राजनीति

कार्यकर्ता भेलामा माधव नेपालका ‘छ कुरा’

कार्यकर्ता भेलामा माधव नेपालका ‘छ कुरा’

राजनीति
काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी फुटाउने कि एकताबद्ध बनाउने भन्ने अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीमा भरपर्ने बताउनुभएको छ । विधि, पद्धति र संस्थागत प्रणालीअनुसार पार्टी सञ्चालन गर्न ओली तयार भए एकताबद्ध भएर जान सकिने सम्भावना अझै रहेको उहाँको भनाई छ । उहाँले पार्टी एकता जोगाउन छ वटा उपायसमेत सुझाउनु भएको छ । बुधबार ललितपुरस्थित हेरिटेज गार्डेनमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले अदालतको अप्रत्याशित निर्णयले एमाले पुरानै अवस्थामा पुगेपछि त्यहि विन्दुबाट पार्टी सञ्चालन गरिनुपर्नेमा आफ्नो पहिलो जोड रहेको बताउनुभयो । ओलीले एकलौटी ढङ्गले फागुन २८ गते बालुवाटारमा गरेको निर्णय अदालतको फैसला विपरित रहेको भन्दै नेपालले त्यसलाई फिर्ता लिन ओलीपक्ष तयार नहुँदा समस्या आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले ६ वटा कुरा गर्यौं । एमालेलाई बलियो बनाएर ...
एमाले (खनाल-नेपाल पक्ष)को भेलामा छलफल गर्न १० समूह, यी हुन् टोली नेता

एमाले (खनाल-नेपाल पक्ष)को भेलामा छलफल गर्न १० समूह, यी हुन् टोली नेता

Featured, राजनीति
काठमाडाैँ । नेकपा एमाले (खनाल-नेपाल पक्ष)को राष्ट्रिय भेलामा नेता माधव नेपालको राजनीतिक प्रस्तावमा छलफल गर्न १० वटा समूह विभाजन गरिएको छ । सात प्रदेश, सम्पर्क कमिटी, जनसंगठन तथा पेशागत संगठन र केन्द्रीय निकाय तथा विभाग गरी १० समूहमा विभाजन गरिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले विज्ञप्तिमार्फत जनाएका छन् । समसामयिक विषयमा प्रस्तावहरू पारित गर्दै भेला भोलि समापन हुने भट्टराईले विज्ञप्तिमा जनाएका छन् ।  ...
समर्थन फिर्ता लिएको ‘कन्फर्म’ भएपछि कदम चाल्छौँ : नारायणकाजी श्रेष्ठ

समर्थन फिर्ता लिएको ‘कन्फर्म’ भएपछि कदम चाल्छौँ : नारायणकाजी श्रेष्ठ

राजनीति
काठमाडाैँ । अहिले नै समर्थन फिर्ता लिइसकेको ‘कन्फर्म’ भइनसकेको र भएपछि आवश्यक कदम चालिने माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले बताएका छन्। काठमाडौं। नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको कर्णाली प्रदेशको संसदीय दलको बैठकले त्यहाँको सरकारलाई दिएको समर्थन फिर्ता लिएको ‘कन्फर्म’ भएपछि आवश्यक कदम चालिने बताएका छन्। अहिले नै समर्थन फिर्ता लिएको भन्ने ‘कन्फर्म’ भइनसकेको उनले बताए। “कन्फर्म हुन अहिले बाँकी छ, हेरौं न के रहेछ,” उनले भने, “त्यहाँका एकजना मन्त्री प्रकाश ज्वालाले प्रेस स्टेटमेन्ट जारी गरेर बैठकको निर्णय अस्वीकार गर्नुभएको छ।” कर्णाली प्रदेशमा माओवादीका महेन्द्रबहादुर शाही मुख्यमन्त्री छन्। मुख्यमन्त्री शाहीविरुद्ध यसअघि नै त्यहाँको प्रदेश संसद्मा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी ओली पक्षका स...
‘माग सम्बोधन गर्न प्रधानमन्त्री सकारात्मक’

‘माग सम्बोधन गर्न प्रधानमन्त्री सकारात्मक’

राजनीति
काठमाडाैँ । जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले आफूहरुका माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएको बताएका छन् । सिंहदरबारमा बुधबार सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले संविधान संशोधन, नागरिकतालगायत जसपाले उठाउँदै आएका मुद्दालाई सवैधानिक र कानुनी बाटोबाट सम्बोधन गर्नेमा प्रधानमन्त्री सकारात्मक देखिएको बताएका हुन् । राजनीतिक दलबीच सरकार गठनको कसरत चलिरहेका बेला जसपाका नेता कर्णले आफूहरुका मागमा प्रधानमन्त्री ओली सकारात्मक देखिएको बताएका हुन् । प्रतिनिधिसभा पुनर्स्थापनालगत्तै सर्वोच्च अदालतको फैसलाबाट एकीकरण भएका वामघटक पूर्वनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेकपा एमालेमा फर्किएपछि दलहरुबीच सरकार गठनको कसरत तीव्र बनेको छ । उनले सबै दलसँग छलफल चलिरहेकाले कार्यकारिणी समितिमा छलफल गरेपछि पार्टीले त्यसबारे अन्तिम निर्णय लिने बताए । जसपाको ने...
माओवादी नेता जबेगु एमालेमा प्रवेश प्रचण्डलाई लाग्याे झट्का!

माओवादी नेता जबेगु एमालेमा प्रवेश प्रचण्डलाई लाग्याे झट्का!

राजनीति
नेकपा माओवादी केन्द्रका नेता श्रीप्रसाद जबेगु नेकपा एमालेमा प्रवेश गरेका छन् । पूर्वराज्यमन्त्री समेत रहेका जगेबु एमाले प्रवेश गरेका हुन् । उनी दोस्रो संविधानसभामा माओवादीबाट समानुपातिक सभासद् थिए । जबेगु २०७३ सालमा प्रचण्डको नेतृत्वमा गठन भएको सरकारमा संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री र पशुपंक्षी विकास राज्यमन्त्री भएका थिए । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता हुनुअघि नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य रहेका जबेगु पार्टी एकतापछि जिम्मेवारीविहीन थिए ।...
ओलीले बोलाए एमाले संसदीय दलको बैठक

ओलीले बोलाए एमाले संसदीय दलको बैठक

राजनीति
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । बिहीबार ११ बजे बालुवाटारमा बैठक बोलाएको ओली पक्षका सांसद तथा मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए । ‘बिहीबार ११ बजे बालुवाटारमा बस्ने बैठकमा आउन सबै सांसदहरुलाई एसएमएस गरेर निम्तो गरिएको छ’, भट्टराईले भने, ‘बाँकी निर्णय बैठकले नै गर्छ ।’ ओलीले गत फागुन २८ गते एकलौटी बैठक बसेर गरेको निर्णयको विरोधमा एमालेको झलनाथ माधव पक्षले बुधबारबाट राष्ट्रिय कार्यकर्ता भेला सुरु गरेको छ । उक्त भेलालाई ओली पक्षले गुटको भेला भनेको छ । तर नेपाल खनाल पक्षले पार्टीको आधिकारिक भेला भनेर दावी गरेको छ । ओली पक्षले खनाल नेपाल पक्षले बोलाएको भेलामा नजान निर्देशन जारी गर्दै गए कारवाही गर्ने चेतावनी दिएको थियो । यसैबीच खनाल नेपाल पक्षका सांसदहरु ओलीले बोलाएको दलको बैठकमा जाने सम्भावना कम रहेको बताएका छन् ।...
यस्तो छ एमाले नेपाल–खनाल समूहले राष्ट्रिय भेलामा पेश गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

यस्तो छ एमाले नेपाल–खनाल समूहले राष्ट्रिय भेलामा पेश गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

Featured, राजनीति
काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेताद्वय माधव कुमार नेपाल र झलनाथ खनाल समूहको राष्ट्रिय भेलमा राजनीतिक प्रतिवेदन पेश गरिएको छ । बुधबारबाट ललितपुरको सानेमामा शुरु भएको राष्ट्रिय भेलामा ‘नेकपा एमालेको एकता बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ’ शीर्षकको आठ पृष्ठको प्रतिवेदन पेश गरिएको हो । भेलामा सम्बोधन गर्दै वरिष्ठ नेता खनालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै गुटबन्दी शुरू गरेको आरोप लगाए । खनालले भने, ‘पार्टीसँग सल्लाहबिना उहाँ अघि बढ्नु भयो। निर्वाचन घोषणा पत्रमा देशसामु गरेका कुनै पनि प्रतिवद्धतालाई केपी ओली सरकारले लागू गर्न सकेन । निर्वाचनको प्रतिवद्धता अनुसार बजेट लागु गर्न पनि सक्नु भएन। पार्टीका विचार र भावनालाई लागु गर्न सक्नु भएन।’ नेता खनालले ओलीले भ्रष्टाचारीलाई संरक्षण गरेको पनि आरोप लगाए। उनले भने, ‘ओलीले भ्रष्टाचारीलाई संरक्षण गर्ने कुरा अगाडि सारे । तीन चार सयभन्दा मा...
एमालेको नेपाल–खनाल समूहको राष्ट्रिय भेला आजदेखि

एमालेको नेपाल–खनाल समूहको राष्ट्रिय भेला आजदेखि

Featured, राजनीति
काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहको राष्ट्रिय भेला आजदेखि सुरु हुँदैछ । बिहान ११ बजे भेला सुरु हुने नेता योगेश भट्टराईले जानकारी दिए । गत फागुन २८ गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी ढंगबाट महत्वपूर्ण निर्णय गरेसँगै माधव–झलनाथ समूह थप रुष्ट बनेको छ । पार्टीको विधान विपरीत गरिएको निर्णय सच्याउनुपर्ने भन्दै उक्त समूहले आजदेखि दुईदिने राष्ट्रिय भेला आयोजना गर्न लागेको हो । भेलामा देशभरबाट २ हजारभन्दा बढी नेता कार्यकर्ता सहभागी हुने बताइएको छ । माधव–झलनाथ समूहले शनिबारका लागि बोलाइएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने स्पष्ट पारेको छ । उक्त समूहले समानान्तर कमिटी गठन प्रक्रिया अघि बढाएको छ । फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा एकता खारेज गरेपछि ब्युँतिएको एमाले फेरि विभाजनको नजिक पुगेको छ ।...
‘माओवादी आन्दोलन र मलाई प्रहारको निशाना बनाइयो’

‘माओवादी आन्दोलन र मलाई प्रहारको निशाना बनाइयो’

राजनीति
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राप्त अधिकार खोस्न माओवादी आन्दोलन र आफूलाई प्रहारको निशाना बनाइएको बताएका छन् । मंगलबार अग्रणी शहिद शुकदेव गुरुङ शहिद घोषणा राष्ट्रिय जागरण अभियान अन्तर्गतको सर्वपक्षीय अन्तर संवाद तथा भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । ‘अस्ति प्रतिनिधिसभा विघटन गर्ने कुरा ओलीबाट प्रधानमन्त्रीको रुपमा भयो त्यो भयानक ठूलो षडयन्त्र थियो। नेपालका आदिबासी, जनजातिका विरुद्ध, नेपालका सबै दलित, मधेसी, महिला सबैले पाएको त्यो अधिकार पनि खोस्ने र झण्डैझण्डै पहिलाको जस्तै निरंकुश शासनतिर नेपाललाई फर्काउने र उच्च जातीय अहंकारवादलाई स्थापित गर्ने प्रयास थियो,’ प्रचण्डले भने। कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘तपाई हामीले अलि जातीय अधिकारको कुरा, समानताको कुरा, आत्मसम्मानको कुरा, स्वतन्त...
सरकार र संसद नचले फेरि पनि विघटन हुने ओलीको चेतावनी

सरकार र संसद नचले फेरि पनि विघटन हुने ओलीको चेतावनी

Featured, राजनीति
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र संसद् राम्रोसँग नचले फेरि पनि संसद् विघटन गर्ने चेतावनी दिएका छन्। मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको सर्वदलीय बैठकमा प्रधानमन्त्रीले पुस ५ गते गरेको संसद विघटन सही भएको जिकिर गर्दै यस्तो बताएका हुन् । उनले फेरि पनि राम्रोसंग संसद नचले निर्वाचनमा जान सकिने बताएका छन् । ‘प्रधानमन्त्रीले संसद विघटनबारे कुरा उठाउनु भएको थियो, उहाँले बोल्ने क्रममा सरकार र संसद् चल्ने अवस्था नआएपछि विघटन गरेको हो भन्नुभयो’, बैठकमा सहभागी नेमकिपा सांसद् प्रेम सुवालले भने । ‘उहाँले संविधानको धारा ७६ र ८५ मा पनि विघटनको व्यवस्था गरिएको छ भन्नुभयो । सरकार र संसद् नचले फेरि पनि विघटन हुन्छ भन्नुभयो । त्यसमा आश्चर्य मान्नुपर्ने कुरा छैन,’ सुवालले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने । दलका नेताहरूले प्रतिनिधिसभा विघटनमा राष्ट्रपतिको भूमिकामाथि पनि ...