राजनीति

माधव पक्षका सबै प्रदेश इन्चार्ज हटाइयो, कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

माधव पक्षका सबै प्रदेश इन्चार्ज हटाइयो, कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

राजनीति
काठमाडौं । नेकपा (एमाले)ले माधव पक्षका सबै प्रदेश इन्चार्जलाई हटाएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक राखेर नेता माधवकुमार नेपाल पक्षका नेताहरूको जिम्मेवारी खोसेका हुन् । सोही बैठकले विवादपछि माओवादी केन्द्रमा नफर्किएका रामबहादुर थापा ‘बादल’ सहित २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ। बैठकले एमालेको विदेश विभाग प्रमुखमा राजन भट्टराईलाई नियुक्ति दिएको छ। उक्त विभागमा पहिला माधवकुमार नेपाल थिए। त्यस्तै सुदूरपश्चिम प्रदेश इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ। कर्णाली प्रदेश इन्चार्जमा युवराज ज्ञवाली हटाएर यमलाल कँडेललाई तोकिएको छ। बागमती प्रदेश इन्चार्चमा नेपाल पक्षकी अष्टलक्ष्मी शाक्यलाई हटाएर ईश्वर पोखरेललाई जिम्मेवारी दिइएको छ भने प्रदेश १ मा भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई जिम्मेवारी ...
यी नेताहरूलाई कारवाही गर्दै प्रचण्ड(नामसहित)

यी नेताहरूलाई कारवाही गर्दै प्रचण्ड(नामसहित)

राजनीति
काठमाडौँ । नेकपा माओवादी केन्द्रले एमालेमा गएका २३ जना नेताहरूलाई कारवाही गर्ने तयारी गरेको छ । ती नेताहरूलाई कारवाही गर्न पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बिहान ९ बजेदेखि माओवादीको स्थायी कमिटी बैठक बसेको छ । ती नेताहरूलाई अहिलेकै वा अर्को बैठकबाट कारवाही गर्ने माओवादीका एक स्थायी कमिटी सदस्यले बताए । माओवादीबाट नाम चलेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द थापा, प्रभु साहलगायत २३ जना नेताहरू एमालेको विभिन्‍न पदमा मनोनित भएका छन् । गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा एमालेको बागमती प्रदेश इन्‍चार्ज भएका छन् । एमाले अध्यक्ष ओलीले सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज तोकिएको छ । त्यस्तै प्रदेश-२ को अध्यक्षमा प्रभु साहलाई चयन गरिएको छ । जारी बैठकले एमालेमा गएका नेताहरूलाई कारवाही गर्ने ‍‍एक स्थायी कमिटी सदस्यले इकागजलाई बताए । उनका अनुसार एमालेमा गएका माओवादीका सांस...
प्रधानमन्त्रीबाट ओलीलाई हटाउन माओवादी-जसपाकाे यस्ताे रणनीति

प्रधानमन्त्रीबाट ओलीलाई हटाउन माओवादी-जसपाकाे यस्ताे रणनीति

राजनीति
काठमाडौँ । नेकपा माओवादी केन्द्र र जनता समाजवादी (जसपा)बीच भएको छलफल सकिएको छ । शनिबार बिहान माओवादी पार्टी कार्यालय पेरिसडाँडामा माओवादी र जसपाबीच छलफल भएको हो । माओवादी र जसपाबीच भएको छलफलमा प्रधानमन्त्रीमा केपी शर्मा ओलीको विकल्प खोज्‍न दुवै पार्टी सकरात्‍मक भएको जसपाका अध्यक्ष उपेन्द्र यादवले इकागजलाई बताए । 'ओलीको विकल्प खोज्‍न माओवादी पनि सकरात्‍मक भएको छ' यादवले भने 'ओलीको सर्वसत्तावाद परास्त गर्ने बैठकले निस्कर्ष निकालेको छ ।' ओलीलाई कुनै पनि हालतमा प्रधानमन्त्रीबाट हटाउने यादवको दाबी छ । 'हामी पहिला ओलीको विकल्प खोज्छौँ त्यसपछि कुन पार्टीबाट प्रधानमन्त्री हुने पछि छलफलको विषय हो' यादवले भने यादवले ओलीसँग कुनै हालतमा सहकार्य नहुने दाबी गरे । शनिबार बिहान माओवादीको स्थायी कमिटी बैठकलगत्तै माओवादीसँग छलफल गर्न जसपाबाट यादव र डा. बाबुराम भट्टराई पेरिसडाँडा पुगेका थिए । माओवादीबाट अध...
महन्थ ठाकुरले भने-हाम्रो माग पूरा नभइ कसैसँग सहमति हुँदैन

महन्थ ठाकुरले भने-हाम्रो माग पूरा नभइ कसैसँग सहमति हुँदैन

राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले सबैतिर आफ्नो एजेण्डाबारे छलफल गरे पनि निष्कर्षमा पुग्न नसकेको बताएका छन्। शक्रबार सत्ता समीकरणबारे नेकपा माओवादी केन्द्रसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग उनले भने, ‘कुराकानी राम्रो भयो‚ निष्कर्षमा पुगेका छैनौँ। अहिले हामीले मधेश र जनजातिको समस्याको विषयमा उठाइरहेको छौँ। हाम्रो हातमा केही छैन। संसद र प्रशासनमा उहाँहरुको बर्चश्व छ।’ उनले आफ्नो माग पूरा नभएसम्म कुनै विषयमा सहमति नबन्ने प्रष्ट्याए। ‘माग पूरा भयो भने ठिकै छ। होइन भने उहाँहरुले जे गर्नुहुन्छ गर्नुहुन्छ’ उनले भने, ‘हामी न्यायको खोजीमा छौँ। तर, कतैबाट न्याय पाउने वातावरण बनिरहेको छैन।’ तीन दलीय गठबन्धनको विषयमा परिणाम नआएको बताउँदै फेरि छलफल गर्ने उनले बताए। जसपाले नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग सत्ता समीकरणका विषयमा छलफल गरिरहेको छ। तर, वार्त...
‘अध्यक्ष केपी ओलीले एमाले सिध्याए’

‘अध्यक्ष केपी ओलीले एमाले सिध्याए’

section, राजनीति
काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई सिध्याउनेतर्फ अगाडि बढेको नेता प्रदीप नेपालले बताएका छन् । आफू इतर सबै नेतालाई भूमिकाविहीन बनाएर ओलीले एमाले छिन्नभिन्न बनाउने बाटोमा हिडे्को उनको भनाइ छ । जनताको बहुदलीय जनवादको ठीक उल्टो र निरंकुशता भएर निस्कनुभयो, केपी ओली’, उनले भने, ”कमसेकम बस्नुपर्छ, कुरा गर्नुपर्छ । आफ्नो कुरा राख्नुपर्छ नि । तर अध्यक्ष ओलीले पार्टी नेताहरुलाई अपमान गरेर निरंकशता देखाएको उनको आरोप छ । उनले भने झलनाथ खनाल, माधव नेपालहरुलाई अपमान गरे । अब एमाले एउटै हुने सम्भावना नै देखिदैन् । साथै अब आफू एमालेको कुनै गुटमा नरहने पनि उनले बताए । ओलीले खनाल-नेपाल समूहका सवै नेतालाई भूमिकाविहीन बनाउने निर्णय गरेका छन् । ओलीको यो कदम लगत्तै इतर समूहले पनि केन्द्रीय कमिटी सदस्य र सांसदहरुको बैठक बोलाएको छ ।...
नयाँ सरकार बनाउन माओवादी र जसपाबीच छलफल शुरू

नयाँ सरकार बनाउन माओवादी र जसपाबीच छलफल शुरू

Featured, राजनीति
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गरेर नयाँ सरकार बनाउने प्रयास गरिरहेको नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीच पेरिसडाँडामा छलफल शुरू भएको छ । पार्टी कार्यालयमा नयाँ सत्ता समीकरणबारे जसपासँग छलफल चलिरहेको माओवादीका स्थायी कमिटी सदस्य गणेश साहले लोकान्तरलाई जानकारी दिए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरूसँग छलफल गर्न जसपा नेताहरू महन्थ ठाकुर, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ पेरिसडाँडा पुगेका छन् । यसअघि जसपाले नेकपा एमाले र नेपाली कांग्रेससँग छलफल गरिसकेको छ । माओवादी केन्द्रले समेत जसपासँग छलफल गर्ने निर्णय गरेको थियो ।...
माओवादी केन्द्रको बैठकमा एक्कासी एमाले नेता भीम रावल पुगेपछि…

माओवादी केन्द्रको बैठकमा एक्कासी एमाले नेता भीम रावल पुगेपछि…

section, राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक चल्दै गर्दा नेकपा एमालेका नेता भीम रावल माओवादी मुख्यालय पेरिसडाँडा पुगेका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा शनिबार बिहान ९ बजेदेखि माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु भएको थियो । माओवादी केन्द्रकोे स्थायी कमिटी बैठक चल्दै गर्दा ९ः३० बजेतिर एमाले नेता भीम रावल पेरिसडाँडा प्रवेश गरेका थिए । माओवादी केन्द्रका एक नेताका अनुसार रावल बैठकस्थलमा समेत पुगेका थिए । तर, त्यहाँ उनले के कुरा गरे भन्नेबारे माओवादी केन्द्रका ती नेताले कोही बताउन चाहेनन् । आधा घण्टापछि (१० बजेतिर) रावल त्यहाँबाट बाहिरिएका थिए । बाहिरिने क्रममा उनले सञ्चारकर्मीसँग कुनै प्रतिक्रिया दिन मानेनन् । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुस ५ गते विभाजित भएपछि नेता रावल पुष्पकमल दाहाल (प्रचण्ड) र माधव कुमार नेपाल नेतृत्वको समूहमा थिए । सर्वोच्च अदालतले नेकपा ...
बदालसहित २३ नेतामाथि प्रचण्डले लिए यस्ताे कडा एक्सन!

बदालसहित २३ नेतामाथि प्रचण्डले लिए यस्ताे कडा एक्सन!

Featured, राजनीति
काठमाडौँ । नेकपा माओवादी केन्द्रले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाएको छ । शनिबार बिहान ९ बजे माओवादीले पार्टी कार्यालय पेरिसडाँडा बैठक बोलाएको हो । शुक्रबार प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली माओवादीका नेता रामबहादुर थापासहितका २३ जनालाई एमालेको विभिन्‍न पदमा मनोनियत गरेका थिए । त्यसलगत्तै माओवादीले आकस्मिक बैठक बोलाएको हो । एमालेमा गएका माओवादीका नेताहरूको सांसद पद पनि खारेज गर्ने तयारी माओवादीको छ । त्यस्तै आजको बैठकमा पछिल्‍लो राजनीतिक घटनाक्रम र सत्ता समिकरणबारे छलफल हुने बताइएको छ ।...
मन्त्रीहरुलाई सरकारबाट फिर्ता हुन माओवादी केन्द्रले दियो निर्देशन

मन्त्रीहरुलाई सरकारबाट फिर्ता हुन माओवादी केन्द्रले दियो निर्देशन

Featured, राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारका रहेका माओवादीको तर्फका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिवार पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी समिति बैठकले माओवादीको कोटामा मन्त्री बनेका तर पार्टीमा नफर्किएका मन्त्रीहरुलाई यस्तो निर्देश गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । माओवादीको तर्फबाट मन्त्री बन्नेहरुमा रामबहादुर थापा बादल, लेखराज भट्ट, प्रभु शाह, मणि थापा र दावा लामा रहेका छन् ।...
जसपालाई एकै समयमा ओली र देउवाको निम्तो

जसपालाई एकै समयमा ओली र देउवाको निम्तो

राजनीति
काठमाडौं । पुनःस्थापित संसदको चौथो दल जनता समाजवादी पार्टी (जसपा) सत्ता जोगाउन र नयाँ गठबन्धन निर्माणका लागि तानातानमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार जोगाउन जसपाको साथ खोजिरहेका छन् । यता प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र सत्ता समर्थक नेकपा माओवादी केन्द्रले पनि नयाँ सरकार निर्माणका लागि जसपाको साथ खोजिरहेको छ । ३४ सांसद गरेको जसपा सरकार जोगाउन र नयाँ निर्माणका लागि निर्णायक छ । प्रधानमन्त्री ओलीलाई सरकार टिकाइ राख्न थप १८ सांसद आवश्यक पर्दछ भने काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सरकार निर्माणका लागि जसपाको साथ अनिवार्य छ । यही परिदृश्यका बीच जसपा तानातानमा परेको हो । शुक्रबार प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाले एकै समय छलफलका लागि जसपालाई बोलाइएको पाइएको छ । ओलीले विहिबारको छलफलको निरन्तरताका लागि शुक्रबार अपरान्ह चार ...