राजनीति

‘ओलीले पार्टी फुटाउन लागे, पार्टी जोगाउन भेला बोलाइएको हो’

‘ओलीले पार्टी फुटाउन लागे, पार्टी जोगाउन भेला बोलाइएको हो’

राजनीति
काठमाडौँ । नेकपा एमालेका माधव नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्न लागेकोले एकताका लागि भेला डाकेको बताएका छन् । नेपाल समूहले भोलि र पर्सी राष्ट्रिय भेला बोलाएको छ । ‘पार्टी विभाजनको आरम्भ ओलीजीले गर्नुभएको हो । २८ गतेको बालुवाटार वैठकले विभाजनको बिजारोपण गरेको हो,’ भेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेता पाण्डेले भने, ‘एकलौटी गरिएका निर्णय फिर्ता नभएसम्म पार्टी एकता सम्भव छैन । हाम्रो भेला पार्टीको विधानसम्मत छ ।’ पार्टीको विधानमा भेला, समारोह र छलफल गर्ने अधिकार दिएको पाण्डेको दाबी छ ।...
ओलीको चियापानमा सांसदसहित माधव पक्षका यी चार नेता सहभागी

ओलीको चियापानमा सांसदसहित माधव पक्षका यी चार नेता सहभागी

राजनीति
काठमाडाैँ । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा मंगलबार आयोजना गरेको चियापान कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा खुलेका चारजना सांसद पुगेका छन्। केन्द्रीय सदस्य र सांसदहरूका लागि आयोजना गरिएको चियापानमा माधव पक्षका चार सांसद पुगेका हुन्। चियापानमा संस्थापन पक्षका सबै केन्द्रीय सदस्य र सांसदहरु पुगेका थिए। नेता माधवकुमार नेपाल पक्षमा खुलेकामध्ये केन्द्रीय सदस्य केशवलाल श्रेष्ठ बालुवाटारमा चिया खान पुगेका हुन्। त्यसैगरी तीन जना सांसद पनि बालुवाटार पुगेका छन्। यसरी चियापानमा पुग्नेहरूमा मुगुका सांसद गोपाल बम, सांसद नजमा खातुन र माया ज्ञवाली रहेका छन्। उनीहरुले यसअघि नेकपा कायम हुँदा पुष्पकमल दाहाल प्रचण्ड-नेपाल पक्षमा आफूलाई खुलाएका थिए। तर नेपाल पक्षले बुधबार गर्न लागेको भेला अगाडि आयोजित चियापानमा उनीहरुले सहभागिता जनाएका हुन्।...
‘ओलीले नेकपा फुटाए, अब एमाले पनि फुटाउँदैछन्’

‘ओलीले नेकपा फुटाए, अब एमाले पनि फुटाउँदैछन्’

Featured, राजनीति
काठमाडाैँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नै कारवाही हुनुपर्ने बताएका छन्। वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भोलि र पर्सि काठमाडौंमा गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिन ललितपुरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले यसो भनेका हुन्। 'कार्यकर्ता भेलामा जानेलाई प्रधानमन्त्रीले कारवाही गर्ने कुरा हाँस्यास्पद हो। उहाँ आफैँले बालुवाटारमा गुट भेला गरेर गलत गर्नुभयो। नेकपा एमालेको विधानले त्यसलाई मान्यता दिँदैन। अदालतले एमालेलाई ब्यूँताइदिएर २०७५ जेठ २ मा पुर्‍याएको छ। त्यसलाई भुलेर अन्य गतिविधि गर्नु गलत हो। ती काम कारवाही योग्य छन्', उनले भने, 'आफैँ गलत रुपमा उभिएको प्रधानमन्त्रीले कारवाही गर्छु भन्नु गलत हो। अध्यक्ष चाहिँ त्यसबाट मुक्त हुँदैनन्, कारवाहीको कुरा अनावश्यक रुपमा तर्साउने कुरा मात्रै हो।' उनले प्रधानमन्त्री...
ओलीको लागी दुई थोपा आँशु झार्ने मान्छे पनि हुने छैनन् : योगेश भट्टराई

ओलीको लागी दुई थोपा आँशु झार्ने मान्छे पनि हुने छैनन् : योगेश भट्टराई

राजनीति
काठमाडौ । नेकपा एमालेका सचिव योगेश भट्टराईले ईतिहासको कठघरामा उभिएका प्रधानमन्त्री केपी ओलीको लागि कुनैसमयमा दुई थोपा आशु चुहाउने मान्छे पनि नहुने दाबी गर्नुभएको छ । चैत्र ४ र ५ गते हुने राष्ट्रिय कार्यकर्ता भेलाको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भट्टराईले भन्नुभयो अध्यक्ष तथा प्रधानमन्त्री ओली ईतिहासको कठघराका उभिएको र जबाफ दिन नसक्दा कठोर कारबाही हुने भन्दै त्यसबेला दुई थोपा आशु चुहाउने पनि कोहि नहुने दाबी गर्नुभयो । आफू पक्षीय भेलमा गएकाहरु लाई कारबाही गर्ने प्रधानमन्त्री ओलीको चेतावनी प्रति सचिव भट्टराईले भन्नुभयो आबेग र उत्तेजनाले दूर्घटना तीर जान्छ , कारबाहीको धम्कि काम छैन, एक पछि अर्को कारबाही भोग्न लामबद्ध छौ । सचिब भट्टराईले उत्तर कोरियाका राष्ट्रपति किम जोङ्गको बहिनीको भनाई उद्दरण गदैं भन्नुभयो उनले चार बर्ष ब्हाईट हाउसमा बस्ने हो भने बारुद्धको गन्ध नफैलाउन अमेरिक...
प्रचण्ड बने दलको नेता, प्रमुख सचेतकमा देव गुरुङ

प्रचण्ड बने दलको नेता, प्रमुख सचेतकमा देव गुरुङ

राजनीति
काठमाडाैँ । नेकपा माओवादी केन्द्रबाट संदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । आज बसेको माओवादी संसदीय दलको बैठकले दलको नेतामा प्रचण्ड र प्रमुख सचेतकमा देव गुरुङलाई चयन गरेको हो । राष्ट्रिय सभा संसदीय दलको दलमा दिनानाथ शर्मा चयन भएका छन् ।
‘गुटगत भेलामा सहभागी भए कारबाही हुन्छ’

‘गुटगत भेलामा सहभागी भए कारबाही हुन्छ’

Featured, राजनीति
काठमाडौं। प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भोलिको गुटगत भेलामा सहभागी नहुन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। भोलि र पर्सी माधव कुमार नेपाल समूहले राष्ट्रिय कार्यकर्ताको भेला आयोजना गरेको छ। सो भेलामा सहभागी नहुन ओलीले अनुरोध गरेका हुन्। पार्टीले माघ ७ गते केन्द्रीय कमिटिको बैठक बोलाएको भन्दै त्यसअघि नै राष्ट्रिय कार्यकर्ता भेला बोलाएको भन्दै अनुशासनहीन काम गरेको खण्डमा विधानअनुसार कारबाही गरिने चेतावनी दिए। ''गुटगत भेला गर्ने, समूहलाई आफ्नो पक्षमा लिएर पार्टीको विधान, अनुशासनविपरीत कार्यक्रम गरिएको खण्डमा विधानअनुसार कारबाही गरिनेछ'', अध्यक्ष ओलीले भने। भोलlको भेलामा एक नजर त्यतातिर लगाउने बताए। सत्यसँग नलड्ने र निहु खोज्नेहरूसँग नझुक्ने आफ्नो नीति भएको प्रधानमन्त्री ओलीको भनाई छ। आजको चियापान कार्यक्रममा सहभागी नहुन भनेर गुटको बैठक नै बसाएर निर्णय गरेको सुन्...
‘प्रचण्डको होमवर्कबमोजिम एमाले विभाजन गर्ने षड्यन्त्र!’

‘प्रचण्डको होमवर्कबमोजिम एमाले विभाजन गर्ने षड्यन्त्र!’

Featured, राजनीति
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा एमालेको माधवकुमार नेपाल समूहले चैत ४ र ५ गते गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलालाई पार्टी विभाजित गर्ने षड्यन्त्रको संज्ञा दिएका छन् । सामाजिक सञ्जाल फेसबूकमा लेख्दै थापाले भेला खासमा प्रचण्डको निर्देशन र होमवर्क बमोजिमको मेला, राम र रमिता हो भनेर टिप्पणी गरेका छन् । ‘यसलाई चैत महिनामा प्रदर्शित बेमौसमी गाईजात्रा पनि भन्न सकिन्छ । आफ्नो निहित स्वार्थका लागि नेकपा एमाले विभाजन गरी समाप्त गर्न चाहने तत्वहरूको उक्साहट र षडयन्त्र हो,’ उनले लेखेका छन्, ‘यो केवल यसका नेतृत्वकर्ताहरूको कुण्ठा र द्वेय प्रदर्शन मात्रै हो ।’ सल्लाहकार थापाले गुटको भेलामा सहभागी हुन एमालेका नेता कार्यकर्तालाई आग्रह समेत गरेका छन् । ‘यो आमजनता र कार्यकर्ताको आकांक्षा र अभिमत विपरीतको क्रियाकलाप हो । यस्तो कार्यमा कोही कसैले आफूलाई सामेल नगरौ ।’ h...
एमालेको नाम फेर्न आयोगमा निवेदन

एमालेको नाम फेर्न आयोगमा निवेदन

राजनीति
काठमाडौं । सन्ध्या तिवारीले आफ्नो नेतृत्वको नेकपा एमालेको नाम परिवर्तन गर्न निर्वाचन आयोगमा निवेदन दिएकी छन् । तिवारी नेतृत्वको नेकपा एमालेको नाम परिवर्तन गर्न आयोगमा सोमबार निवेदन दिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार पत्र अनुसार आयोगको बैठक बसेर नाम परिवर्तनको निर्णय गर्नेछ । नेकपा नाम विवादमा सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलाले एमाले र माओवादी केन्द्र साविकको अवस्थामा फर्किएपछि तिवारी नेतृत्वको पार्टीले नाम परिवर्तन गर्न निवेदन दिएको हो । आइतबार बसेको केन्द्रीय कमिटी बैठकले जनताको जनवाद पार्टी (जजपा) नेपाल राख्ने निर्णय गरेको र सोही अनुसार नाम परिवर्तन गरिदिन आयोगमा दिएको निवेदनमा उल्लेख छ । तिवारीको पार्टीले परिवर्तित नाम जनताको जनवादी पार्टी (जजपा) राख्ने गरि निर्णय भएको सो पार्टीले जनाएको छ । एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर...
माओवादी केन्द्रले नयाँ सरकार बनाउन कांग्रेस र जसपासँग वार्ता गर्ने

माओवादी केन्द्रले नयाँ सरकार बनाउन कांग्रेस र जसपासँग वार्ता गर्ने

राजनीति
काठमाडौँ । नेकपा माओवादी केन्द्रले सत्ता समीकरणका लागि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय गरेको छ। कोटेश्वर, पेरिसडाँडामा आज बसेको केन्द्रीय कमिटी बैठकले संसदमा रहेका मुख्यतया दुई दलसँग वार्ता गर्ने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सरकार निर्माणबारे संसदमा भएका दलसँग वार्ता गर्ने निर्णय गरेको माओवादी केन्द्रले नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनमा पनि जाने भएको छ । बैठकले नेकपा विवादमा सर्वोच्चको फैसलामा पुनरावलोकनमा जाने निर्णय गरेको हो । जिल्ला तथा प्रदेशमा नेताहरू संगठन विस्तारका काममा जाने पनि निर्णय भएको नेता श्रेष्ठले जानकारी दिए । केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित गरिएको पनि उनले जानकारी दिए । पार्टीका तर्फबाट सरकारमा गएका मन्त्रीलाई फिर्ता बोलाइएको र पत्रसमेत पठाइएकोमा अहिलेसम्म उनीहरूले जवाफ नदिएकोले अब त्...
सकियो माओवादी केन्द्रको बैठक, के भयो निर्णय ?

सकियो माओवादी केन्द्रको बैठक, के भयो निर्णय ?

राजनीति
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को सोमवार बसेको केन्द्रीय कमिटी बैठक सकिएको छ । आइतवारबाट शुरु भएको बैठकले विभिन्न ६ एजेण्डाहरु तय गरेको थियो । सोही अनुसार आजको बैठक अघि बढेको थियो। त्यस्तै आजको बैठकमा पूर्व निर्धारित कार्यसूची अनुसार नै केन्द्रीय कमिटीका सदस्यहरुले अहिलेको विशिष्ट राजनीतिक परिस्थिति र पार्टी निर्माण र आन्दोलनको एकिकरणको सन्दर्भमा आ-आफ्नो कोणबाट धारणा राखेकोम माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए । आजको बैठकमा २० जना केन्द्रीय सदस्यहरुले आ(आफ्नो धारणा राखेका थिए । जनार्दन शर्मा, शक्ति बस्नेत, गणेशमान पुन, पम्फा भुसाल, वर्षमान पुन, रामदिप आचार्य, हेमराज भण्डारी, पुष्पबिक्रम मल्ल, कृष्ण केसी, दलजित श्रीपाली, परशुराम रम्तेल, जयपुरी घर्ती, हितबहादुर तामाङ, प्रकाश पोखरेल, धर्मदत्त देवकोटा, परशुराम आचार्य, दिलाराम आचार्य, ओम शर्मा, क...