुद्ध पनि प्रदर्शन केन्द्रित हुने उनको भनाइ थियो । ‘जो पशु छ, जो राक्षस छ त्यसले मात्र बलात्कार गर्छ,’ अध्यक्ष रेग्मीले भनिन्, ‘बलात्कारीलाई मृत्युदण्डको सजाय दिनुपर्छ ।’ टुँडिखेलमा १० अपराधीलाई झुण्डाएर गोली ठोकेको दिनमात्र अपराधीलाई डरत्रास हुने र समस्या न्यनिकरण हुने बताइन् । रेग्मीले विद्यालयमा नैतिक शिक्षा र यौन शिक्षा अनिवार्य रुपमा दिन पर्ने आवश्यकता औल्याइन् ।...
असन्तुष्ट पक्षलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन प्रधानमन्त्रीको आग्रह

असन्तुष्ट पक्षलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन प्रधानमन्त्रीको आग्रह

Featured, राजनीति
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र प्राप्तिपछि शान्तिपूर्ण राजनीतिभन्दा अर्को बाटो हुन नसक्ने भएकाले असन्तुष्ट पक्षलाई संवादका माध्यमबाट मूलधारमा आउन आग्रह गर्नुभएको छ । ७१ औँ प्रजातन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शान्तिपूर्ण लोकतान्त्रिक प्रणालीप्रतिको आफ्नो आस्था एवं विश्वास बढाउन र त्यस अभ्यासलाई आत्मसात गरी इमान्दारिताका साथ अगाडि बढ्न आग्रह गर्नुभयो । लोकतन्त्र आइसकेपछि पनि अन्य बाटोबाट अघि बढ्न सकिन्छ भन्ने तथा रोज्ने प्रवृत्ति कायम रहेको उल्लेख गर्दै उहाँले नेपाली जनता त्यस्ता कुराबाट सतर्क हुनुपर्ने बताउनुभयो । “शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन तथा अझै पनि यसधारमा समाहित नभइसकेका वा हुन नसकिरहेको पक्षलाई म यस अवसरमा संवादका माध्यमबाट शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन आग्रह गर्दछु”, उहाँले भन्नुभयो । बृहत्त...