ओलीको चियापानमा सांसदसहित माधव पक्षका यी चार नेता सहभागी

काठमाडाैँ । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा मंगलबार आयोजना गरेको चियापान कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा खुलेका चारजना सांसद पुगेका छन्। केन्द्रीय सदस्य र सांसदहरूका लागि आयोजना गरिएको चियापानमा माधव पक्षका चार सांसद पुगेका हुन्।

चियापानमा संस्थापन पक्षका सबै केन्द्रीय सदस्य र सांसदहरु पुगेका थिए। नेता माधवकुमार नेपाल पक्षमा खुलेकामध्ये केन्द्रीय सदस्य केशवलाल श्रेष्ठ बालुवाटारमा चिया खान पुगेका हुन्। त्यसैगरी तीन जना सांसद पनि बालुवाटार पुगेका छन्।

यसरी चियापानमा पुग्नेहरूमा मुगुका सांसद गोपाल बम, सांसद नजमा खातुन र माया ज्ञवाली रहेका छन्। उनीहरुले यसअघि नेकपा कायम हुँदा पुष्पकमल दाहाल प्रचण्ड-नेपाल पक्षमा आफूलाई खुलाएका थिए। तर नेपाल पक्षले बुधबार गर्न लागेको भेला अगाडि आयोजित चियापानमा उनीहरुले सहभागिता जनाएका हुन्।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.