राजनीति

ठाकुर पक्षको काउन्टर कारवाही : उपेन्द्र यादव पनि पार्टीबाट निष्कासित

ठाकुर पक्षको काउन्टर कारवाही : उपेन्द्र यादव पनि पार्टीबाट निष्कासित

राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई महन्थ ठाकुर पक्षले पार्टीबाट निष्कासन गरेको छ । अध्यक्ष ठाकुरलगायत चारजनालाई यादव पक्षले पार्टीबाट निष्कासित गरेपछि ठाकुर पक्षको बबरमहलमा बसेको बैठकले कारवाही गरेको हो । बैठकले यादवलाई पार्टीबाट निष्कासन गरेको नेता लक्ष्मणलाल कर्णले रातोपाटीलाई जानकारी दिए । अध्यक्ष यादवले पार्टीका चारजनालाई गरेको कारवाही पार्टीको विधान विपरित रहेको पनि बैठकले ठहर गरेको कर्णले बताए । कारवाहीबारे निर्वाचन आयोगलाई पनि जानकारी गराइएको छ ।...
ठाकुरसहित चार नेता जसपाबाट निष्कासित, निर्वाचन आयोगलाई जानकारी

ठाकुरसहित चार नेता जसपाबाट निष्कासित, निर्वाचन आयोगलाई जानकारी

राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरेको छ । पार्टीको कार्यकारिणी समितिको बैठकको निर्णयअनुसार ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गरेको हो । यादव पक्षले यसबारे निर्वाचन आयोगलाई पनि जानकारी गराइसकेको छ । पार्टीभित्र विवाद उत्कर्षमा पुगेपछि यादवले ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्लालाई २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण दिन जेठ १५ गते पत्र पठाएका थिए । तर तीन दिन बित्दासम्म स्पष्टीकरणको जवाफ आएको थिएन । यसअघि जेठ ८ गते बसेको कार्यकारिणी समितिको बैठकले कारबाहीसम्बन्धी निर्णय लिने सम्पूर्ण अधिकार अध्यक्ष यादवलाई दिएको थियो । जेठ ८ गते बसेको कार्यकारिणी समितिका बैठकले सरकारमा सहभागी हुने नेता ...
एकता बचाउन अन्तिमसम्म प्रयास गर्ने एमालेको निर्णय

एकता बचाउन अन्तिमसम्म प्रयास गर्ने एमालेको निर्णय

राजनीति
नेकपा एमालेले पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास जारी राख्ने र लचकता अपनाउने निर्णय गरेको छ । मंगलबार बसेको स्थायी समिति बैठकमा पार्टी एकता बचाउन भैरहेका छलफलबारे विवेचना गर्दै एकता बचाउन प्रयास जारी राख्ने निर्णय भएको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । ‘पार्टीको आन्तरिक एकताका लागि भइरहेका छलफलबारे विवेचना भयो, एकता बचाउन नेतृत्व तहबाट अन्तिम समयसम्म पनि प्रयास जारी राख्ने बारेमा छलफल भएको छ’, ज्ञवालीको भनाइ छ । त्यस्तै एमाले बैठकमा प्रतिनिधि सभा विघटनपछिका राजनीतिक घटनाक्रम र सर्वोच्च अदालतमा विचाराधीन मुद्दा प्रभावित गर्नेगरी भइरहेका बहसमाथि समिक्षा भएको छ । साथै बजेट र लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उप निर्वाचनको समेत बैठकमा समिक्षा भएको छ । बैठकमा स्पष्टिकरण सोधेका १२ जना नेतालाई कारवाहीबारे बैठकको एजेण्डा नै नभएको प्रवक्ता ज्ञवालीले बताए । उनले एमाले वार्ताका लागि...
रेशम चौधरीको मुद्दा फिर्ता लिइने सहमति

रेशम चौधरीको मुद्दा फिर्ता लिइने सहमति

Featured, राजनीति
काठमाडौं। सरकार र थारुहट/थारुवान संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । सहमतिअनुसार रेशम चौधरी लगायतमाथि लगाइएको मुद्दा फिर्ता लिइने भएको छ भने कानुनसम्मत रुपमा रिहाइको लागि पहल गर्ने सहमति समेत भएको छ। सरकार र थारु कल्याणकारी सभा,थरुहट/थारुवान संघर्ष समितिबीच भएको वार्ताका क्रममा ६ बुँदे सहमति भएको हो । सहमतिअनुसार थरुहट/थरुवान आन्दोलनका क्रममा सहिद भइ राहत प्राप्त गर्न छुटेका परिवारलाई राहत उपलब्ध गराउने,शहिद परिवारको उचित व्यवस्थापन गर्ने,घाइतेको उपचार गर्न सरकार राजी भएको छ । संविधानमा उल्लेखित व्यवस्था र अदालतको फैसलाअनुसार राज्यका हरेक तह र तप्कामा थारुहरुको आरक्षणको व्यवस्था तथा सबैखाले थारु समूदायको बारेमा संविधान अनुरुपको ब्याख्या र व्यवस्था कायम गरिने सहमति पनि भएको छ । थारु बाहुल्य क्षेत्रमा थारु शिक्षाको व्यवस्था गर्ने, कमैया, कमलरी संघर्ष समितिले विगतमा सरकारले गरेको...
एक साताभित्र वरिष्ठताको आधारमा इजलास पुनर्गठन गर्न प्रधानन्यायाधीश सहमत

एक साताभित्र वरिष्ठताको आधारमा इजलास पुनर्गठन गर्न प्रधानन्यायाधीश सहमत

Featured, राजनीति
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा एक साताभित्र वरिष्ठताको आधारमा संवैधानिक इजलास पुनर्गठन गर्न सहमत भएका छन् । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य लगायतको टोलीसँगको छलफलमा प्रधानन्यायाधीश राणा वरिष्ठताको आधारमा एक साताभित्र इजलास गठन गर्न सहमत भएका हुन् । छलफलपछि श्रेष्ठले संवैधानिक इजलास संचालन सम्बन्धी नियमावली २०७२ शंसोधनका लागि सर्वोच्च अदालतको पूर्ण बैठकबाट निर्णय गरेर न्याय परिषद्मा पेश गर्ने सहमति भएको बताए । ‘संवैधानिक इजलास गठन सम्बन्धमा सहमति भएको छ । संवैधानिक इजलासको नियममै आवश्यकताअनुसार परिमार्जन गरी वरिष्ठताको आधारमा इजलास गठन गर्ने र वरिष्ठताको आधारमा गठन गर्दा पनि उनीहरुबारे पनि स्वार्थ बाझियो वा स्वास्थ्यको कारणबाट बस्न नसक्ने भयो भने त्यसभन्दा तलको सिनियर जो छ उसलाई ल्याएर इजलास गठन गर्ने कुरामा सम्माननीयज्यूले सहमति जनाउनु भएको छ’, छलफलपछि शाक्यले बताए...
सर्वोच्चका ९ जना वरिष्ठ न्यायाधीशले नै प्रतिनिधि सभा विघटनको रिट हेर्न नमिल्ने !

सर्वोच्चका ९ जना वरिष्ठ न्यायाधीशले नै प्रतिनिधि सभा विघटनको रिट हेर्न नमिल्ने !

राजनीति
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरूमाथि सुनुवाइका लागि गठित संवैधानिक इजलासमा रहेका सर्वोच्चका ९ वरिष्ठ न्यायाधीशले यो रिट हेर्न नमिल्ने देखिएको छ । संवैधानिक इजलासमा रहेका २ न्यायाधीशको विषयलाई लिएर प्रश्न उठिरहेका बेला सर्वोच्चका ९ वरिष्ठ न्यायाधीशले यो रिट झनै हेर्न नमिल्ने देखिएको हो। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा रहेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठ इजलासमा बस्न नमिल्ने भनी रिट निवेदक पक्षका कानून व्यवसायीले जोडतोडका साथ माग गरिरहेका बेला घटनाक्रममा नयाँ ट्वीस्ट देखा परेको हो । वरिष्ठ न्यायाधीशहरूलाई पन्छाएर इजलास गठन भएको भनी प्रश्न उठिरहेका बेला वरिष्ठ न्यायाधीशहरू इजलासमा बस्न नमिल्ने अवस्था रहेको लोकान्तरको सम्पर्कमा आएको उच्च स्रोत तथा वरिष्ठ कानूनविद्हरूले बताए । हाल संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र ...
संवैधानिक इजलासका अर्का न्यायाधीशमाथि पनि उठ्यो नैतिकताको प्रश्न

संवैधानिक इजलासका अर्का न्यायाधीशमाथि पनि उठ्यो नैतिकताको प्रश्न

राजनीति
काठमाडौं । संवैधानिक इजलासमा कुन न्यायाधीश बस्न मिल्ने र को नमिल्ने भन्ने विवाद लम्बिदै जाँदा अर्का न्यायाधीशमाथि पनि नैतिक प्रश्न उठ्ने देखिएको छ । विपक्षीले इजलासमा न्यायाधीश छान्न थालेको भन्दै सरकार पक्षका वकिलले पनि मंगलबारको इजलासमा अरु न्यायाधीशमाथि प्रश्न उठाउने तयारी गरेका छन् । विपक्षी गठबन्धनका नेता शेरबहादुर देउवा पक्षबाट उभिएका बरिष्ठ अधिवक्ताहरुले न्यायाधीशहरु तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि नैतिक प्रश्न उठाइरहेका बेला इजलासकै अर्का न्यायाधीश आनन्दमोहन भट्टराई पनि प्रश्न उठाउन लागिएको हो । नेकपा विभाजन सम्बन्धी फैसला गरेका कारण श्रेष्ठ र केसी इजलासमा बस्न नमिल्ने तर्क विपक्षीले गरेका छन् । यता इजलासमै रहेका न्यायाधीश आनन्दमोहन भट्टराईलाई महाअभियोगबाट उन्मुक्ति दिने सांसद नै रिट देउवाको पक्षबाट रिट निवेदक भएकाले उनी इजलासमा बस्दा न्याय प्रभावित हुने तर्क अर्को पक्षले गरे...
जसपा पनि सरकारमा !

जसपा पनि सरकारमा !

राजनीति
नता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी हुने भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह सरकारमा सहभागी हुने भएको हो । यसअघि, प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकारमा सहभागी हुने विषयमा छलफल हुँदै आएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली, जसपा अध्यक्ष ठाकुर वरिष्ठ नेता महतोबीच सरकारमा सहभागी हुने विषयमा छलफल भएको छ । जसपा नेता लक्ष्मणलाल कर्णका अनुसार सरकारमा सहभागी हुनेबारे छलफल भए पनि निर्णय केही निर्णय भएको छैन । ‘सरकारमा सहभागी हुन प्रधानमन्त्रीबाट प्रस्ताव आएको छ, आउनुस्, सँगै काम गरौं भन्ने प्रस्ताव उहाँबाट आएको हो,’ कर्णले राजधानीसँग भने, ‘तर, हाम्रो पार्टीमा छलफल भएको छैन । छलफल गरेर भन्छौं भनेका छौं ।’ प्रधानमन्त्री ओली र जसपा अध्यक्ष ठाकुर, वरिष्ठ नेता महतोका साथै छलफलमा सरकारले गठन गरेको संविधान संशोधन कार्...
‘कालो कोट’ मा होइन ‘कालो सोच’ मा समस्या छ : प्रवक्ता शर्मा

‘कालो कोट’ मा होइन ‘कालो सोच’ मा समस्या छ : प्रवक्ता शर्मा

Featured, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रवक्ता विश्व प्रकाश शर्माले ब्यक्तिको अभिव्यक्ति स्वतन्त्रता विरुद्ध शासकको भावनात्मक उत्तेजना सदैब निन्दनीय हुने बताएका छन् । शर्माले सामाजिक सञ्जालमार्फत ‘कालो कोट’ मा होइन ‘कालो सोच’ मा समस्या छ भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफ दिएका छन् । उनले व्यक्तिको पहिचान अभिव्यक्तिमा हुने भन्दै देशको प्रधानमन्त्री पदको गरिमा खस्काउने अभिव्यक्ति रोकन प्रधानमन्त्रीलाई आग्रह समेत गरे । शर्माले लेखेका छन्, ‘अरु बोले अराजक अभिव्यक्ति,आफु बोले अभिव्यक्ति स्वतन्त्रता रु विवेक बोल्ने पुर्व प्रधानन्यायाधीशहरु आउटडेटेड अनि आफ्नो आउटडेटेड राजनैतिक दर्शन चैं दिब्यज्ञान ‘ शर्माले भने, ‘सम्माननिय, प्रधानमन्त्री , व्यक्तिको पहिचान अभिव्यक्तिमा हुन्छ, देशको प्रधानमन्त्री पदको गरिमा खस्काउने अभिव्यक्ति रोकौं अब’ हिजो युवा संघको भर्चुअल बैठकमा बोल्दै ओलीले कानून...
देशका लागि अनिष्ट हुने काम भइरहेको छ : प्रधानमन्त्री ओली

देशका लागि अनिष्ट हुने काम भइरहेको छ : प्रधानमन्त्री ओली

राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्रैका नेताबाट देशको लागि अनिष्ट हुने काम भइरहेको बताएका छन् । तेश्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले संसदीय प्रणाली र दलीय प्रणालीमा विश्वमै कतै नहुने घटना नेपालमा भइरहेको बताए । उनले नेता माधवकुमार नेपालप्रति इंगित गर्दै नेतृत्व नै धमिलो भएपछि कार्यकर्तामा त्यसको प्रभाव पर्नु स्वभाविक भएको टिप्पणी गरे । उनले उनीहरुले मुलुक विरुद्ध निकै ठूलो अनिष्टको काम गरिरहेको दाबी पनि गरे । उनले भने– ‘तीनले खाएको सपथ झुटो हो, तीनको सपथ बेइमानी हो । तीनका सपथभित्र स्वार्थ पुरा गर्ने कपट लुकेको हुन्छ । अहिले तीनले खाएका सपथ सम्झनुहोस् त । तीनले कहाँ–कहाँ सपथ खाए होलान् तर देशको विरुद्ध बहुतै ठूलो अनिष्टको काम गरिरहेका छन् । जब...