राजनीति

ओलीसँग सहकार्य गर्न लागेको जसपा किन पुग्यो पेरिसडाँडा ?

ओलीसँग सहकार्य गर्न लागेको जसपा किन पुग्यो पेरिसडाँडा ?

राजनीति
काठमाडौँ। केपी ओलीसँग सहकार्य गरेर सरकारमा जाने तयारी गरिरहेको जनता समाजवादी पार्टी (जसपा)का नेताहरु नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन्। बुधबार संसद बैठक सकिए लगत्तै जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भेटवार्ताका लागि पेरिसडाँडा पुगेका हुन् । प्रतिनिधिसभामा चौंथो ठुलो दल रहेको जसपाले नयाँ सरकार गठनका विषयमा माओवादी केन्द्रसँग छलफल गर्ने स्रोतले जनाएको छ । बुधबार बसेको मओवादी केन्द्रको स्थायी कमिटी बैठकले संगठनलाई मजबुत बनाउन भन्दै कार्यदल गठन गरेको छ । कार्यदलमा लीलामणि पोखरेल, वर्षमान पुन, पम्फा भुषाल र जनार्दन शर्मा रहेका छन् ।...
सत्ता साझेदारीका लागि राजेन्द्र महतोले राखे यस्ताे शर्त

सत्ता साझेदारीका लागि राजेन्द्र महतोले राखे यस्ताे शर्त

Featured, राजनीति
काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र महतोले संविधान संशोधनलगायत आफ्ना माग पूरा भएमा मात्रै सत्ता साझेदारीबारे सोच्न सकिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा उनले वर्तमान सरकारसँग माग पूरा गराउने शर्तसहित शुरुमा सहमति गरिएकामा पूरा नभएपछि समर्थन फिर्ता लिइएको स्मरण गराउँदै ती मागबारे सबै पक्षसँग छलफल हुने जनाए । सत्तारुढ नेकपा एमाले र जसपाबीचको वार्ता टोलीबारे सोधिएको प्रश्नमा उनले हाल सत्ता साझेदारीमा नभई मुद्दाका विषयमा छलफल भएको बताए । जसपाले संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइ, आफ्ना कार्यकर्तालाई लगाइएका मुद्दा फिर्तालगायत माग उठाउँदै आएको छ ।...
माधव नेपालले बोलाए आफ्नो पक्षको छुट्टै भेला

माधव नेपालले बोलाए आफ्नो पक्षको छुट्टै भेला

राजनीति
काठमाडौं । नेकपा एमालेमा माधवकुमार नेपाल पक्षका केन्द्रीय कमिटी सदस्यहरुबीच आज अपरान्ह नयाँ बानेश्वरमा आपसी छलफलका लागि बैठक गर्ने भएका छन्। नयाँ बानेश्वरस्थित अर्याल होटलमा हुने सो छलफलमा सर्वोच्च अदालतपछि पार्टीभित्र उत्पन्न परिस्थितिबारे छलफल हुने बताइएको छ। ‘अदालतको फैसलापछि पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित अवस्थाको विषयमा छलफल गर्न लागेका हौं,’ एक केन्द्रीय सदस्यले भने, ‘अब कसरी अघि बढ्ने भन्नेबारे समेत छलफल गर्ने भनिएको छ।’ अर्का एक नेताका अनुसार प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा मनोनयन गरेको सन्दर्भमा पनि छलफल गरिनेछ। ४४१ सदस्यीय केन्द्रीय समितिलाई ओलीले मनोनितहरु थपेर १५०१ सदस्य पुर्‍याएका थिए। फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपालाई खारेज गरेपछि राष्ट्रिय राज...
अब मध्यावधि निर्वाचनको विकल्प छैन : डा. कोइराला

अब मध्यावधि निर्वाचनको विकल्प छैन : डा. कोइराला

राजनीति
झापा । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशलाई राजनीतिक निकास दिन निर्वाचनमा जानुको विकल्प अब नभएको बताएका छन् । विर्तामोडमा नेपाल प्रेस युनियनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसभा पुनर्स्थापना भए पनि अब संसद् चल्न नसक्ने बताउँदै निर्वाचनको विकल्प नरहेको विचार व्यक्त गरे । ‘नेपाल कम्युनिस्ट पार्टी पुरानै अवस्था (एमाले र माओवादी)मा फर्किए, सहज रुपमा अब संसद् चल्न सक्दैन,’ उनले भने, ‘संसद् चल्न अप्ठ्यारो परिस्थिति भएपछि देशलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन, मध्यावधि निर्वाचनमार्फत भए पनि निकास दिनुपर्छ ।’ डा. कोइरालाले अबका गतिविधि र कार्यक्रम चुनावमुखी हुनुपर्ने बताउँदै त्यसैअनुरुप तयारी गर्न कांग्रेस कार्यकर्तालाई निर्देशन दिए । उनले पर्ख र हेरको अवस्थामा वर्तमान परिस्थिति नभएको हुँदा कांग्रेसले देशलाई निकास दिन केही महत्वपूर्ण निर्णय तत्काल लिने धारणा व्यक्...
सरकारले ल्याएको अध्यादेश पास नभए के हुन्छ ?

सरकारले ल्याएको अध्यादेश पास नभए के हुन्छ ?

राजनीति
काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश विरुद्ध संघीय संसद् सचिवालयमा विरोधको सूचना दर्ता गरेका छन् । यी दलले सरकारले ल्याएको अध्यादेश असंवैधानिक रहेको ठहर गर्दै त्यसलाई संसदमा अस्वीकृत गर्ने स्पष्ट पारेका छन् । नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले सरकारले असंवैधानिक ढंगले अध्यादेश ल्याएकाले त्यसलाई स्वीकृत नगर्ने बताउँदै कानुन संसदको नियमित प्रक्रियाबाट बनाउनुपर्ने उल्लेख गरिन् । उनले सरकारको ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश बाहेक अन्य अध्यादेशमा त्यसको प्रकृति हेरेर सहमति दिन सकिने बताइन् । तेजाव तथा अन्य घातक पदार्थ नियमन अध्यादेश, यौन हिंसा विरुद्धका ऐनलाई संशोधन गर्न ल्याइएका केही विधेयकमाथि भने विचार गर्न सकिने उनको भनाइ छ ।...
शोकप्रस्ताव पारित गरेर सकियो प्रतिनिधिसभा बैठक, अर्को बैठक चैत ३ गते

शोकप्रस्ताव पारित गरेर सकियो प्रतिनिधिसभा बैठक, अर्को बैठक चैत ३ गते

राजनीति
काठमाडौं । हिउँदे अधिवेशन अन्तर्गत आज बसेको प्रतिनिधिसभाको दोश्रो बैठक शोक प्रस्ताव पारितमै सिमित भएको छ । बैठकअघि विभिन्न ६ वटा अध्यादेश पेश गर्ने सम्भावित कार्यसुची राखिएपनि अन्तिम समयमा परिवर्तन गर्दै शोक प्रस्ताव पारित गर्ने कार्यसुची मात्रै राखिएको हो । संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभाको पहिलो बैठकमा अध्यादेशहरू पेश गर्नुपर्ने हुन्छ । गत फागुन २३ गतेको बैठकको कार्यसूचीमा अध्यादेश राखिएपछि प्रचण्ड पक्ष, कांग्रेस, जसपाले विरोध गरेका थिए । आज पनि कार्यसूचीमा अध्यादेश टेबल गर्ने तयारी भएपनि संसदीय मामिला तथा कानुन मन्त्रीले कुनै गृहकार्य र समन्वय नगरेको स्रोतले बतायो । पछि दलका नेताहरुले संवोधन गर्ने कार्यसूचीमा सहमति जुटेको थियो तर पछि बोल्न असहमत भएपछि त्यसलाई पनि हटाइएको थियो । प्रतिनिधिसभा तथा संविधानसभा अन्तर्गतका १४ जना पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गर्दैै बैठक सक...
माओवादी केन्द्र ब्युँतिएपछि प्रचण्डले चाले यस्तो कदम

माओवादी केन्द्र ब्युँतिएपछि प्रचण्डले चाले यस्तो कदम

राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रले संगठनलाई मूर्त रुप दिन चार सदस्यीय कार्यदल गठन गरेको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले संगठनलाई मजबुत बनाउन कार्यदल गठन गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । कार्यदलमा लीलामणि पोखरेल, वर्षमान पुन, पम्फा भुषाल र जनार्दन शर्मा रहेका छन्। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न पार्टीका नेताहरुसँग भएको छलफलबारे ब्रिफिङ गरेका थिए । मंगलबारको निर्णयअनुसार पार्टीले संसद, सरकार र राजनीतिक विषयमा विभिन्न पार्टीहरूसँग गर्ने छलफल अनुसार प्रचण्डले गरेको छलफलबारे बैठकमा जानकारी गराएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । प्रचण्डले मंगलबार काँग्रेस सभापति शेरबहादुर देउवा र जसपाका नेता डा.बाबुराम भट्टराईसँग वार्ता गरेका थिए ।...
प्रतिनिधिसभा बैठक सुरु नहुँदै बाहिरिए प्रधानमन्त्री

प्रतिनिधिसभा बैठक सुरु नहुँदै बाहिरिए प्रधानमन्त्री

Featured, राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा बैठक शुरु नहुँदै बाहिरिएका छन् । बुधबार १ बजे बाट शुरु हुन लागेको बैठकमा भाग लिन पुगेका प्रधानमन्त्री ओली बैठक शुरु नहुँदै बहिरिएका छन् । बैठक सुरु नहुँदै हिँड्नुको कारणबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले हात मात्रै हल्लाउँदै भने, ‘यति भए भैगो नि !’ गत आइतबारको बैठकमा पनि प्रधानमन्त्री ओली बैठक सुरु नहुँदै बाहिरिएका थिए । बुधबार संसद पुनर्स्थापनापछि दोस्रो पटक बैठक बस्न लागेको हो। आजको बैठकमा दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।...
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै

राजनीति
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको संसद विघटन असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले दिएको आदेश अनुसार गत आइतबार बसेको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका स्थगित भएको थियो । पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै तत्कालीन अवस्थामा राजनीतिक रुपमा विभाजित नेकपाको प्रचण्ड–माधव पक्षले बैठक बहिष्कार गरेका थिए भने कांग्रेसले अवरोध गरेको थियो । दुवै पार्टीले सरकारले पेश गर्न लागेको सात वटा अध्यादेशको जिरोव गर्द सदन चल्न नदिने भन्दै नारावाजी गरेका थिए । विरोधकाबीच अध्यादेश पेश गर्न खोजेपछि सदन अवरुद्ध बनेको थियो । कांग्रेस र माओवादी केन्द्रका सांसद बाहिरिएपछि सभामुख अग्नीप्रसाद सापकोटाले आजसम्मका लागि सदन स्थगित गरेका थिए । नेकपाको नाम सम्बन्धी सर्वोच्चको पछिल्लो फैसलासँगै एकता औपचारिक रुपमा भंग भएपछि नेकपाका सां...
एमाले र माओवादी साविककै अवस्थामा फर्किएको निर्वाचन आयोगको निर्णय

एमाले र माओवादी साविककै अवस्थामा फर्किएको निर्वाचन आयोगको निर्णय

राजनीति
काठमाडौं । निर्वाचन आयोगले सर्वोच्च अदालतको फैसला अनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा कायम रहेको बारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई औपचारिक रुपमा जानकारी दिने भएको छ । सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलापछिको अवस्थाबारे छलफल गर्न मंगलबार बसेको आयोग पदाधिकारीको बैठकले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भइ बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामक राजनीतिक दल दर्ता भएको राजपत्रमा प्रकाशित सूचनालाई खारेज गर्ने र सोको सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि गरेको छ । आयोगले नेपाल कम्युनिस्ट पार्टी एमाले र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र अलग अलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा कायम भएको व्यहोरा पनि राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ ।...