ओलीसामू नेपाल पक्षले राख्यो ५ बुँदे असहमति
काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री एवम पार्टी अध्यक्ष केपी शर्मा ओलीसामू ५ बुंदे असहमति पत्र बुझाएका छन्। शनिवार बालुवाटारमा बसेको बैठकमै पुगेर नेपाल पक्षका सांसदहरु सोम पाण्डे, यज्ञराज सुनुवार र जीवनराम श्रेष्ठले उक्त पत्र पेस गरेका हुन्। उनीहरु सो पक्षका ३७ जना सांसदकाे हस्ताक्षर बोकेर बालुवाटार पुगेका हुन्।
उनीहरूले बुझाएको पत्रमा केन्द्रीय कमिटीको बैठकबाट पारित नभई संसदीय दलको बोर्ड गठन गर्ने कार्य पार्टी विधान विपरीत र कानूनसम्मत नभएको उल्लेख छ । यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) को विधानको धारा ४३ (ख) को ४ बमोजिम संसदीय दल तथा बोर्डको काम, कर्तव्य र अधिकार दलको विधान र नियमावली बमोजिम हुने कुरा स्मरण गराएको छ ।
यस्तै गरी अदालतको फैसला पश्चात् पार्टी विधानको धारा १४ (क) र (ख) को १, २, ३ बमोजिम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित तथा केन्द्रीय कमिटीको...







