राजनीति

प्रधानमन्त्री ओली अन्ततः संसद् बैठक बोलाउन तयार

प्रधानमन्त्री ओली अन्ततः संसद् बैठक बोलाउन तयार

Featured, राजनीति
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि संसद विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओली अदालतको परमादेशबमोजिम संसद् बैठक बोलाउन तयार भएका छन् । बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको ओली समूहको बैठकले सर्वोच्चको आदेशको कार्यान्वयन गर्न निर्देशन दिएको छ । सर्वोच्च अदालतले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा गरेको प्रतिनिधिसभा विघटनको निर्णय उल्टाउँदै संसद् पुनर्स्थापनाको फैसला सुनाएको थियो । संसद् पुनर्स्थापनाको फैसला आएपछि प्रधानमन्त्री एवं अध्यक्ष ओलीले आफ्नो समूहको स्थायी कमिटीको बैठक बोलाएका थिए । सो बैठकले संसद् पुनर्स्थापनाको फैसलाबमोजिम संसद् बैठक आह्वान गर्ने निर्णय गरेको हो ।...
विकसित घटनाक्रमपछि राजनीतिक सक्रियता बढाउँदै चिनियाँ राजदूत

विकसित घटनाक्रमपछि राजनीतिक सक्रियता बढाउँदै चिनियाँ राजदूत

Featured, राजनीति
काठमाडौं । प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले  बदर गरेपछि विकसित भएको राजनीतिक घटनाक्रमलाई लिएर नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीसहितको चिनियाँ समूहले सक्रियता देखाएको छ। नेकपामा आन्तरिक विवाद बढिरहेका वेला  राजदूत  यान्छीले राजनीतिक भेटवार्ता तीव्र पारेकी छिन् । राजदूत यान्छीले चितवनबाट काठमाडौँ फर्के लगत्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाललाई भेट्ने योजना बनाएको नेकपा स्रोतले उल्लेख गरेको छ। नेकपा स्रोतका अनुसार यान्छीले शुरुमा अध्यक्ष माधव नेपाललाई भेट्ने योजना बनाएकी छन्। सत्तारुढ नेकपामा विवाद बढ्दा  राजदूत यान्छी  विवादित भेटघाटमा सक्रिय थिइन। उनले यसअघि नेकपा फुट्न नहुने चिनियाँ राष्ट्रपति सि जिनपिङको सन्देश भन्दै राष्ट्रपति  विद्यादेवी भण्डारी, नेकपाका अध्यक्ष प्रचण्ड र नेपाललगायतका नेताहरुसँग भेटेर वार्ता गरेकी थिइन। राजदुत यान्छीले ...
ओलीले संकटकाल लगाए एक महिनामा नै फिर्ता हुन्छः प्रचण्ड

ओलीले संकटकाल लगाए एक महिनामा नै फिर्ता हुन्छः प्रचण्ड

Featured, राजनीति
चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधव कुमार नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा संकटकाल नलाग्ने दावी गरेका छन् । सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरे सरकारले संकटकाल लगाउने चर्चा चलेको सन्दर्भमा चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले संकटकाल नलाग्ने र लागेपनि एक महिना मै फिर्ता हुने बताएका हुन् । संसद पुनर्स्थापना भयो भने आन्दोलन गर्छौं भनेर प्रधानमन्त्रीले भन्नु पराजित मानसिकताको उपज भएको उनको भनाइ थियो । यसबाट उनले गलत गरेका रैछन् भन्ने सावित भइसकेको प्रचण्डको भनाइ छ । संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलापछि अब देशले निकास पाउने उनको दावी छ ।...
प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ : प्रचण्ड

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ : प्रचण्ड

Featured, राजनीति
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभा विघटनलाई बदर गर्दै संसद पुनर्स्थापना गर्न आदेश दिएपछि चितवनमा रहेका प्रचण्ड, अर्का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुले खुसी मनाएका छन् । अध्यक्षद्वय प्रचण्ड र माधवले एकअर्कालाई मिठाई खुवाउनुका साथै अबिर माला गरेका छन् । त्यसक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै प्रचण्डले नैतिकता छ भने तत्काल राजीनामा दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरे । अझै अर्को नौटंकी गरे ओलीको दुर्गती हुने उनको चेतावनी छ ।...
सर्वोच्च अदालतद्वारा संसद पुनर्स्थापना गर्न आदेश, १३ दिनभित्रै संसद बैठक बोलाउनु पर्ने

सर्वोच्च अदालतद्वारा संसद पुनर्स्थापना गर्न आदेश, १३ दिनभित्रै संसद बैठक बोलाउनु पर्ने

Featured, राजनीति
काठमाडौं । सर्वोच्च अदालतले विघटन भएको संसदलाई  पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ । संसद विघटन बदर गर्ने सर्वोच्चको ऐतिहासिक फैसलापछि राजनीतिक रुपमा तरंग फैलिएको छ । अदालतले संसद विघटनलाई बदर गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो ।...
गगन थापाको प्रश्‍न : ओली सम्मानित प्रधानमन्त्री हुन् कि टोले गुण्डा ?

गगन थापाको प्रश्‍न : ओली सम्मानित प्रधानमन्त्री हुन् कि टोले गुण्डा ?

Featured, राजनीति
नवलपरासी । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायलयलाई धम्क्याएको बताएका छन् ।नवलपरासीको हुप्सेकोट गाउँपालिकामा कांग्रेसले गरेको सभालाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्रीले न्यायलयलाई धम्क्याएको भन्दै टोले गुण्डाको संज्ञा दिएका छन् । शनिबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले विराटनगरमा गरेको सभामार्फत प्रधानमन्त्री ओलीले न्यायलयलाई धम्क्याएको नेता थापाको भनाइ थियो । ‘प्रधानमन्त्रीले हिजो विराटनगरबाट अदालतलाई सडकबाट धम्क्याउने काम गर्नुभयो । केपी ओली सम्मानित प्रधानमन्त्री हुन् कि टोले गुण्डा ?’ थापाले भने, ‘सरकार चलाउन छोडेर सडकमा मान्छे बटुल्दै हिँड्ने प्रधानमन्त्री संसारमा कतै छैनन् ।’...
शशांक कोइरालाको दावी – केपी ओलीले चुनाव गराउँदैनन् 

शशांक कोइरालाको दावी – केपी ओलीले चुनाव गराउँदैनन् 

Featured, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्माले निर्धारित मितिमा निर्वाचन नगराउने ठोकुवा गरेका छन् । त्रिभुवन विश्वविद्यालयमा विगत १९ दिनदेखि जारी नेपाल विद्यार्थी संघ (नेविसंघ) को अनशनसहितको विरोध कार्यक्रममा ऐक्यबद्धता जनाउन पुगेका डा. कोइरालाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवादकै कारण निर्धारित मितिमा निर्वाचन हुन नसक्ने दावी गरेका हुन् । ‘मलाई लाग्छ ओलीजीले चुनाव गराउनुहुन्न । उहाँले तय गरेको मितिसम्म चुनाव हुँदैन, कोइरालाले भने ।’ वैशाखमा कुनै पनि हालतमा चुनाव नहुने भन्दै महामन्त्री कोइरालाले कांग्रेसले आफ्नो ध्यान आगामी भदौका लागि तय भएको महाधिवेशनमा केन्द्रित गर्नुपर्ने बताए ।...
प्रदेश २ का प्रमुख झाद्वारा पदभार ग्रहण

प्रदेश २ का प्रमुख झाद्वारा पदभार ग्रहण

राजनीति
धनुषा । प्रदेश नम्बर २ का प्रदेश प्रमुख राजेश झा अहिराजले आइतबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै प्रमुख झाले देश, जनता र संविधानलाई पहिलो र महत्वपूर्ण आधार बनाएर प्रदेश २ भित्रका प्रत्येक नागरिकलाई साझा, शान्त र समभावसहितको समाज निर्माणमा भूमिका निर्वाह गर्ने बताएका छन् । उनले भनेका छन्ः ‘ जात, जन्म, स्थान वा घनत्वको आधारमा दम्भ वा भय निर्माण भइरहँदा समाज आशान्त र नागरिक असुरक्षित हुनसक्छ । प्रत्येक नागरिकलाई साझा र अपनत्वसहितको प्रदेश निर्माणमा मेरो भूमिका कायम रहनेछ ।’ उनले देशभक्ति, आतिथ्य सत्कार र समृद्ध सांस्कृतिक इतिहास बोेकेको प्रदेशमा काम गर्ने सौभाग्य पाएको बताउँदै विविधतालाई अवसरको रुपमा लिने, अनुशासन, इमान्दारिता र माटोप्रति प्रेम कायम राख्दै २ नम्बर प्रदेशलाई सकारात्मक रुपमा उदाहरणीय बनाउन कार्यमा बल पुर्याउने प्रतिबद्धता गरेका छन् ।...
ओलीपक्षीय युवा सङ्घले पाँच लाख सदस्य विस्तार गर्ने, साइबर सेना बनाउने

ओलीपक्षीय युवा सङ्घले पाँच लाख सदस्य विस्तार गर्ने, साइबर सेना बनाउने

राजनीति
काठमाडौँ । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा सङ्घले चैत मसान्तभित्र पाँच लाख सदस्यता विस्तार गर्ने भएको छ । गत माघ २५ र २६ गते भएको दोस्रो केन्द्रीय कमिटी बैठकले गरेका निर्णय सार्वजनिक गर्न शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका नवनिर्वाचित अध्यक्ष बचनबहादुर सिंहले ‘जहाँ युवा त्यहाँ राष्ट्रिय युवा सङ्घ’ भन्ने मान्यता अनुरूप चैत मसान्तभित्र पाँच लाख सदस्य विस्तार गर्ने बताए । उनले चैतमसान्तभित्र ७७ वटा जिल्ला कमिटी, १६५ वटा सङ्घीय निर्वाचन क्षेत्र समन्वय कमिटी, ३३० प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी, ७५३ स्थानीय तह कमिटी र छ हजार ७४३ वडा कमिटी गठन गर्ने समेत जानकारी दिए । साइबर सेना बनाइने  उनले सबै कमिटीमा साइबर सेना गठन गर्नेसमेत जानकारी दिए । मुलुकको स्वाधीनता तथा जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न सबै कमिटीमा साइबर सेना बनाउन थालिएको बताए। यसअघि तत्क...
प्रदेश १ काे प्रदेशसभा बैठकः अविश्वासको प्रस्ताव टेवल गर्ने कार्यसूची, सत्ता पक्षले नै अवरुद्ध गर्ने तयारी

प्रदेश १ काे प्रदेशसभा बैठकः अविश्वासको प्रस्ताव टेवल गर्ने कार्यसूची, सत्ता पक्षले नै अवरुद्ध गर्ने तयारी

राजनीति
विराटनगर । प्रदेश १ को जारी सातौ हिउँदे अधिवेशनको तेस्रो बैठक आजका लागि बाेलाइएकाे छ । तर आजकाे प्रदेशसभा बैठक सरकारले नै अवरोध गर्ने भएको छ । संसद् सचिवालयले आजको बैठकमा अविश्वासको प्रस्ताव टेवल गर्ने तयारी गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  केपी शर्मा ओली समूहले बैठक अवरुद्ध गर्ने बताएको हो । यसअघि गत माघ २५ को बैठकमा अविश्वासको प्रस्ताव टेवल गर्ने कार्यसूची थियो । तर सत्तारुढ नेकपा ओली समूहले नै अवरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले आजसम्मका लागि बैठक स्थगित गरेका थिए । आइतबार दिउँसो २ बजे आह्वान गरिएको बैठक पनि सञ्चालन गर्न नदिने नेकपा ओली समूहका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए । बैठक सञ्चालन गर्नका लागि पार्टी दुई वटा हुनु पर्ने उनीहरूकाे भनाइ छ ।...