राजनीति

नेकपा खारेज गर्ने फैसला पुनरवलोकनमा जाने माओवादी केन्द्रको निर्णय

नेकपा खारेज गर्ने फैसला पुनरवलोकनमा जाने माओवादी केन्द्रको निर्णय

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता खारेज गर्ने फैसला पुनरवलोकनका लागि नेकपा माओवादी केन्द्रले निवेदन दिने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले मंगलबार कानुन व्यवसायीहरुसँग छलफल गरेका थिए । पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधानका अनुसार नेताहरुले पुनरवलोकनमा जाँदा के-के विषय उठाउने भनेर परामर्श गरेका थिए । अब छिट्टै फैसला पुनरवलोकनको निवेदन लिएर सर्वोच्च अदालत जाने सांसद देवेन्द्र पौडेलले जानकारी दिए । नाम विवादसम्बन्धी मुद्दामा ऋषि कट्टेलले हालेको मुद्दामा सर्वोच्चले २३ फागुनमा नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेको थियो ।...
समर्थन फिर्ताबारे माओवादीले गर्‍यो कानुन व्यवसायीहरुसँग छलफल

समर्थन फिर्ताबारे माओवादीले गर्‍यो कानुन व्यवसायीहरुसँग छलफल

Featured, राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रले अविश्वासको प्रस्ताव, समर्थन फिर्ता, नेकपाबारे सर्वोच्चले गरेको फैसला र अहिलेको सरकारको हैसियतबारे कानुन व्यवसायीसँग छलफल गरेको छ । सिंहदरवारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यलयमा माओवादीले कानुन व्यवसायीहरुसँग यसबारे छलफल गर्दै सुझाव मागेको हो । त्यसअवसरमा कानुन व्यवसायीहरुले सवै विषयमा काुननी व्यवस्था र अवलम्बन गर्नुपर्ने बाटोबारे सुझाव दिएको कानुन व्यवसायी समेत रहेका सांसद रामनारयण बिडारीले जानकारी दिए । ‘अविश्वासको प्रस्ताव कसरी दर्ता हुन्छ ? समर्थन फिर्ता कसरी गर्न सकिन्छ ? प्रधानमन्त्रीले विस्वासको मत कसरी लिनुहुन्छ ? चलिरहेको सरकारको हैसियत के हुन्छ ? अबको नेपालको राजनीतिक कोर्ष कता जान्छ र फागुन २३ को फैसलाको पुनवरावलोकन कसरी गर्न सकिन्छ भन्ने बारेमा छलफल भयो । त्यसबारेमा हामीले पुनरावलोकन गर्न उचित हुन्छ भन्ने सुझाव दियौँ ।’, छलफलपछि बिड...
नेकपा एमालेः रामबहादुर थापा बादलसहितका पूर्वमाओवादी नेताले महाधिवेशनमा ‘जनताको बहुदलीय जनवाद मान्ने’

नेकपा एमालेः रामबहादुर थापा बादलसहितका पूर्वमाओवादी नेताले महाधिवेशनमा ‘जनताको बहुदलीय जनवाद मान्ने’

Featured, राजनीति
काठमाडौं । नेकपा फुट्नुअघि 'जनताको जनवाद'लाई नै पार्टीको कार्यक्रम बनाएर अघि बढ्ने बताएका प्रधानमन्त्री केपी शर्मा ओलीका निम्ति एमाले ब्युँतिएपछि भने जनताको बहुदलीय जनवाद (जबज) लाई अघि बढाउने बाटो खुला भएको छ। आगामी वर्ष मंसिर २ गतेदेखि गर्ने निर्णय गरिएको नेकपा एमालेको महाधिवेशनमा पूर्वमाओवादी नेताहरूको धारणाप्रति चासो बढेको छ। नेकपा माओवादी केन्द्रमा नफर्किई एमालेमै बसेका नेताहरू पनि सहभागी भएको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तोकेको हो। तर एमालेमा सम्मिलित भएका मन्त्री मणि थापाका अनुसार "विचार र राजनीतिको विषयमा" छलफल भएको छैन। 'जबजमै टेक्ने हो' "पार्टी विवाद मिलाउन र निर्वाचनमा भाग लिन महाधिवेशन आवश्यक ठानेर" नियमित महाधिवेशनको मिति तोकिएको उनले बताए। एमालेमै लागेका अर्का पूर्वमाओवादी नेता एवं मन्त्री गौरीशङ्कर चौधरीले कुनै विशेष परिस्थिति उत्पन्न नभएमा महाधिवेशन निर्धारि...
सहमति कार्यान्वयनकाे माग गर्दै विप्लव पुगे बालुवाटार

सहमति कार्यान्वयनकाे माग गर्दै विप्लव पुगे बालुवाटार

राजनीति
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ। नेकपा नेता विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बालुवाटार पुगेर ओलीसँग भेटवार्ता गरेका हुन्। ओली र विप्लव समूहबीच सहमति कार्यान्वयनका बिषयमा छलफल भएको नेता दिपक चलाउनेले जानकारी दिए। 'पार्टी महासचिव र प्रवक्ता सहमति कार्यान्वयनका बिषयमा छलफल गर्न बालुवाटार जानुभएको हो। त्यसमा प्रधानमन्त्री सकारात्मक हुनुभएको पाएका छौँ' उनले भने। ओलीसँग पार्टीका जेलमा रहेका नेता कार्यकर्ताको रिहाइ, मुद्दा खारेजीलगायतका बिषयमा छलफल भएको उनले बताए। 'बन्दी रिहाइको प्रक्रिया त चलिरहेको छ। तर, हामीले त्यसलाई छिटो गर्नुपर्यो भनेका हौँ' उनले भने। सरकारसँग विप्लव समूहमाथि लगाएको प्रतिबन्ध हटाउने, पक्राउ परेका सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने तीन बुँदे सहमति भएको थियो।...
सांसद रेशम चौधरी रिहाइको माग गर्दै धर्ना

सांसद रेशम चौधरी रिहाइको माग गर्दै धर्ना

राजनीति
काठमाडौं । सांसद रेशम चौधरीको रिहाइको माग गर्दै काठमाडौंको माइतीघरमा थारु अगुवाहरुले धर्ना दिएका छन् । थारु कल्याणकारिणी सभाले २०७२ सालमा भएको टीकापुर घटनामा फौजदारी मुद्दा लागेकाहरुको मुद्दा फिर्ता र दोषी ठहर भई जेलमा रहेकाहरुको रिहाइको माग गर्दै आइतबारदेखि धर्ना दिएका हुन् । २०७२ सालमा प्रदेश विभाजनमा असन्तुष्ट थारु समुदायको आन्दोलनका क्रममा टीकापुरमा नेपाल प्रहरीका एसएसएसपी लक्ष्मण न्यौपानेसहित ७ जनाको मृत्यु भएको थियो । सो घटनामा सांसद रेशम चौधरी दोषी ठहर भई हाल जेलमा छन् । अन्य थारु अगुवाहरु पनि कोही जेलमा छन् भने कोही फरार रहेका छन् । धर्नामा बसेका थारु कल्याणकारिणी सभाका महामन्त्री प्रेमीलाल थारुले टीकापुर घटना राजनीतिक मुद्दा भएकाले यसलाई फौजदारी मुद्दाको व्यवहार गर्नु नहुने बताए । ‘हामी पनि यो देशका नागरिक हौं, भूमि पुत्र हौं, हामो मुद्दा राजनीतिक मुद्दा भएकाले राजनीतिक हिसाबल...
प्रदेशसभा सदस्य रेग्मीमाथि कारबाही गर्न केन्द्रमा सिफारिस

प्रदेशसभा सदस्य रेग्मीमाथि कारबाही गर्न केन्द्रमा सिफारिस

राजनीति
सुर्खेत । नेकपा माओवादी केन्द्र, कर्णाली प्रदेश संसदीय दलले एमाले प्रवेश गरेका प्रदेशसभा सदस्य धर्मराज रेग्मीलाई कारबाही गर्न पार्टीलाई आग्रह गरेको छ । दैलेख निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित रेग्मी हालै मात्र एमाले प्रवेश गरेका छन् । एमालेले उनलाई केन्द्रीय सदस्य र प्रदेश सचिव पदमा मनोनित गरेको छ । कर्णाली प्रदेश, माओवादी प्रमुख सचेतक सीता नेपालीका अनुसार रेग्मी दलको बैठकमा आएका छैनन् र पार्टीले सोधेको स्पष्टीकरणमा पनि दिएका छैनन् । आवश्यक कारबाहीका लागि प्रदेश पार्टीमार्फत केन्द्रमा सिफारिस गरिएको उनले बताइन् ।...
‘प्रचण्डको राजनीति लाजमर्दो’

‘प्रचण्डको राजनीति लाजमर्दो’

Uncategorized, राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीमाथि लगाएको आरोपबारे टिप्पणी गरेका छन् । आज सोमवार ट्वीटरमा लेख्दै अध्यक्ष थापाले दुई पटक प्रधानमन्त्री भइसकेका प्रचण्डले अ‍ोलीमाथि लगाएको ‘वर्षौदेखि विदेशीबाट पालित पोषित एजेन्ट’ भन्ने आरोपपछि आफू आश्चर्यमा परेको बताएका हुन् । उनले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन कायमै राखेको अवस्थामा प्रचण्डको उक्त अभिव्यक्ति लाजमर्दो भएको प्रतिक्रिया दिएका छन् । उनले लेखेका छन्, ‘दुई पटक प्रधानमन्त्री भइसकेका प्रचण्डजीले केहीदिन अघिसम्म एउटै पार्टीमा रहेका अध्यक्ष र देशको प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बर्षौदेखि विदेशीबाट पालित पोषित एजेन्ट’ भनि आरोप लगाएको सुन्दा आश्चर्य लागेकोछ । यस्तो गंभीर आरोप लगाउने,तर सरकारलाई दिएको समर्थन काय...
नेपालको आन्तरिक राजनीतिमा चिनियाँ राजदूत यान्छी फेरि सक्रिय

नेपालको आन्तरिक राजनीतिमा चिनियाँ राजदूत यान्छी फेरि सक्रिय

Featured, राजनीति
काठमाडौं । नेपालको आन्तरिक राजनीतिमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी फेरि सक्रिय भएकी छन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राजदूत यान्छीबीच भेटवार्ता भएको छ । सोमवार बिहान ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा राजदूत यान्छी र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको हो । चिनियाँ राजदूत होउ यान्छी सोमवार बिहान ९०५ बजे प्रचण्ड निवास पुगेकी थिइन् भने ९स्५५ बजे त्यहाँबाट बाहिरिएकी स्रोतले जनाएको छ । प्रचण्डलाई सरकारलाई दिएको समर्थन फिर्ता नलिन दवाब दिनका लागि राजदूत यान्छी खुमलटार पुगेको बताइएको छ । अहिले कसरी अघि बढ्ने भन्‍ने विषयमा प्रचण्ड अप्ठ्यारोमा परेपछि राजदूत यान्छी खुमलटार पुगेर कम्युनिष्ट सरकारलाई नै निरन्तरता दिन प्रचण्डलाई दवाब दिएको स्रोतले पुष्टि गरेको छ । कम्युनिष्ट सरकार हुँदा विभिन्न काम गर्नका लागि सहज हुने भएको ओली सरकारलाई नै...
स्पष्टीकरण सोध्‍नेहरु स्वयं लाखौं प्रश्नको घेरामा छन् : योगेश भट्टराई

स्पष्टीकरण सोध्‍नेहरु स्वयं लाखौं प्रश्नको घेरामा छन् : योगेश भट्टराई

राजनीति
काठमाडाैं । नेपाल एमालेका माधवकुमार नेपालपक्षीय नेता योगेश भट्टराईले आफ्नो समूहका नेतालाई स्पष्टीकरण सोध्‍ने प्रधानमन्त्री केपी शर्मा ओली समूहको प्रतिवाद गरेका छन्। गत शनिबारको केन्द्रीय समिति बैठकबाट ओलीपक्षले वरिष्ठ नेता नेपालसहित चारजनालाई स्पष्टीकरण सोध्‍ने निर्णय गरेको थियो। ओलीपक्षले बोलाएको केन्द्रीय कमिटी बैठकले नेपालसहित उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डेय र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्‍ने निर्णय गरेको थियो। स्पष्टीकरण सोध्‍ने ओलीपक्षलाई प्रतिवाद गर्दै नेता भट्टराईले ट्‍विटरमा लेखेका छन्,‘सोध्‍नेहरु (ओली पक्ष) स्वयं लाखौं प्रश्नको घेरामा छन्।’ शनिबारको संसदीय दल र केन्द्रीय कमिटी बैठकमा माधवपक्षले बहिष्कार गरेको थियो। बालुवाटारमा भएको केन्द्रीय कमिटी बैठकले अध्यक्ष ओलीलाई थप अधिकार दिएको थियो। ओलीलाई थप अधिकार दिने निर्णय तथा स्पष्टीकरण सोध्‍ने उक्त निर्णयको आलोचना सोही द...
राष्ट्रपति भण्डारी बंगलादेशको राजकीय भ्रमणमा, महत्वपूर्ण सम्झौता गरिँदै

राष्ट्रपति भण्डारी बंगलादेशको राजकीय भ्रमणमा, महत्वपूर्ण सम्झौता गरिँदै

राजनीति
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिनको राजकीय भ्रमणका लागि बंगलादेश प्रस्थान गरेकी छन् । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हामिदको निमन्त्रणामा राष्ट्रपति भण्डारी नेपाल वायु सेवा निगमको न्यारो बडी ए ३२० जहाजमार्फत ढाका प्रस्थान गरेकी हुन् । त्यहाँ उनलाई बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद र बङ्गलादेशका लागि नेपाली राजदूत डा.वंशीधर मिश्रले स्वागत गर्नेछन्। राष्ट्रपति भण्डारीलाई त्यहाँ २१ तोपको सलामीसहित ‘गार्ड अफ अनर’ सम्मान गरिनेछ । सो पश्चात् उनी त्यहाँको राष्ट्रिय शहीद स्मृति, सभारमा शहीदप्रति श्रद्धाञ्जलिका लागि पुग्ने कार्यतालिका तय गरिएको छ । उनको आजै बङ्गलादेशका राष्ट्रपति हमिदसँग दुईपक्षीय भेटवार्ता हुनेछ भने प्रधानमन्त्री शेख हसिनालगायतले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । बंगलादेशका राष्ट्रपिता बंगलाबन्धु शे...