राजनीति

संवैधानिक इजलास गठन: प्रधानन्यायाधीशले छाने चार न्यायाधीश

संवैधानिक इजलास गठन: प्रधानन्यायाधीशले छाने चार न्यायाधीश

Featured, राजनीति
काठमाडौं । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक इजलास गठन गरेका छन् । प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा सुनुवाइका लागी संवैधानिक इजलास गठन गरिएको हो । न्यायाधीशहरु दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई इजलासमा राखिएको छ । संवैधानिक इजलासमा प्रधान न्यायाधीश सहित ५ जना न्यायाधीश हुन्छन् । प्रधान न्यायाधीशले आफूसहित रोष्टरमा रहेका सिनियर न्यायाधीश मध्येबाट इजलास गठन गर्ने कानुनी व्यवस्था छ । प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा शुक्रवारबाट संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ । बिहिबार प्रधान न्यायाधीशको एकल बेन्चले १९ वटा रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश गरेको थियो । विपक्षी गठबन्धनका नेता शेरबहादुर देउवासहित १ सय ४६ जना सांसदले संसद पुनः स्थापना गरेर शेर बहादुर देउवालाई प्रधानमन्त्री घोषण गर्न माग गर्दै संवैधानिक इजलासमा सुनुवाइ ...
सरकारले जनताकै जीवन रक्षा गर्न ३ /४ सय पर्ने सिलिन्डरलाई ५० हजार तिरेको छ : प्रधानमन्त्री ओली

सरकारले जनताकै जीवन रक्षा गर्न ३ /४ सय पर्ने सिलिन्डरलाई ५० हजार तिरेको छ : प्रधानमन्त्री ओली

Featured, राजनीति
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीबाट मानवलाई सुरक्षित बनाउन सरकार प्रयासरत भएको बताएका छन्। आज राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ स्थापना दिवसका अवसरमा आयोजित भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले नागरिकको जीवन बचाउनका लागि निरन्तर प्रयास गरिरहेको बताए । ‘महामारीलाई ध्यानमा राखेर मानिसको बाँच्न पाउने र स्वास्थ्य अधिकारको रक्षा कसरी गर्ने भन्ने विषयमा सरकार सजग छ’, प्रधानमन्त्री ओलीले भने, ‘सरकार लागिरहेको छ, जनताको ज्यान सबैभन्दा महत्वपूर्ण हो ।’ ओलीले नागरिककै जीवन रक्षाका लागि रु ३००/४०० पर्ने अक्सिजन सिलिण्डर चीनबाट एउटैलाई ५० हजार तिरेर ल्याइएको र खोप उत्पादन गर्ने देश नभए पनि भारतपछि नेपालले लगाउन पाएको दावी गरे। प्रधानमन्त्री ओलीले कसैको पनि मानव अधिकारको हनन हुन नपाओस् भनेर स्थापनाकालदेखि नै मानव अधिकार आयोगलाई स्वतन्त्र र स्वायत्त ढंगले काम गर्न दिनका ल...
‘महामारीका बेला सडकमा जाँदैनौं, अदालतले न्याय दिन्छ’

‘महामारीका बेला सडकमा जाँदैनौं, अदालतले न्याय दिन्छ’

Featured, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले आफूहरुलाई न्याय दिने विश्वास व्यक्त गरेका छन् । नेपाल प्रेस युनियनको ३० औं वार्षिक उत्सवको अवसरमा बिहीबार अनलाइन माध्यमबाट सम्बोधन गर्दै उनले राष्ट्रपतिले मध्यरातमा असंवैधानिक रुपमा संसद विघटन गरेकाले आफूहरु न्याय खोज्न अदालत जानुपरेको बताए । देउवाले संसद विघटनविरुद्ध सडक आन्दोलनमा भने नजाने बताए । १४९ जना सांसदको हस्ताक्षरसहित देउवाले प्रधानमन्त्रीमा दावी गरे पनि राष्ट्रपतिले केही सांसदको समर्थन दोहोरो परेको भन्दै नियुक्ति दिन अस्वीकार गरेकी थिइन् । देउवाले सांसदको हस्ताक्षरमा विश्वास नलागे परीक्षण गर्नुपर्नेमा संसद विघटनलाई सहज बनाइदिएको दावी गरे । ‘यदि विश्वास नलागे राष्ट्रपतिले मान्छे बोलाएर हो कि होइन भन्न सक्नुहुन्थ्यो’ उनले भने राष्ट्रपतिले संसद विघटन गर्ने प्रधानमन्त्रीको निर्णयमा साथ द...
१९ रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश

१९ रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश

राजनीति
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पूर्ण एकल इजलासले प्रतिनिधिसभा विघटनसँग सम्बन्धित १९ रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश गरेका छन् । बिहीबार पूर्ण एकल इजलासको सुनुवाइपछि सबै रिटलाई उनले पूर्ण इजलासमा पठाउने निर्णय गरेका हुन् । संवैधानिक इजलास शुक्रबार बस्नेछ ।
मुख्यमन्त्री पोखरेलले भने- माधव पक्षको विद्रोह आत्मघाती हो

मुख्यमन्त्री पोखरेलले भने- माधव पक्षको विद्रोह आत्मघाती हो

section, राजनीति
बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा एमाले नेता शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको दोस्रो पटकको संसद विघटनको बचाउ गरेका छन् । आज एमाले नेता पोखरेलले ‘प्रतिनिधि सभा विघटन यथार्थ : मेरो दृष्टिकोण’ शीर्षकमा सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री ओलीको बचाउ गर्दै एक लामो पोस्ट गरेका छन्। फेसबुकमा मुख्यमन्त्री समेत पोखरेलले प्रधानमन्त्री ओलीले विभिन्न कारणले प्रतिनिधि सभा विघटन गर्नुपर्ने अवस्था आएको दावी गर्दै आफ्नै पार्टीका नेता माधवकुमार नेपाललगायतको विद्रोहलाई वैधानिक रुपमा स्थापित हुन सक्ने अवस्था नरहेको दावी समेत गरेका छन् । ‘राजनीतिक रुपमा त त्यो आत्मघाती कदम नै हो’, पोखरेलले लेखेका छन्, नेपाली कांग्रेस जस्तो संसदीय प्रणालीको पैरवी गर्ने पार्टीले दलीय व्यवस्था र संसदीय प्रणालीका विरुद्धमा आफुलाई उभ्याउने कुरा उसकै लागि पनि लज्जाको विषय हुनुपर्ने उनको भनाइ छ। उ...
बजेटमा मतदाता प्रभावित पार्ने कार्यक्रम नराख्न पूर्वप्रमुख निर्वाचन आयुक्तहरुको संयुक्त आग्रह

बजेटमा मतदाता प्रभावित पार्ने कार्यक्रम नराख्न पूर्वप्रमुख निर्वाचन आयुक्तहरुको संयुक्त आग्रह

राजनीति
काठमाडौं । निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्तहरुले सरकारलाई बजेटमा मतदाता प्रभावित पार्ने नीति तथा कार्यक्रम नराख्न आग्रह गरेका छन् । बिहीबार पाँच जना पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले सामूहिक विज्ञप्ति जारी गर्दै सरकारलाई यस्तो आग्रह गरेका हुन् । पूर्वप्रमुख निर्वाचन आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा.अयोधिप्रसाद यादव र पूर्व कार्यवाहक प्रमुख दोलखबहादुर गुरुङले ‘२०७८ कात्तिक, मंसिरमा प्रस्तावित प्रतिनिधि सभाको निर्वाचन गराउने भूमिकामा रहेको वर्तमान कामचलाउ सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा स्वच्छ, स्वतन्त्र एवम् निष्पक्ष निर्वाचनका लागि समान प्रतिस्पर्धाको सिद्धान्तभित्र रही मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्नेगरी लक्षित कुनै किसिमका नयाँ नीति कार्यक्रम वा बजेट बिनियोजन नगर्न सरकारको ध्यानाकर्षण गर्दछौं,’ वक्तव्यमा भनेका छन् । उनीहरुले यसबा...
संसद विघटनविरुद्ध परेका रिट प्रधानन्याधीशको बेन्चमा

संसद विघटनविरुद्ध परेका रिट प्रधानन्याधीशको बेन्चमा

Featured, राजनीति
काठमाडौं । संसद विघटनको विरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको बेन्चमा परेको छ । बिहीबार पेशी तोक्दा प्रधानन्यायाधीश जबराले ती रिटको सुनुवाइ आफ्नै बेन्चमा राखेका हुन् । सर्वोच्च अदालतका अनुसार अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ विहीबार (आज) हुँदैछ । संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने जेठ १४ गते शुक्रबारका लागि पेशी तोकिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६(५) बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको भन्दै संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध ३० वटा रिट दर्ता भएका छन् । संसद विघटन असंवैधानिक भएको जिकीर गर्दै र धारा ७६(५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गर्दै विपक्षी गठबन्धनका १४६ जना सांसदले पनि सर्वोच्च अदालतमा रिट दर्ता गरेक...
बारा र रौतहटमा नागरिकता अध्यादेशको पक्षमा जुलूस प्रदर्शन

बारा र रौतहटमा नागरिकता अध्यादेशको पक्षमा जुलूस प्रदर्शन

राजनीति
रौतहट । पछिल्लो समय सरकारले ल्याएको नागरिकता अध्यादेशको मधेशवासीहरुले स्वागत गरेका छ। सोही क्रममा प्रदेश २ को बारा र रौतहट जिल्लामा नागरिकता अध्यादेशको पक्षमा जुलूस प्रदर्शन भएको छ। बारा तथा रौतहट जिल्लाका सचेत एवं जागरूक नागरिकहरुले सरकारले ल्याएको नागरिकता सम्बन्धि अध्यादेशलाई अनुचित ढंगबाट विवादित बनाउनेविरुद्ध जुलूस प्रदर्शन गरेका हुन्। उनीहरुले नागरिकता अध्यादेशको जोडदार स्वागत समेत गरेका छन्। जुलुस प्रदर्शनको क्रममा सहभागीहरुले जनविरोधी देउबा-प्रचण्ड मुर्दाबाद, नेपाल सरकारको निर्णय जिन्दाबाद, मधेश विरोधी उपेन्द्र माधव मुर्दाबाद, नागरिकको भविष्यसंग खेलवाड़ गर्न-पाईदैन, नागरिकता विरोधी नेता-चाहिदैन, ओली सरकार-जिन्दाबाद, राष्ट्रीय एकता-जिन्दाबाद, आफ्नै देशमा शर्णार्थी बनाउन-पाईदैन लगायतको नाराहरु लगाएका थिए । नेपालको नागरिकता प्राप्त नागरिकका सन्तानलाई नागरिकता दिने उद्देश्यले आएको अध...
सुदूरपश्चिम संसदीय दलले केन्द्रको निर्देशन मानेन, ओलीलाई लाग्यो झट्का!

सुदूरपश्चिम संसदीय दलले केन्द्रको निर्देशन मानेन, ओलीलाई लाग्यो झट्का!

Featured, राजनीति
धनगढी । सुदूरपश्चिम प्रदेश सभाको नेकपा एमाले संसदीय दलको बैठकले प्रदेशमा एमालेले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ। यसअघि गत सोमबार एमाले स्थायी कमिटी बैठकले माओवादी नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । उक्त निर्णयमाथि छलफल गर्न आज बसेको प्रदेश संसदीय दलको बैठकले अहिलेको अवस्थामा सरकारलाई दिएको समर्थन यथावत् राख्ने निर्णय गरेको सांसद अमर साउदले जानकारी दिए । बैठकमा २० प्रदेश सभा सदस्य सहभागी भएका थिए। सुदूरपश्चिम प्रदेश सभामा एमालेको तर्फबाट सभामुखसहित कुल २५ सदस्य रहेकोमा बैठकमा ४ जना अनुपस्थित रहे । अनुपस्थित हुनेमा ओली पक्षका रतना थापा, ग्याल्बुसिंह बोहरा र लीलाधर भट्ट तथा माधव नेपाल समूहका चुनकुमारी चौधरी रहेकी थिइन्। सुदूरपश्चिममा मुख्यमन्त्री त्रिलोचन भट्टको नेतृत्वको सरकार रहेको छ।...
कांग्रेस भन्छ – ओलीले कोरोनाको आडमा सत्ता टिकाउन खोजे

कांग्रेस भन्छ – ओलीले कोरोनाको आडमा सत्ता टिकाउन खोजे

राजनीति
काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले काेराेना संक्रमितलाई उपचार गर्ने भन्दा पनि कोरोनाको आडमा जनतामा आतंक फैलाउने र राजनीतिक स्वार्थसिद्धी गर्ने काम सरकारबाट भइरहेको निष्कर्ष निकालेको छ। आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले कोरोनाको आडमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता बचाउने खेल खेलेको निष्कर्ष निकालेकाे हाे । बैठकपछि पत्रकारहरुसँग बोल्दै सहमहामन्त्री प्रकाशशरण महतले भने, ‘ओली नेतृत्वको सरकार कोरोना रोकथाम तथा नियन्त्रणमा नलागेर जनतामा आतंक फैलाउने तर्फ लागेको बताए। ‘दुई दिनभित्र किनमेल गर्नु भन्नेजस्ता कुरा गरेर यो सरकार जनतामा आतंक फैलाउन खोज्दैछ,’ महामन्त्री महतले भने। बैठकमा सरकारले पिसिआर परीक्षण नगर्ने, संक्रमितको उपचार नगर्ने तर जनतामा आतंक फैलाउने काम गरिरहेको भन्दै दैनिक ज्यालादारीदेखि साना लगानीका उद्यमहरू संकटम...