रौतहट । पछिल्लो समय सरकारले ल्याएको नागरिकता अध्यादेशको मधेशवासीहरुले स्वागत गरेका छ। सोही क्रममा प्रदेश २ को बारा र रौतहट जिल्लामा नागरिकता अध्यादेशको पक्षमा जुलूस प्रदर्शन भएको छ।
बारा तथा रौतहट जिल्लाका सचेत एवं जागरूक नागरिकहरुले सरकारले ल्याएको नागरिकता सम्बन्धि अध्यादेशलाई अनुचित ढंगबाट विवादित बनाउनेविरुद्ध जुलूस प्रदर्शन गरेका हुन्। उनीहरुले नागरिकता अध्यादेशको जोडदार स्वागत समेत गरेका छन्।
जुलुस प्रदर्शनको क्रममा सहभागीहरुले जनविरोधी देउबा-प्रचण्ड मुर्दाबाद, नेपाल सरकारको निर्णय जिन्दाबाद, मधेश विरोधी उपेन्द्र माधव मुर्दाबाद, नागरिकको भविष्यसंग खेलवाड़ गर्न-पाईदैन, नागरिकता विरोधी नेता-चाहिदैन, ओली सरकार-जिन्दाबाद, राष्ट्रीय एकता-जिन्दाबाद, आफ्नै देशमा शर्णार्थी बनाउन-पाईदैन लगायतको नाराहरु लगाएका थिए ।
नेपालको नागरिकता प्राप्त नागरिकका सन्तानलाई नागरिकता दिने उद्देश्यले आएको अध्यादेशलाई अनुचित ढंगबाट विवादित एवं बदनाम गराउन तराई-मधेशमा नागरिकताको पसल खुल्यो, सिक्किमीकरण र फिजिकरण हुने भयो भनेर अर्नगल दुष्प्रचारको हर्कत गर्नेहरुलाई उनीहरुले खबदारी समेत गरेका छन ।
जुलुसमा सहभागी भएका हरि यादवले भने, ‘नेपालको संविधानको भाग २ को धारा १० (१) मा ‘कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन ।’ भन्ने स्पष्ट संवैधानिक व्यवस्थाको वावजूद पनि नागरिकता प्राप्त गर्न योग्य आफ्नै देशका लाखौं-लाख युवा-युवतीहरुलाई विभिन्न वहाना रजालझेलको आडमा अनागरिक बनाईं राख्ने षड्यंत्र विफल पार्न आएको नागरिकता अध्यादेशको विरोध गर्नेहरु मधेश विरोधी हुन्।’
नेपाली नागरिकता प्राप्त नागरिकका सन्तानलाई नागरिकता दिने उद्देश्यले आएको अध्यादेशलाई अनुचित ढंगबाट विवादित एवं बदनाम गराउन तराई-मधेशमा नागरिकताको पसल खुल्यो, सिक्किमीकरण र फिजिकरण हुने भयो भनेर अर्नगल दुष्प्रचारको हर्कत राष्ट्रवाद होकी देश र जनतप्रतिको घात सबैले समयमैं बुझ्न जरूरी रहेको उनीहरुको भनाइ छ।
लाखौ नागरिक राज्य विहिनता महशुस गरिरहेको अवस्थामा सरकारले नागरिकतासम्बन्धी समस्या समाधान गर्न ल्याएको नागरिकता अध्यादेशबारे झूठ एवं भ्रमपूर्ण कुरा गरेर पार्टीबाट निस्काशित एवम् भगौडा माधव समुहले सम्प्रदायिकता भडकाउन खोज्दा आज बारा र रौतहटमा जुलुस प्रदर्शन गरिएको हो।