राजनीति

जसपाको यस्ताे निर्णयले ओलीलाई लाग्याे झट्का!

जसपाको यस्ताे निर्णयले ओलीलाई लाग्याे झट्का!

Featured, राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम प्रतिगामी भएको ठहर गर्दै तत्काल उनलाई सहयोग नगर्ने निष्कर्ष निकालेको छ । आज बसेको संसदीय दलको बैठकले सो निष्कर्ष निकालेको प्रतिनिधिसभा सदस्य एवम् जसपाका कार्यकारीणी सदस्य राजकिशोर यादवले जानकारी दिए । प्रधानमन्त्री ओलीले चालेको प्रतिगामी कदमको अधिकांश सांसदले विरोध गरेको बताउँदै यादवले यस अवस्थामा उनलाई सहयोग गर्नु आत्मघाती हुने निष्कर्षमा सांसदहरु पुगेको बताए । पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि जसपा नेपालले त्यसको विरोधमा आन्दोलन गरेको थियो । सो आन्दोलनमार्फत जसपाले प्रधानमन्त्री ओलीले प्रतिगामी कदम चालेको भन्दै त्यसको खारेजीको माग गरेको थियो । तर प्रधानमन्त्री ओलीले संसद विघटनको निर्णय फिर्ता लिएनन् । सर्वोच्च अदालतले सो निर्णयलाई उल्टाइ दियो । प्रधानमन्त्री ओलीले अझै पनि संसद विघटन गरेकोमा कुनै प...
नयाँ सरकार गठनका लागि माओवादी केन्द्रले बनायाे यस्ताे रणनीति

नयाँ सरकार गठनका लागि माओवादी केन्द्रले बनायाे यस्ताे रणनीति

राजनीति
काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि पहिलो पटक बसेको नेकपा माओवादी केन्द्रको बैठकले नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र जनता समावादी पार्टी (जसपा) सँग वार्ता गर्ने निर्णय गरेको छ । आज मओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले तत्काल वार्ता अगाडि बढाउने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा प्रचण्डलाई छाडेर ओली पक्षमा गएका नेताहरु रामबहादुर थापा बादल, टोपवहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा अनुपस्थित थिए भने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्ण बहादुर महरा, जनार्दन शर्मा, पम्फा भुसाल,लिलामणि पोखरेल, शक्ति बस्नेत लगायत सहभागी थिए।...
आयोगद्वारा प्रचण्ड र ओलीको नेकपा खारेज (विज्ञप्तिसहित)

आयोगद्वारा प्रचण्ड र ओलीको नेकपा खारेज (विज्ञप्तिसहित)

राजनीति
काठमाडौँ। निर्वाचन आयोगले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओली अध्यक्ष रहेको नेपाल कम्युिनष्ट पार्टी (ने क पा) खारेज गरेको छ । आइतबार सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भइ बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) खारेज गरेसँगै आयोगले दर्ता नम्बर १४५ मा दर्ता रहेको नेकपा खारेज गरेको विज्ञप्ति मार्फत जनाएको हो । दल खारेज सम्बन्धिको विषय एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाललाई जानकारी दिने पनि आयोगले जनाएको छ । आयोगको विज्ञप्ति यस्तो छ :...
गगन थापाले गरे प्रधानमन्त्री ओलीकाे पर्दाफास!

गगन थापाले गरे प्रधानमन्त्री ओलीकाे पर्दाफास!

राजनीति
काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले झुट बोलेको आरोप लगाएका छन्। मंगलवार सामाजिक सञ्जालमार्फत नेता थापाले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर एसिड आक्रमणविरुद्धको अध्यादेश फेल गराउन खोजे भन्दै झुट बोलेको आरोप लगाएका हुन्। आइतवारको प्रतिनिधि सभाको बैठकमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश प्रधानमन्त्री ओलीका तर्फबाट कानुन मन्त्री लिलानाथ श्रेष्ठले पेश गर्दै गर्दा काँग्रेसले रोस्टम घेराउ गरेको थियो। काँग्रेसलाई जसपाका सांसदहरुले पनि साथ दिएको थियो। त्यसपछि प्रतिनिधि सभा बैठक बुधवारसम्मका लागि स्थगित भयो। तर मंगलवार प्रधानमन्त्री ओलीले एसिड आक्रमण विरुद्धको कानुन रोक्न काँग्रेसलगायतका नेताहरुले संसदमा सेटिङ गरेको गम्भीर आरोप लगाए। अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एसिड आक्रमणविरुद्धको ...
कोमल ओलीद्वारा रघु पन्त विरुद्ध मुद्दा दायर

कोमल ओलीद्वारा रघु पन्त विरुद्ध मुद्दा दायर

Featured, राजनीति
काठमाडौं । राष्ट्रिय सभा सांसद कोमल वलीले नेता रघुजी पन्तविरुद्ध मुद्दा दर्ता गरेकी छिन्। सांसद वलीले आज काठमाडौं जिल्ला अदालत पुगेर मुद्दा दर्ता गरेकी हुन्। उनले मुलुकी अपराध संहिता २०७४ को दफा ३०५,३०६,३०७ को आधारमा आफूलाई अन्याय परेको भन्दै मुद्दा दर्ता गराएकी हुन्। केही साता अघि एक कार्यक्रममा नेता पन्तले नेकपामा कैयौं वर्ष संघर्ष र बलिदान दिएका महिलाहरु हुँदा पनि तिनले कुनै पद नपाएको तर कोमल वलीले भने तुरुन्तै पद पाएको बताएका भन्दै आलोचना गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र ओली समूह र प्रचण्ड-माधव नेपाल समूहबिच चर्को द्वन्द्व हुँदा पन्तले यस्तो अभिव्यक्ति दिएका थिए। त्यही क्रममा एक अर्का पक्षका नेताले सार्वजनिक कार्यक्रममा नै कटाक्ष गर्दै भाषणवाजी गर्ने होड थियो। नेता पन्तले आफूलाई अपमान गरेको भन्दै सांसद ...
नेपाल र खनाललाई अपराधी हुन् : सूर्य थापा

नेपाल र खनाललाई अपराधी हुन् : सूर्य थापा

राजनीति
काठमाडौँ। सर्वोच्च अदालतले तीन बर्षअघि एकीकरण भएको नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अबस्थामै फर्काएपछि एमाले र माओवादी केन्द्र छुट्टिएका छन् । सर्वोच्चको फैसलासँगै नेकपाको ओली समूह र प्रचण्ड–माधव समूह पनि छिन्न भिन्न भएको छ । ओलीलाई छाडेर प्रचण्डतिर लागेका पूर्व एमालेका नेताहरु र प्रचण्डलाई छाडेर ओलीतिर लागेका पूर्व माओवादी केन्द्रका नेताहरु अब पुरानै पार्टीमा फर्कनुपर्ने भएको छ । सर्वोच्चको निर्णयले सबैभन्दा अप्ठेरो एमाले अध्यक्ष ओलीसँग छुट्टीएका माधव कुमार नेपाललाई परेको छ । नेकपामा हुँदा पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर प्रचण्ड–माधव समूह खडा गरेका नेपाललाई सर्वोच्चको फैसलाले उठ्नै गाह्रो हुने गरी पछारेको छ । यो अवस्थामा नेपाललाई ओलीसँग मिल्न कठिन छ भने, पार्टी फुटाएर छुट्टीन झनै कठिन छ। हुनत हिजै प्रचण्ड–नेपाल समूहले आ–आफ्नो पार्टीमा फर्किने निर्णय गरिसकेका छन् । प्रचण्डसँग...
‘कुनै पनि मन्त्री माओवादी केन्द्रमा फर्किने सोचमा हुनुहुन्न’

‘कुनै पनि मन्त्री माओवादी केन्द्रमा फर्किने सोचमा हुनुहुन्न’

पत्रपत्रिका, राजनीति
काठमाडौं । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदमा रहेका पूर्वमाओवादी नेताहरु पूर्ववत पार्टीमा नफर्किने एकजना मन्त्री मणि थापाले बताएका छन् । खानेपानी मन्त्रीको जिम्मेवारीमा रहेका थापाले माओवादी केन्द्रमा नफर्किने बताए पनि अन्य मन्त्रीहरुले यस विषयमा खुलेर बोलेका छैनन् । वर्तमान सरकारमा पूर्वमाओवादी नेताहरु रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, दावा लामा र गौरीशंकर चौधरी मन्त्री छन् । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि माधव नेपाल पक्ष एमालेमै फर्किने निर्णयमा पुग्यो । प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठकले एमाले अलग, माओवादी केन्द्र अलग भएर जाने निर्णय गर्‍यो । तर, खानेपानीमन्त्री मणि थापाका अनुसार वर्तमान सरकारमा रहेका कुनै पनि पूर्वमाओवादी मन्त्रीहरु पूर्वमाओवादीमा फर्किने सोचमा छैनन् ।...
धुम्बाराहीमा आज एमाले पार्टीको साइनबोर्ड राखिने

धुम्बाराहीमा आज एमाले पार्टीको साइनबोर्ड राखिने

Featured, राजनीति
काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि आज धुम्बाराहीस्थित नेकपा कार्यालयमा नेकपा एमालेको साइनबोर्ड राखिने भएको छ । देशभरका पार्टी कार्यालयमा नेकपा एमालेको साइनबोर्ड राख्ने क्रममा धुम्बाराहीमा पनि नयाँ साइनबोर्ड टाँगिन लागेको हो । अधिकांश जिल्लामा पार्टी कार्यालयको साइनबोर्ड फेरिन लागेको छ । नेकपाको एकता खारेज भएपछि नेकपा एमालेको साइनबोर्ड राख्न देशभर अभियान चलेको छ । नेकपाको केन्द्रीय कार्यालय रहँदै आएको धुम्बाराहीस्थित कार्यालयमा पनि यही क्रममा एमालेको साइनबोर्ड राख्ने तयारी छ । सर्वोच्च अदालतले सोमबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम ऋषि कट्टेललाई दिएसँगै एमाले र माओवादी केन्द्रका रुपमा अलग अलग भएका हुन् ।...
माधव नेपालकाे निर्णयले ओली खुसी, प्रचण्ड दु:खी

माधव नेपालकाे निर्णयले ओली खुसी, प्रचण्ड दु:खी

Featured, राजनीति
काठमाडौँ । माधवकुमार नेपाल समूह पुष्पकमल दाहाल समूहसँग अलग हुँदै सर्वाेच्च अदालतको आदेशविरुद्ध संयुक्त संघर्ष गर्ने तयारी गरेका छन् । सर्वाेच्च अदालतको निर्णयअनुरुप नेपाल समूह एमालेमै रहेर केपी शर्मा ओलीसँग संघर्ष गर्न लागेको हो । दाहाल–नेपाल समूहको सोमबार पेरिसडाँडामा बसेको बैठकले सर्वाेच्चको फैसला कार्यान्वयन गर्दै दुई धारबाट अघि बढ्ने निर्णय लागेको एक नेताले बताए । बैठकमा सहभागी ति नेताका अनुसार बैठकको निर्णय डाफ्ट हुँदै छ । अहिले अन्तिम चरणको छलफल चलिरहेको छ । त्यस्तै सर्वाेच्चको फैसलाविरुद्ध पुनरावेदन जाने सहमति दाहाल–नेपाल समूहले गरेको छ । अब माधवकुमार नेपाल समूहले एमालेमै रहेर ओलीविरुद्ध संघर्ष गर्नेछ । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको बैठकमा एमालेका नेताहरु बैठकबीचमै छोडेर निस्केका थिए । उनीहरु आफ्नो भनाइ राख्दै बाहिरिँदै गरे ।...
पूर्वएमाले र पूर्वमाओवादी अलगअलग भएर जाने : प्रचण्ड–माधव समूह

पूर्वएमाले र पूर्वमाओवादी अलगअलग भएर जाने : प्रचण्ड–माधव समूह

Featured, राजनीति
काठमाडाैं । प्रचण्ड–नेपाल स्थायी समितिको बैठकले पूर्वएमाले र पूर्वमाओवादी अलग अलग भएर जाने निर्णय गरेको छ। पेरिसडाँडामा आज बसेको यो समूहको बैठकले यस्तो निर्णय गरेको हो। बैठकबारे जानकारी गराउँदै वरिष्ठ नेता झलनाथ खनालले आआफ्नो पार्टीबाट रहेर एकताका लागि पहल गर्ने निष्कर्ष बैठकले निकालेको बैठकपछि बताए। अब एमाले र माओवादी केन्द्र आफ्नोआफ्नो हिसाबले अघि बढ्ने भएका छन्। खनालले भने, ‘अदालतको फैसला राजनीतिक भयो, यसमा हाम्रो असहमति छ। तर फैसला मान्नैपर्यो,’ बैठकबाट फर्किंदै खनालले भने, ‘फेरि भेटौंला।’...