राजनीति

ओलीले बोलाए स्थायी समितिको बैठक

ओलीले बोलाए स्थायी समितिको बैठक

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारका लागि स्थायी समिति बैठक बोलाएका छन् । अपरान्ह ४ बजेका लागि बालुवाटारमा स्थायी कमिटी बैठक बोलाइएको नेता सुवास नेम्वाङले जानकारी दिए । बैठकबाट माधव नेपाल समूहलाई कारबाहीको तयारी भएको छ । शनिबार बसेको स्थायी कमिटी बैठकले माधवकुमार नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । नेपाल समूहले आजसम्मको लागि जवाफ बुझाउने समय पाएपनि जवाफ बुझाएको छैन । बरु माधव समूह विपक्षी गठबन्धनसँग मिलेर सर्वोच्च जान लागेको छ।...
एमाले विवाद : माधव नेपाल समूहले स्पष्टीकरण नबुझाउने

एमाले विवाद : माधव नेपाल समूहले स्पष्टीकरण नबुझाउने

Featured, राजनीति
काठमाडौँ । नेकपा एमालेको माधव नेपाल समूहका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण नबुझाउने भएका छन् । एमालेले नेपाल समूहका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावललगायतलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाएको थियो । पार्टीको नवौं महाधिवेशनपछिको संरचना भत्काएर अवैध संरचना निर्माण गरेर स्वयम् आफू नै अवैध भइसकेको व्यक्तिलाई आफूहरुले स्पष्टीकरण बुझाइरहन आवश्यक नरहेको नेपाल समूहका नेता भीम रावलले बताए । ‘स्वयम् ओली एमालेको अवैध अध्यक्ष भइसक्नुभएको छ । कार्यकर्ताको मनोबल गिराउने र एकपछि अर्को असंवैधानिक कदम अघि बढाउने काम पटक पटक गरिरहनुभएको छ’ रावलले भने । अध्यक्ष ओलीले नै स्पष्टीकरण दिनुपर्ने उनको भनाइ छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले तीन वटा प्रश्नसहित २४ घण्टाभित्र स्पष्टीकरण उपलब्ध गराउन नेपाल समूहका ११ सांसदलाई पत्र पठाएका थिए । वैशाख २७ गते प्रतिन...
खिमलाल देवकोटा भन्छन् -चुनावबाट पछि हट्न मलाई थर्काइयो, भ्वाइस रेकर्ड राखेको छु

खिमलाल देवकोटा भन्छन् -चुनावबाट पछि हट्न मलाई थर्काइयो, भ्वाइस रेकर्ड राखेको छु

राजनीति
काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटाले चुनावबाट पछि हट्न आफूलाई थर्काएको बताएका छन् । उनले केहीको आवाजको भने रेकर्ड नै राखेको भन्दैआवश्यक परेमा नाम पनि भन्ने बताए । राष्ट्रियसभा निर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई पराजित गरेका देवकोटाले सामाजिक सञ्जालमार्फत् लेखेका छन्, ‘व्यक्तिगत रुपमा मलाई चुनावबाट ब्याक हुन धेरै जनाले फकाए÷थर्काए, समयक्रममा आवश्यक परेमा नाम भन्दै गरौंला । कसैकसैको त भ्वाइस रेकर्ड नै राखेको छु ।’ तर, आफू अडिग रहेको र विचलित भएको भए स्वतन्त्र रुपमा कलम चलाउने वुद्धिजीवीहरुको ईज्जत प्रतिष्ठा जाने उल्लेख गरेका छन्। फेसबुकमा उनले लेखेका छन्,’व्यक्तिगत रुपमा मलाई चुनावबाट back हुन धेरै जनाले फकाए/थर्काए । समयक्रममा आवश्यकता परेमा नाम भन्दै गरौला । कसै कसैको त voice रेकर्डनै राखेको छु । तर म अडिग रहे । विचलित भएको भए मेरो मात्र हैन म जस्ता...
माधव पक्षका नेताद्वारा आयोगमा नयाँ दल दर्ता

माधव पक्षका नेताद्वारा आयोगमा नयाँ दल दर्ता

Featured, राजनीति
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेभित्र आन्तरिक द्वन्द र फरक पार्टी दर्ताको चर्चा चलिरहेको बेला नेता जीवन राईले निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) नामक पार्टी दर्ता गराएका छन् । एमाले माधवकुमार नेपालनिकट रहेका नेता राईले आफु अध्यक्ष रहेको २५ सदस्यीय कार्यसमिति सदस्य रहेको पार्टी दर्ता गरेको आयोगले जनाएको छ। पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) रहेको बताउंदै नेता राईले भने ‘नेपाल कम्युनिष्ट पार्टी एकीकृत पार्टीको नाम हो । कलम चुनाव चिन्ह छानेको छु’। २५ सदस्यीय राईको पार्टीमा उपाध्यक्ष कल्पना गुरुङ, महासचिव विनोद खुलाल, सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल रहेका छन् । एमाले फुटको संघारमा पुगेका बेला नयाँ पार्टी खोलेको चर्चाले अर्थपूर्ण रुपमा हेरिएको छ। नेकपा एमाले माधव नेपाल समूहका एक नेताका अनुसार यस अघि नै दल दर्ता भइसकेको र औपचारिक रुपमा बाहि...
सिंहदरवारमा हस्ताक्षर संकलन सम्पन्न, सांसदहरु नागरिकतासहित सर्वोच्च हिँडे

सिंहदरवारमा हस्ताक्षर संकलन सम्पन्न, सांसदहरु नागरिकतासहित सर्वोच्च हिँडे

Featured, राजनीति
काठमाडौं । सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारीमा रहेको विपक्षी गठबन्धनले विघटित संसदका सदस्यहरुको हस्ताक्षर संकलन सम्पन्न गरेको छ। सिंहदरबारमा सुरु भएको हस्ताक्षरमा निवर्तमान सांसदहरुको उपस्थिति रहेको थियो। जसले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री दाबीमा हस्ताक्षर गरेका हुन्। विपक्षी गठबन्धनका अनुसार सबैको हस्ताक्षर संकलन सकिएको छ अब केहीबेरमा संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा १ बजे उपस्थित भएर रिट हाल्ने तयारी रहेको छ। विपक्षी गठबन्धनका सांसदहरु राष्ट्रपति र प्रधानमन्त्रीको संसद विघटनको कदमविरुद्ध सर्वोच्च जान लागेका हुन् । यसअघि हिजो नेपाली काँग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाबीच भएको छलफलमा हस्ताक्षर र नागरिकतासहित अदालत जाने निर्णय भएको थियो ।...
संसद विघटनविरुद्ध रिट हाल्न १४९ सांसद सर्वोच्च अदालत जाँदै

संसद विघटनविरुद्ध रिट हाल्न १४९ सांसद सर्वोच्च अदालत जाँदै

Featured, राजनीति
काठमाडौँ । प्रतिनिधि सभा विघटनको विरुद्ध १४९ सांसदले सामूहिक रुपमा सर्वोच्च अदालतमा रिट दिने तयारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनको निर्णय असंवैधानिक भएको र नयाँ सरकार बन्ने सम्भावना हुँदाहुँदै मनपरी निर्णय गरेको भन्दै १४९ सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धनले सर्वोच्चमा रिट दर्ताको तयारी गरेको हो । शनिबार नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र–बाबुराम समूह र राष्ट्रिय जनमोर्चाको बैठक बसेर राष्ट्रपतिले प्रधानमन्त्री र राष्ट्रपतिको व्यक्तिगत इच्छा पूरा गर्ने गरी संसद विघटन गरेको भन्दै त्यसको विरुद्धमा राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरिसकेका छन्। सर्वोच्चमा एक सय ४९ जना सांसदको हस्ताक्षरसहित रिट हाल्दा त्यसले सर्वोच्चलाई दबाब पुग्ने र नैतिक रुपमा पनि आफूहरु बलियो हुने विपक्षी गठनबन्धनको ठहर छ । आज ए...
ओलीद्वारा देउवालाई समर्थन गर्ने नेपालसहितका सांसदलाई कारबाही गरेको पत्र राष्ट्रपति कार्यालयमा दर्ता !

ओलीद्वारा देउवालाई समर्थन गर्ने नेपालसहितका सांसदलाई कारबाही गरेको पत्र राष्ट्रपति कार्यालयमा दर्ता !

राजनीति
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गरेका माधव नेपालसहित एमालेका सांसदलाई कारबाही गरेको पत्र राष्ट्रपति कार्यालयमा दर्ता गराएका छन्। एमालेका नेपाल पक्षका सांसदहरुले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै उनीहरुलाई दलको साधारण सदस्य पनि नरहने गरी कारवाही गरेको हो । अध्यक्ष ओलीनिकट स्रोतका अनुसार उनीहरुले दलीय अनुशासन उल्लंघन गरेकाले कारबाही गरिएको हो। कारबाहीको पत्र राष्ट्रपति कार्यलयमा दर्ता भएको स्रोतको भनाइ छ। कामचलाउ प्रधानमन्त्री ओलीले कारबाहीको हस्ताक्षर गरेको पत्र कानुनी सल्लाहकार बाबुराम दाहालले भर्खरै राष्ट्रपति कार्यलयमा दर्ता गरेका हुन् । दाहालले सांसद जयकुमार राईको पत्र र अन्य सांसदको समेत असहमति रहेको कागजातसहित राष्ट्रपति कार्यालयमा बुझाएका छन् । सांसदहरु...
नागरिकता विधेयकसम्बन्धी पार्टी निर्णयमा प्रभु साहको असन्तुष्टि

नागरिकता विधेयकसम्बन्धी पार्टी निर्णयमा प्रभु साहको असन्तुष्टि

राजनीति
काठमाडौं। नागरिकता विधेयकको विषयमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा_ को सचिवालय बैठकले गरेको निर्णयप्रति नेकपाकै नेता प्रभु साहले असन्तुष्टि जनाएका छन् । शनिबार बसेको नेकपा सचिवालय बैठकले विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने निर्णय गरेको छ । उक्त निर्णय मधेशी जनताको भावना विपरीत रहेको भन्दै नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका नेता साहले पुनर्विचार गर्न आग्रह गरेका छन् । उक्त निर्णयले नेपाल भारतबीच परापूर्वकालदेखि चल्दै आएको रोटीबेटीको सम्बन्ध बिथोल्ने र मधेशमा अविश्वासको वातावरण सृजना हुने नेता साहको भनाई छ । नेता साहले ढिला गरी नागरिकता दिँदा त्यसले राष्ट्रियता बलियो बनाउने तर्कमा कुनै तुक नभएको बताए । उनले भने, ‘नेपाली नागरिकसँग विवाह गरेको विदेशी महिलालाई विवाहको ७ वर्षपछि मात्र नागरिकता दिने पार्टीको निर्णय मुलभूत रुपमा मधेशी जनभावना विपरीत छ । ७ वर्ष पछि ...
सात मन्त्रालयको जिम्मा प्रधानमन्त्री ओलीलाई

सात मन्त्रालयको जिम्मा प्रधानमन्त्री ओलीलाई

राजनीति
काठमाडौँ । राष्ट्पति विद्यादेवी भण्डारीले सात मन्त्रालयको थप कार्यभार अर्को व्यवस्था नभएसम्मका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्नेगरी तोकेकी छिन् । सर्वोच्च अदालतले बिहीबार रिट निवेदनको अन्तिम टु्ङ्गो नलागेसम्म गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह, खानेपानीमन्त्री मणिचन्द्र थापा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकूदमन्त्री दावा लामा तामाङलाई मन्त्रीको हैसियतमा कुनै कामकारवाही नगर्नू र गर्न नदिनू भनी अन्तरिम आदेश दिएको थियो । प्रधानमन्त्री ओलीको आजको सिफारिशबमोजिम ती मन्त्रालयको कार्यभार उनैलाई तोकिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।...
हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा ३ जना पक्राउ

हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा ३ जना पक्राउ

section, राजनीति
मोरङ। जिल्ला प्रहरी कार्यालय मोरङले हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा ३ जनालाई बिहीबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका-१३ बस्ने २५ वर्षीय श्रवण साह, रंगेली नगरपालिका-१ बवियाविर्ता बस्ने २५ वर्षीया जिज्ञासा चौधरी र विराटनगर महानगरपालिका-१३ झमेली चोक बस्ने ३३ वर्षीय अमृत कुमार साह सुडी रहेका छन् । उनीहरुलाई विराटनगर महानगरपालिका-११ रोडशेष चोकमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा श्रवणको साथबाट २१ लाख ७१ हजार ५ सय नेपाली रुपैयाँ, ५ थान विभिन्न बैंकका चेक र १ थान न्यू लाईफ सेभिङ एण्ड क्रेडिटको चेक तथा जिज्ञासाको साथबाट २३ हजार भारतीय रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार थप अनुसन्धान गर्ने क्रममा सोही कार्यमा संलग्न अमृत समेत रहेको खुल्न आएपछि अमृतलाई उनकै घरबाट पक्राउ गरेको हो । अमृतको साथबाट २ थान मोबाइल, नगद भौचर र डिपोजिट रसिद समेत ना...