राजनीति

नेपाल समूहप्रति खनिए सूर्य थापा : नेपाल र रावललाई ६ महिना निलम्‍बन गर्ने !

नेपाल समूहप्रति खनिए सूर्य थापा : नेपाल र रावललाई ६ महिना निलम्‍बन गर्ने !

राजनीति
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा वरिष्ठ नेता झलनाथ खनाल-माधव नेपाल समूहसँग खनिएका छन् । अहिलेसम्म खनाल-नेपाल समूहले गरेका गतिविधिबारे थापाले शनिबार फेसबुकमा लामो स्ट्‍याटस लेखेका छन् । तत्कालिन नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग मिलेर खनाल-नेपालले पुस ५ गतेदेखि फागुन २३ गतेसम्म ओली समूहविरुद्ध गरेका कारवाहीबारे थापाले उल्लेख गरेका छन् । जसमा ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाउनेदेखि थापालाई निलम्बन गरेकोसम्म लेखेका छन् । उनका अनुसार ओलीलाई चार पटक पार्टीबाट निष्काशन गरेको बताएका छन्। थापाले १२ बुँदामा लेख्दै कथित कारवाही गरेर पार्टी कब्जा गर्न खोजिएको दाबी गरेका छन् । 'ओली र अरू एक दर्जन नेताहरूलाई पटकपटक निष्काशन र निलम्बनको घोषणा गरी हुर्मत लिने, अपमान गर्ने र तेजोबध गर्ने कार्य श्री माधवजीको पूर्वाग्रह, पक्षपात, व्यक्तिगत र...
माधव नेपाल र भीम रावलमाथि कारवाही हुन्छ : ओली

माधव नेपाल र भीम रावलमाथि कारवाही हुन्छ : ओली

Featured, राजनीति
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र अर्का नेता भीमबहादुर रावललाई कारवाही हुन सक्ने बताएका छन्। नेपाल र रावलबाट बिहीबारै स्पष्टीकरण आएको बताउँदै ओलीले शुक्रबार बालुवाटारमा बसेको संसदीय दलको बैठकमा यस्तो बताएका हुन्। बैठकमा ओलीले यी कुरा बताएको जानकारी एमालेका प्रमुख सचेतक विशाल भट्टराईले दिएका हुन्। 'तत्कालीन वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावलको स्पष्टीकरण पार्टी केन्द्रीय कार्यालयमा आइपुगेको छ। अन्य दुई जना नेताको स्पष्टीकरण अझै आउन बाँकी छ', उनले भने, 'वरिष्ठ नेता नेपाल र रावलको स्पष्टीकरण कारवाहीयोग्य रहेको प्रधानमन्त्रीले बताउनु भयो। यसबारे थप निर्णय आगामी केन्द्रीय कमिटीबाट लिने प्रधानमन्त्रीले बताउनु भएको छ।' बैठकमा प्रधानमन्त्री ओलीले नेपाल र रावलको स्पष्टीकरण चित्त बुझ्दो नभएको बताउँदै त्यहीकारण उनीहरुमाथि कार...
बालुवाटारमा खनालले भने – ओलीले एक्लौटी निर्णय फिर्ता लिनुपर्छ

बालुवाटारमा खनालले भने – ओलीले एक्लौटी निर्णय फिर्ता लिनुपर्छ

राजनीति
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष केपी शर्मा ओलीले गरेको एक्लौटी निर्णय फिर्ता नलिए पार्टी एकता हुन नसक्ने बताएका छन् । आज दलका नेता एवम् प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएको बैठकमा सहभागी नेता खनालले पार्टीलाई २ जेठ २०७५ कै अबस्थामा फर्काउनु पर्ने बताएका हुन्। २३ फागुनको सर्वोच्च अदालतको फैसला पछि पहिलो पटक नेपाल पक्ष ओलीले बोलाएको बैठकमा सहभागी भएका छन् । बैठकमा माधवकुमार नेपाल र भीम रावल भने उपस्थित छैनन् । सुरेन्द्र पाण्डे भने बैठकस्थल पुगेर एकछिनमै निस्किएका थिए । यसअघि कलंकीमा बसेको माधव पक्षको बैठकले संसदीय दलको बैठकमा भाग लिने निष्कर्ष निकालेको थियो । बैठकमा संसदको चालु अधिवेशन प्रभावकारी बनाउने, सांसदहरुको विकास बजेट खर्च लगायतका विषयमा छलफल हुने बताईएको छ ।...
एमाले संसदीय दल बैठक : झलनाथ र वामदेव बालुवाटार गए माधव गएनन्

एमाले संसदीय दल बैठक : झलनाथ र वामदेव बालुवाटार गए माधव गएनन्

राजनीति
काठमाडौं ।  नेकपा एमाले संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ । पार्टीमा चर्किएको विवादबीच वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुसहित बालुवाटारमा बैठक सुरु भएको हो। बालुवाटारमा बसेको संसदीय दल बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीमबहादुर रावल अनुपस्थित भएका छन्। तर बैठकमा अर्का वरिष्ठ नेता झलनाथ खनाल र वामदेव गौतम भने सहभागी भएका छन्। आजै बसेको माधव नेपाल पक्षका सांसदहरुको बैठकले बालुवाटार जाने निर्णय लिएको थियो। बैठकमा सांसद सुरेन्द्र पाण्डे पनि पुगेका थिए। तर उनले आफू नोट अफ डिसेन्ट लेखेर बाहिरिएको बताएका छन्।...
रेशम चाैधरीलाई भेटेर महेश बस्नेतले भने- रिहाईका लागि सरकार सकारात्मक छ

रेशम चाैधरीलाई भेटेर महेश बस्नेतले भने- रिहाईका लागि सरकार सकारात्मक छ

Featured, राजनीति
काठमाडौं । नेकपा (एमाले)का सांसद महेश बस्नेतले डिल्लीबजार कारागारमा रहेका जसपाका सांसद रेशम चाैधरीलाई भेटेका छन्। चाैधरीलाई भेटेर उनले मुद्दा सहजीकरणका लागि सरकार सकारात्मक रहेको बताएका छन्। शुक्रबार चाैधरीलाई भेट्न पुगेका बस्नेतले बिहीबारको मन्त्रिपरिषद् बैठकले मुद्दालाई सहजीकरण गरेर अगाडि बढाउने प्रक्रिया थालनी गरेको बताए। गृह मन्त्रालय र सरकारी वकिलसँग आवश्यक परामर्श गरेर अघि बढ्न लागिएको उनले बताए। 'एमाले र सजपाबीच भएको वार्ता सहमति नजिक पुगेकाले रेशमजी लगायतको मुद्दा टुंग्याउन सरकारले सकारात्मक पहल लिएको सन्देश दिन पुगेको हुँ', बस्नेतले भने। एमाले र जसपाबीच सत्ता समीकरणका लागि छलफल चलिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र मानिने नेता बस्नेतले चौधरीसँग भेटघाट गरेका हुन्। बस्नेतअघि जसपा नेता राजेन्द्र महतो र सरकारका एक मन्त्रीले समेत चौधरीलाई भेटेको बताइएको छ। सत्ता ...
नेपाल पक्षको यस्तो निर्णयले ओली लाग्यो झट्का!

नेपाल पक्षको यस्तो निर्णयले ओली लाग्यो झट्का!

राजनीति
काठमाडौं । नेकपा एमालेका नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल समूहले एमालेभित्रै रहेर संघर्ष गर्ने निर्णय गरेका छन् । कलंकीमा रहेको एक पार्टी प्यालेसमा भएको भेलाले यस्तो निर्णय गरेको हो । “हामी हाम्रो संसदीय दलको बैठकमा जान्छौँ,” नेता झलनाथ खनालले भने । अर्का नेता सुरेन्द्र पाण्डेका अनुसार सबै सदस्य बैठकमा सहभागी हुने निर्णय भएको छ । नेता रघुजी पन्तले एमालेमै रहेर संघर्ष गर्ने र विधि पद्धतीमा पार्टीलाई ल्याउने बताएका थिए ।...
रेशम चौधरीलाई भेट्न जेलमै पुगे सांसद बस्नेत

रेशम चौधरीलाई भेट्न जेलमै पुगे सांसद बस्नेत

राजनीति
काठमाडौं । जेलमा रहेका जनता समाजवादी पार्टीका सांसद रेशम चौधरीलाई एमाले सांसद महेश बस्नेत डिल्लीबजार कारागारमै पुगेर भेटका छन् । सांसद बस्नेत प्रधानमन्त्री केपी शर्मा ओलीको ‘दूत’ बनेर कारागार पुगेका हुन् । टीकापुर हत्याकाण्डका मुख्य आरोपी निलम्वित सांसद चौधरीलाई भेट्न बस्नेत शुक्रबार बिहान कारागार पुगेका हुन् । समाजवादी पार्टीसँग सत्ता साझेदारीका लागि प्रधानमन्त्री ओलीले कुराकानी अघि बढाइरहेका बेला बस्नेतले चौधरीलाई भेटेका हुन् । जसपाले संविधान संशोधनसहित टीकापुर हत्याकाण्डका आरोपीलाई रिहा गर्नुपर्नेलगायत माग राखेको छ । चौधरीको रिहाइ र संविधान संशोधन विषय अगाडि बढे ओलीसँग साझेदारी गर्न जसपाका नेता महन्थ ठाकुर र राजेन्द्र महतो सकारात्मक देखिएका छन् । सांसद बस्नेतले चौधरीको रिहाइसहितको जसपा मागमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ‘विशेष’ निर्णय गरिसकेकाले आफू भेट्न जेलमै पुगेको बताएका छन...
नेपाल-खनाल पक्षकाे बैठक सक्यो

नेपाल-खनाल पक्षकाे बैठक सक्यो

राजनीति
काठमाडौं । नेकपा एमाले माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको केन्द्रीय कमिटी बैठक सकिएको छ । कलंकीको मेगा पाटी प्यालेसमा अपराह्न १२ बजेबाट सुरु भएको बैठक ४५ जना केन्द्रीय सदस्य उपस्थित रहेको बताइएको छ । बैठकमा नेता नेपाल र सुरेन्द्र पाण्डेले वर्तमान परिस्थितिबारे ब्रिफिङ गरेका थिए । पार्टीले सोधेको स्पष्टीकरणको जवाफ र अध्यक्ष केपी शर्मा ओलीले चाल्न सक्ने आगामी कदमपछिको रणनीतिबारे उनीहरू जानकारी गराएको बताइएको छ । केन्द्रीय कमिटी बैठक सकिएपछि सांसद छलफल सुरु भएको छ । परामर्शपछि बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले बोलाएको संसदीय दलको बैठक जाने र नजानेबारे निर्णय लिने बताइएको छ ।...
प्रदेश १ : नवनियुक्त मन्त्रीहरुले लिए शपथ

प्रदेश १ : नवनियुक्त मन्त्रीहरुले लिए शपथ

राजनीति
विराटनगर । प्रदेश १ सरकारका नवनियुक्त मन्त्रीहरुले शपथ खाएका छन् । शुक्रबार मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद विस्तार गरेका हुन् । आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबोहाङ, सामाजिक विकासमन्त्री उषाकला राई, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम राना, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङले सपथ खाएका हुन् । यस्तै, कृषि राज्यमन्त्री कला घले र वन तथा राजकुमार ओझाले पनि आजै सपथ लिएका छन् । राज्यमन्त्रीलाई मुख्यमन्त्री शेरधन राई र मन्त्रीलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासिले शपथ गराएका हुन् । मन्त्री आङबोहाङ माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका हुन् भने उषाकला राई एमालेको माधव नेपाल समूह छोडेर केपी समूहमा लागेकी सांसद हुन् । सहकारीमन्त्री राना र भौतिक पूर्वाधारमन्त्री गुरुङलाई मुख्यमन्त्री राईले मन्त्रीमा बढुवा गरेका हुन् । थपिएकी राज्यमन्त्री घले मुख्यमन्त्रीविरु...
एमालेको राष्ट्रिय सभा दलको नेतामा प्याकुरेल

एमालेको राष्ट्रिय सभा दलको नेतामा प्याकुरेल

राजनीति
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सुमनराज प्याकुरेललाई राष्ट्रिय सभा दलको नेता चयन गरेका छन्। प्याकुरेल दलको नेता चयन भएको औपचारिक जानकारी संघीय संसद् सचिवालयमा प्राप्त भएको सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए। सर्वोच्च अदालतको २३ फागुनको फैसलाले साबिक नेकपा (एमाले) ब्युँतिएपछि ओलीले प्याकुरेललाई दलको नेता चयन गरेका हुन्। सर्वोच्च अदालतको फैसलाअघि राष्ट्रिय सभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता दीनानाथ शर्मा थिए। शर्मा नेकपा (माओवादी केन्द्र) बाट सांसद बनेका थिए।...