विकास र समृद्धिका लागि निर्वाचन अपरिहार्यः मुख्यमन्त्री राई

विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले स्थायी शान्ति, विकास र समृद्धिका लागि निर्वाचन अपरिहार्य रहेको बताएका छन् ।

प्रेस संगठन प्रदेश–१ स्तरीय भेलाको आज उद्घाटन गर्दै उजले मुलुकलाई बन्धक बनाउने र अस्थिरतातर्फ धकेल्न क्रियाकलापलाई परास्त गर्न लोकतन्त्रान्त्रिक पद्धतिअनुसार जनतासमक्ष ताजा जनादेश लिनु जानुपरेको वाध्यतात्मक परिस्थिति सिर्जना भएको प्रष्ट पारे ।

उजले मुलुकको समग्र विकास एवं समृद्धि बनाउन निर्वाचनमा जुट्न आग्रह गर्दै विभिन्न राजनीतिक दल आफ्ना किसिममा तयारीमा लागेको बताए । उजले जनताको बलिदानबाट प्राप्त भएको लोकतन्त्र र सङ्घीयतालाई संस्थागत बनाउन पत्रकारले भूमिका खेल्नुपर्नेमा जोड दिँदै संगठनकोे भेलाबाट गरिने योजनालाई प्रदेश सरकारले जोडेर लैजाने विश्वास दिलाए ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले पार्टी विधान विपरित प्रदेश सरकार विरुद्ध अविश्वास प्रस्ताव आएको जनाउँदै पार्टी संसदीय विधानअनुसार सदस्यलाई स्पष्टिकरण सोधिएकोमा चित्त वुझ्दो स्पष्टिकरण नआएकोले निलम्वन गरेकोमा त्यो वैधानिक रहेको प्रष्ट पारे । उजले प्रदेश सरकारले सञ्चारकर्मीको विकासका लागि नीति लिएको चर्चा गर्दै उनीहरुको दक्षता वृद्धि बनाउन सञ्चार ग्राम निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नेपाल कम्यूनिस्ट पार्टी (नेकपा)का प्रदेशका प्रमुख सचेत वुद्धिकुमार राजभण्डारीले कानून मिचेर प्रदेश सरकार विरुद्ध अविश्वासको प्रस्ताव आएको जनाउँदै सर्वोच्च अदालत र निर्वाचन आयोग निर्णय नभएसम्म प्रदेशसभा स्थगित रहने जानकारी दिए।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.