राजनीति

प्रतिनिधिसभा सदस्य जानकीदेवी रामले लिईन् शपथ

Featured, राजनीति
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले गोलबजार नगरपालिका–१ सिरहाकी जानकीदेवी रामलाई प्रतिनिधिसभा सदस्यको पद तथा गोपनियताको सपथ गराएका छन् । सभामुख सापकोटाले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आज आयोजित कार्यक्रममा उनलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । नेकपा (एमाले) की सानु शिवाको निधनपछि रिक्त समावेशी दलित कोटामा उनी निर्वाचित भएका थिए । सांसद शिवाको गत असोज २८ गते निधन भएपछि समानुपातिकतर्फको पद रिक्त भएको थियो । निर्वाचन आयोगले उहाँ समावेशी दलित कोटामा निर्वाचित भएको जानकारी यही चैत १९ गते संसद् सचिवालयलाई जानकारी गराएको थियो । संसद्को पहिलो बैठकमा भाग लिनुअघि सभामुखबाट शपथ लिनुपर्ने संवैधानिक व्यवस्था छ । कार्यक्रममा सभामुख सापकोटाले संघीय सांसद, प्रतिनिधिसभाको प्रतीक चिह्न ९लोगो० प्रदान गरी सफल कार्यकालका लागि बधाई ज्ञापन गरेका थिए ।-रासस...
नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक स्थगित

Featured, राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक स्थगित भएको छ । आज विहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने तय भएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक स्थगित भएको हो । केन्द्रीय कार्यालय पेरिसडाँडाका सचिव श्रीराम ढकालले केही नेताहरु काठमाडौं उपत्यका बाहिर रहेकाले बैठक स्थगित गरिएको जनाएका छन् । उनका अनुसार बैठकको अर्को मिति तोकिएको छैन । स्थायी कमिटी बैठकमा सत्ता गठबन्धन,एमालेमा गएका नेतामाथि कारबाहीलगायतका एजेन्डा थिए ।...
‘पार्टी कसैले विभाजन गर्न सक्दैन, हाम्रो पार्टी एक रहन्छ’

‘पार्टी कसैले विभाजन गर्न सक्दैन, हाम्रो पार्टी एक रहन्छ’

राजनीति
नेकपा एमालेका चारजना नेताहरूलाई निलम्बन गरिएपछि उक्त दल फुट्ने बाटोमा अघि बढेको अडकल भइरहेको छ। अध्यक्ष केपी शर्मा ओलीद्वारा कारबाहीमा परेका माधवकुमार नेपाल र उनको पक्षले देशव्यापी रूपमा साङ्गठनिक संरचना तयार पार्ने घोषणा गरेका हुन्। कारबाहीको निर्णयसँगै पार्टी एकता धमिलो हुँदै गएको अनुभव भएको सुनाउँदै नेपालनिकट नेता रघुजी पन्त 'तर एकता प्रयत्न जारी राख्नेू बताउँछन्। कतिपयले त्यसलाई नयाँ दल खोल्ने अभ्यासको रूपमा हेरेका छन्। तर पन्त उनी भन्छन्, 'अन्याय सहदैनौँ, अन्यायको अगाडि झुक्दैनौँ, तर एकताको निम्ति हाम्रो सङ्घर्ष जारी रहन्छ, तुरुन्तै पार्टी बनाउने सोचेका छैनौँ।' त्यसको निम्ति देशव्यापी रूपमा कार्यकर्ताहरूलाई सङ्गठित गर्ने उनको भनाइ छ। एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीनिकट नेता तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेपालको समूह दबाव दिने नीतिमा लागेको हुनसक्ने अ...
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

Featured, राजनीति
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ । पार्टी कार्यालय सानेपामा आज दिउँसो २ बजे नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो । बैठकमा उपसभापति विमलेन्द्र निधिले अरु दलबाट आएकाहरुको समायोजन र महामन्त्री पूर्णबहादुर खड्काले क्रियाशील सदस्यता छानविनका लागि समय थप गर्न महाधिवेशनको कार्यातालिकालाई हेरफेरसम्बन्धी प्रस्ताव पेस गर्ने औपचारिक एजेण्डा रहेको छ । माओवादी केन्द्रले कांग्रेसको नेतृत्वमा सरकार गठनको प्रस्ताव राखेको छ भने जनता समाजवादी पार्टी (जसपा) विभाजित देखिन्छ । डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष कांग्रेस, माओवादी र जसपा गठबन्धन बनाउने पक्षमा छन् भने महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष प्रधानमन्त्री ओलीसँग निरन्तर सम्वादमा छन् । स्रोतकाअनुसार आजको केन्द्रीय कार्यसमिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले यसमा नयाँ प्रस्ताव ...
संसदको चालु अधिवेशन चैत्र २३ मा अन्त गर्ने सरकारको तयारी

संसदको चालु अधिवेशन चैत्र २३ मा अन्त गर्ने सरकारको तयारी

Featured, राजनीति
काठमाडौं । प्रतिनिधि सभाको चालु अधिवेशन सरकारले अन्त गर्ने तयारी गरेको छ । संसदको चालु अधिवेशन सरकारले चैत्र २३ गते अन्त गर्ने तयारी गरेको जनाएइको हो । मन्त्रिपरिषदको बैठकद्वारा निर्णय गराएर आगामी हप्ता अधिवेशन अन्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गर्ने तयारी भएको बुझिएको छ । मन्त्रिपरिषद्को बैठक सोही दिन बसेर अधिवेशन अन्त गर्ने तयारी भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव पनि तत्काललाई टर्ने अवस्था बनेको छ ।  ...
देशमा नैतिकवानहरुमाथि कारबाही भएको छः योगेश भट्टराई

देशमा नैतिकवानहरुमाथि कारबाही भएको छः योगेश भट्टराई

राजनीति
काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले नेपालमा विद्वान, ईमान्दार र नैतिकवानहरुमाथि कारबाही भएको बताएका छन् । समाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै नेता भट्टराईले नेपालमा विद्वान, ईमान्दार र नैतिकवानहरुमाथि कारबाही भएको बताएका हुन् । उनले घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बन गर्ने निर्णय भद्दा मजाक भएको टिप्पणी गरेका छन् । ट्वीटरमा भट्टराईले ‘ऋृषिमुनी र वुद्धको ज्ञान भूमि अनि मार्क्सवादको उर्वर भूमि नेपालमा आजकालस् विद्वान, ईमान्दार र नैतिकवानहरुमाथि कारबाही हुन्छ । मुर्ख, भ्रस्ट र अनैतिकहरु पुरस्कृत हुन्छन् । कमरेड घनश्याम र सुरेन्द्रजीमाथि त्यस्तै भद्दा मजाक गरिएको छ ।’लेखेका छन् ।...
प्रचण्डले सर्वोच्च अदालतमा दर्ता गराएको पुनरावलोकन मुद्धा अस्विकार

प्रचण्डले सर्वोच्च अदालतमा दर्ता गराएको पुनरावलोकन मुद्धा अस्विकार

Featured, राजनीति
काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने आफ्नो फैसलामा पुनरावलोकनको अनुमति अस्विकार गरेको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकता बदर गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पूनरावलोकन गर्न गरेको माग सर्वोच्च अदालतले अस्विकार गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको पूर्ण इजलासले चैत्र १७ गते प्रचण्डले दर्ता गराएको पुनरावलोकन सम्बन्धी मुद्धामा अनुमति नहुने आदेश दिएको हो ।...
सरकारलाई दिएको समर्थन नेकपा (माओवादी केन्द्र) ले तत्काल फिर्ता नलिने

सरकारलाई दिएको समर्थन नेकपा (माओवादी केन्द्र) ले तत्काल फिर्ता नलिने

Featured, राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन नेकपा (माओवादी केन्द्र)ले तत्काल फिर्ता नलिने भएको छ । आज बसेको पार्टीको स्थायी कमिटीले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन नेकपा (माओवादी केन्द्र)ले तत्काल फिर्ता नलिने भएको हो नेता नारायणकाजी श्रेष्ठले दिएको जानकारी अनुसार पार्टीको स्थायी कमिटीले अझै एक/दुई दिन समय लिएर आधिकारिक निर्णय लिईने छ । साथै नेता श्रेष्ठले वर्तमान सरकारलाई आफूहरुको समर्थन नरहेको जिकिर पनि गरेका छन् । त्यस्तै, श्रेष्ठले ओली नेतृत्वको वर्तमान सरकारलाई समर्थन दिने कि नयाँ सरकार बनाउने भन्नेमा प्रष्ट हुन नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलाई आग्रह समेत गरेका छन् । उनले आफ्नो पार्टीको लाईन प्रष्ट रहेको भन्दै ओली सरकारलाई विस्थापित गर्न चाहेको जनाए । बैठकमा पार्टीको सांगठानिक संरचना कसरी बलियो बनाउने भन्नेबारे छलफल भएको पनि उनले जनाए ।...
बिमस्टेक मन्त्रीस्तरीय बैठक आज बस्दै

बिमस्टेक मन्त्रीस्तरीय बैठक आज बस्दै

Featured, राजनीति
काठमाडौं । बङ्गालको खाडीको पहल बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोग (बिमस्टेक)को मन्त्रीस्तरीय बैठक बस्ने भएको छ । बैठक आज अपराह्न ३ बजे बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोग (बिमस्टेक)को मन्त्रीस्तरीय बैठक बस्ने भएको हो । बैठक भर्चुअल रूपमा बस्ने तय भएको छ । मन्त्रीस्तरीय बैठक श्रीलङ्काले आयोजना गर्नेछ । नेपालका तर्फबाट परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेतृत्व गर्ने कार्यक्रम रहेको छ । उनीसँग अन्य विभिन्न मन्त्रालयका मन्त्री तथा उच्चाधिकारी सहभागी रहने जनाएको छ । बैठकले भर्चुअल रूपमा बस्ने मन्त्रीस्तरीय बैठकको एजेन्डा तथा संयुक्त वक्तव्यमा सम्बोधन हुने विषयवस्तुसमेत तय गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।...
‘संसद् बैठक सामान्य एजेन्डामा मात्रै सीमित’, सभामुखमार्फत सांसदहरूले गराए सरकारको ध्यानाकर्षण

‘संसद् बैठक सामान्य एजेन्डामा मात्रै सीमित’, सभामुखमार्फत सांसदहरूले गराए सरकारको ध्यानाकर्षण

राजनीति
काठमाडौं । सत्तारूढ दलका सांसदहरूले सरकारले मुलुकको विकासका निम्ति चरणबद्ध उपलब्धिमूलक काम गरिरहेको भए पनि विरोधका लागि विरोध मात्रै गरिरहने परिपार्टी विकास भएको गुनासो गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनीहरूले सरकारले गरेका अति महत्वपूर्ण काम नदेख्ने, विरोधका लागि मात्रै विरोध गर्ने परिपार्टी त्यागेर सरकारले गरेका राम्रा कामका पक्षमा पनि बोल्नुपर्ने बताए । नेपाल कम्युनिष्ट पार्टीका सांसद शान्ता चौधरीले सरकारले गरेका राम्रा कामको फलस्वरुप मुलुक कृषिमा आत्मनिर्भरतातर्फ उन्मुख, औद्योगिक ग्रामको स्थापना, सामाजिक सुरक्षा भत्ता र कोरोनाको खोपको सहज व्यवस्थापन गर्न सफल भएको भन्दै उनले सरकारलाई धन्यवाद दिइन् । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले हालै बडिगाउँपालिकामा घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानूनी कार्वाही तथा घाइतेको उपचारको व्यवस्था मिलाउन स...