राजनीति

पार्टीको निर्णयमा बाधक बन्दिनँ : रेशम चौधरी

पार्टीको निर्णयमा बाधक बन्दिनँ : रेशम चौधरी

राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारमा जाने नजाने विवादमा आफूलाई मुछेपछि डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीले विज्ञप्ति जारी गर्दै खण्डन गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) दुई खेमामा विभाजित भएका बेला रेशमले कुनै हालतमा यो सरकारमा जान नहुने भनेको प्रचार गरिएको थियो । यसबारे बुझ्न जसपाका वरिष्ठ नेता राजेन्द्र महतो आफैं बुधबार डिल्लीबजार कारागार पुगेका थिए । त्यसको भोलिपल्ट बिहीबार रेशमले विज्ञप्ति जारी गर्दै गलत प्रचार भएको बताएका छन् । पार्टी अध्यक्ष महन्थ ठाकुरले काम गरिरहेको र सरकारमा जाने नजाने निर्णय आफ्नो एकल प्रयासमा सम्भव नहुने भन्दै उनले भनेका छन्, ‘त्यो पार्टीको निर्णय होला । पार्टीले गर्ने निर्णयमा म बाधक बन्ने कल्पना गर्न सक्दिनँ ।’ विज्ञप्ति...
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको टिप्पणी – ओलीलाई विदा गर्न ढिलाई किन ?

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको टिप्पणी – ओलीलाई विदा गर्न ढिलाई किन ?

राजनीति
काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ओली सरकारलाई विदाई गर्न ढिलाई गर्न नहुने टिप्पणी गरेका छन् उनले असम्बैधानिक ढंगले संसद विघटनमा असफल भएपछि फेरि नयाँ प्रपंच गरिरहेका प्रधानमन्त्री केपी ओलीलाई विदा गर्न ढिलाई गर्नु प्रतिपक्षको धर्म अनुकुल नभउको जिकिर गरेका छन् । डा. भट्टराई प्रधानमन्त्री ओलीको गलत कदम विरुद्ध शुरुवातदेखि नै टिप्पणी गर्दै आइरहेका छन् । उनले ओली प्रविद्धिको अन्त्य नहुन्जेल मुलुकले निकास नपाउने बताउँदै आएका छन् । बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्नु भएको बताएका छन् । आफ्नो सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो टिप्पणी गरेका हुन् । कुनैपनि वेला वैकल्पिक सरकार दिन वा नयॅा निर्वाचनमा जान तयार रहनुपर्ने उनको जिकिर छ । बाबुराम भट्टराईको टिप्पणी बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने,कुनैपनि व...
चिनियाँ राजदूत यान्छी फेरी सक्रिय, प्रचण्डपछि प्रधानमन्त्रीका सल्लाहकारसँग भेट

चिनियाँ राजदूत यान्छी फेरी सक्रिय, प्रचण्डपछि प्रधानमन्त्रीका सल्लाहकारसँग भेट

राजनीति
काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी नेपालको आन्तरिक राजतीतिलाई हस्तक्षेप हुने गरी सक्रिय बनेर राजनीतिक भेटघाटलाई तिब्रता दिएकी छन् । गत सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई खुमलटार पुगेर भेटेकी राजदूत यान्छीले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य राजनीतिक सल्लाहाकार विष्णु रिमालसँग भेट गरेकी छन्। सिंहदवरास्थित रिमालको कार्य कक्षमा सो भेटवार्ता भएको हो । भेटमा के कुरा भयो भन्नेबारे दुबै पक्षले केही जानकारी दिएका छैनन्। स्रोतका अनुसार रिमाल र राजदूत यान्छीबीच पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल भएको छ । विगतमा तत्कालीन नेकपामा विवाद हुँदा उनको सक्रियता बढ्ने गरेको थियो । फागुन २३ गते अदालतले एमाले र माओवादीबीचको एकता बदर गरिदिएपछि राजदूत यान्छीले सक्रियता बढाएकी हुन्।...
प्रचण्डले भने-नेपालीलाई फेरि निरीह बनाउन खोजियो

प्रचण्डले भने-नेपालीलाई फेरि निरीह बनाउन खोजियो

राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नाबारे आफैं निर्णय गर्ने नेपालीहरुको अधिकार खोस्ने प्रयास भइरहेको बताएका छन् । शान्ति प्रक्रिया, संविधान निर्माणदेखि एमाले र माओवादी केन्द्रबीचको एकतासम्म आइपुग्दा नेपालीहरु कसैको दबाव वा हस्तक्षेपमा होइन, आफ्नो निर्णय आफैंले गर्न सक्छन् भन्ने स्थापित गरिएको उनले बताए । तर त्यसलाई मन नपराएकाहरुले नेकपाभित्र दलाल तयार पारेको भन्दै प्रचण्डले भने, ‘जसलाई पार्टीको अर्को अध्यक्ष बनाइएको थियो, तीनै अध्यक्षलाई दलालका रुपमा मोहोरा बनाउन सफल भए ।’ त्यही कारण प्रधानमन्त्रीले ५ पुसमा प्रतिनिधिसभा विघटन गर्ने कदम चालेको उनले बताए । यद्यपि, त्यसविरुद्ध जनता जागरुक भएको र सर्वोच्च अदालतलले त्यसलाई खारेज गरेर संसद पुनर्स्थापनाको पक्षमा फैसला गरेको उनले बताए । त्यो फैसलाको मर्मसँग बाझिने गरी २३ फागुनमा अर्को फैसला आएको भन्दै प्रचण्ड...
राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

राजनीति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी आज अपराह्न स्वदेश फिर्ता हुनुभएको छ । राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकास्थित हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा त्यहाँका विदेशमन्त्री डा एके अब्दुल मोमेन, बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रलगायतले बिदाइ गर्नुभएको थियो । राष्ट्रपति भण्डारी बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।...
बिजनेश नपाएपछि प्रतिनिधिसभा बैठक चैत्र १८ गतेसम्म स्थगित

बिजनेश नपाएपछि प्रतिनिधिसभा बैठक चैत्र १८ गतेसम्म स्थगित

राजनीति
काठमाडाैं । बिजनेश नपाएपछि प्रतिनिधिसभा बैठक ८ दिनका लागि स्थगित भएको छ । विधेयक अधिवेशनको रूपमा चिनिने हिउँदे अधिवेशनका लागि सरकारले बिजनेश दिन नसकेपछि सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा बैठक चैत्र १८ गते बुधवारसम्मका लागि स्थगित गरेका हुन् । मंगलवारका लागि प्रतिवेदन टेबल गर्ने सामान्य कार्यसूची थिए । बैठकको शून्य समयमा सांसदहरूले बैठकलाई बिजनेश दिन सरकारको ध्यानाकर्षण गराए । फागुन २३ गते शुरू भएको प्रतिनिधि सभाको हिउँदे अधिवेशनको मंगलवारसम्म ५ वटा बैठक बसेका छन् । काग्रेस सांसद गगन थापाले सरकारले संसदलाई बिजनेश नदिएकोमा आपत्ति जनाए । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदसँग बदला लिन खोजेको आरोप सांसद थापाले लगाए । माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सरकारले बिजनेश नदिएर संसदलाई गतिहीन बनाउन खोजेको आरोप लगाए ।...
अविश्वास प्रस्ताव ल्याएर प्रधानमन्त्रीलाई हटाउन सांसद अधिकारीको चुनौती

अविश्वास प्रस्ताव ल्याएर प्रधानमन्त्रीलाई हटाउन सांसद अधिकारीको चुनौती

राजनीति
काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविश्वासको प्रस्तावमार्फत हटाउन चुनौती दिएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद अधिकारीले प्रधानमन्त्रीले राजीनामा नदिने भन्दै अविश्वासको प्रस्ताव ल्याएर हटाउन चुनौती दिएका हुन् । उनले अविश्वासको प्रस्ताव ल्याउन नसक्नेले प्रधानमन्त्रीलाई नैतिकता सिकाउने ? भन्दै प्रश्न गरे । ‘नैतिकता त गज्जबको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिन डराउने, प्रधानमन्त्रीलाई नैतिकता सिकाउने ? अविश्वासको प्रस्ताव ल्याउँछु भनेर फेल हुन्छ भनेर डराउने अनि प्रधानमन्त्रीलाई नैतिकता सिकाउने ?’ विघटित प्रतिनिधिसभा पुनर्स्थापित भएसंगै प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने आवाज उठिरहेको छ ।...
ओलीले स्पष्टीकरण दिनुपर्छ : भीम रावल

ओलीले स्पष्टीकरण दिनुपर्छ : भीम रावल

section, राजनीति
काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले स्पष्टीकरण प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीले दिनुपर्ने बताएका छन् । ओलीले महासचिव ईश्वर पोखरेलमार्फत माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसार र रावललाई स्पष्टीकरण पत्र पठाएपछि रावलले यस्तो बताएका हुन् । ‘केपी शर्मा ओली जीको फागुन २८ बसेको अवैध केन्द्रीय कमिटीको कुनै पनि निर्णय हामी मान्दैनौँ । नेपाली जनताले तपाईं सोधिरहेका छन्, प्रतिनिधिसधा विघटन किन गर्नुभयो ?’ ओलीलाई प्रश्न गर्दै रावलले भने, ‘ पार्टीको विधान मिचेर मनपरी किन गर्नुभयो आफ्नो केही गुटका मान्छे बोलाएर, हामीलाई थाहा नै नदिइ, केपी शर्मा ओली जीले पार्टी फुटाउने षडयन्त्र गर्नुभयो । पार्टीमा विभाजनको रेखा कोर्नुभयो । तै पनि हामीले उहाँलाई भन्यौँ तपाईंले यो निर्णय फिर्ता लिनुहोस् । तर, उहाँले मान्नु भएन।’ आज मंगलबार आफूपक्षीय अनेरास्ववियुको राष्ट्रिय भेलालाई सम्बोधन...
माधव नेपालको दाबीले ओलीलाई लाग्यो झट्का!

माधव नेपालको दाबीले ओलीलाई लाग्यो झट्का!

Featured, राजनीति
काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले आधिकारिक एमाले आफूहरू रहेको बताएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको राष्ट्रिय कार्यकर्ता भेलालाई काठमाडौँमा सम्बोधन गर्दै नेता नेपालले केपी शर्मा ओलीले त्यसको प्रचार गरिरहेको बताए । उनले ओलीको भ्रमबाट पनि आम कार्यकर्ता र जनतालाईमुक्त गर्नुपर्ने उनको भनाइ छ । ‘९औंं महाधिवेशनमा विचार हाम्रो पास भएको थियो,’ उनले भने, ‘ नेता बन्न पुगे ओली । उनले आज पार्टीलाई विघटनको दिशामा लाँदैछन् । छिन्नभिन्न बनाएका छन् । ओलीको भ्रमबाट धेरैलाई मुक्त गर्नुपर्छ । कार्यकर्ता र जनतालाई मुक्त गर्नुपर्छ । एमाले हामी हौं । ओलीले प्रचार गरे पनि । जबजको हकदार हामी हौं । ओलीले प्रचार गरे पनि । जबज र ओलीको कहिले भेट भएको थियो । जबजको मान्यतामा अघि बढेका छन् ?’ जनताको भावना र राष्ट्रिय राजनीतिको नाडी समाउन नसकिए कम्युनिष्ट इतिहास बन्ने उनको भनाइ छ...
कांग्रेसको नेतृत्वमा सरकार निर्माणको तयारी गरिएको छैनः देउवा

कांग्रेसको नेतृत्वमा सरकार निर्माणको तयारी गरिएको छैनः देउवा

Featured, राजनीति
विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले आफ्नो दलका नेतृत्वमा सरकार निर्माण गर्ने तयारी नगरिएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले वर्तमान अवस्थामा सरकारमा सहभागी हुनका लागि पार्टीले मरिहत्ते नगरेको स्पष्ट गर्नुभयो । सभापति देउवाले भन्नुभयो, “हाम्रो पार्टी प्रतिपक्षी भएकाले वर्तमान सरकारमा सहभागी हुँदैन, जनताले कांग्रेसलाई प्रतिपक्षको भूमिका निर्वाह गर्न आदेश दिएकाले सोहीअनुसार सशक्त भूमिका निर्वाह गर्ने छ ।” एक प्रश्नका जवाफमा पूर्वप्रधानमन्त्री देउवाले वर्तमान सरकार विरुद्ध आफ्नो दलले अविश्वास प्रस्ताव ल्याउने सम्बन्धमा आफूलाई थाहा नभएको बताउँदै अन्य दलले कहिले ल्याउने हो भन्नेबारे सम्बन्धित दलका नेतालाई नै सोध्न सल्लाह दिनुभयो । नेता देउवा सुनसरी, धरानको एक कार्यक्रममा सहभागी हुन यहाँ आउनुभएको हो ।...