काठमाडौं । सर्वोच्च अदालतले विघटन भएको संसदलाई पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ ।
मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ । संसद विघटन बदर गर्ने सर्वोच्चको ऐतिहासिक फैसलापछि राजनीतिक रुपमा तरंग फैलिएको छ ।
अदालतले संसद विघटनलाई बदर गरेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो ।
Facebook Comments