राजनीति

बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई कलीयुगको भष्मासुर भनेपछि…

बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई कलीयुगको भष्मासुर भनेपछि…

Featured, राजनीति
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई पुन: भष्मासुरसँग तुलना गरेका छन्। सोमवार बिहान सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्री ओलीले अनेक छल गरेर सबैलाई त्राहिमाम पार्ने उल्लेख गर्दै नयाँ रणनीतिको खोजी गरेका हुन्। डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई हटाउन नयाँ रणनीति आवश्यक रहेको समेत बताएका छन् । प्रधानमन्त्री ओलीले कलीयुगमा छल गरेको आरोप लगाउदै अध्यक्ष भट्टराईले सबैलाई त्राहि बनाएको टिप्पणी गरेका छन्। उनको ट्वीट यस्तो छ- ‘मिथकहरूबाट प्रेरणा लिने हो हुबहु उही दोहोर्‍याउने हैन ! भष्मासुरलाई जसले वरदान दिएको हो उसले (शिवले)वरदान फिर्ता लिनुसट्टा अर्काले (बिष्णुले)छल गरेर वध गरेका थिए भन्दैमा अहिले कलीयुगमा पनि त्यही दोहोर्‍याउन खोज्दा उल्टै भष्मासुरले छल गरेर सबैलाई त्राहि...
‘यो अल्पमतको सरकार होइन, एमालेको दुबै हातमा लड्डु छ’

‘यो अल्पमतको सरकार होइन, एमालेको दुबै हातमा लड्डु छ’

राजनीति
काठमाडाैं । सरकारका प्रवक्ता पार्वत गुरुङले केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा नरहेको बताएका छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले माओवादी केन्द्रले विश्वासको मत कायमै राखेकाले सरकार स्पष्ट बहुमतमा रहेको बताएका हुन् । अनुचित गठबन्धन गरेर सरकार टिकाइराख्नु आवश्यकता नरहेको उल्लेख गर्दै सञ्चार तथा सूचना प्रविधमन्त्री गुरूङले एमालेको दुबै हातमा लड्डु रहेको बताए । सरकारमा रहँदा आफूले अघि सारको एजेन्डा कार्यन्वयन गर्ने अवसर रहेको र प्रतिपक्षमा रहँदा पनि चुनावको तयारी गरेर बहुमत ल्याउने अवसर भएको गुरुले बताए ।...
आगामी सालको बिदा, कार्यालय समय निर्धारण

आगामी सालको बिदा, कार्यालय समय निर्धारण

राजनीति
काठमाडौं। गृह मन्त्रालयले अगामी २०७८ सालमा दिने सार्वजनिक विदा, पर्व विदा, सट्टा विदा र कार्यालय समय निर्धारण गरेको छ। निर्धारण गरेको बिदा र कार्यालय समयलाई मन्त्रिपरिषद् बैठकले स्वीकृत पनि गरेको छ। यस्तै सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको प्रस्तावमा केही स्थानीय तहहरूलाई जग्गा प्राप्ति गर्न स्वीकृति पनि मन्त्रिपरिषद् बैठकले प्रदान गरेको छ।...
ओली गुटबन्दी र दक्षिणपन्थी प्रवृत्तिमा चलिरहेको झलनाथ खनालको आरोप

ओली गुटबन्दी र दक्षिणपन्थी प्रवृत्तिमा चलिरहेको झलनाथ खनालको आरोप

राजनीति
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता झलनाथ खनालले सरकार र पार्टीलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले मनपरी ढंगले चलाउन खोजेको आरोप लगाएका छन् । आइतबार काठमाडौँमा युवा संघको प्रथम पूर्ण बैठकमा खनालले एमाले र माओवादीलाई पूर्ववत दलको रुपमा फर्काउने सर्वोच्चको आदेशपछि ओलीले मनपरी ढंगले पार्टी र सरकार चलाउन खोजेको आरोप लगाए । कार्यक्रममा खनालले जनताको बहुदलीय जनवाद हटाउने व्यक्ति पनि केपी शर्मा ओली नै भएको बताएका छन् । विभिन्न पदाधिकारीलाई हटाउने, महाधिवेशन कमिटी बनाउने र विधान संशोधन गर्ने ओलीको निर्णय आफुहरुलाई मान्य हुन नसक्ने उनले बताए । वरिष्ठ नेता खनालले ओली गुटबन्दी र दक्षिणपन्थी प्रवृत्तिमा चलिरहेको पनि आरोप लगाए । पार्टीले प्रधानमन्त्री बनाएपछि पार्टी बिर्सेको दाबी गरे । ओलीले मन्त्रीपरिषद् समेत एकलौटी ढंगले विस्तार गरेको गुटको क्याबिनेट ब...
‘ओलीले तत्काल राजिनामा दिनुपर्छ’

‘ओलीले तत्काल राजिनामा दिनुपर्छ’

राजनीति
काठमाडौँ। नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं नेता प्रकाशमान सिंहले नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजिनामा दिनुपर्ने बताएका छन् । आइतबार बिहान आफ्नै निवासमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र परित्याग गरेका कार्यकर्ताहरुलाई नेपाली कांग्रेसमा प्रवेश गराउँदै नेता सिंहले सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले न्युनतम नैतिकतासमेत नदेखाएको उनको भनाइ छ । माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता नलिएको र जनता समाजवादी पार्टीले सरकारको राजीनामा माग नगरेको परिस्थिति भए पनि राजनीतिको मूल्य मान्यताको ख्याल गर्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने उनले बताए । नेता सिंहले कम्युनिष्ट पार्टीलाई जनताले पाँच वर्षका लागि दिएको म्याण्डेड पुरा गर्न नसकेको बताउँदै देशलाई अस्थिरता बाट बचाउन सबै ...
रामचन्द्र पाैडेलले किन बाेलाए छुट्टै भेला ?

रामचन्द्र पाैडेलले किन बाेलाए छुट्टै भेला ?

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहको भेला बोलाएका छन् । सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक नबोलाएको भन्दै पाैडेलले भेला बाेलाएका हुन् । यस्तै प्रधानमन्त्री केपी शर्मा ओली सरकार ढाल्न अग्रसरता नदेखाएको तथा १४ औं महाधिवेशन तयारीका लागि गर्नुपर्ने कामहरू नभएको पाैडेलकाे पक्षकाे भनाइ छ। उनले आफ्नो निवासमा नै नेताहरुलाई बोलाएका हुन् ।...
केपी ओलीलाई २० औँ वर्षदेखि विदेशीले हुर्काएका हुन् : प्रचण्ड

केपी ओलीलाई २० औँ वर्षदेखि विदेशीले हुर्काएका हुन् : प्रचण्ड

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विदेशीले हुर्काएको बताएका छन् । आइतबार(आज) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ५६ औँ अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसका अवसरमा आयोजित ‘नेपाली दलित आन्दोलनको कार्यदिशा’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले केपी शर्मा ओलीलाई २०र२५ वर्षदेखि विदेशीले हुर्काएको बताएका हुन् । प्रचण्डले दलितका अधिकार केपी ओलीबाट खोसिन थालेको भन्दै एकपटक फेरि लड्नुपर्ने अवस्था आएको र आफू बाँचुन्जेल लड्ने बताए । उनले आफ्नो कुनै जात नरहेको बताए । उनले भने, ‘म त जात त्यागेको मान्छे । प्रचण्ड जात होइन । प्रचण्डभित्र दलित छ, आदिवासी छ, महिला छ, मुस्लिम छ । पूर्वेली पश्चिमेली सबै छ त्यसभित्र । म कम्युनिष्‍ट बनेकै दलितबाट हो ।’ आफू बच्चैदेखि दलितको सँध...
देउवालाई दबाब दिँदै पौडेल

देउवालाई दबाब दिँदै पौडेल

राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकटका नेताहरूको भेला बोलाएका छन् । पौडेल निवास बोहराटारमा आज दिउँसो पौडेलले भेला राखेका हुन् । पौडेलले महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता अर्जुननरसिंह केसी, रामशरण महत, मिनेन्द्र रिजाल लगायतका नेतालाई छलफलमा बलाएको बताइएको छ । सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक नबोलाएको, प्रधानमन्त्री केपी शर्मा ओली सरकार ढाल्न अग्रसरता नदेखाएको तथा १४ औं महाधिवेशन तयारीका लागि गर्नुपर्ने कामहरू नभएकोमा ध्यानाकर्षण गराउन बैठक बोलाइएको एक नेताले बताए । गत साता पौडेलले महामन्त्री शशांक कोइराला निवासमा आफू निकटका नेताहरूको भेला गरेर प्रधानमन्त्रीबाट ओलीको विकल्प खोज्नुपर्ने बताएका थिए । सभापति देउवाले भने अझै परिस्थिति परिपक्व नबनेको बताउँदै आएका छन् । एमालेमा ओली र माधव नेपालको लफडा...
जबज हटाउने ओली हुन्, उनले नेतृत्व गरेपछि पार्टी लथालिंग भयो : झलनाथ

जबज हटाउने ओली हुन्, उनले नेतृत्व गरेपछि पार्टी लथालिंग भयो : झलनाथ

Featured, राजनीति
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले जनताको बहुदलीय जनवाद हटाउने व्यक्ति केपी ओली नै भएको बताएका छन् । युवा संघको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘पार्टी एकता गर्दा पनि विधिविपरीत ओलीको इच्छाअनुसार मात्रै गरे । जनताको बहुदलीय जनवाद हटाउने केपी ओली नै हुन् । पार्टी एकता गर्दा पनि व्यक्तिगत सम्झौता गरे । तर, आफैँले सम्झौताअनुसार अघि बढ्न सकेनन् ।’ ओलीको गलत विचारको कारणले एकता टुट्दै गइरहेको बेलामा अदालतको निर्णयले एकता भंग गरिदिएको नेता खनालको भनाइ छ । नेता खनालले पार्टीको छैटौं महाधिवेशनदेखि नै ओली गुटको आधारमा चल्न थाले थालेको आरोप लगाए । ‘संविधानको लक्ष्य पूरा गर्नका लागि कम्युनिस्ट एक भएर लाग्यौँ। आम निर्वाचनमा जुन ढंगले विजय प्राप्त गरेका थियौँ। कम्युनिस्ट पार्टीहरू एकीकरण भएको हुनाले हामीले दुईतिहाई बहुमतनजिकको सरकार सञ्चालन गरेका थियौँ’ उनले भने ‘तर, त्यो अगाडि बढ्...
विमान चार्टर गरेर ३९ जनासहित राष्ट्रपति बंगलादेश जाँदै

विमान चार्टर गरेर ३९ जनासहित राष्ट्रपति बंगलादेश जाँदै

राजनीति
काठमाडौं । विमान चार्टर गरेर ३९ जनासहित राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेश जाँदै हुनुहुन्छ । नेपाल वायुसेवा निगमको न्यारोबडी विमान चार्टर गरेर भण्डारी सोमबार बंगलादेशको दुईदिने राजकीय भ्रमणमा ढाका जान लाग्नु भएको हो। निगमको दुई न्यारोेबडी विमानमध्ये लुम्बिनीले राष्ट्रपतिसहितको टोलीलाई बिहान पौने ९ बजे काठमाडौंबाट बंगलादेश पुर्याउने स्रोतले बताएको छ । भने मंगलबार अर्को न्यारोबडी सगरमाथाले ढाकाबाट काठमाडौं ल्याउनेछ । ‘पहिलो दिन राष्ट्रपतिसहितलाई ढाका छाडेर विमान रित्तै फर्किनेछ’, निगमका अधिकारीले भन्नुभयो ‘दोस्रो दिन काठमाडौंबाट रित्तै गएर ढाकाबाट राष्ट्रपतिसहितको राजकीय भ्रमणमा रहेका ४९ जनालाई लिएर आउनेछ ।’ चार्टर भाडाभन्दा ग्राउन्ड ह्यान्डलिङ (पार्किङ) महँगो पर्ने भएपछि निगमले परराष्ट्र मन्त्रालयमार्फत मिनाहाका लागि अनुरोध गरेको अधिकारीले जानकारी दिनुभयो । ढाकामा पार्किङबापत ३० हजार ...