राजनीति

जसपामा होडबाजी : अध्यक्षमाथि अध्यक्षकै स्पष्टीकरण (पत्रसहित)

जसपामा होडबाजी : अध्यक्षमाथि अध्यक्षकै स्पष्टीकरण (पत्रसहित)

section, राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेका छन् । मंगलबार अध्यक्ष ठाकुरले यादवलाई ७ बुँदे स्पष्टीकरण सोध्दै संसदीय दलको निर्णय बमोजिम संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई समर्थन गर्नुपर्नेमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन किन हस्ताक्षर गरियो भन्ने प्रश्न गरेका छन् । अध्यक्ष ठाकुरले पछिल्लो समयमा एकल अध्यक्षतामा निरन्तर पार्टी केन्द्रीय कार्यकारिणी समितिका बैठकहरू बसी विभिन्न खाले निर्णय किन गरेको भन्ने प्रश्न समेत यादवसँग गरेका छन् । अध्यक्ष ठाकुरले यादवलाई ३ दिनभित्र पार्टी केन्द्रीय कार्यालयमा जवाफ पठाउन अनुरोध गरेका छन्। यस्तो छ उपेन्द्रलाई सोधिएको सात बुँदे स्पष्टीकरण : यसअघि अध्यक्ष यावदले पनि अध्यक्ष ठाकुरलाई ९ बुँदे स्पष्टिकरण सोधेका थिए।...
प्रतिगामी प्रवृत्तिका विरुद्ध बुद्धले झैँ विद्रोह गरौँ : प्रचण्ड

प्रतिगामी प्रवृत्तिका विरुद्ध बुद्धले झैँ विद्रोह गरौँ : प्रचण्ड

Featured, राजनीति
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरातनवादी विचार र चेतनाका विरुद्ध गौतम बुद्धले गरेको विद्रोह जसरी नै प्रतिगमनकारी सोच, चिन्तन र प्रवृत्तिका विरुद्ध सङ्घर्षमा उत्रिनुको विकल्प नरहेको बताएका छन् । आज २५६५ औँ बुद्ध जयन्तीका अवसरमा शुभकामना दिँदै प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्र पक्षधर अग्रगामी शक्तिहरु एकजुट भई प्रतिगामी प्रवृत्तिविरुद्ध सङ्घर्ष गर्न आह्वान गरेका छन् । बृहद् जनसमुदायको भावना र आकाङ्क्षा विपरीत सानो वर्ग, समूह र झुण्डको स्वार्थ हितले २१ औँ शताब्दीको विचार, भावना र चेतनालाई दर्शाउन नसक्ने भन्दै उनले द्वन्द्व र अहंकारले मानिसमा विनाश निम्त्याउने बताएका छन् । गौतम बुद्धले नेपाली भूमिमा जन्म लिएर विश्व शान्ति र अहिंसाका लागि पुर्याएको योगदान नेपालीहरुका लागि गर्वको विषय रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले वि...
एमालेले १२ नेतालाई आज स्पष्टीकरण पत्र पठाउने

एमालेले १२ नेतालाई आज स्पष्टीकरण पत्र पठाउने

Featured, राजनीति
काठमाडौँ । नेकपा एमालेले आज थप १२ जना नेताहरुलाई स्पष्टीकरण पत्र पठाउने भएको छ । नेकपा स्थायी कमिटी बैठकले ११ जनालाई पार्टीको साधारण सदस्यबाट नै निष्कासन गर्ने र अरु १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । विपक्षी गठबन्धनलाई सघाएका २३ जना विघटित प्रतिनिधिसभाका सदस्यमध्ये १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय भए अनुसार आज उनीहरुलाई पत्र पठाउन लागिएको नेकपा एमालेको केन्द्रीय कार्यलयका सचिव शेरबहादुर तामाङले बताए । स्थायी कमिटी बैठकले अस्ति निर्णय गरेको भए पनि २ दिनसम्म केही विषयमा छलफल भएको र सबैले पत्रमार्फत नै जवाफ पठाउँछु भनेपछि आज पत्र पठाउन लागिएको सचिव तामाङको भनाइ छ । थप स्पष्टीकरण सोध्ने निर्णय गरिएका नेताहरूमा सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश ...
बिरगंजमा भीम रावल‍को पुत्ला दहन, भ्रमपूर्ण प्रचार गरि संप्रदायिकता भडकाउन खोजेको आरोप

बिरगंजमा भीम रावल‍को पुत्ला दहन, भ्रमपूर्ण प्रचार गरि संप्रदायिकता भडकाउन खोजेको आरोप

राजनीति
बिरगंज । बिरगंजमा विभाजित नेकपाका नेता भीम रावल‍को पुत्ला दहन गरिएको छ। युवा नेता अमिताभ बचन दासको नेतृत्वमा रावल‍को पुत्ला दहन गरिएको हो। दासले रावलमाथि भ्रमपूर्ण प्रचार गरि संप्रदायिकता भड़काउन खोजेको आरोप लगाएका छन्। उनले भने, 'नेपालको संविधानको भाग २ को धारा १० (१) मा 'कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन ।' भन्ने स्पष्ट संवैधानिक व्यवस्थाको वावजूद पनि नागरिकता प्राप्त गर्न योग्य आफ्नै देशका लाखौं-लाख युवा-युवतीहरुलाई विभिन्न वहाना रजालझेलको आडमा अनागरिक बनाईं राख्ने षड्यंत्र विफल पार्न आएको नागरिकता अध्यादेशको विरोध गर्नेहरु मधेश विरोधी हुन्।' विरगंजका सचेत, जागरूक एवं क्रान्तिकारी युवा साथीहरुले कोरोनाको कहरलाई मध्यनजर गर्दै सांकेतिक रुपमा अध्यादेशको विरोध गर्ने, मधेशलाई बदनाम गराउने सन्की, अराजक, नश्लवादी मानसिकतामा लिप्त भीम रावलको पुतला दहन गरी...
प्रतिनिधिसभा विघटनविरुद्ध ३० रिट दर्ता, १९ वटाको १३ र ११ वटाको १४ गते सुनुवाइ

प्रतिनिधिसभा विघटनविरुद्ध ३० रिट दर्ता, १९ वटाको १३ र ११ वटाको १४ गते सुनुवाइ

section, राजनीति
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा ३० वटा रिट दायर भएका छन् । सर्वोच्च अदालतले ती रिटमध्ये ११ वटाको सुनुवाइ जेठ १४ गते हुने तय गरेको छ। संवैधानिक बेन्चमा सुनुवाइको माग गरिएका ११ वटा रिटको सुनुवाई १४ गते हुन लागेको सर्वोच्च अदालतले जनाएको छ । यस्तै अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाई भने जेठ १३ गते बिहीबार हुनेछ । सरकारको सिफारिसमा जेठ ८ गते मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट परेको हो । यस्तै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलसहित १४६ सांसदले पनि प्रतिनिधिसभा पुनःस्थापना गरी देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गर्दै...
ओली सत्ता, शक्ति र माफियाको जगमा उभिएको भन्दै सडकमा उत्रिन नेपालको अपील (पूर्णपाठ)

ओली सत्ता, शक्ति र माफियाको जगमा उभिएको भन्दै सडकमा उत्रिन नेपालको अपील (पूर्णपाठ)

Featured, राजनीति
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले गरेको कारवाही औचित्यहीन र अर्थहीन रहेको बताएका छन् , प्रधानमन्त्री समेत रहेका ओलीले नितान्त व्यक्तिवादी सोच र स्वार्थ पूरा गर्न सरकारको चरम दुरुपयोग गरेको भन्दै नेता नेपालले बिचौलिया, दलाल, माफिया र गुण्डाराज चलाउनेहरु उत्साहित हुने तर सर्वहारा वर्ग र आम नेपाली जनतालाई ओलीले हेला गरेको बताएका छन्। आज एक अपील जारी गर्दै ओली सरकारलाई बढारेर मुलुकमा कानुनी राज स्थापना गर्न आह्वान गरेका नेपालले भनेका छन्, ‘हामीमाथि कानूनी,राजनीतिक तथा सडक आन्दोलनबाट प्रतिगामी ओली सरकारलाई बढार्दै मुलुकमा कानूनको राज स्थापना गर्ने दायित्व आइपरेको छ ।’ सत्ता, शक्ति र माफियाको जगमा उभिएका ओलीले हाम्रा सुझावहरु मनन गरेनन्, वास्ता गरेनन् बरु प्रतिशोध साँध्ने काम मात्र गरे विज्ञप्तिमा उल्लेख गर...
जनकपुरमा बाबुराम भटट्राईको पुत्ला दहन

जनकपुरमा बाबुराम भटट्राईको पुत्ला दहन

राजनीति
जनकपुर । जनकपुरमा बाबुराम भटट्राईको पुत्ला दहन गरिएको छ। जनकपुरधाम उपमहानगरपालिका वार्ड नम्बर ७ का अध्यक्ष जानकी राम साहको नेतृत्वमा नेता भटट्राइको पुत्ला दहन गरिएको हो। पुत्ला दहनको क्रममा अध्यक्ष शाहले बाबुराम भटट्राईलाई मधेश विरोधी भएको आरोप लगाए। उनले भने, हामीले जुन पुत्ला दहन गरेका छौँ त्यो बाबुराम भट्टराइको विरोधमा गरेका छौँ।, बाबुरामले दिएको बक्तब्यले समग्र मधेशीमाथि आघात पुगेको छ।, त्यसैले बाबुराम मधेशी विरोधी हुन्, जुन जसपा पार्टी एकता भएको छ त्यसलाई फुटाउन बाबुराम लागि परेका छन्, संविधान घोषणा भएदेखि नै बाबुराम माधेश विरोधी गतिविधि गर्दै आएका छन्।...
कारवाहीपछि रामकुमारी झाँक्रीले रमाउँदै भनिन् – ‘बालै फरर…’

कारवाहीपछि रामकुमारी झाँक्रीले रमाउँदै भनिन् – ‘बालै फरर…’

Featured, राजनीति
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेकी नेत्री एवं तत्कालीन प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष केपी शर्मा ओलीले पार्टी सदस्य नै नरहने गरी कारबाही गरेपछि बालै फरर भन्दै ब्यंग्यात्मक टिप्पणी गरेकी छिन् । पार्टीबाट निष्कासन गर्ने कारवाहीले आफूहरुलाई केही फरक नपर्ने भन्दै नेत्री झाँक्रीले यस्तो टिप्पणी गरेकी हुन । सोमवार राति ट्विटमा उनले लेखेकी छिन्, ‘देउरालीको चौतारीमा हावा सरर, बगाएर लाने भो माया तिमीलाई बालै फरर…’...
१४६ सांसदको रिट : संसद पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग

१४६ सांसदको रिट : संसद पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग

Featured, राजनीति
काठमाडौं । विपक्षी गठबन्धनका १४६ सांसदहरुले संसद पुनस्र्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतले रिट दायर गरेका छन् । प्रधानमन्त्रीका लागि देउवासँगै एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पेश गरेको दाबीलाई अस्वीकार गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यरातमा सरकारको सिफारिसमा संसद विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । संसद विघटनलाई असंवैधानिक भनेको विपक्षी गठबन्धनका १४६ सांसदले सोमबार रिट दायर गरेका हुन् । प्रष्ट बहुमतसहित दाबी गरेका देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगर्नु असंवैधानिक भएको उनीहरुको दाबी छ । संसदमा बहुमत देखाउन सक्दिनँ भनेर वैकल्पिक सरकार गठनका लागि अनुरोध गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्रीमा दाबी गर्न जाने हक नभएको उनीहरु...
देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै माधव नेपाल पक्षका ३० सांसदद्वारा हस्ताक्षर

देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै माधव नेपाल पक्षका ३० सांसदद्वारा हस्ताक्षर

Featured, राजनीति
काठमाडौं । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै माधव नेपाल पक्षका ३० सांसदले हस्ताक्षर गरेका छन् । माधव नेपाल पक्षीय सांसद निरादेवि जैरूले सिंहदरबारमा भएको सांसदहरुको भेलाबाट आज ३० सांसदले हस्ताक्षर गरेको दावी गरिन् । उनले हिजो २१ सांसदले हस्ताक्षर गरेकोमा आज थप ९ सांसदले हस्ताक्षर गरेसँगै सांसदको संख्या ३० पुगेको बताइन् । हस्ताक्षर गर्ने सांसदहरुमा विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, निरादेवि जैरू, सरला यादव, कल्याणी खड्का, लक्ष्मी चौधरी, माधव नेपाल, भीम रावल, कलिला खातुन, रामकुमारी झाँक्री, झलनाथ खनाल, पुष्पा कर्ण कायस्थ, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, पवित्रा निरौला, मुकुन्द न्यौपाने लगायत ३० जना रहेका छन् । आज हस्ताक्षर गर्नेमा मेटमणि चौधरी, दिपक प्रकाश भट्...