राजनीति

कर्णाली प्रदेशमा नेकपाका मन्त्रीहरुले दिए राजीनामा

कर्णाली प्रदेशमा नेकपाका मन्त्रीहरुले दिए राजीनामा

Featured, राजनीति
काठमाडौं । कर्णाली प्रदेशमा नेकपा एमालका तीन जना मन्त्रीहरुले राजीनामा दिएका छन् । प्रदेश सरकामा सहभागि एमालेका तीन जना मन्त्रीहरुले मंगलवार पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गरेका हुन् । मन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले आज आर्थिक मामिला मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामा बुझाएका छन् । यसअघि एमाले संसदीय दलको बैठकले मन्त्रीहरुले राजीनामा दिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार मन्त्रीहरुले राजीनामा दिएका छन् ।...
सत्तापक्षको प्रतिरक्षा, प्रतिपक्षको आरोप

सत्तापक्षको प्रतिरक्षा, प्रतिपक्षको आरोप

राजनीति
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसदहरूले सरकारले स्वाधीनता, विकास र समृद्धिका यात्रामा तीन वर्षमा ऐतिहासिक उपलब्धि हासिल गरेको बताएका छन् । प्रतिनिधिसभाको आजको विशेष समयमा भाग लिँदै नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले सरकारका काम कारवाहीको प्रतिरक्षा गर्दै पछिल्ला उपलब्धिको प्रशंसा गर्नाका साटो विरोधका लागि विरोधमात्र गरेको बताएका हुन् । उनले भने, “वर्तमान सरकार बन्नु अघिसम्म राजनीतिमा मात्रै सीमित छ, राष्ट्रिय विकास र स्वाभिमान एजेन्डा बनेको थिएन, बाटा, सिँचाइ, विद्यालय, पुल मात्रै होइन, समृद्ध नेपाली र सुखी नेपालीको राष्ट्रिय अभियान ठीक ढङ्गबाट अघि बढिरहेको छ ।” सत्य विनाको राजनीतिले सही गन्तव्यमा पुग्न नसक्ने बताउँदै उनले मुलुकलाई विकासको मार्गतर्फ उन्मुख नगराउने हो भने राजनीतिक दल हुनको के अर्थ रह्यो भए। पूर्वमन्त्री बाँस्कोटाले भने, “विकास र समृद्धिको य...
‘यही अवस्था रहिरहेयो भने एमालेको अन्तिम प्रधानमन्त्री ओली नै रहनेछ’

‘यही अवस्था रहिरहेयो भने एमालेको अन्तिम प्रधानमन्त्री ओली नै रहनेछ’

राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले प्रधानमन्त्री केपी शर्मा ओली नेकपा (एमाले) बाट अन्तिम प्रधानमन्त्री ओली नै रहने बताएका छन् । सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद कँडेलले यही अवस्था रहिरहेयो भने प्रधानमन्त्री ओली नेकपा एमालेको तर्फबाट अन्तिम प्रधानमन्त्री ओली नै रहने बताएका हुन् । २०७४ सालको निर्वाचनका बेला गोरखाको पालुङटारमा वर्तमान प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसबाट शेरबहादुर देउवा नै अन्तिम प्रधानमन्त्री भनेर बोलेको कुरालाई स्मरण गर्दै अब एमालेबाट अन्तिम प्रधानमन्त्री ओली नै रहने बताएका छन् । उनले भने,'जुन शब्दमा गोरखामा उहाँले भन्नुभयो, त्यही शब्दमा भन्ने हो भने, यही अवस्था रहिरहेमा सायद एमालेको अन्तिम प्रधानमन्त्री केपी ओली नै रहनेछन् ।’...
‘बालुवाटारबाट १६५ सडक शिलान्यास नौटंकी हो’

‘बालुवाटारबाट १६५ सडक शिलान्यास नौटंकी हो’

राजनीति
काठमाडौं । नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट १६५ सडक शिलान्यास गर्नुलाई नौटंकीसंज्ञा दिएकी छन् । सोमबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्‍दै सांसद शाहीले प्रधानमन्त्री ओली तयारीबिनै बालुवाटारबाट १६५ निर्वाचन क्षेत्रका रणनीतिक सडक शिलान्यास गर्नुलाई नौटंकीको संज्ञा दिएकी हुन् । शाहीले अति महत्त्वपूर्ण विधेयक थन्क्याउने तर महिला हिंसाविरुद्धको विधेयक ल्याउन नदिएको भनेर प्रधानमन्त्रीले ढाँटेको उनले बताइन् । ‘प्रधानमन्त्रीले तयारीबिनै बालुवाटारबाट स्वीच थिचेर सडक शिलान्यास गर्नुहुन्छ, प्रधानमन्त्रीज्यू यो त नौटंकी नै हो’, सांसद शाहीले भनिन् ।...
नेपालका राजनीतिक पार्टीहरु आखिर के चाहन्छन् ? बाँस्कोटाको यस्तो प्रश्न

नेपालका राजनीतिक पार्टीहरु आखिर के चाहन्छन् ? बाँस्कोटाको यस्तो प्रश्न

राजनीति
काठमाडौं । नेकपा (एमाल) का सांसद गोकुल प्रसाद बाँस्कोटाले नेपालका राजनीतिक पार्टीहरु आखिर के चाहन्छन् ? भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद बाँस्कोटाले यस्तो प्रश्न गरेका हुन् । उनले प्रधानमन्त्री ओलीले परिस्थितिको सही मूल्यांकन र विश्लेषण गरेर नै ताजा जनादेशमा जाने निर्णय गरेको र अहिले उक्त निर्णय सही सावित भएको पनि जिकिर गरेका छन् । उनले भने केपी शर्मा ओली नेतृत्वको सरकार बन्नुअघिसम्म नेपालको राजनीति राजनीतिमा मात्रै केन्द्रित रहेको भएपनि सरकार बनेपछि विकास र समृद्धि प्राथमिकतामा परेको स्पष्ट पारे । साथै उनले वर्तमान सरकारले पूर्वाधारको विकासमा ध्यान दिएको विश्वास पनि दिलाए । उनले भने,‘यत्तिकै विरोधको लागि विरोध गरिने कुराले हामी सही गन्तव्यमा पुग्न सक्दैनौं । त्यसकारण तथ्यतर्फ जाऔं । विकास नगर्ने हो भने दलको आवश्यकत्ता किन ?’ उनले आफूहरु...
संसदलाई बिजनेस नदिएर सरकारले के सन्देश दिन खोजेको सांसद श्रेष्ठले गरिन् यस्तो प्रश्न

संसदलाई बिजनेस नदिएर सरकारले के सन्देश दिन खोजेको सांसद श्रेष्ठले गरिन् यस्तो प्रश्न

Featured, राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद शशी श्रेष्ठले सरकारमाथि गम्भिर आरोप लगाएकी छन् । आज प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले सरकारले बिजनेस नदिएर संसदलाई काम गर्न नसकेको देखाउन खोजेको गम्भिर आरोप लगाएकी हुन् । उनले सरकारकै कारण संसद अहिले काम गर्न नसक्ने अवस्थामा पुगेको बताइन् । ‘सरकारले विजनेस नदिएर संसदले काम गर्न सक्दैन भन्ने सन्देश दिन खोजरिहेको छ’ उनले भनिन्, ‘के को लागि सन्देश दिन खोजेको ?’ संसदको अनादर गर्ने हो भने अर्को जनादेशबाट संसद निर्वाचित भए पनि काम गर्न नसक्ने श्रेष्ठले बताइन् । ‘अर्को जनादेशबाट आएको संसदमा पनि यही खालको गतिविधि गर्ने हो भने देश कसरी अगाडि बढ्छ रु’ उनले प्रश्न गरिन् ।...
प्रदेश १ का मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिंदै

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिंदै

Featured, राजनीति
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्ताव फिर्ता लिने भएको छ । आज दिउँसो २ बजे बस्ने प्रदेश १ को प्रदेशसभाको सातौं हिउँदे अधिवेशनको चौथो बैठकबाट मुख्यमन्त्री राईविरुद्ध सो प्रस्ताव फिर्ता लिने भएको हो । गत पुस १२ गते तत्कालीन नेकपाको माधव नेपाल र प्रचण्ड समूहका ३७ जना सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका थिए । तर सर्वोच्च अदालतले माओवादी केन्द्र र एमालेलाई पुरानै अवस्थामा फर्काइदिएपछि चैत १७ गते माधव नेपाल समूहले प्रस्ताव फिर्ता लिएको थियो । अविश्वासको प्रस्ताव पास नहुने अवस्था आएपछि माओवादी केन्द्रले बैठकबाट नै फिर्ता लिने भएको छ । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोका अनुसार आज बस्ने बैठकमा प्रस्तावक र समर्थकको सम्बोधनपछि प्रस्ताव फिर्ता लिने जनाएको छ ।...
कसको समर्थनमा जसपा ?

कसको समर्थनमा जसपा ?

Featured, पत्रपत्रिका, राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर सत्ता समीकरणको राजनीतिमा तानातानमा परेका छन्। सत्ता टिकाउन प्रधानमन्त्री केपी शर्मा ओली र नयाँ सरकारको नेतृत्व दाबी गरेको नेपाली कांग्रेसले जसपालाई आआफ्नो कित्तामा उभ्याउन वार्ता गरिरहेका छन्। माओवादी केन्द्रले पनि ठाकुरसँग संवाद जारी राखेको छ। यसैक्रममा आइतबार ठाकुरसँग नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले भेट गरेका छन्। पौडेल ठाकुरलाई भेट्न आइतबार बिहान उनको निवास सानोठिमी पुगेका थिए। नयाँ सरकार निर्माणमा नेपाली कांग्रेस र जसपा एक ठाउँमा उभिनुपर्ने कुरा भेटमा पौडलले बताएका थिए। पौडेलले कांग्रेसले प्रधानमन्त्री ओलीको राजीनामा मागेको र उनलाई जतिसक्दो चाँडो हटाउनु पर्ने बताएका थिए। ठाकुर निकट जसपाका नेता डा.सुरेन्द्र झाले पौडेलले नयाँ सरकार निर्माणको विषयमा कुराकानी गरेको जानकारी दिए। पौडेलले शेरबहादुर देउवाबाहेक अर्क...

अध्यक्ष ठाकुर र नेता पौडेलबीच भेटवार्ता

Featured, राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् । ठाकुर निवास हात्तिवनमा आज विहान नेता पौडेलले अध्यक्ष ठाकुरसँग भेटवार्ता गरेका हुन् । उक्त भेटवार्तामा उनीहरुबीच करिब आधा घण्टा सत्ता सहकार्यको विषयमा छलफल भएको जनाईएको छ । स्रोतकाअनुसार नेता पौडेलले कांग्रेस, नेकपा (माओवादी कैन्द्र) र जसपा मिलेर सरकार बनाउनुपर्ने प्रस्ताव राखेका थिए । तर, जवाफमा ठाकुरले कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने भनेर गरेको निर्णयमा आफ्नो असन्तुष्टि पोखेका थिए । उनले त्यो निर्णय लिनुभन्दा पहिले आफूहरुसँग सहमति गर्नुपर्दैन थियो ? भन्ने प्रश्न राखेको पनि स्रोतले जनाएको छ । तर, जसपाभित्र अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई भने ओलीसँग सहकार्य गर्न नहुने अडानमा छन् । माओवादी केन्द्रले स...

ओलीले लगाइरहेको फूर्तिको काम छैनः माधवकुमार नेपाल

Featured, राजनीति
काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भिर आरोप लगाएका छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता नेपालले प्रधानमन्त्री ओलीले नवौं महाधिवेशनमा षड्यन्त्र गरेर जितेको आधारमा फूर्ति लगाइरहेको आरोप लगाएका हुन् । नेता नेपालले भने ‘त्यो फूर्तिको काम छैन ।’ उनले भप्दै विचार र इतिहासले आफ्नो समूह आधिकारिक एमाले भएको जिकिर गरेका छन् । उनले विगतको कोअर्डिनेसन केन्द्र र नेकपा मालेको अधिकांश नेता आफूहरुतर्फ रहेको भन्दै आधिकारिकता दावी गरे । ‘कब्जा गर्नु बेग्लै कुरा हो । विचार र इतिहासले निर्देशित गर्ने बेग्लै हो’ उनले भने, ‘हामी आधिकारिक हौं, विचारले, सिद्धान्तले र इतिहासले पनि यही भन्छ ।’ नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीले कारबाही गर्दैमा नहुने पनि बताए । ‘केपी ओलीले फाले फालिने मान्छे हो रु उनले ल्याएर आएका हौं रु’ उनले भने ‘हामीले आन्दोल...