राजनीति

‘केपी ओलीले सत्तामा बस्ने हैसियत गुमाइसके’

‘केपी ओलीले सत्तामा बस्ने हैसियत गुमाइसके’

Featured, राजनीति
काठमाडौँ। जनता समाजवादी पार्टी, नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा बस्ने हैसियत गुमाइसकेको दाबी गरेका छन् । पछिल्लो समय राजनीतिक भेटघाटलाई तीब्रता दिएको जसपाले ठोस निर्णय भने गर्न सकेको छैन। सामाजिक सञ्जालमार्फत भट्टराईले भनेका छन्, ‘अझै पनि समय छ,नैतिक र वैधानिक दुवै ढंगले सत्तामा बस्ने हैसियत गुमाइसकेको ओलीतन्त्रले बाटो छोडुन् ‘ उनले दन्त्यकथाका भेडाहरू काठको फड्केमा बाटो छोड्नुसट्टा सिंगौरी खेलेर दुवै मरेका थिए रे भन्दै नेपाली राजनीतिका मूर्ख र अहंकारी भेडाहरूको नियति त्यस्तै हुनलागेको हो त ? भन्दै प्रश्न समेत खडा गरेका छन्।...
माओवादीबाट एमालेमा गएका ५ जनाको सांसद पद धरापमा

माओवादीबाट एमालेमा गएका ५ जनाको सांसद पद धरापमा

राजनीति
काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि माओवादी केन्द्रका ५ सांसद एमालेमै बस्ने भएसँगै उनीहरुको सांसद पद धरापमा परेको छ । आफ्नो पूर्व पार्टीमा नफर्किने भएपछि माओवादी केन्द्रको शनिवार बसेको स्थायी कमिटी बैठकले रामबहादुर थापा ‘बादल’ सहितका नेताहरुलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ भने आइतबारको बैठकले उनीहरुमाथि कारवाही गर्ने तयारी गरेको छ । पूर्व पार्टी माओवादी केन्द्रमा रहेका २३ जना नेता एमालेमा गएका छन् । जसमध्ये ५ जना सांसदमा गृहमन्त्री रामबहादुर थापा बादल,श्रम तथा रोजगार मन्त्री गौरीशंकर चौधरी,उर्जामन्त्री टोपबहादुर रायमाझी,उद्योगमन्त्री लेखराज भट्ट र शहरी विकास मन्त्री प्रभु साह रहेका छन् । माओवादीकै मणि थापा र दावा तामाङ मन्त्री भएपनि उनीहरु सांसद हैनन् । उनीहरुलाई पार्टीमा फिर्ता बोलाउने र नफर्किएमा साधारण सदस्य समेत नरहने गरी कारवाही गर्ने तय...
माओवादी केन्द्रको केन्द्रीय समितिमा पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राख्ने प्रस्ताव !

माओवादी केन्द्रको केन्द्रीय समितिमा पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राख्ने प्रस्ताव !

राजनीति
काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा पार्टीको नाम फेर्ने प्रस्ताव गरिएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम फर्ने प्रस्ताव राखेका हुन् । प्रचण्डले यसअघि बसेको स्थायी समिति बैठकमा सहमति भए बमोजिम पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी राख्न प्रस्ताव गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । २०७५ जेठ ३ गते नेकपा एमालेसँग एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेकोमा सर्वोच्च अदालतले गत फागुन २२ गते नेकपालाई खारेज गरेको थियो । त्यसपछि पूर्ववत अवस्थामा माओवादी केन्द्रमा फर्किन बाध्य हुँदा पार्टी एकताको भाव मेटिने र अन्य पार्टीबाट एकीकरणमा आउन चाहनेलाई पनि नामले अप्ठेरो पार्ने भएपछि नाम फेर्ने प्रस्ताव आएको थियो । स्थायी समिति बैठकले नाम फेर्ने विषयमा सहमति गरेको थियो । यद्यपी, नेपाल...
‘सम्झौता होइन, माधव पक्षलाई कारबाही गरिन्छ’

‘सम्झौता होइन, माधव पक्षलाई कारबाही गरिन्छ’

राजनीति
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल समूहले अगाडि सारेका सर्त मान्न तयार नभएको अध्यक्ष केपी ओली पक्षले जनाएको छ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापाले खनाल–नेपाल पक्षका सर्त भन्नेभन्दा पनि कारबाही गरेर अगाडि बढ्ने बताए । थापाले भने, ‘अब सम्झौता होइन, माधव नेपाल समूहमा लाग्नेलाई कारबाही गरेर पार्टीबाट निष्कासन गर्ने हो । शुक्रबारको निर्णय दृढ गएर गरिएको निर्णय हो ।’ शुक्रबार आफू पक्षीय केन्द्रीय सदस्यको बैठक राखेर ओलीले २३ सदस्यीय स्थायी समिति खारेज गरेका छन् भने नेपाल पक्षका नेताहरुले पाएको जिम्मेवारी पनि खोसेका थिए । यस्तै ओलीले आफू पक्षीय केन्द्रीय सदस्यको बैठक राखेर अध्यक्ष महासचिव बाहेक अरु पदाधिकारीको जिम्मेवारी खोसेर निर्वाचन आयोजक कमिटी बनाएका बताएका थिए । ओलीले माओवादी पक्षबाट आएका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय ग...
आफ्ना सांसदलाई कारबाही गर्दै माओवादी

आफ्ना सांसदलाई कारबाही गर्दै माओवादी

Featured, राजनीति
काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले एमालेमा गएका आफ्ना सांसदहरुलाई कारबाही गर्ने बताइएको छ। नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थाप, टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्ट, प्रभु साहलगायतलाई एमालेको केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो। शनिबार बसेको माओवादी केन्द्रको बैठकले आफ्ना सांसद तथा नेतालाई पार्टीमा फर्किन २४ घन्टे अल्टिमेटम दिएको थियो। सोहीअनुसार ती नेताहरुलाई आज कारबाही गरिने जानकारी दिइएको छ।...
भीम रावलले भने : माओवादीसँग वार्ता गर्न पेरिस डाँडा गएकै हो

भीम रावलले भने : माओवादीसँग वार्ता गर्न पेरिस डाँडा गएकै हो

Featured, राजनीति
काठमाडाैँ । नेकपा (एमाले) नेता भीमबहादुर रावलले नेकपा माओवादी केन्द्रसँग वार्ता गर्न आफू शनिबार पेरिस डाँडा गएको बताएका छन्। एमालेको माधव नेपाल पक्षको स्थायी कमिटीको निर्णयबारे जानकारी दिने क्रममा उनी पेरिस डाँडा पुगेको बारेमा पत्रकारहरुले प्रश्न उठाएका थिए। रावलले पेरिस डाँडा जाँदैमा त्यत्रो धेरै टिप्पणीको कुनै अर्थ नहुने बताए। 'मैले पेरिस डाँडा किन नजाने? माओवादीसँग वार्ता गर्न गएको हो', उनले भने, 'व्यक्तिगत कामले गएको होइन। किन गएको भन्ने प्रश्नको कुनै अर्थ छैन। अन्य राजनीतिक कुरामा माओवादीसँग सम्वादका लागि म त्यहाँ पुगेको हुँ।' उनले माओवादीले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनु भन्न आफू नगएको बताए। 'मैले त्यहाँ गएर सरकारको समर्थन फिर्ता नलिनु भनेको होइन', उनले भने, 'म किन त्यहाँ गएँ, विस्तारै उत्तर दिउँला।' नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले बिहान...
आफूलाई पदबाट हटाउन प्रधानमन्त्री ओलीको चूनौती

आफूलाई पदबाट हटाउन प्रधानमन्त्री ओलीको चूनौती

राजनीति
काठमाडौं, २९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले सक्छ भने आफूलाई प्रधानमन्त्रीबाट हटाउन चूनौती दिएका छन्। शनिबार भृकुटी मण्डपमा अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई पदबाट हटाउन चूनौती दिएका हुन् । उनले षड्यन्त्र र जालझेल गरेर कसैले हटाउन सके हटाए हुने र आगामी चुनावबाट पुनः आउने दावी गरेका हुन् । उनले २ वर्षपछि सूर्य चिन्हबाट एमालेले नै बहुमत ल्याउने दावी गरे । त्यत्तिन्जेल सम्म आफूलाई प्रतिपक्षमा बस्न कुनै समस्या नभएको पनि उनको भनाई छ । सरकारमा भए देश बनाउने र विपक्षमा भए देश बनाउने तयारी गर्ने उनले उल्लेख गरे । प्रधानमन्त्री ओलीले आफ्नो गन्तव्य सत्ता नभई समृद्ध नेपाल सुखी नेपाली, देश विकास, कृषि आधुनिकीकरण तथा जनताको सपना पूरा गर्ने रहेको पनि बताएका छन् ।...
नेपाल पक्षले बनायो समानान्तर कमिटी(सूचीसहित)

नेपाल पक्षले बनायो समानान्तर कमिटी(सूचीसहित)

अन्तराष्ट्रिय, राजनीति
काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले केपी शर्मा ओली पक्षलाई काउन्टर दिन समानान्तर कमिटी बनाएको छ । शनिबार बसेको नेपाल पक्षको केन्द्रीय समिति बैठकले विभिन्‍न कमिटी बनाएको केन्‍द्रीय सदस्‍य विष्‍णु रिजालले जानकारी दिए । नेपाल पक्षको केन्‍द्रीय समिति बैठकले प्रदेश १ इन्चार्जको जिम्मा भीम आचार्यलाई दिएको छ । त्यस्तै प्रदेश २ मा घनश्याम भुसाल, वाग्मतीमा अष्टलक्ष्मी शाक्य, गण्‍डकीमा सुरेन्द्र पाण्डेलाई, लुम्बिनीमा युवराज ज्ञवाली र सुदरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी भीम रावललाई दिएको छ । त्यस्तै, युवा विभागको जिम्मा रघु पन्त, विद्यार्थी विभागको जिम्मा गोकर्ण विष्ट, प्रचार विभागको जिम्मा योगेश भट्टराई, महिला विभागको जिम्मा अष्टलक्ष्मी शाक्यलाई र बुद्धिजीवी विभागको जिम्मा प्रमेश हमाललाई दिइएको छ । शुक्रबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली पक्षको केन्द्रीय समिति बैठकले जिम्मेवा...
गगन थापाले भने-कांग्रेसको नेतृत्वमा चाँडै नयाँ सरकार बन्छ

गगन थापाले भने-कांग्रेसको नेतृत्वमा चाँडै नयाँ सरकार बन्छ

Featured, राजनीति
नवलपरासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कांग्रेसको नेतृत्वमा माओवादी र जनता समाजवादी पार्टीको स‌ंयुक्त सरकार चाँडै बन्ने बताएका छन् । त्यस्तो संयुक्त सरकारको प्रधानमन्त्री शेरबहादुर देउवा नै हुने उनले ठोकुवा गरे । 'यो बेला देशलाई ओलीकरणबाट जोगाउने हो । कांग्रेस पार्टीभित्र प्रधानमन्त्री को हुने भनेर झगडा गर्ने बेला होइन । प्रधानमन्त्री हाम्रा सभापति देउवा नै हो त्यसमा विवादै गर्न हुन्न र विवाद छँदै छैन,' उनले भने । पूर्वी नवलपरासीको हर्कपुरमा चौधरी ग्रुपले सञ्चालनमा ल्याएको उन्नति कल्चरल भिलेजको शनिबार निरिक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता थापाले प्रधानमन्त्रीबाट ओलीलाई हटाउन जति ढिला गर्‍यो त्यति देशमा संकट गहिरिदै जाने उनको दाबी छ । ओलीले अख्तियार र संवैधानिक अंगहरु ध्वस्त पारेका छन् देशलाई ओलीकरणबाट जोगाउनका लागि उनलाई फाल्न एक दिनपनि ढिला गर्न नहुनेमा सत्ता साझे...
माधव नेपाललगायत नेताहरूलाई कारबाही गर्ने ओलीको तयारी

माधव नेपाललगायत नेताहरूलाई कारबाही गर्ने ओलीको तयारी

राजनीति
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल लगायतलाई कारबाही गर्नेगरी छलफल थालेका छन् । ओली समूहका एक नेताका अनुसार नेपाललगायत झण्डै एक दर्जन नेतालाई अनुशासनको कारबाही गर्नेगरी ओलीले छलफल थालेका हुन् । नेपाल समूहले पार्टी अनुशासन उल्लंघन गरि गुटबन्दी गर्दै हिँडेको, सरकार गिराउन तानाबाना बुनिरहेको जस्ता आरोप ओली पक्षको छ । ती नेताका अनुसार ओलीले शुक्रबारकै आफू निकटको केन्द्रीय समिति बैठकमा अनुशासनहीन काम गर्नेहरुलाई कारबाही गर्न चाहेका थिए । तर नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेललगायतले अहिले नै कारबाही गर्न नहुने भन्दै उनीहरुको थप गतिविधि हेरेर कदम चालिनुपर्ने सुझाव दिएका थिए । सोही बैठकबाट ओलीले माओवादी धारका नेताहरुलाई केन्द्रीय समितिमा मनोनयन गर्नुका साथै अध्यक्ष र महासचिव बाहेकका सबै पदाधिकारीको खारेज गरेका थिए । यस्तै माधव नेपाल पक्षका नेताहरुको ज...