राजनीति

प्रतिनिधिसभाको अर्को बैठक चैत्र २३ गते

प्रतिनिधिसभाको अर्को बैठक चैत्र २३ गते

राजनीति
काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठक सम्पन्न भएको छ। अर्को बैठक अब चैत २३ गते सोमबार दिउँसो १ बजे बस्नेछ । बैठकको शून्य समयमा सांसदले समसामयिक विषयमा धारणा राखेका छन्। बैठकमा टेकबहादुर बस्नेत, डा डिला संग्रौला, देवप्रसाद गुरुङ, लक्ष्मणलाल कर्ण, राजेन्द्र केसी, देवप्रसाद तिमल्सिना, नवराज सिलवाल, पुष्पकुमारी कर्ण कायस्थ लगायत सांसद्ले शून्य समयमा बोलेका थिए ।...
माओवादी केन्द्रले भन्यो : प्रधानमन्त्रीले २३ चैतभित्र विश्वासको मत लिनुपर्छ

माओवादी केन्द्रले भन्यो : प्रधानमन्त्रीले २३ चैतभित्र विश्वासको मत लिनुपर्छ

राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २३ चैतभित्र संसदबाट विश्वासको मत लिनुपर्ने दाबी नेकपा माओवादी केन्द्रले गरेको छ । नभए सरकारको वैधानिकतामाथि नै प्रश्न उठ्ने माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बताए । प्रतिनिधिसभाको बुधबारको बैठकमा माओवादी प्रमुख सचेतक गुरुङले सर्वोच्च अदालतको संवैधानिक इजलासले ११ फागुनमा वर्तमान सरकारलाई ७६(१) अनुसार भने पनि २३ फागुनको फैसलाले ७६ (२) आकर्षित भएको बताए । उनले भने, ‘सर्वोच्चको फैसलाले दल विभाजन गरेको छ। दल विभाजन भएको अवस्थामा संविधानको धारा १०० (२) आकर्षित हुनेछ ।’ धारा १०० को उपधारा २ मा सत्तारुढ दल विभाजित भएमा वा सरकारमा भएको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ। गुरुङले भने, ‘आज १८ गते भइसक्यो । २३ गते ३० दिन पुग्दैछ । ३० दिनभित्र विश्वासको मत लियो भने वैधानिकता हासिल हुनसक्छ। अन्यथा सरकारको संवैधानिक ...
‘पुनःस्थापित संसद्लाई कहिलेसम्म ‘बिजनेस’विहीन बनाउने हो’

‘पुनःस्थापित संसद्लाई कहिलेसम्म ‘बिजनेस’विहीन बनाउने हो’

Featured, राजनीति
काठमाडौं । सांसदहरुले संसद्लाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउन सरकार समक्ष माग गरेका छन् । पुनःस्थापित संसद्लाई सरकारले कहिलेसम्म ‘बिजनेस’विहीन बनाउने हो भनी प्रश्न गर्दै सांसदहरुले संसद्लाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउन सरकार समक्ष माग गरेका हुन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद टेकबहादुर बस्नेतले संसद्लाई कहिलेसम्म सरकारले बिजनेसविहीन बनाउने हो भनी प्रश्न गरे । सांसद डा डिला सङ्ग्रौला पन्तले काम विहीन भएर विदेशबाट फर्किएका नेपाली श्रमिकको पुनःस्थापनका लागि सरकारले ध्यान नदिएको आरोप लगाइन् । उनले ईपिएस कोटाबाट दक्षिण कोरिया जान भाषा परीक्षा पास गरेका करीब १० हजार युवा जान नपाएकोतर्फ ध्यानाकर्षण गरिन् । सांसद दिलेन्द्रप्रसाद बडूले प्रधानमन्त्रीले केहीसमयअघि आफूमाथि सुरक्षा खतरा छ भनी सार्वजनिक अभिव्यक्ति दिनुभएको सन्दर्भमा उनको सुरक्षा व्यवस्था कस्तो छ भन्नेबा...
म ठोकुवा गरेर भन्छु, रेशम चौधरी निर्दोष हुन् : सांसद गंगा थारु

म ठोकुवा गरेर भन्छु, रेशम चौधरी निर्दोष हुन् : सांसद गंगा थारु

राजनीति
काठमाडौं । नेकपा एमालेकी सांसद गंगा सत्गौंवा थारुले रेशम चौधरी निर्दोष भएको बताएकी छन्। उनले संसदको बैठकको विशेष समयमा बोल्दै रेशम चौधरी अपराधि रहेको भ्रम फैलाइएको आरोप लगाइन्। 'रेशम चौधरी अपराधि हो भनेर दुनियाँमा भ्रम फैलाइएको छ। तर टीकापुर घटना हुँदा त्यहाँ थिएनन्, बर्दियामा थिए। टीकापुर घटनामा उनको कुनै संलग्नता नरहेको म ठोकुवा गर्न चाहन्छु,' उनले भनिन्। उनले टीकापुर घटनालाई राजनीतिकरुपमा हेर्न सबैलाई आग्रहसमेत गरिन्। 'टीकापुर घटनालाई राजनीतिक घटनाका रुपमा लिएर जेलबन्दी बिताइरहेका सबै थारुलाई रिहाइ गर्न माग गर्दछु,' उनले भनिन्। उनले सरकार थारु कल्याणकारिणी सभाबीच भइरहेको वार्ताले सार्थकता पाओस् भनी शुभकामना पनि गरिन्। 'टीकापुर घटनामा अभियोग लगाइएका ५८ जना नै निर्दोष हुन्। सरकारले थालेको वार्ताले सार्थकता पाओस् र उनीहरुविरुद्धको झुटा मुद्दा खारेज गरियोस्,' उनले भनिन्।...
एमाले नेतृ सरिता गिरी भन्छिन्ः पार्टी प्रती वफादार, कर्मठ भएर लड्नु पर्छ

एमाले नेतृ सरिता गिरी भन्छिन्ः पार्टी प्रती वफादार, कर्मठ भएर लड्नु पर्छ

Featured, राजनीति
सप्तरी । एमाले नेतृ एवं सांसद सरिता गिरीले पार्टीप्रती वफादार भएर लड्नु पर्ने बताएकी छन् । हिजो मंगलबार जिल्लाको कंचनरुप नगरपालिका स्थितको धारापानीमा आजोजना गरिएको भेटघाट कार्यक्रममा सांसद गिरीले पार्टीप्रती वफादार भएर लड्नु पर्ने बताएकी हुन् । भेटघाट कार्यक्रममा सांसद गिरीले केही साथिहरु मन छोटो बनाएको धारणा राख्दै पर्टीमा आफ्ना अग्रजहरुको योगदान बारे जानकारी गराउँदै ‘हामी निरन्तर रुपमा पार्टी प्रती वफादार, कर्मठ भएर लड्नु पर्छ । अवस्य अगाडी बढ्छौं ।’ भनेकी छन् । सांसद गिरीले आफुहरुको सरकार (ओली नेतृत्वको सरकार)ले तीन वर्षमै धेरै प्रगति गरेको बताएकी छन् । गिरीले भनिन् ‘सम्मानिय केपी शर्मा ओली ज्युको नेतृत्वमा आएसँगै देशमा धेरै प्रगति भएको छ ।’ साथै गिरीले देशमा रोकिएका ठु-ठुल्ला योजना सुरु भएको बताएकी छन् । उनले ‘हुलाकी राजमार्ग, फस्टट्रयाक, मेलम्ची खानेपानी, सुनकोशी मनी डाएभर...
शिक्षा नीति राम्रो नभएसम्म मुलुकको समृद्धि सम्भव छैनः मन्त्री श्रेष्ठ

शिक्षा नीति राम्रो नभएसम्म मुलुकको समृद्धि सम्भव छैनः मन्त्री श्रेष्ठ

Featured, राजनीति
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रदेश २ का लागि नागरिकता, जन्मदर्ता निःशुल्क शिक्षा आदि संवैधानिक हकको कार्यान्वयनमा सरकार कटिबद्ध रहेको बताएका छन् । आसमान नेपाल र शिक्षा पत्रकार समाजले बुधबार आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले सरकारको आगामी नीति तथा कार्यक्रममा प्रदेश २ को शैक्षिक सुधारलाई प्राथमिकता दिइने बताएका छन् । विगतमा प्रदेश २ को शिक्षा विकासमा गरिएका पहलको समीक्षा गर्दै उनले अब कार्यक्रम तर्जुमा गर्दा स्थलगत र अनुसन्धानबाट प्राप्त सुझावलाई सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरे । उनले भने ‘एक्काइसौं शताब्दीको गुणस्तरीय शिक्षाका लागि योजना र कार्यान्वयन बनाउन आवश्यक छ । शिक्षा नीति ठीक नभएसम्म मुलुकको समृद्धि सम्भव छैन भन्नेमा हामी स्पष्ट छौं ।’ परियोजनाले बालश्रम मुक्त गर्ने, शतप्रतिशत विद्यार्थीलाई ...
सरकारले सर्वोच्च अदालतको आदेश मानेन : गुरुङ

सरकारले सर्वोच्च अदालतको आदेश मानेन : गुरुङ

section, राजनीति
काठमाडौँ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले सरकारले सर्वोच्च अदालतको फैसला नमानेको बताएका छन् । बुधबारको संसद बैठकमा प्रमुख सचेतक गुरुङले सर्वोच्चको फागुन ११ गतेको फैसलाबाट संसद् विघटन बदर भएपनि सरकारको मनस्थिति नबदलिएको बताए । सरकार फेरि पनि संसद् भंग गरेर मध्यावधि निर्वाचनमा जाने सोचमा रहेको उनको भनाइ छ । ‘सरकार पुस ५ गतेकै मनस्थितमा छ । सरकारले सर्वोच्च अदालतको फैसला मानेकै छैन । फेरि पनि संसद् भंग गरेर देशलाई मध्यावधि निर्वाचनमा लैजाने मनस्थितिमा छ,’ उनले भने । संसद् पुनःस्थापना भए पछि सरकार स्वतः कामचलाउ भइसकेको अवस्थामा सरकारले त्यो कुरा स्वीकार नगरेको उनको दाबी छ । ‘सरकार स्वतः काम चलाउ भइसक्यो । सर्वोच्च अदालतको फैसलाबाट संसद पुनःस्थापना भएको हो। सरकारको पुनःस्थापना भएको होइन । सरकारले सदनलाई विजनेश दिएको छैन,’ उनले भने । ‘सर्वोच्चको फैसलाले दल विभाजन गरेको छ । दल विभा...
सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादी

सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादी

Featured, राजनीति
काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । सरकारलाई दिएको समर्थन एक दुई दिनमै फिर्ता लिने तयारी पार्टीले गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । शीर्ष नेताको बैठक बसेर समर्थन फिर्ता लिनेबारे टुंगोमा पुगिने प्रवक्ता श्रेष्ठको भनाइ छ । उनकाअनुसार यसै विषयमा छलफल गर्न माओवादीका शीर्ष नेताको बैठक बस्दै छ । समर्थन फिर्ता लिने विषयमा आज बिहान पनि एक चरण छलफल भएको थियो । आज दिउँसो पनि छलफल गरेर एक दुई दिनमै टुंगो लगाउने बताइएको छ। सत्ता समीकरणका विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजावादीका नेता डा. बाबुराम भट्टराईसँग छलफल गरेका थिए ।...
म्यानमारमा सैन्य ‘कू’ : अखिल क्रान्तिकारीद्वारा दूतावास घेराउ

म्यानमारमा सैन्य ‘कू’ : अखिल क्रान्तिकारीद्वारा दूतावास घेराउ

राजनीति
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले नेपालस्थित म्यानमारको राजदूतावास घेराउ गरेको छ। आज अखिल क्रान्तिकारीले जुलुस सहित ललितपुरको भैँसेपाटीमा रहेको नेपालको लागि म्यानमारको राजदूतावास घेराउ गर्दै सैन्य शासन विरुद्ध ज्ञापन पत्र बुझाएको हो। म्यानमारको जनताको पक्षमा, त्यहाँको स्वतन्त्रताको पक्षमा, त्यहाँको प्रजातन्त्रको पक्षमा र सैन्य दमनको विरुद्धमा दुतावास घेराउ र ज्ञापन पत्र बुझाइएको क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले बताए। गत माघ १९ गतेको ‘सैन्य कू’ पछि म्यानमारमा दैनिक सरकारविरुद्ध विरोध प्रदर्शन भइरहेको छ भने हालसम्म ५ सय भन्दा बढीको ज्यान गइसकेको छ।...
विश्वासको मत लिन कर्णालीका मुख्यमन्त्रीलाई प्रदेश प्रमुखको पत्र

विश्वासको मत लिन कर्णालीका मुख्यमन्त्रीलाई प्रदेश प्रमुखको पत्र

Featured, राजनीति
सुर्खेत । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत लिनका लागि ध्यानाकर्षण गराएका छन्। कलौनीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पठाएको पत्रमा नेकपा एमाले संसदीय दलले दिएको समर्थन फिर्ताबारे ध्यानाकर्षण गराइएको छ। एमालेले मुख्यमन्त्री शाहीलाई दिएको समर्थन चैत ४ गते फिर्ता लिएको थियो। तर माधव समूहमा रहेका केही प्रदेशसभा सदस्यहरुले भने समर्थन कायमै रहेको बताएका थिए। पछिल्लो समय माधव समूह पनि शाही सरकार ढाल्न सहमत भएको बुझिएको छ। प्रदेश प्रमुखको कार्यालयबाट मुख्यमन्त्री शाहीलाई पठाइएको पत्रमा चैत ५ देखि लागू हुने गरी मुख्यमन्त्रीमाथि समर्थन फिर्ता गर्नेबारेको एमाले प्रदेशसभा संसदीय दलको पत्र ५ गते जानकारी गराइसकिएकोमा प्रदेश प्रमुखको आदेशानुसार नेपालको संविधानको धारा १८८ को उपधारा (२०) मा ध्यानाकर्षणपत्र प्रेषित गरिएको उल्लेख छ। संविधा...