देउवालाई दबाब दिँदै पौडेल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकटका नेताहरूको भेला बोलाएका छन् । पौडेल निवास बोहराटारमा आज दिउँसो पौडेलले भेला राखेका हुन् ।

पौडेलले महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता अर्जुननरसिंह केसी, रामशरण महत, मिनेन्द्र रिजाल लगायतका नेतालाई छलफलमा बलाएको बताइएको छ ।

सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक नबोलाएको, प्रधानमन्त्री केपी शर्मा ओली सरकार ढाल्न अग्रसरता नदेखाएको तथा १४ औं महाधिवेशन तयारीका लागि गर्नुपर्ने कामहरू नभएकोमा ध्यानाकर्षण गराउन बैठक बोलाइएको एक नेताले बताए ।

गत साता पौडेलले महामन्त्री शशांक कोइराला निवासमा आफू निकटका नेताहरूको भेला गरेर प्रधानमन्त्रीबाट ओलीको विकल्प खोज्नुपर्ने बताएका थिए ।

सभापति देउवाले भने अझै परिस्थिति परिपक्व नबनेको बताउँदै आएका छन् । एमालेमा ओली र माधव नेपालको लफडा, माओवादी केन्द्र र जसपाको संस्थागत निर्णयपछि मात्र ओलीको विकल्पबारे प्रष्ट चित्र देखिने देउवाको भनाइ छ ।

उनले परिस्थिति अनुकूल भइनसकेको र संसदमा अझै पनि ओली बहुमतमा रहेको बताउने गरेका छन् ।

देउवामाथि थप दवाव बढाउनका लागि पौडेल समूह एक ठाउँमा जुटेको स्रोतको भनाइ छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.