राजनीति

‘ओलीको अन्तिम इच्छा बाँचुन्जेल प्रधानमन्त्री’

‘ओलीको अन्तिम इच्छा बाँचुन्जेल प्रधानमन्त्री’

Featured, राजनीति
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई शौचालयको उद्घाटन गर्न निम्ता दिने लेखक खगेन्द्र संग्रौलाले ओलीको अन्तिम इच्छा बाँचुन्जेल प्रधानमन्त्री भइरहने रहेको बताएका छन्। शुक्रबार बिहान सामाजिक सञ्जालमा ट्वीट गर्दै संग्रौलाले प्रधानमन्त्री ओलीलाई सरको संज्ञा दिँदै उनको अन्तिम इच्छा ज्यानमा एक मुठ्ठी प्राण छउन्जेल आफू प्रधानमन्त्री भइरहन पाऊँ भन्ने लागेको बताएका हुन्। ट्वीटरमा उनले लेखेका छन्, ‘ओली सरमा उर्लिएको उदारता,गाँठ्ठे! जसपाको महन्थ गुटको समर्थन पाउन रेशम चौधरी लगायतको रिहा, संविधान संशोधन र मागेजति रोज्जा मन्त्री पद । ओली सरको अन्तिम इच्छा – ज्यानमा एक मुठ्ठी प्राण छउन्जेल आफू प्रधानमन्त्री भइरहन पाऊँ,मौसमी राष्ट्रवाद लगायत बाँकी सबै कुरा भाँडमा जाऊन् !...
जसपाभित्र भाँडभैलो, चार बजे सरकारसँग निर्णायक वार्ता

जसपाभित्र भाँडभैलो, चार बजे सरकारसँग निर्णायक वार्ता

राजनीति
काठमाडौं । आज पनि सरकारमा जनता समाजवादी पार्टी (जसपा) बीच वार्ता हुँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे हुने वार्तामा जसपा सरकारमा जाने कि नजाने भन्ने विषयमा छलफल हुनेछ । आजको वार्ता निर्णायक हुने नेताहरुले बताएका छन् । हिजो प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागीतामा भएको छलफलमा शुक्रबार कार्यदलस्तरमा निर्णायक छलफल गर्ने भनिएको थियो । हिजोको बैठकमा जसपाको मागप्रति प्रधानमन्त्री ओलीले सकारात्मक भएको बताएको थियो । त्यसैले आजको वार्ता निर्णायक हुने आँकलन गरिएको छ । सरकारमा सहभागी हुनका लागि जसपाले प्रधानमन्त्री ओली समक्ष तीन वटा शर्त राखेका छन् । टीकापुर घटनामा दोषी ठहर भई निलम्बनमा परेका सांसद रेशम चौधरीसहित पार्टीका कैदीबन्दीको रिहाइ तथा मधेस आन्दोलनका मुद्दा फिर्ता र संविधान संसोधनलाई शर्त बनाइएको छ । जसपाले लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल सदस्य रहेको कार्यदल गठन ...
‘ओली हटाऊ देश बचाऊ’ भन्ने बाबुराम बालुवाटारमा

‘ओली हटाऊ देश बचाऊ’ भन्ने बाबुराम बालुवाटारमा

Featured, राजनीति
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले बुधबार साँझ ट्वीट गरे– ओली हटाऊ देश बचाऊ । उक्त ट्वीट गरेको २४ घण्टा नबित्दै डा. बाबुराम भट्टराई प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुग्ने भएका छन् । डा. भट्टराईले ट्वीटमा भनेका थिए, ‘अखाद्य वस्तु नखानु प्राणी जगतको शाश्वत स्वभाव हो तर नेपाली राजनीतिमा जो जे पनि खान किन उद्यत रु यतिबेला ओली नेपाली प्रतिगमनका मुख्य खलनायक हुन् । सर्वोच्चका दुवै फैसलापछि उनी एक मिनेट सत्तामा बसिरहने कुनै तुक छैन । उल्टै उनी अरुको सिकारमा विषाक्त घाँस हाल्दैछन् । किन नबुझेको रु’ डा. भट्टराईले उक्त ट्वीटमा ‘ओली हटाऊ देश बचाऊ’ नारालाई ‘ह्यासट्याग’मा राखेका छन् । ट्वीटरमा बाबुरामले उठाएका दुई प्रश्न जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरको ओलीप्रतिको आशक्तिप्रति लक्षित रहेको बुझ्न कठिन छैन । तर उक्त ट्वीटको २४ घण्टा पनि बित्न ...
‘केपी प्रवृत्तिविरुद्ध जेल जान पनि तयार, मर्न पनि तयार’

‘केपी प्रवृत्तिविरुद्ध जेल जान पनि तयार, मर्न पनि तयार’

राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली प्रवृत्ति विरुद्ध जेल जान मात्र नभएर मर्न पनि तयार रहेको बताएका छन् । स्वास्थ्यकर्मीको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केपी प्रवृत्तिविरुद्ध लेखिएको १९ पेजको डकुमेन्टमा पनि आफूले केपी प्रवृत्तिविरुद्ध जेल जान र मर्न तयार रहेको बताएको स्मरण गरेका छन् । गणतन्त्र समाप्त पार्ने केपी ओलीको षड्यन्त्र समाप्त पारिएको भन्दै उनले भने, ‘व्याटल जित्यौं, वार जितेका छैनौं ।’ आफूलाई पूर्वलडाकु लगायत कार्यकर्ताहरुले आवश्यक परे जनयुद्ध लड्न फेरि तयार रहेको बताउने गरेको भन्दै प्रचण्डले शन्तिपूर्ण आन्दोलन हुने बताए । प्राप्त उपलव्धी रक्षाका लागि हिंसात्मक नभई शान्तिपूर्ण तवरबाट अघि बढ्ने भन्दै उनले देशव्यापी रुपमा कार्यकर्ताहरुको भेला गर्ने जानकारी दिए ।...
प्रचण्डले भनेे -राजनीतिक परिवर्तनमाथि हमला भइरहेको छ

प्रचण्डले भनेे -राजनीतिक परिवर्तनमाथि हमला भइरहेको छ

राजनीति
काठमाडाैँ । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक परिवर्तनमाथि हमला भइरहेको बताएका छन् । नयाँ नमूना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै बिहीबार उनले भने, 'हामीले संसद् विघटनका विरुद्ध संविधान संघीय लोकतान्त्रिक गणतन्त्र खारेज गर्ने षडयन्त्रका विरुद्ध देशव्यापी अभियान चलायौं र त्यो ब्याटल त जित्यौं । अझै पनि ठूल्ठूला षडयन्त्र भइराख्या छन् । तपाईं हामीले तपस्या र बलिदान गरेर ल्याएको राजनीतिक परिवर्तनमाथि हमला भइ नै राखेको छ ।' त्यसकारण सजग भएर फेरि आफ्नै खुट्टामा उभिनुपर्ने अवस्था आएको दाहालको भनाइ थियो । विगतमा विभिन्न राजनीतिक पार्टीसँग सहकार्य गर्दा धरातल कमजोर भएको उनले बताए । 'योसँग मिले होला कि, त्योसँग मिले होला कि भनेर धेरै गरियो । तर आफ्नै धरातल छुट्दा अलिकति कमजोर त भयो ।' पार्टी निर्माणका लागि फेरि अभियान चलाउने र काठम...
‘सरकार ढाल्न खोज्ने नेताहरुलाई पार्टीमा कसरी भित्र्याउने भन्ने विषयमा पार्टीले सोच्दैछ’

‘सरकार ढाल्न खोज्ने नेताहरुलाई पार्टीमा कसरी भित्र्याउने भन्ने विषयमा पार्टीले सोच्दैछ’

राजनीति
वीरगंज । उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता इश्वर पोखरेलले माओवादी केन्द्रतर्फ लागेर बहुमतको सरकार ढाल्ने प्रयासमा लागेका नेताहरुलाई कसरी समेट्ने भन्नेबारे पार्टीमा छलफल भइरहेको बताएका छन्। प्रेस संगठन पर्साले वीरगंजको होटल भिस्वामा बिहीवार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले आत्मआलोचनाको मौका दिइने विषयमा छलफल भइरहेको जनाए। पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनालको विषयमा ठोस निर्णय गरी पार्टीले एक पटकको लागि आत्मआलोचना गर्न मौका दिइने विषयमा छलफल भइरहेको उनले बताएका हुन्। ‘माओवादीबाट आएका साथीहरुलाई सम्मानको साथ जिम्मेवारी र पद दिइन्छ भने नेकपा एमालेको लाइन बिर्सेर माओवादीतिर लागेको साथीहरु पनि एमालेमै फर्किनु भएको छ, उहाँहरुको बारेमा पनि पार्टीको केन्द्रीय कमिटिमा छलफल गरी जे निर्णय हुन्छ त्यही अनुसार जिम्मेवारी र स्थान दिइने छ,’ उपप्रधानमन्त्री पोखरेलले भने। नेप...
जसपाको सचिवालय बैठक जारी, सरकारमा जाने/नजाने बारे निर्णय हुन सक्ने

जसपाको सचिवालय बैठक जारी, सरकारमा जाने/नजाने बारे निर्णय हुन सक्ने

राजनीति
काठमाडौँ। बुधबार बसेको पदाधिकारी बैठले कुनै निर्णय गर्न नसकेपछि आज जनता समाजवादी पार्टी (जसपा)को सचिवालय बैठक जारी रहेको छ । बैठक पार्टी कार्यालय बालकुमारीमा जारी रहेको छ । आजको बैठकले सरकारमा जाने/नजाने विषयमा छलफल गर्नेछ। सर्वोच्चले संसद् पुनर्स्थापना गरेपछि नयाँ सरकार गठनको तयारीमा रहेको नेकपा माओवादी केन्द्रले जसपालाई सत्ता सहकार्यको प्रस्ताव राखिरहेको छ । त्यस्तै, नेकपा एमालेले पनि आफ्नो सरकार जोगाउन जसपालाई सत्तामा आउन प्रस्ताव अघि सारेको छ । जसपाले भने मधेस आन्दोलनको वेलामा पक्राउ परेका रेशम चौधरीलगायत नेता–कार्यकर्ताको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधनसहितका माग पूरा भएपछि मात्रै सरकारमा जाने बताउँदै आएको छ ।...
आफू पक्षीय स्थायी कमिटी सदस्यसँग माधव नेपालको छलफल

आफू पक्षीय स्थायी कमिटी सदस्यसँग माधव नेपालको छलफल

राजनीति
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको भेला कोटेश्वरमा सुरु भएको छ। नेपाल निवासमा सुरु भएको भेलामा एमालेमा अपनाउने रणनीतिका विषयमा छलफल हुने बताएको छ। बुधबार नेता नेपालले अर्याल होटलमा केन्द्रीय सदस्यहरुलाई बोलाएर छलफल गरेका थिए। बिहीबार आफ्नो पक्षका १३ जना स्थायी कमिटी सदस्यहरुलाई बोलाएर नेता नेपालले छलफल गर्न लागेको केन्द्रीय सदस्य विष्णु रिजालले बताए। एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षले पेल्ने देखिएपछि नेपाल पक्ष रणनीति बनाउन तयारीमा लागेको हो। तत्काल स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाएर छलफल गर्नुपर्ने नेपाल पक्षमा आवाज उठेको छ। पार्टीभित्र देखिएका समस्याका विषयमा कमिटीभित्र छलफल गर्नुपर्ने उनीहरुको भनाइ छ। नेपाल पक्षले ओलीसँग बैठकको माग गर्नेछ।...
ताजा जनादेशका लागि तयार रहन उपप्रधानमन्त्री पोखरेलको आग्रह

ताजा जनादेशका लागि तयार रहन उपप्रधानमन्त्री पोखरेलको आग्रह

Featured, राजनीति
काठमाडाैँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले विद्यमान राजनीतिक अवस्थको अन्त्य र संसद्मा देखिएका बेथितिको एकमात्र विकल्प निर्वाचन नै भएको बताउनुभएको छ । उहाँले भन्नुभयो,“निर्वाचनका लागि तयार हुन म आममतदाता समक्ष आग्रह गर्दछु ।” प्रेस सेन्टर पर्साद्वारा आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रतिनिधिसभामा दलहरुबीच समन्वय भई प्रक्रिया सामान्य ढङ्गले अगाडि नबढे ताजा जनादेशमै जानुपर्छ भन्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता पोखरेलले सर्वोच्च आदालतको फैसलाबाट उत्पन्न भएको वर्तमान राजनीतिक अवस्थाको सामना गर्दै एमाले र माओवादी केन्द्रका जिल्लादेखि केन्द्रसम्ममा नयाँ ढङ्गले पुनःएकता हुने धारणा व्यक्त गर्नुभयो । उहाँले दलको नामबारे अदालतले दिएको फैसलाले दुवै पार्टीलाई २०७५ साल जेठ २ गतेको अवस्थामा पु¥याए पनि पार्टीबीचको एकता र पार्टीका नेताकार्यकर्तालाई सम्मानजनक ढङ्गले व्यवस्थापन ग...
पेरिस सम्झौतामा जोडिएपछि नेपालसँग जलवायु परिवर्तनमा गहन सहकार्य गर्दै अमेरिका

पेरिस सम्झौतामा जोडिएपछि नेपालसँग जलवायु परिवर्तनमा गहन सहकार्य गर्दै अमेरिका

राजनीति
काठमाडौं । राष्ट्रपति जो वाइडनले जलवायु परिवर्तन सम्बन्धी सम्झौतामा पुन: जोडिने निर्णय गरेसँगै अमेरिकाले जलवायु परिवर्तनका विषयमा नेपालसँग अझ गहन सहकार्य गर्ने इच्छा व्यक्त गरेको छ । सन् २०१५ मा भएको पेरिस सम्झौताबाट पूर्ववर्ती राष्ट्रपति डोनाल्ड ट्रम्पले हात झिकेका थिए, जसको विश्वव्यापी असर परेको थियो । तर, वाइडन आउनसाथ उनले पेरिस सम्झौतामा जोडिने निर्णय गरे । सो निर्णयसँगै काठमाडौंस्थित अमेरिकी दूतावासले जलवायु परिवर्तनको विषयमा नेपालसँग थप सहकार्य गर्न चाहेको बताएको छ । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले बुधबार एक ट्वीट गर्दै जलवायु संकट सामना गर्न नेपालसँग काम गर्न चाहेको उल्लेख गरेका छन् । उनले आफ्नो ट्वीटमा भनेका छन,’बाइनले भनेका छन्, जलवायुको चुनौती सामना गर्न विश्वव्यापी सहकार्य आवश्यक छ ।’ गत महिना भारतमा हिमताल फुटेर आएको बाढीले हिमाली क्षेत्र एकदमै संवेदनशील अवस्थाम...