राजनीति

एमाले स्थायी कमिटी बैठक सर्‍यो

एमाले स्थायी कमिटी बैठक सर्‍यो

राजनीति
काठमाडौं । नेकपा एमालेको आज साँझ ५ बजेका लागि बोलाएको स्थायी कमिटी बैठक सरेको छ । तयारी नपुगेको भन्दै बैठक सारिएको हो । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले आइतबार ५ बजे बस्ने भनेको स्थायी समिति बैठक सोमबार बिहान १० बजे बस्नेगरी मिति सरेको जानकारी दिए । बैठकमा खासगरी गत साता गते स्पष्टीकरण सोधेका १२ नेताहरुमाथिको कारवाहीबारे छलफल हुने बताइएको छ ।...
प्रधानमन्त्री ओली विपक्षी भएको कुनै पनि मुद्दा अदालतले हेर्न मिल्दैंन : महान्यायाधीवक्ता

प्रधानमन्त्री ओली विपक्षी भएको कुनै पनि मुद्दा अदालतले हेर्न मिल्दैंन : महान्यायाधीवक्ता

Featured, राजनीति
काठमाडौँ। महान्यायाधीवक्ता रमेश बडालले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धका कुनै पनि मुद्दा अदालतले हेर्न नमिल्ने जिकिर गरेका छन् । संसद विघटनको मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणा, न्यायाधीशहरू बमकुमार श्रेष्ठ र जबहादुर केसीले हेर्न नमिल्ने भनेर रिट निवेदकका कानुन व्यवसायीले भनेपछि महान्यायाधीवक्ता बडालले त्यसो हो भने ओलीविरुद्धका कुनै पनि मुद्दा अदालतले हेर्न नमिल्ने जिकिर गरे। आज बहसको सुरुमै रिट निवेदक विपक्षी गठबन्धनलगायत १ सय ४६ सांसदका कानुन व्यवसायीले नेकपा नामको मुद्दामा गत फागुन २३ गते फैसला दिने न्यायाधीश बमकुमार श्रेष्ठ र उक्त फैसलामाथि पुनरावलोकन नदिने न्यायाधीश तेजबहादुर केसी संवैधानिक इजलासमा सहभागी हुन नहुने बताएका थिए । जवाफमा महान्यायाधीवक्ता रमेश बडालले भने, ‘तीन न्यायाधीशले मिल्दैन भने केपी ओली विपक्षी भएको कुनै पनि मुद्दा यो अदालतले हेर्न मिल्दैंन ।’ रिट नि...
सरकारलाई विपक्षीकाे चेतावनी, दीर्घकालीन असर पर्ने कुनै पनि कामकारवाही नगर्नु

सरकारलाई विपक्षीकाे चेतावनी, दीर्घकालीन असर पर्ने कुनै पनि कामकारवाही नगर्नु

Featured, राजनीति
काठमाडाैं । बूढानीलकण्ठमा सम्पन्न विपक्षी दलहरूको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि कामकारवाही नगर्न चेतावनी दिएको छ। आज कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको विपक्षी ५ दलको बैठकले सरकारलाई चेतावनी दिएको हाे । बैठकपछि सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलहरुद्वारा संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा वैकल्पिक सरकार दावी गरिएको अवस्था रहेकोले अहिलेको सरकारले दीर्घकालीन कामकारवाही गर्न नमिल्ने भन्दै चेतावनी दिएका छन्। त्यस्तै, विज्ञप्तिमा सरकारका संविधान विपरीतका र अलोकतान्त्रिक कामकारवाहीमा सहयोगी नहुन राज्यका सबै अंग र निकायलाई आग्रह समेत गरिएको छ । यस्तै, सर्वो...
ओलीले बोलाए एमाले स्थायी समिति बैठक

ओलीले बोलाए एमाले स्थायी समिति बैठक

राजनीति
काठमाडौं । नेकपा एमालेले स्थायी समिति बैठक बोलाएको छ । आइतबार साँझ ५ बजे बस्नेगरी स्थायी समिति बैठक बोलाएको एमाले नेता सुवास नेम्वाङले जानकारी दिए । उनका अनुसार पार्टीका आन्तरिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो । एमाले नेताहरुका अनुसार यसअघिको बैठकले माधव नेपाल पक्षका १२ नेतालाई सोधेको स्पष्टीकरणबारे बैठकमा छलफल हुनेछ । विपक्षी गठबन्धनका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्दै हस्ताक्षर गर्ने नेपाल पक्षका १२ जना नेतालाई सोधिएको स्पष्टीकरणको जवाफ नेताहरुले पठाएका थिएनन् । स्पष्टिकरण नपठाउने नेताहरुलाई कारवाही गर्ने तयारी ओली पक्षको छ ।...
बाबुराम भट्टराई भन्छन् – बजेट सिधासाधा मतदातालाई ललिपप बाँडे

बाबुराम भट्टराई भन्छन् – बजेट सिधासाधा मतदातालाई ललिपप बाँडे

section, राजनीति
काठमाडौं। जनता समाजावदी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले आर्थिक वर्ष २०७८र७९ को बजेट सिधासाधा मतदातालाई ललिपप बाँडेको जस्तै देखिएको तर्क गरेका छन् । डा. भट्टराईले अर्थमन्त्रीमार्फत् वाचन गरिएको बजेट र नहुने चुनावको एमालेको घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक नपाइएको पनि उल्लेख गरे। भट्टराईले सामाजिक सन्जालमा लेखेका छन्, ‘अर्थमन्त्रीमार्फत बाचन गरिएको नहुने चुनाबको एमाले घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक पाइएन। सिधासाधा मतदातालाई ललिपप बाँडेको देखियो । पपुलिज्ममा पनि खासै सिर्जनात्मकता देखिएन। उनै घिसेपिटेका नारा र कार्यक्रम भेटियो। एउटै नयाँ कुरा एमालेले गोरखामा कुनै उमेदवार नउठाउने बुझियो। ‘ आज अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०७८र७९ का लागि कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका थिए।...
प्रतिनिधिसभा विघटनविरूद्धका मुद्दामा आज पनि सुनुवाइ हुँदै

प्रतिनिधिसभा विघटनविरूद्धका मुद्दामा आज पनि सुनुवाइ हुँदै

Featured, राजनीति
काठमाडौं । प्रतिनिधिसभा विघटनविरूद्ध परेका मुद्दाको आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ। शुक्रबार पहिलो सुनुवाइ भएका मुद्दाहरूमा बहस नसकिएपछि आज सुनुवाइ हुन लागेको हो। संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्धी ३० वटा रिट दर्ता भएका छन्। इजलासले एउटा रिटमा १० मिनेटसम्म बहस गर्न सकिने गरी समय दिएको छ। यसैबीच प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले गठन गरेको इजलासबारे वकिलले प्रश्न उठाएका छन्। १४६ सांसदको रिटमाथि बहस शुरु शुरु गर्दै अधिवक्ता गोविन्द बन्दीले न्यायाधीश बमकुमार श्रेष्ठको निष्पक्ष भूमिकामाथि प्रश्न उठाएपछि केहीबेर महान्यायाधिवक्ता रमेश बडालसँग चर्काचर्की नै परेको थियो । बन्दीले संवैधानिक इजलास गठनमाथि प्रश्न उठाएपछि आइतबारसम्मका लागि सुनुवाइ स्थगित गरिएको थियो।...
यस्तो छ प्रधानमन्त्री ओलीले देशबासीको नाममा गरेको सम्बोधनको पूर्णपाठ

यस्तो छ प्रधानमन्त्री ओलीले देशबासीको नाममा गरेको सम्बोधनको पूर्णपाठ

Featured, राजनीति
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ३ बर्षे शासनकालमा मुलुकले अभूतपूर्व विकास भएको दाबी गरेका छन्। आज सिंहदरवारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् ।निर्यात व्यापारले पहिलो पटक लक्ष्य हासिल गरेको बताउदै प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा ताजा जनादेशमा जानु प्रतिगमन नभएको बताए। यस्तै, प्रधानमन्त्री ओलीले कोभिड–१९ विरुद्ध सबै नागरिकलाई खोप लगाइने र महामारीलाई नियन्त्रण गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले पहिलो डोज लगाएर दोस्रो डोज लगाउन प्रतीक्षारत र अन्य सबैलाई खोपको प्रबन्ध गरिने बताएका हुन् । यस्तो छ प्रधानमन्त्री ओलीले देशबासीको नाममा गरेको सम्बोधनको पूर्णपाठ : आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, १. गएको बैशाख २० गते कोभिड महामारीको दोस्रो लहरका सम्बन्धमा यहाँहरूसँग सम्वाद गरेको थिएँ। कोभिडको यो लहर निकै सङ्क्रामक र बढी घातक र...
बादललाई पराजित गरेका देवकोटाले आज सपथ ग्रहण गर्दै

बादललाई पराजित गरेका देवकोटाले आज सपथ ग्रहण गर्दै

राजनीति
काठमाडौं । बाग्मती प्रदेशस्तरिय राष्ट्रियसभा सदस्यमा निर्वाचित डा.खिमलाल देवकोटाले आज सपथ लिदैछन् । गत जेठ ६ गते राष्ट्रियसभाको उपनिर्वाचनबाट देवकोटा नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’लाई पराजित गर्दै विजयी भेकका भएका थिए । माओवादी छोडेर थापा एमाले प्रवेश गरेपछि उक्त स्थान रिक्त भएको थियो । रिक्त स्थानमा बादल पुनःउम्मेद्वार बनेका थिए । तर, कलम चिह्न लिएर स्वतन्त्र निर्वाचन लडेका देवकोटालाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूहले समर्थन गरेका थिए ।...
प्रधानमन्त्रीले चार बजे सम्बोधन गर्ने

प्रधानमन्त्रीले चार बजे सम्बोधन गर्ने

राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सम्बोधन अपरान्ह चार बजेपछि हुनेछ । संविधानअनुसार प्रत्येक बर्षको बजेट प्रत्येक जेठ १५ गते संसदमा बजेट पेस गर्नुपर्ने हुन्छ । तर, गत ७ जेठ मध्यरातमा संसद विघटन गरेपछि आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउने तयारी छ । अध्यादेशबाट बजेट नल्याउन सरोकारवालाहरूले सुझाव दिँदै आएका छन् ।...
स्वास्थ्यकर्मीमाथि गरिएको आक्रमणको देउवा र प्रचण्डद्वारा निन्दा

स्वास्थ्यकर्मीमाथि गरिएको आक्रमणको देउवा र प्रचण्डद्वारा निन्दा

राजनीति
काठमाडौं । नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निन्दा गरेका छन्। देउवा र प्रचण्डले सो घट्नाको सामाजिक सञ्जालमा निन्दा गर्दै घटनाको तत्काल छानबिन गरी आक्रमणमा संलग्नलाई कडा कारबाहीको माग गरेका छन्। यो महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरू बिरामीको उपचारमा दिनरात खटेका छन्। स्वास्थ्यकर्मीमाथि भएको घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारबाही गर्न माग गर्दछु। देउवाले भनेका छन् । यस्तै स्वास्थ्यकर्मीमाथि भएको कुटपिटप्रति माओवादी केन्द्रको ध्यानाकर्षण भएको प्रचण्डले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् । ‘नेपालगन्जस्थित भेरी अस्पतालमा डाक्टर र नर्सहरूमाथि भएको कुटपिट जस्तो अमानवीय व्यवहारप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ र खेद प्रकट गर्द...