मधेशको मुद्दा सम्बोधन गर्न प्रधानमन्त्री ओली सकारात्मक : महन्थ ठाकुर

जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा आली मधेशको मुद्दा सम्बोधन गर्न सकारात्मक रहेको बताएका छन्।

शुक्रबार प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको होली मिलन समारोहमा अध्यक्ष ठाकुरले प्रधानमन्त्री ओलीसँग सकारात्मक कुराकानी भएको खुलासा गरेका हुन् ।

प्रधानमन्त्री ओलीले आफूहरुको मागलाई गम्भीरतापूर्वक लिएको भन्दै केही कार्यहरुलाई अगाडि समेत बढाएको बताए। प्रधानमन्त्रीसँग भएको पटक–पटक भएको वार्ता सकारात्मक रहेकोले आफूहरुको माग सम्बोधन हुनेमा विश्वस्त रहेको उनको भनाइ छ।

उनले नेकपा एमालेभित्रको किचलोको कारण मुलुक अनिर्णयको बन्दी रहेको बताउँदै राजनीतिलाई विवादभन्दा पनि छलफल र संवादको साथ अगाडि बढ्नु पर्ने आवश्यक्ता रहेकोमा जोड दिए।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.