राजनीति

मधेशको मुद्दा सम्बोधन गर्न प्रधानमन्त्री ओली सकारात्मक : महन्थ ठाकुर

मधेशको मुद्दा सम्बोधन गर्न प्रधानमन्त्री ओली सकारात्मक : महन्थ ठाकुर

Featured, राजनीति
जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा आली मधेशको मुद्दा सम्बोधन गर्न सकारात्मक रहेको बताएका छन्। शुक्रबार प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको होली मिलन समारोहमा अध्यक्ष ठाकुरले प्रधानमन्त्री ओलीसँग सकारात्मक कुराकानी भएको खुलासा गरेका हुन् । प्रधानमन्त्री ओलीले आफूहरुको मागलाई गम्भीरतापूर्वक लिएको भन्दै केही कार्यहरुलाई अगाडि समेत बढाएको बताए। प्रधानमन्त्रीसँग भएको पटक–पटक भएको वार्ता सकारात्मक रहेकोले आफूहरुको माग सम्बोधन हुनेमा विश्वस्त रहेको उनको भनाइ छ। उनले नेकपा एमालेभित्रको किचलोको कारण मुलुक अनिर्णयको बन्दी रहेको बताउँदै राजनीतिलाई विवादभन्दा पनि छलफल र संवादको साथ अगाडि बढ्नु पर्ने आवश्यक्ता रहेकोमा जोड दिए।...
सुदूरपश्‍चिम सरकार फाल्नुपर्छ : लेखराज भट्ट

सुदूरपश्‍चिम सरकार फाल्नुपर्छ : लेखराज भट्ट

राजनीति
धनगढी । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेश सरकार फेरबदल हुने बताएका छन् । शुक्रबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसंग कुराकानी गर्दै मन्त्री भट्टले पार्टीमा सरकार फेरबदलको विषयमा छलफल हुने र छिट्टै निष्कर्ष निस्कले बताएका हुन् । ‘सुदूरपश्चिम सरकारको विषयमा अहिले केही हामीले भनिरहनुपर्छ जस्तो लाग्दैन्,’ मन्त्री भट्टले भने, ‘अब छलफल गर्छौँ । यो सरकारले गति लिन सकेको छैन् । अब चाहिँ यसलाई फाल्नुपर्छ भन्ने आम जनताको पनि सोच छ ।’ लेखराज भट्टकै लविङमा मुख्यमन्त्री भएका त्रिलोचन भट्ट नेतृत्वको सरकार सुदूरपश्चिममा छ । मन्त्री भट्ट पूर्वमाओवादी केन्द्रका नेता हुन् । अहिले प्रधानमन्त्री केपी ओली नजिक भएपछि उनलाई नेकपा (एमाले) को प्रदेश इन्चार्ज बनाइएको छ । मुख्यमन्त्री भट्ट भने प्रचण्ड निकट छन् । मन्त्री भट्टले एमालेका नेता माधव कुमार नेपाललगायतका नेताका विषयमा स्प...
नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा ४५ जना मात्रै उपस्थित

नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा ४५ जना मात्रै उपस्थित

राजनीति
काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक जारी रहेको छ । कलंकीको एक बैंक्वटमा जारी बैठकमा ४५ जना केन्द्रीय सदस्य सहभागी भएका छन् । नेताहरू उपत्यकाबाहिर भएकाले सबै सदस्य सहभागी नभएको खनाल–नेपाल पक्षका नेताहरुको भनाई छ । बैठक कलंकीस्थित मेघा पार्टी प्यालेसमा जारी रहेको छ । ११ बजेका लागि बैठक बोलाइएको बैठक १२ बजेबाट बैठक सुरु भएको हो । पार्टीले सोधेको प्रष्टीकरणपछि खनाल–नेपालको केन्द्रीय कमिटी बैठक बसेको हो । आज दिउँसो ३ बजे पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी ओलीले बोलाएको संसदीय बैठकमा जाने नजानेबारे उक्त भेलाले टुंगो लगाउने छ । यद्यपी नेपाल पक्षका केही नेताहरुले दलको बैठकमा सहभागी हुने बताउँदै आएका छन् ।...
नेकपा एमाले नेपाल समूहको केन्द्रीय समिति बैठक सुरु

नेकपा एमाले नेपाल समूहको केन्द्रीय समिति बैठक सुरु

राजनीति
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्यहरूको बैठक सुरु भएको छ। रविभवनस्थित मोगा बैंक्वेटमा जारी उक्त बैठकमा पार्टी नेतृत्वले चार नेतालाई सोधेको स्पष्टीकरण र आगामी रणनीतिबारे छलफल हुने सो समूहका एक नेताले जानकारी दिए । सर्वोच्च अदालतको फैसलाछि ब्यूँतिएको नेकपा एमालेमा ओलीले एकलौटी ढङ्गले बैठकहरू डाकेको र विधान विपरीतका निर्णयहरू गरिरहेको नेपाल पक्षको आरोप छ। बैठकले ओलीलाई विधान विपरीतका कार्य रोक्न अनुरोध गर्ने, नभए त्यसको सामूहिक प्रतिवाद गर्ने निर्णय गरिने एक नेताले बताए । फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि एमालेभित्र नेपाल समूह र पार्टी अध्यक्ष केपी शर्मा ओली समूहबीच देखिएको विवाद यतिबेला उत्कर्षमा पुगेको छ ।यसैबिच, पार्टी अध्यक्ष केपी शर्मा ओलीले आजै प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे संसदीय दलको बैठक बोला...
नेता नेपालको जवाफले ओलीलाई लाग्यो झट्का!

नेता नेपालको जवाफले ओलीलाई लाग्यो झट्का!

राजनीति
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि नै प्रश्न गर्दै १० बुँदे स्पष्टीकरणको जवाफ दिएका छन् । आफूले नभई पार्टी अध्यक्ष ओलीले विधान उल्लंघन गरेको र उनीमाथि नै कारबाही गर्नुपर्ने नेता नेपालको जिजिर छ । अध्यक्ष ओलीलाई सम्बोधन गर्दै नेपालले लेखेको जवाफमा भनिएको छ, ‘तपाईले गर्नुभएका गतिविधिहरु नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनबाट पारित विधानको अध्याय सातका विभिन्न धारामा स्थापित मान्यताका विपरीत हुनुका साथै धारा ४९ को १, २, ३, ४, ५, ६, ७, ९ र १४ आकर्षित हुनेभई कारबाही गरिनुपर्ने प्रकृतिको देखिन्छ ।’ यसबारे नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीमा छलफल हुनुपर्ने उनको माग छ ।...
प्रधानमन्त्री ओलीलाई एक सेकेण्ड पनि सत्तामा बस्ने नैतिकता छैन : नेता सिंह

प्रधानमन्त्री ओलीलाई एक सेकेण्ड पनि सत्तामा बस्ने नैतिकता छैन : नेता सिंह

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री ओलीलाई १ सेकेण्ड पनि सत्तामा बस्ने नैतिकता नभएको बताएका छन् । बिहीवार विराटनगर पुगेका नेता सिंहले नेपाल प्रेस युनियनले आयोजना गरेको भेटघाटमा बोल्दै ओलीले असंवैधानिक कदम उठाएर नैतिकता गुमाईसकेकाले १ सेकेण्ड पनि सत्तामा बस्ने नैतिकता नभएको बताएका हुन् । साथै उनले नेपाली जनताको लामो समयको संघर्षबाट प्राप्त भएका उपलब्धी माथि प्रधानमन्त्री ओलीले लगातार प्रहार गरिरहेको भन्दै प्राप्त उपलब्धीहरु गुम्ने खतरा बढेका बताए। देश विकासका लागी कम्युनिष्टहरुले बहुमत प्राप्त गरे पनि जनाताले अपेक्षा गरेअनुसार सरकारले काम नगरेको उनको भनाई छ । उनले भने( ‘कम्युनिष्टहरुले जनताको काम गर्न बहुमत प्राप्त गरेका हुन तर कम्युनिष्ट सरकार प्रधानमन्त्रीलाई मजबुत बनाउन तर्फ लाग्यो ।’ आन्तरिक भागभण्डा नमिले पछि कम्युनिष्टहरुले देशलाई दुर्घटना तर्फ धकेल्न ...
प्रचण्ड र माधव नेपालबीच कोटेश्वरमा भेटवार्ता

प्रचण्ड र माधव नेपालबीच कोटेश्वरमा भेटवार्ता

राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच छलफल भएको छ । सर्वोच्च अदालतद्वारा २३ फागुनमा भएको नेकपा खारेजीको फैसलाबारे पुनरावलोकनका सन्दर्भमा कोटेश्वरस्थित एक व्यवसायीको घरमा प्रचण्ड र नेपालबीच छलफल भएको हो । स्रोतका अनुसार प्रचण्ड र नेपालबीच भेटवार्तामा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए । सर्वोच्चको फैसलाविरुद्ध माओवादी केन्द्रले न्यायिक पुनरावलोकनमा जाने निर्णय लिएपछि प्रचण्ड र नेपालबीच छलफल भएको बुझिएको छ ।...
माधव नेपालसहित चार नेताले ओलीलाई छुट्टाछुट्टै स्पष्टीकरण बुझाउने

माधव नेपालसहित चार नेताले ओलीलाई छुट्टाछुट्टै स्पष्टीकरण बुझाउने

Featured, राजनीति
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका चार नेताले छुट्टाछुट्टै स्पष्टीकरण बुझाउने भएका छन् । यसअघि गत चैत ७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेता नेपाल, उपाध्यक्ष डा भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेसँग स्पष्टीकरण सोध्नेको थियो । अवैध केन्द्रीय कमिटीले जारी गरेको अबैध पत्र नम्मान्ने भन्दै आएका पार्टीका उपाध्यक्ष रावल अन्तत जवाफ पठाउने तयारीमा जुटेका छन्। उक्त बैठकको निर्णयपछि महासचिव इश्वर पोखरेलले पत्र पठाएका थिए। पत्रमा चित्तबुझ्दो जवाफसहित ३ दिनभित्र जवाफ पठाउन भनिएको थियो। ‘सोही कारण नेताहरु जवाफ लेख्दै हुनुहुन्छ, भ्याएसम आज बेलुका नभए भोलि बिहान सम्म जवाफ पठाउनु हुन्छ’, नेपाल निकट एक नेताले भने। जवाफसँगै नेपालसहितका नेताहरुले ओलीसँग पनि प्रश्न गर्ने तयारी गरेको...
लकडाउन बारे अर्थमन्त्री पौडेलको यस्तो जवाफ

लकडाउन बारे अर्थमन्त्री पौडेलको यस्तो जवाफ

राजनीति
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना भाइरस (कोभिड-१९) को दोस्रो लहरको जोखिम बढेपनि सरकार लकडाउन गर्ने वा सीमा नाका बन्द गर्ने सोचमा नभएको बताएका छन् । बिहीबार न्यूज एजेन्सी नेपाललाई दिएको अन्तर्वार्तामा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । यद्यपि स्वास्थ्य सुरक्षाका मापदण्डलाई भने कडाईका साथ पालना गराउने उनको भनाइ छ । लकडाउनको चर्चा बजारमा चलिरहेको प्रसंगमा उनले अहिले त्यस्तो गतिविधि उपयुक्त नहुने बताए । सरकार बजेटको तयारीमा जुटेको जानकारी गराउँदै उनले आगामी बजेट कोभिड-१९ बाट प्रभावित अर्थतन्त्रको पुनरुत्थान, रोजगारी सिर्जनामा केन्द्रित हुने समेत बताए । कोरोना खोप खरीद गर्न रकमको अभाव नहुने उनको भनाइ छ ।...
ओलीलाई स्पष्टीकरण बुझाउँदै नेपाल, रावल, पाण्डे र भुसाल

ओलीलाई स्पष्टीकरण बुझाउँदै नेपाल, रावल, पाण्डे र भुसाल

राजनीति
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका चार नेताले छुट्टाछुट्टै स्पष्टीकरण बुझाउने भएका छन् । यसअघि गत चैत ७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेता नेपाल, उपाध्यक्ष डा भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेसँग स्पष्टीकरण सोध्नेको थियो । अवैध केन्द्रीय कमिटीले जारी गरेको अबैध पत्र नम्मान्ने भन्दै आएका पार्टीका उपाध्यक्ष रावल अन्तत जवाफ पठाउने तयारीमा जुटेका छन्। उक्त बैठकको निर्णयपछि महासचिव इश्वर पोखरेलले पत्र पठाएका थिए। पत्रमा चित्तबुझ्दो जवाफसहित ३ दिनभित्र जवाफ पठाउन भनिएको थियो। ‘सोही कारण नेताहरु जवाफ लेख्दै हुनुहुन्छ, भ्याएसम आज बेलुका नभए भोलि बिहान सम्म जवाफ पठाउनु हुन्छ’, नेपाल निकट एक नेताले भने। जवाफसँगै नेपालसहितका नेताहरुले ओलीसँग पनि प्रश्न गर्ने तयारी गरेको ...