अवहेलना मुद्दाः चार पूर्व प्रधानन्यायाधीशलाई वारेस राख्न अनुमति

काठमाडौं । सर्वोच्च अदालतले चार पूर्व प्रधानन्यायाधीशलाई अवहेलनासम्बन्धी मुद्दामा वारेस राख्न अनुमति दिएको छ ।

गत माघ १४ गते लोचन भट्टराई र धनजीत बस्नेतसमेतले पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर गरेका थिए ।

सोही मुद्दाका सन्दर्भमा चार पूर्वप्रधानन्यायाधीशले वारेस राख्न अनुमति पाउँ भनेर इजलाससमक्ष निवेदन दिएका थिए । बिहीबार न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले उनीहरुको मागअनुसार वारेस राख्न अनुमति दिने आदेश जारी गरेको हो ।

यसअघि उनीहरुले अदालतको आदेश अनुसार आफै उपस्थित भएर लिखित जवाफ पेस गरेका थिए ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.