एमाले संसदीय दल बैठक : झलनाथ र वामदेव बालुवाटार गए माधव गएनन्

काठमाडौं ।  नेकपा एमाले संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ । पार्टीमा चर्किएको विवादबीच वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुसहित बालुवाटारमा बैठक सुरु भएको हो।

बालुवाटारमा बसेको संसदीय दल बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीमबहादुर रावल अनुपस्थित भएका छन्। तर बैठकमा अर्का वरिष्ठ नेता झलनाथ खनाल र वामदेव गौतम भने सहभागी भएका छन्।

आजै बसेको माधव नेपाल पक्षका सांसदहरुको बैठकले बालुवाटार जाने निर्णय लिएको थियो। बैठकमा सांसद सुरेन्द्र पाण्डे पनि पुगेका थिए। तर उनले आफू नोट अफ डिसेन्ट लेखेर बाहिरिएको बताएका छन्।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.