संसदमा कांग्रेसको प्रश्न: ‘प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छ कि पर्दैन’ ?

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री माथि नैतिकताको प्रश्न उठाउँदै प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्न माग गरेको छ। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले यस्तो बताएका हुन् ।

सरकारद्धारा भएको प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक भन्दै सर्वोच्चले खारेज गरेपछि सो गल्तीको महसुस गरेर नैतिक उत्तरदायित्व लिनुपर्छ कि पर्दैन भन्दै संसदको ध्यान आकर्षण गराएका छन्।

संसदको भूमिकालाई गतिशिल बनाउने र संविधानको रक्षा गर्नु सरकारको काम भएपनि सरकारले सुरु देखिनै संविधानमाथि निरत्तर प्रहार गर्दै आएको पनि प्रमुख सचेतक खाँणले आरोप लगाएका छन्। प्रमुख सचेतक खाँणले अहिले सबै राजनैतिक दलबीच भएको तिक्ततालाई त्यागेर सहकार्य गर्दै हातेमालो गर्दै जानुपर्ने बताए ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.