राजनीति

देश प्रचण्ड भन्ने मान्छेको स्वार्थका पछाडि सती जानुपर्ने हो ? : प्रम ओली

देश प्रचण्ड भन्ने मान्छेको स्वार्थका पछाडि सती जानुपर्ने हो ? : प्रम ओली

राजनीति
काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले देश प्रचण्डको व्यक्तिगत स्वार्थका लागि सती जान नसक्ने जिकिर गरेका छन् । केही व्यक्तिहरुले देशको राजनीतिलाई आफ्नो निहित स्वार्थको लागि धमिल्याउन खोजेको आरोप लगाउँदै उनले ‘देश प्रचण्ड भन्ने मान्छेको स्वार्थका पछाडि सती जानुपर्ने हो ?’ भन्दै आक्रोश समेत पोखे । मंगलबार औपचारिक कार्यक्रम उनले भने, ‘के यो देश प्रचण्ड भन्ने मान्छेको स्वार्थका पछाडि सती जानुपर्ने हो ? अनि मान्छेहरुले भन्ने गरेका छन्, आधाआधा भन्याथ्यो खै आधा ? अनि त्यो आधाआधा भन्ने कागज प्रचण्डले बीचमै कार्यकारी चाहियो भनेर लेखाएर ५ वर्ष तपाईँ गर्नुस् भनेर अर्को कागज गरेको होइन ?’ उनले प्रचण्ड सहमतिअनुसार अघि नबढ्दा समस्या भएको पनि दावी गरे । उनले आफूसँगै महाधिवेशनमा हारेका एमाले नेता माधव कुमार नेपालले बीचमै अध्यक्ष चाहियो भनेर बखेडा झिकेको पनि बताए । ‘हारेको मान्छे मला...
साउन १ गतेबाट वृद्धभत्ता बढ्ने !

साउन १ गतेबाट वृद्धभत्ता बढ्ने !

राजनीति
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेबाट वृद्धभत्ता बढउने घोषणा गरेका छन् । मंगलबार औपचारिक कार्यक्रममा बोल्दै उनले साउन १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् । यद्यपी उनले कति बढ्ने भन्ने विषयमा भने खुलासा गरेनन् । ओलीले भत्ता बढ्ने कुरा सुन्दा कसैलाई निन्द्रा नलाग्ने पनि बताए । उनले भने, ‘यो सुन्दा कसैलाई निन्दा् लाग्दैन भने नलागोस । कसैलाई आपत्ति लाग्छ भने लागोस् ।’...
हामीले ब्ल्याङक चेक लिन्न भनेका छौं : महन्थ ठाकुर

हामीले ब्ल्याङक चेक लिन्न भनेका छौं : महन्थ ठाकुर

राजनीति
काठमाडौं । राजपाका नेता महन्थ ठाकुरले मधेसका समस्या देशकै समस्या भएकाले त्यसतर्फ ध्यान दिन प्रमुख राजनीतिक दल र सरकारको ध्यानकर्षण गराएका छन् । मंगलबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता ठाकुरले सधैं चर्चामा रहने नागरिकता समस्या मधेसको मात्रै नभई देशकै समस्या भएको बताएका हुन् । त्यस्तै उनले आफुहरुले उठाएका मुद्दामा सरकार र दलहरुले बेवास्ता गरेको बताए । ‘हाम्रा मुद्दा छन्, समस्या छन् । सांसदहरु जेलमा छन्, तारिखमा छन् । मेयरमाथि मुद्दा चलेको छ’ ठाकुरले भने, ‘यस्तो अवस्थामा कसरी सरकारमा जानु ?’ उनले अहिले प्रमुख राजनीतिक दलहरु सरकार बनाउने र हटाउने खेलमा लागिरहेको र त्यसमा आफ्नो समर्थन खोजे पनि आफ्ना मुद्दामा कसैले विश्वास दिलाउन नसकेको बताए । ‘हामीलाई सबैले सरकार बनाउन र आउन भनिरहनुभएको छ । हामीले प्रधानमन्त्रीसँग पनि कुरा गरेका छौ । तर अहिले प्रक्रिया अघि बढेको भन्ने खबर आ...
म मर्नका लागि तयार छु, तपाईंहरुपनि तयार हुनुस्ः प्रचण्ड

म मर्नका लागि तयार छु, तपाईंहरुपनि तयार हुनुस्ः प्रचण्ड

राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मर्नका लागि तयार रहन कार्यकर्ताहरुसँग अपिल गरेका छन् । २० औं जेल ब्रेक दिवसको अवसरमा मंगलबार अखिल नेपाल महिला संघ क्रान्तिकारीले आयोजना गरेको सम्मान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले जनयुद्ध र जनआन्दोलनको जगमा प्राप्त उपलब्धिलाई उल्ट्याउन प्रतिक्रियावादी शक्तिहरु सक्रिय रहेको बताए । ‘१९ पेज लामो प्रतिवेदन लेख्दै गर्दा मैले बम्बार्ड द हेडक्वार्टर लेखेको छु । त्यो भनेको यो बुर्जुवा हेडक्वार्टरलाई समाप्त गर भनेको हुँ । यसो भन्दा प्रतिक्रियावादीहरु तर्सन्छन् र मलाई जेल हाल्छन् भन्ने थियो’ प्रचण्डले भने, ‘मरेरै लाग्ने हो भने यो लडाँई पनि जित्छौें भन्ने लाग्छ । म मर्नका लागि तयार छु, तपाईहरु पनि तयार रहनुस् भन्ने अपिल गर्छु ।’ प्रधानमन्त्री केपी ओली प्रतिक्रियावादी शक्तिबाटै प्रयोग भइरहेको पनि उनले आरोप लगाए । ‘...
सानु शिवाको ठाउँमा जानकीदेवी राम सांसद बन्ने

सानु शिवाको ठाउँमा जानकीदेवी राम सांसद बन्ने

राजनीति
काठमाडौं । नेकपा एमालेले सिराहाकी जानकीदेवी रामलाई सांसदमा सिफारिस गरेको छ । समानुपातिक निर्वाचन पद्धतिबाट निर्वाचित सानु शिवाको मृत्यु भएपछि उनको ठाउँमा जानकीदेवीलाई सांसद निर्वाचित गर्न निर्वाचन आयोगमा पत्र पठाएको हो । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सांसद निर्वाचित गर्न निर्वाचन आयोगमा पत्र पठाएको जानकारी दिए । सांसद सानु शिवाको २८ असोज २०७७ मा मृत्यु भएको थियो । समानुपातिक पद्धतितर्फको बन्द सूचीमा दलित महिलातर्फ धनकुमारी सुनारले पार्टी परित्याग गरी अर्को पार्टी प्रवेश गरेकाले प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ को दफा ३० (१) बमोजिम उनको नाम बन्दसूचीबाट हटाउने निर्णय भएको अध्यक्ष ओलीले अन्तर पार्टी निर्देशनमा उल्लेख गरेका छन् । धनकुमारीले पार्टी छडेकाले सानु शिवाको स्थानमा जानकीदेवी रामलाई निर्वाचित गर्न लेखी पठाएको ओलीले...
रेशम चौधरीलाई छुटाउन पहिलो चरणको वार्ता सम्पन्न

रेशम चौधरीलाई छुटाउन पहिलो चरणको वार्ता सम्पन्न

section, राजनीति
काठमाडौँ। विभिन्न माग राखी आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहट र थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको वार्ता टोली र सरकारी वार्ता टोलीबीच वार्ता भएको छ। मंगलबार गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा गठित सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्व सासंद भगवती चौधरी सदस्य छन् भने थरुहटका तर्फबाट रुक्मीणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरी सदस्य रहेका छन् । आन्दोलनरत समितिले टीकापुर घटनाका मुख्य अभियुक्त भन्दै अदालतले दोषी ठहर गरेका सांसद रेशम चौधरीलगायत थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्ने हितका १९ बुँदे माग राखेका छन् ।...
एमालेले जारी गर्‍यो अन्तरपार्टी निर्देशन, महाधिवेशन आयोजक कमिटीमा रहनेहरु यस्ता छन्

एमालेले जारी गर्‍यो अन्तरपार्टी निर्देशन, महाधिवेशन आयोजक कमिटीमा रहनेहरु यस्ता छन्

Featured, राजनीति
काठमाडौं, चैत १७ । नेकपा एमालेले परिवर्तित सन्दर्भमा पार्टी नेता कार्यकर्ताका लागि अन्तर पार्टी निर्देशन जारी गरेको छ । पार्टी अध्यक्ष केपी ओलीको हस्ताक्षरमा पार्टीको तल्ला निकायहरुमा पठाइएको अन्तर पार्टी सर्कूलरमा परिवर्तित सन्दर्भमा पार्टीभित्रका पक्षहरुलाई उल्लेख गरिएको छ । चैत ७ गते बसेको बैठकको निर्णयबारे जानकारी गराउन २० पन्ने अन्तरपार्टी निर्देशन जारी गरिएको हो । सोही दस्तावेजमा पार्टी महाधिवेशन आयोजक कमिटीमा रहेकाहरूको जानकारी पनि पठाइएको हो । जसमा फागुन २८ गते अध्यक्ष केपी ओली पक्षले गरेका माओवादी केन्द्रबाट आएका २३ केन्द्रीय सदस्यसहित २ सय ६४ जनाको नाम पनि समाविष्ट छ । यस्तो छ, सर्कूलरको पूर्ण पाठः...
माधव नेपाल र भीम रावललाई निलम्बन गर्ने एमाले अध्यक्ष ओलीको निर्णय

माधव नेपाल र भीम रावललाई निलम्बन गर्ने एमाले अध्यक्ष ओलीको निर्णय

राजनीति
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताद्वय माधवकुमार नेपाल र भीम रावललाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेका छन् । निलम्बन सच्चिने अन्तिम अवसर भएको भन्दै उनले नेताद्वयले अहिलेको गतिविधि कायम राखे थप कडा कारबाही गर्ने चेतावनी दिएका छन् । अध्यक्ष ओलीपक्षीय केन्द्रीय सदस्यहरु मात्र उपस्थित भएको ७ चैतको केन्द्रीय कमिटी बैठकले पार्टी हित विपरीत गुटगत भेला गरेकोलगायतका आरोप लगाएर नेपाल र रावलसँगै घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधेको थियो । त्यस अनुसार महासचिव ईश्वर पोखरेलले नेता नेपाल र रावललाई चैत ८ गते स्पष्टीकरण पत्र पठाएका थिए । चैत १२ गते त्यसको जवाफ दिएका नेता नेपाल र रावलले विधानको उल्लंघन आफूहरुले नभई अध्यक्ष ओलीबाटै भएकाले तपाईंलाई किन कारबाही नगर्ने भनेर प्रतिप्रश्न गरेका थिए । अध्यक्ष ओलीले भने स्पष्टीकरणको जवाफमा गल्ती स्वीकार गर्नुका साटो...
कोटेश्वरमा प्रचण्ड-माधवबीच २ घण्टा भेटवार्ता

कोटेश्वरमा प्रचण्ड-माधवबीच २ घण्टा भेटवार्ता

राजनीति
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्ड र नेता नेपालबीच सोमबार दिउँसो करिव २ घण्टा कोटेश्वरस्थित एक घरमा भेटवार्ता भएको हो । भेटवार्तामा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको दुवै नेता निकट श्रोतहरुले बताएका छन् । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता र संसद बैठक स्थगित गर्ने चर्चा भइरहेका बेला नेताद्धयबीच भेटवार्ता भएको हो । अध्यक्ष प्रचण्डले शनिबार काठमाडौमा भएको एक कार्यक्रममा केही दिनभित्रै सरकारलाई दिएको समर्थन फिर्ता गर्ने बताएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि एमाले नेता नेपाल पक्ष र प्रचण्ड पक्षले त्यसविरुद्ध आन्दोलन गरेका थिए । सर्वोच्चको फैसलाबाट प्रतिनिधिसभा पुनःस्थापना भएपनि सरकारले बिजनेस नदिँदा कामविहिन हुदै आएको छ ।...
ललिता निवास प्रकरण : भट्टराई र नेपाल सरकारले गरेका निर्णय झिकाउन आदेश

ललिता निवास प्रकरण : भट्टराई र नेपाल सरकारले गरेका निर्णय झिकाउन आदेश

Featured, राजनीति
काठमाडौँ । ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधवकुमार नेपालको पालामा मन्त्रिपरिषद्‌बाट भएका निर्णय मगाउन सर्वोच्चले आदेश दिएको छ । न्यायाधीशहरू अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको सोमबार बसेको इजलासले त्यस बेला मन्त्रिपरिषदबाट भएका निर्णय तथा तीसम्बन्धी प्रस्ताव समेतको प्रतिलिपि झिकाउन आदेश दिएको हो । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमा सर्वोच्चले यस्तो आदेश जारी गरेको हो । महान्यायाधीवक्ताको कार्यालय मार्फत ती कागजात झिकाउन सर्वोच्चले आदेश दिएको हो । रिटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेतलाई विपक्षी बनाइएको छ ।...