राजनीति

एमाले-माओवादीको संयुक्त सरकार कति सम्भव?

एमाले-माओवादीको संयुक्त सरकार कति सम्भव?

राजनीति
काठमाडौं । भावी सत्ता समीकरणको सम्बन्धमा दलहरुको बीचमा प्रारम्भिक छलफल भइरहेकै समयमा नेकपा एमाले र माओवादी केन्द्रका केही नेताले वामपन्थी गठबन्धनको सरकार निर्माणको कसरत गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्न लगाएर एमाले वा माओवादीबाट अर्काे नेतालाई प्रधानमन्त्रीका रुपमा अगाडि सार्ने वा ओलीको सम्मानजनक निकासका लागि केही समय उनलाई नै निरन्तरता दिन सकिने विषयमा समेत नेताहरुले छलफल थालेका छन्। यो विकल्पमा छलफल गर्नका लागि एमालेको माधव नेपाल समूह र माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीसँग वार्ता गर्न चाहिरहेको छ । तर, संवादको पहल कसले थाल्ने ? दुवै पक्ष अर्काे पक्षले वार्ताको पहल गरोस भन्ने चाहान्छन् । केही समय यही विकल्पका सम्बन्धमा ओली समूहसँग छलफल गर्नका लागि नै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन् । वाम गठबन्धन निर्माणको प्रयास प्रधानमन्त्री ओ...
प्रधानमन्त्री ओलीकै कारण पार्टी एकता गरेको जसपा नेपाल प्रधानमन्त्रीकै कारण विभाजनतिर!

प्रधानमन्त्री ओलीकै कारण पार्टी एकता गरेको जसपा नेपाल प्रधानमन्त्रीकै कारण विभाजनतिर!

Featured, राजनीति
गत वैशाखमा प्रधानमन्त्री केपी ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीच एकीकरण भयो । दुई दलबीच एकीकरणसँगै जनता समाजवादी पार्टी (जसपा) नेपाल गठन भयो । वैशाख ११ गते राजपा नेपालका तर्फबाट महन्थ ठाकुर समाजवादी पार्टीका तर्फबाट उपेन्द्र यादवले पार्टी एकतासम्बन्धी पत्रमा हस्ताक्षर गरेका थिए । पार्टी एकताका लागि लामो समयदेखि छलफल हुँदै आए पनि ती दल एक हुन नसकिरहेको अवस्थामा प्रधानमन्त्री ओलीले दल विभाजनलाई सहज तुल्याउने गरी अध्यादेश ल्याएसँगै रातारात पार्टी एकता भयो । पार्टी एकता भएको १० महिना बितिसक्दासमेत जसपा नेपालमा संगठन समायोजनका काम टुङ्गिन सकेको छैन । यहाँसम्म कि, संसदीय दलसमेत समायोजन हुन बाँकी छ । दल एउटै भइसके पनि संसदीय दलको नेता, प्रमुख सचेतक, सचेतक चयन हुन नसक्दा संसदीय दलका सम्बन्धमा प्राविधिक समस्या देखिएको छ ।...
वाम गठबन्धनको सरकारलाई टिकाउन प्रयास गर्ने नेता नेपाल समूहको निर्णय

वाम गठबन्धनको सरकारलाई टिकाउन प्रयास गर्ने नेता नेपाल समूहको निर्णय

राजनीति
काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यहरुको भेलाले वाम गठबन्धनको सरकारलाई टिकाउन प्रयास गर्ने निर्णय गरेको छ । काठमाडौँको बानेश्वरस्थित एक होटेलमा बुधबार बसेको सो पक्षको छलफलमा विगतमा पार्टी भित्र जे जस्ता असन्तुष्टि भएपनि नेतृत्वसँग मिलेर अगाडि बढ्ने तथा वाम गठबन्धनको सरकारलाई टिकाउन अधिकतम प्रयत्न गर्ने निर्णय भएको नेता रघुजी पन्तले जानकारी दिए । ‘हामीले वर्तमान राजनीतिक अवस्थाको समग्र परिस्थितिको समिक्षा गर्‍यौं। पार्टीलाई एकतावद्ध बनाएर कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा पनि छलफल भयो,’ उनले भने, ‘सर्वोच्चको फैसलापछि दुई भएका एमाले र माओवादीबीचको एकता सम्भव होला नहोला तर बाम गठबन्धनको सरकारलाई टिकाउन प्रयास गर्ने भन्ने छ।’ भेलामा नेता नेपाल र झलनाथ खनाल पक्षका नेता तथा केन्द्रीय सदस्य सहभागी भएका थिए । एमाले ब्यूँतिएपश्चात अध्यक्ष केपी शर्मा ओली...
प्रचण्डको गृहकार्य बोकी एमालेमा बसेर प्रधानमन्त्रीको राजीनामा नमागौं : सूर्य थापा

प्रचण्डको गृहकार्य बोकी एमालेमा बसेर प्रधानमन्त्रीको राजीनामा नमागौं : सूर्य थापा

राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रचण्डको गृहकार्य बोकी नेकपा(एमाले)मा बसेर प्रधानमन्त्रीको राजीनामा नमाग्न चेतावनी दिएका छन् । थापाले प्रधानमन्त्री ओलीले राजीनामा किमार्थ नदिने दाबी गर्दै एमालेमा बसेर यस्तो कोशिश गर्न नखोज्नु नै श्रेयस्कर हुने बताएका छन्। बुधबार साँझ सामाजिक सञ्जालमार्फत थापाले भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्यो रे । वाहियात, यो बकवास मात्र हो, उहाँले राजीनामा किमार्थ दिनुहुन्‍न । प्रचण्डको गृहकार्य बोकी नेकपा (एमाले) मा बसेर यस्तो कोशिश गर्न नखोज्नु नै श्रेयस्कर हुन्छ ।’ माधव नेपाल समूहप्रति संकेत गर्दै थापाले सके पाँच वर्ष सरकार चलाउन सहयोगी बन्नु, नसके यस्ता निर्देशित छट्टू चालबाजीपूर्ण कुरा नगर्नु उचित हुने बताएका छन् । उनले राजीनामाको बेमौसमी बाँसुरी बजाउन खोज्दा के हबिगत भयो र हुँदै जान्छ भनेर प्रश्न...
‘ओली हटाऊँ देश बचाऊँ’

‘ओली हटाऊँ देश बचाऊँ’

राजनीति
काठमाडौँ– जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘प्रतिगमनका मुख्य खलनायक’ भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल ट्वीटरमा ‘ओली हटाऊँ देश बचाऊँ’ ह्यासट्याग गर्दै उनले सर्वोच्चका दुबै फैसलापछि प्रधानमन्त्री ओलीले एक मिनेट पनि सत्ता बसिरहन तुक नहुने जनाएका छन् । नेता भट्टराईले ओलीले अरुको शिकारमा विषाक्त घाँस हालिरहेको कुरा अरुले किन नबुझेको भन्दै प्रश्न समेत गरेका छन् । यस्तो छ उनको ट्वीट अखाद्य बस्तु नखानु प्राणीजगतको शाश्वत स्वभाव हो।तर नेपाली राजनीतिमा जो जेपनि खान किन उद्यत?यतिवेला ओली नेपाली प्रतिगमनका मुख्य खलनायक हुन्।सर्वोच्चका दुवै फैसलापछि उनी एकमिनट सत्तामा बसिरहने कुनै तुक छैन।उल्टै उनी अरूको शिकारमा विषाक्त घाॅस हाल्दैछन्!किन नबुझेको?#ओलीहटाऊॅदेशबचाऊॅ — Baburam Bhattarai (@brb1954) March 10, 2021...
जसपाले कसकाे साथ दिन्छ? गर्‍याे यस्ताे निर्णय

जसपाले कसकाे साथ दिन्छ? गर्‍याे यस्ताे निर्णय

राजनीति
काठमाडौं । सरकारमा जाने तयारी गरिरहेको जनता समाजवादी पार्टी (जसपा)का नेताहरुले नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ भेटेका छन्। बुधबार संसद बैठक सकिए लगत्तै प्रचण्डलाई भेट्न जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भेटवार्ताका लागि पेरिसडाँडा पुगेका थिए। भेटमा प्रचण्डले संसद विघटनविरुद्ध आन्दोलनमा आएका शक्तिहरु मिलेर सरकार बनाउनुपर्नेमा जोड दिएको स्रोतले बताएको छ । प्रतिनिधिसभामा चौंथो ठुलो दल रहेको जसपाले नयाँ सरकार गठनका विषयमा माओवादी केन्द्रसँग आफूहरुको मुद्दा सम्बोधन गर्नुपर्ने बताएका छन् । ‘रेशम चौधरीलगायतको मुद्दा फिर्ता, संविधान संशोधन हाम्रो मुद्दा हो, जसले यो पूरा गर्छ, उसलाई साथ दिन्छौं’ भेटमा सहभागी वरिष्ठ नेता महतोले भने । प्रचण्डले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा संघीय परिषद अध्यक...
प्रचण्डको विरासत ढलाउँदै ओली

प्रचण्डको विरासत ढलाउँदै ओली

राजनीति
काठमाडौं । नेकपा एमालेले उपाध्यक्षमा रामबहादुर थापा ‘बादल’लाई मनोनित गर्ने तयारी गरेको छ । यसबारे पार्टीमा अनौपचारिक छलफल भएको छिट्टै पार्टीको बैठक बसेर निर्णय गरिने एमाले नेता विशाल भट्टराईले जानकारी दिए । उनका अनुसार महासचिव एक दुई दिनभित्र बैठक राखेर निर्णय गर्ने तयारी भएको छ । यस्तै एमालेले लेखराज भट्टलाई सुदूरपश्चिम इन्चार्जमा मनोनित गर्ने तयारी गरेको छ । थापा र भट्ट दुवै माओवादी केन्द्रबाट निर्वाचित सांसदको हैसियतमा ओली सरकारमा सामेल भएका हुन् । सर्वोच्च अदालतले नेकपा खारेज गरेर साविकको एमाले र माओवादी केन्द्र ब्युँताएपनि बादल र भट्ट माओवादीमा फर्किएका छैनन् । सर्वोच्चको फैसला अनुसार तत्कालीन नेकपाको प्रचण्ड समूहमा रहेका माधव नेपाललगायतका पूर्वएमाले आफ्नै घर फर्किए पनि बादल, भट्टलगायतका पूर्व माओवादी नेताहरु भने अझै एमालेमै रहेका हुन् । उनीहरु फर्किने नफर्किने अस्पष्ट रहेकै बेला एम...
माधव नेपालले लगाए ओलीमाथि गम्भीर आरोप

माधव नेपालले लगाए ओलीमाथि गम्भीर आरोप

राजनीति
काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहको केन्द्रीय सदस्यहरूको बैठक सकिएको छ । बुधबार नयाँ बानेश्वरको अर्याल होटलमा बसेको माधव नेपाल समूहको केन्द्रीय कमिटी सदस्यहरुको बैठकले चाँडो पार्टी कमिटीहरु क्रियाशील बनाउन अध्यक्ष केपी शर्मा ओलीसँग माग गरेको छ । बैठकले ओली समूहका नेता तथा कार्यकर्ताहरुले पार्टी कार्यालयहरु कब्जा गर्ने, अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुका नाम प्लेट हटाएर ओलीले खटाएका पदाधिकारीको नाम राख्ने जस्ता काम गरेको भन्दै आप्पति जनाएको छ । बैठकमा झलनाथ खनाल, माधव कुमार नेपाल लगायत शीर्ष नेता तथा कार्यकर्ताको उपस्थिति रेहको थियो । सर्वोच्च अदालको फैसलासँगै व्युँतिएको एमालेमा ओली समूह र नेपाल समूह गरी दुई समूहमा रहेका छन् ।...
एमालेका दुई समूहबीच कुटाकुट

एमालेका दुई समूहबीच कुटाकुट

राजनीति
धनगढी। नेकपा एमालेको सुदुरपश्चिम प्रदेश कार्यालय धनगढीमा नेम प्लेट हटाउने विषयमा दुई पक्षबीच कुटाकुट भएको छ। बुधबार दिउँसो अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका कार्यकर्ताबीच नेम प्लेट हटाउने विषयमा कुटाकुट भएको हो । एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पक्षका कार्यकर्ताले एमाले सुदुरपश्चिम ईन्चार्ज भीम रावलको नाम हटाएर लेखराज भट्टको नेमप्लेट राखेसँगै कुटाकुट भएको थियो । बुधबार धनगढीस्थित प्रदेश पार्टी कार्यालयमा ओली पक्षले लेखराज भट्टको नेमप्लेट राखेको छ । प्रदेश इन्चार्जको कार्यकक्षको ढोकामा राखेको नेमप्लेटमा यसअघि भीम रावलको नाम थियो । यसअघि तत्कालीन नेकपा विभाजित भएको बेला ओली समूहले रावललाई प्रदेश इन्चार्जबाट हटाएर भट्टलाई उक्त जिम्मेवारी दिएको थियो । सर्वोच्चको फैसलासँगै ब्युतिएँको एमालेको सुदुरपश्चिम कार्यालयमा प्रदेश इन्चार्ज रावल कि भट्ट भन्ने बिषयमा कार्...
प्रचण्डलाई धक्का लाग्ने गरी ओलीले गर्दैछन् यस्ताे निर्णय!

प्रचण्डलाई धक्का लाग्ने गरी ओलीले गर्दैछन् यस्ताे निर्णय!

Featured, राजनीति
काठमाडौं । नेकपा एमालेले उपाध्यक्षमा रामबहादुर थापा ‘बादल’लाई मनोनित गर्ने तयारी गरेको छ । यसबारे पार्टीमा अनौपचारिक छलफल भएको छिट्टै पार्टीको बैठक बसेर निर्णय गरिने एमाले नेता विशाल भट्टराईले जानकारी दिए । उनका अनुसार महासचिव एक दुई दिनभित्र बैठक राखेर निर्णय गर्ने तयारी भएको छ । यस्तै एमालेले लेखराज भट्टलाई सुदूरपश्चिम इन्चार्जमा मनोनित गर्ने तयारी गरेको छ । थापा र भट्ट दुवै माओवादी केन्द्रबाट निर्वाचित सांसदको हैसियतमा ओली सरकारमा सामेल भएका हुन् । सर्वोच्च अदालतले नेकपा खारेज गरेर साविकको एमाले र माओवादी केन्द्र ब्युँताएपनि बादल र भट्ट माओवादीमा फर्किएका छैनन् । सर्वोच्चको फैसला अनुसार तत्कालीन नेकपाको प्रचण्ड समूहमा रहेका माधव नेपाललगायतका पूर्वएमाले आफ्नै घर फर्किए पनि बादल, भट्टलगायतका पूर्व माओवादी नेताहरु भने अझै एमालेमै रहेका हुन् । उनीहरु फर्किने नफर्किने अस्पष्ट रहेकै बेला एम...