राजनीति

ललिता निवास प्रकरण : नेपाल र भट्टराईविरूद्धको मुद्दामा सुनुवाइ हुँदै

ललिता निवास प्रकरण : नेपाल र भट्टराईविरूद्धको मुद्दामा सुनुवाइ हुँदै

Featured, राजनीति
काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र बाबुराम भट्टराईविरूद्ध मुद्दा चलाउन माग गर्दै परेको रिटमाथि सर्वोच्चमा पेशी चढेको छ। सोमबार न्यायाधीश अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको इजलाशमा सुनुवाइ सुरू भएको हो। उक्त रिट सुनुवाइको पहिलो नम्बरमा सुनुवाइ भइरहेको छ। सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसमेत मुछिएको बालुवाटारस्थित ललिता निवास जग्गा काण्डको मुद्दामा प्रमाण बुझ्‍न आदेश दिएको छ। न्यायाधीशहरू डा। आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले गत फाउन २ गते ललिता निवास काण्डको प्रमाण माग्ने आदेश दिएको थियो । ललिता निवास परिसरको जग्गा विक्री प्रकरणमा मुछिएर पनि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालविरूद्ध मुद्दा नचलाइएपछि सर्वोच्चमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगविरूद्ध मुद्दा परेको थियो। सर्वोच्चले ललिता निवास जग्गा प...
अर्घाखाँचीमा नेपाल पक्षका तीन नेता पार्टीबाट निष्कासित

अर्घाखाँचीमा नेपाल पक्षका तीन नेता पार्टीबाट निष्कासित

राजनीति
बुटवल । नेकपा एमालेले समानान्तर जिल्ला कमिटी गठन गर्न नेतृत्व गरेका माधव नेपाल पक्षका तीन नेतालाई पार्टीबाट निष्कासन गरेको छ । नेकपा एमालेका सचिवालय सदस्य रामबहादुर चौहान,संविधान सभाका सदस्य तथा पार्टी संगठित सदस्य डा. दुमनसिंह थापा र सिद्धिप्रसाद भुसाललाई निष्कासित गरेको हो । जिल्ला कार्यालय सन्धिखर्कमा सोमबार बसेको बैठकले पार्टी हित विपरीत विभाजनकारी गतिविधिमा संलग्न रहेको भन्दै तीनैजनालाई पार्टीको संगठित सदस्यता समेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको एमाले अर्घाखांची अध्यक्ष चेतनारायण आचार्यले बताए । चौहान एमालेका तत्कालीन जिल्ला सचिव थिए । पार्टीविरोधि गतिविधिमा संलग्न अन्यलाई स्पष्टिकरण सोधिने जिल्ला अध्यक्ष आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । शनिबार मात्रै चौहानको नेतृत्वमा ७० सदस्यीय समानान्तर कमिटी घोषणा भएको थियो । पार्टीबाट निश्कासित चौहानले कारवाहील...
माओवादीबाट एमालेमा लागेका दुई प्रदेशसभा सदस्यले स्पष्टीकरण दिएनन्

माओवादीबाट एमालेमा लागेका दुई प्रदेशसभा सदस्यले स्पष्टीकरण दिएनन्

राजनीति
बुटवल । लुम्बिनी प्रदेशमा माओवादीबाट एमालेमा लागेका दुई प्रदेशसभा सदस्यहरुले पार्टीलाई स्पष्टीकरण पत्रको जवाफ दिएका छैनन् । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले माओवादी केन्द्रका सांसद दधिराम न्यौपाने र दिनेश पन्थीलाई २४ घण्टे स्पष्टीकरण पत्र यही १२ गते पठाएको थियो। स्पष्टीकरणको कुनै अर्थ नरहेको भन्दै उनीहरुले जवाफ नदिएका हुन् । आज सम्म पनि जवाफ नदिएपछि कानुनी प्रकृया अगाडि बढाउने तयारी भएको पार्टीको संसदीय दलको बैठकले प्रमुख सचेतक तुलाराम घर्तीले रातोपाटीलाई बताए । प्रमुख घर्तीले स्पष्टीकरण पत्रको कुनै जवाफ नआएपछि आफूहरुले प्रदेशसभा सचिवालयमा पार्टीले कारवाही गरेको पत्र पठाउने र पार्टीको केन्द्रीय कार्यालयमा पनि पार्टी सदस्यताबाट हटाउने बारे पत्र पठाउने तयारी भइरहेको बताए । माओवादीले छाडेर एमालेतिर लाग्ने दधिराम न्यौपाने रुप...
प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता

Featured, राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । आइतबार प्रधानमन्त्रीलाई भेट्न सभामुख सापकोटा बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए । त्यस क्रममा संसदमा विचाराधीन विधेयक अघि बढाउने र संसद सञ्चालनको विषयमा छलफल भएको सभामुखका सञ्चारविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।...
ओलीले पार्टीमा फर्कने ढोका बन्द गरे : नेपाल

ओलीले पार्टीमा फर्कने ढोका बन्द गरे : नेपाल

राजनीति
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई सर्वोच्च अदालतले घोक्र्याएर एमालेमै फर्कादिएको बताएका छन्। शनिबार बृहत नागरिक आन्दोलन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा गरेको ‘नागरिकको प्रश्न दलहरुको जवाफ’ विषयक अन्तक्र्रिया कार्यक्रममा वरिष्ठ नेता नेपालले सर्वोच्चले पुरानै पार्टीमा फर्कादिए पनि त्यहाँ आफूका लागि ढोका बन्दा भएको बताएका हुन्। उनले ओलीले आफूलाई पार्टीबाट घोक्र्याउन खोजको भन्दै आफू नडराउने बताए। आज म बढो आफ्ठ्यारो महसुस गर्दैछु, त्यही बार्टीमा मलाई सर्वोच्च अदालतले घोक्र्याएर पठाइदिएको छ’, नेपालले भने, ‘सर्वोच्च अदालतले बढो विचित्रको फैसला गरेको छ।’ उनले दुईपार्टी एक भएको निर्वाचन आयोगले प्रमाणित गरेर प्रमाण समेत दिएको र यो बीचमा अन्य गतिविधि पनि भएको बताउँदै सर्वोच्चले नमानने फैसला गरेको बताए। उनले सर्वोच्चको आदेश अनुसार पुरानो ठाउँमा फर्कन खोजे पनि आफूहरुका ...
प्रचण्डले दिए सरकार ढाल्ने चेतावनी

प्रचण्डले दिए सरकार ढाल्ने चेतावनी

राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् । शनिबार राजधानीमा आयोजित बृहत् नागरिक आन्दोलनका अगुवाले गरेको अन्तरक्रियामा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । प्रचण्डले अब राजनीति जतासुकै गए पनि आफ्नो राजनीति र नैतिकतालाई बचाउन समर्थन फिर्ता लिने प्रष्ट पारेका हुन् । ‘नैतिक र राजनीतिक ढंगले अब म धेरै दिन पर्खिन सक्दिन’, प्रचण्डले भने, ‘मैले जुन सरकारलाई प्रतिगामी भनेको छु, त्यसलाई समर्थन गर्न सक्दिन । चाहे राजनीति जतासुकै जाओस् । मैले मेरो राजनीति र मेरो नैतिकतालाई बचाउनुपर्नेछ । म केही दिनभित्र नै त्यो प्रक्रिया अगाडि बढाउँछु ।’ खुट्टा कमाएर भाग्नुपर्ने अवस्था अझै आएको छैन : माधवकुमार नेपाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनलाई प्रतिगामी र असंवैधानिक भन्ने राजनीतिक दलब...
निर्वाचन आयोग सेटिङमा चल्यो, अदालतले दिउँसै रात पार्‍यो : प्रचण्ड

निर्वाचन आयोग सेटिङमा चल्यो, अदालतले दिउँसै रात पार्‍यो : प्रचण्ड

राजनीति
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीति सधैं सिधा रेखामा नचल्ने बताएका छन्। बृहत् नागरिक आन्दोलनले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीको डबलीमा शनिबार आयोजना गरेको कार्यक्रममा नागरिकका सवालको जवाफ दिँदै प्रचण्डले राजनीतिमा सधैं सोचेजस्तो नहुने बताएका हुन्। नेकपाको ७० प्रतिशत बहुमतबाट गरिएको निर्णय निर्वाचन आयोगले कार्यान्वयन नगरिदिँदा आफूहरुलाई अफ्ट्यारो परेको उनले टिप्पणी गरे। निर्वाचन आयोग सेटिङमा चलेको उनले आरोप लगाए। उनले भने, ‘निर्वाचन आयोग सेटिङमा रहेको बुझिएको छ।’ पटक–पटक बहुमतले निर्णय गरेको आयोगमा जाँदा पनि आफूहरुको कुरा नसुनिएको उनले बताए। अदालतको फैसलाबाट सबैभन्दा बढी आफूलाई अन्याय भएको हुँदा जनताले फैसला गरिदिनुपर्ने उनले बताए। प्रचण्डले भने, ‘सबैभन्दा ठूलो अदालत जनअदालत हो। तपाईंहरु न्यायाधीश हो।...
कम्युनिस्ट पार्टीभित्र स्वार्थ र सत्ताको लडाईं छ : महन्थ ठाकुर

कम्युनिस्ट पार्टीभित्र स्वार्थ र सत्ताको लडाईं छ : महन्थ ठाकुर

Featured, राजनीति
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले कम्युनिस्ट पार्टीमा स्वार्थ र सत्ताको लडाईं भइरहेको बताएका छन्। बृहत् नागरिक आन्दोलनले शनिबार गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले यस्तो बताएका हुन्। 'अहिले कम्युनिस्ट पार्टीमा स्वार्थ र सत्ताको लडाईं छ। उनीहरूको आपसी लडाईंले अहिलेको परिस्थिति सिर्जना भएको हो। वहाँहरुको लडाईमा हामीले के गर्ने भन्ने मेरो मेरो प्रश्न हो। जहाँसम्म हाम्रो मुद्दाको प्रश्न छ, विगतका सबै प्रधानमन्त्रीसँग लिखित सम्झौता भएको छ। ओलीबाहेक,' अध्यक्ष ठाकुरले भने, 'हाम्रा सांसद जेलमा छन् कहिले रिहा हुन्छन् भन्ने हाम्रो प्रश्न हो। प्रदेश सांसद र मेयरमाथि मुद्दा छ। हाम्रो माग सम्बोधन होस् अनि मात्र के गर्ने भनेर निर्णय गर्छौँ?' टीकापुर घटनामा जेल परेका सबैलाई रिहा गर्नुपर्ने आफूहरूको पुरानै माग गरहेको उनले दोहोर्या ए। 'प्रधानमन्त्रीले गर्न सक्ने गर...
सर्वोच्च अदालतले विचित्र फैसला गर्‍यो, हामी फर्किन पनि सकिरहेका छैनौं : माधव नेपाल

सर्वोच्च अदालतले विचित्र फैसला गर्‍यो, हामी फर्किन पनि सकिरहेका छैनौं : माधव नेपाल

राजनीति
काठमाडाैं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दुई पार्टीले वैधानिक रुपमा गरेको एकतालाई खारेज गरेर सर्वोच्च अदालतले विचित्र फैसला गरेको बताएका छन् । नागरिक आन्दोलनको कार्यक्रममा उपस्थिति भएका नेपालले सर्वोच्चले आफूहरुलाई घोक्र्याएर एमालेमा फर्काएको भन्दै आफूलाई अत्यन्त अप्ठेरो महसुस भएको समेत बताए । नेपालले भने, ‘मलाई यतिबेला भन्न पनि अप्ठेरो लागिरहेको छ । पार्टीको आन्तरिक कुरा किन यहाँ गर्यो भन्नु होला । तर, यति मात्रै भन्न चाहन्छु, सर्वोच्चले घोक्र्याएर हामीलाई एमालेमा फर्काइदियो । तर, हामी फर्किन पनि सकिरहेका छैनौं । मैले त हिजै संसदीय दलको वैठकमा बालुवाटारमा जान्न भनिसके‌ ।’...
पार्टी बचाउने भन्दै रामकुमारी झाँक्रीले खोलिन मुख

पार्टी बचाउने भन्दै रामकुमारी झाँक्रीले खोलिन मुख

Featured, राजनीति
काठमाडौं । नेकपा एमाले झलनाथ खनाल र माधव नेपाल (खनाल–नेपाल) पक्षकी नेत्री रामकुमारी झाँक्रीले पार्टी बचाउने संकल्प लिएको बताएकी छन् । शनिवार एक ट्वीट गर्दै उनले दम्भ, अहंकार र घमन्डलाई पचाएर भएपनि पार्टी बचाउने तिर नै लाग्ने बताएकी हुन् ।पार्टी भित्र र बाहिर दलाल पुँजीवादको विरुद्धमा लडिरहनुपर्ने भन्दै पार्टी र आन्दोलनलाई विसर्जन हुनबाट बचाउनु अहिलेको युगिन दायित्व भएको पनि बताएकी छिन् । उनले लेखेकी छन्, 'दम्भ, अहंकार, घमण्ड, घृणा, तिरस्कार र अपमानको बैस चढ्दो छ । त्यसलाई पचाएर पार्टी बनाउने र बचाउने संकल्प हाम्रो हो । भित्र र बाहिर दलाल पुँजीवादको बिरुद्धमा लडिरहनुपर्ने हुन्छ । लाखौँ सदस्य, शुभचिन्तक, समर्थक र अग्रजहरूको योगदानले बनेको यो पार्टी ।' शुक्रवार बसेको एमाले संसदीय दलको बैठकमा खनाल–नेपाल पक्षका सांसदहरू पनि उपस्थित भएपछि अब पार्टी विभाजन नहुने तर्क भइरहेको बेला झाँक्रीले यस्...