पूर्वएमाले र पूर्वमाओवादी अलगअलग भएर जाने : प्रचण्ड–माधव समूह

काठमाडाैं । प्रचण्ड–नेपाल स्थायी समितिको बैठकले पूर्वएमाले र पूर्वमाओवादी अलग अलग भएर जाने निर्णय गरेको छ।

पेरिसडाँडामा आज बसेको यो समूहको बैठकले यस्तो निर्णय गरेको हो। बैठकबारे जानकारी गराउँदै वरिष्ठ नेता झलनाथ खनालले आआफ्नो पार्टीबाट रहेर एकताका लागि पहल गर्ने निष्कर्ष बैठकले निकालेको बैठकपछि बताए।

अब एमाले र माओवादी केन्द्र आफ्नोआफ्नो हिसाबले अघि बढ्ने भएका छन्। खनालले भने, ‘अदालतको फैसला राजनीतिक भयो, यसमा हाम्रो असहमति छ। तर फैसला मान्नैपर्यो,’ बैठकबाट फर्किंदै खनालले भने, ‘फेरि भेटौंला।’

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.