एमालेको राष्ट्रिय सभा दलको नेतामा प्याकुरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सुमनराज प्याकुरेललाई राष्ट्रिय सभा दलको नेता चयन गरेका छन्।

प्याकुरेल दलको नेता चयन भएको औपचारिक जानकारी संघीय संसद् सचिवालयमा प्राप्त भएको सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए।

सर्वोच्च अदालतको २३ फागुनको फैसलाले साबिक नेकपा (एमाले) ब्युँतिएपछि ओलीले प्याकुरेललाई दलको नेता चयन गरेका हुन्।

सर्वोच्च अदालतको फैसलाअघि राष्ट्रिय सभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता दीनानाथ शर्मा थिए। शर्मा नेकपा (माओवादी केन्द्र) बाट सांसद बनेका थिए।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.