राजनीति

मन्त्रिपरिषद्को विस्तार गर्दै प्रधानमन्त्री: को को बन्दैछन मन्त्री?

मन्त्रिपरिषद्को विस्तार गर्दै प्रधानमन्त्री: को को बन्दैछन मन्त्री?

Featured, राजनीति
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन्। प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई समर्थन गर्दै आएको जनता समाजावादी पार्टी (जसपा) सरकारमा सहभागी हुने तय भएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बिस्तारको तयारी गरेका हुन्। यसैबीच (जसपा) अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । जसपालाई आजै सरकारमा सहभागी गराउने तयारी भइरहेका बेला ठाकुर छलफलका लागि बालुवाटार पुगेका हुन् । यसअघि हिजो बिहिबार राती पनि सरकारमा सहभागी हुने विषयमा अध्यक्ष ठाकुर र प्रधानमन्त्री ओलीबीच छलफल भएको थियो । उक्त छलफलमा पनि यसअघिकै अनुरुप जसपालाई आठ मन्त्रालय दिने सहमति भएको बताइएको छ । स्रोतका अनुसार जसपाले नेता राजेन्द्र महतोको नेतृत्वमा आठ मन्त्री र दुई राज्यमन्त्रीलाई सरकारमा पठाउने तयारी भए पनि मन्त्रालयको टुंगो लाग्न बाँकी छ । जसपाको पार्टीको आधिकारिकत...
ठाकुर पक्षले टुङ्ग्यायो मन्त्रीको नाम

ठाकुर पक्षले टुङ्ग्यायो मन्त्रीको नाम

राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गो लगाएको छ । यद्यपि, मन्त्रालयको विषयमा भने कुरा मिलेको छैन । मन्त्रालयको विषयमा टुंगो लगाउन जसपा अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल हुँदैछ । जसपाका एक कार्यकारिणी समिति सदस्यले दिएको जानकारी अनुसार राजेन्द्र महतोको नेतृत्वमा शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, चन्दा चौधरी, लक्ष्मणलाल कर्ण, उमाशंकर अरगरिया, विमल श्रीवास्तव, एकवाल मियाँ र रेनुका गुरुङ सरकारमा सहभागी हुन लागेका हुन् । यसमध्ये आठजना मन्त्री दुईजना राज्यमन्त्री हुने बताइएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजेन्द्र महतो, जलस्रोत तथा सिँचाई मन्त्रालयमा शरतसिंह भण्डारी, शहरी विकास मन्त्रालयमा अनिलकुमार झा, खानेपानी मन्त्रालयमा विमल श्रीवास्तव र युवा तथा खे...
जसपाको सरकारमा जाने अन्तिम तयारी, सहमति जुटे आजै सपथ ग्रहण गर्ने !

जसपाको सरकारमा जाने अन्तिम तयारी, सहमति जुटे आजै सपथ ग्रहण गर्ने !

Featured, राजनीति
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन्। प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई समर्थन गर्दै आएको जनता समाजावादी पार्टी (जसपा) सरकारमा सहभागी हुने तय भएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बिस्तारको तयारी गरेका हुन्। स्रोतका अनुसार जसपाको महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने अन्तिम तयारीमा रहेको छ । पार्टीमा मन्त्रीको नाम चयन गर्ने विषयमा सहमति जुटे आजै सरकारमा सहभागी हुने सम्भावना रहेको ठाकुर पक्षका नेताहरुले बताएका छन्। यसअघि हिजो बिहिबार राती पनि सरकारमा सहभागी हुने विषयमा अध्यक्ष ठाकुर र प्रधानमन्त्री ओलीबीच छलफल भएको थियो । उक्त छलफलमा पनि यसअघिकै अनुरुप जसपालाई आठ मन्त्रालय दिने सहमति भएको बताइएको छ । स्रोतका अनुसार जसपाले नेता राजेन्द्र महतोको नेतृत्वमा आठ मन्त्री र दुई राज्यमन्त्रीलाई सरकारमा पठाउने तयारी गरेको छ। यसै बिषयमा आज एक बजे प्रधानम...
‘ओलीले संसद विघटनप्रति आत्मालोचना गरे एकता सम्भव’

‘ओलीले संसद विघटनप्रति आत्मालोचना गरे एकता सम्भव’

राजनीति
काठमाडौं । नेकपा एमालेको खनाल नेपाल समूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको संसद विघटनप्रति आत्मालोचना गरे मात्रै सहकार्य हुनसक्ने निष्कर्ष निकालेको छ । साथै सो समूहले संसद विघटनविरुद्धको संघर्षलाई जारी राख्ने भएको छ । बिहीबार खनाल–नेपाल समूहका केन्द्रीय सदस्यहरुको भर्चुअल भेलामा सहभागी अधिकांश नेताहरुले ओलीको संसद विघटन गर्ने कदम प्रतिगामी भएको ठहर गर्दै उनीसँगको सहकार्य लगभग अन्त्य भएको धारण राखेका थिए । ‘ओली एकपछि अर्को गर्दै प्रतिगमनतिरै जानुभएको छ । त्यसैले उहाँले आत्मालोचना गरेर जेठ २ को पार्टी कमिटी क्रियाशील गर्न प्रतिबद्धता जनाए मात्रै सहकार्य सम्भव छ भन्ने नै निष्कर्ष निस्कियो’, सो समूहका नेता युवराज ज्ञवालीले भने, ‘यदि ओली त्यसो गर्न तयार हुँदैनन् भने नयाँ पार्टी पुनर्गठन गर्नुको विकल्प छैन भन्नेमा नेताहरु एकमत हुनुभयो ।’ त्यस्तै उनले त्यसका लागि धेरै स...
‘दरबार हत्याकाण्डबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठन गरौं’

‘दरबार हत्याकाण्डबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठन गरौं’

Featured, राजनीति
काठमाडौं । जनता समाजवादी पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई दरबार हत्याकाण्डबारे छानबिन गर्नका लागि राष्ट्रिय सहमतिको आधारमा उच्चस्तरीय र निष्पक्ष छानबिन आयोग गठन गर्न प्रस्ताव गरेका छन् । भट्टराईले एक ट्वीटमार्फत राजा वीरेन्द्रको वंशनाश भएको नारायणहिटी हत्याकाण्डको २० वर्ष भइसक्दा पनि त्यसबारे सत्यतथ्य स्थापित हुन नसक्नु र आरोप प्रत्यारोपको शृङ्खला चलिरहनु लोकतान्त्रिक गणतन्त्रका निम्ति शोभनीय नरहेको बताएका छन् । उनले आयोग गठन गरी यो रहस्य सदाको निम्ति अन्त्य गर्न आग्रह गरेका छन् । काठमाडौं । जनता समाजवादी पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई दरबार हत्याकाण्डबारे छानबिन गर्नका लागि राष्ट्रिय सहमतिको आधारमा उच्चस्तरीय र निष्पक्ष छानबिन आयोग गठन गर्न प्रस्ताव गरेका छन् । भट्टराईले एक ट्वीटमार्फत राजा वीरेन्द्रको वंशनाश भएको नारायणहिटी हत्याकाण्डको २० व...
माधव नेपालको अडान, ओलीले संसद विघटनको निर्णय फिर्ता लिए मात्र पार्टी एकता सम्भव

माधव नेपालको अडान, ओलीले संसद विघटनको निर्णय फिर्ता लिए मात्र पार्टी एकता सम्भव

राजनीति
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटनको मुद्दा फिर्ता लिए मात्र पार्टी एकता सम्भव हुने बताएका छन् । नेपालले ओलीविरुद्धको हस्ताक्षर आफूले फिर्ता नलिने अडान लिएका छन् । ओलीले संसद विघटनको गलत निर्णय लिएँ भनेर स्वीकार गर्नुपर्ने र जनतासँग माफी माग्नुपर्ने नेता नेपालको भनाइ छ । आफ्नो कामको सार्वजनिक रुपमा आत्मलोचना गर्नुपर्ने उनले बताए । आफूलगायत नेताहरुलाई पार्टीको साधारण सदस्यबाट निकाल्ने ओलीको निर्णय अवैधानिक भएको नेपालले बताए । ओलीले जेठ १० गते नेता नेपाल, भीम रावलसहित ११ सांसदलाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी पार्टीबाट निकाल्ने निर्णय गरेका थिए । नेपालले आज ११ बजे आफू पक्षीय स्थायी कमिटीको भर्चुअल बैठक बोलाएका छन् ।...
अध्यक्ष ओली बाहेकले बोलाएको बैठक अवैध : एमाले

अध्यक्ष ओली बाहेकले बोलाएको बैठक अवैध : एमाले

Featured, राजनीति
काठमाडौँ । नेकपा एमालेबाट निष्काशित माधवकुमार नेपाल समूहले बोलाएको स्थायी कमिटीको बैठक अवैध भएको एमालेको संस्थापन पक्षले आरोप लगाएको छ । नेपाल समूहले आज ११ बजे भर्चुअल माध्यमबाट बैठक बोलाएको थियो । बैठकबारे थाहा पाएपछि संस्थापन पक्षले विज्ञप्ति निकालेर सो अवैध बैठकमा सहभागी नहुन निर्देशन दिएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले अध्यक्ष केपी शर्मा ओली बाहेकले बोलाएको बैठक अवैध भएको बताएका छन् । ‘अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने नेकपा एमालेको वैधानिक व्यवस्था विपरित पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको छ त्यस्तो कृयाकलापको निन्दा एवम् भर्त्सना गर्दछु ।’ ‘पार्टी केन्द्रीय कमिटीका सदस्य कमरेडहरुलाई पार्टीको विधान र मुलुकको कानून विपरितको त्यस्ता कृयाकलापमा सहभागी नहुन सुचित गर्दछु’ विज्ञप्तिमा उ...
‘म पार्टीबाट २० हजार तलब लिन्छु’

‘म पार्टीबाट २० हजार तलब लिन्छु’

section, राजनीति
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टीबाट मासिक २० हजार तलब लिने बताएका छन्। महासचिव विप्लवले हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा प्रस्तोता राजेन्द्र बानियाँसगको कुराकानीमा पार्टीबाट २० हजार तलब लिने बताएका हुन्। प्रस्तोता बानियाँले तपाईंलाई तपाईंको पार्टीले मासिक कति तलब दिन्छ भनी सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘म २० हजार लिन्छु ।’ सो कार्यक्रममा बोल्दै विप्लवले आफूले खेतीपातीमा काम गर्ने गरेको र हातमा उठेको ठेला देखाउदै भने, ‘यो कुनै बनावटी कुरा होइन, हाम्रो एउटा सपना छ,’ विप्लवले भने, ‘हामीले त्यो गरेर देखाउँदै पनि छौं ।’ विप्लवसँगको अन्तरवार्ता आज राति ९ बजे हिमालय टेलिभिजनमा प्रसारण हुनेछ । उक्त भिडियोको क्लिप अहिले युट्युवमा लाखौले हेरेका छन्।...
एमालेमा यसकारण रोकियो खनाल-नेपाल समूहमाथिको कारबाही

एमालेमा यसकारण रोकियो खनाल-नेपाल समूहमाथिको कारबाही

पत्रपत्रिका, राजनीति
काठमाडौं । एमालेले आफ्ना १२ नेतालाई स्पष्टीकरण सोधेको एक साता नाघे पनि कुनै निर्णय गरेको छैन। ती नेताले स्पष्टीकरणको जवाफ दिएका छैनन्। तर, स्थायी कमिटीको मंगलबार बसेको बैठकले पनि यस विषयमा निर्णय लिएन। एमाले नेतृत्व माधवकुमार नेपाल पक्षका ती नेतालाई कारबाही गरिहाल्नेभन्दा पनि अन्तिम समयसम्म एकताको प्रयास गर्ने पक्षमा देखिएको छ। पार्टी प्रवक्ता प्रदीप ज्ञवाली एकताका लागि हदैसम्म लचिलो हुने बताए। उनका अनुसार स्पष्टीकरण सोधिएका १२ नेताको कारबाही प्रक्रिया रोकिएको छ। ‘धेरै साथी मूलधारमा जोडिनुहोस्’, उनले भने, ‘बडो गर्वका साथ देउवालाई प्रधानमन्त्री बनाउने, आफ्नो पार्टीका नेतालाई हराउने कुरा गर्नुभएको छ। त्यही पनि फर्किनुभयो राम्रो नै हुन्छ। तर, एकताको प्रयासको तालमेलमा मेल खाँदैन।’ उनले केही सदस्य पार्टीबाट निष्कासनमा परेकाले कार्यदल भने अस्तित्वमा नरहेको बताए। उनले कार्यदल पुनर्गठन हुन सक्न...
उपेन्द्र यादव प्रचण्डपथमा लागे, महन्थले दिलाए थारूलाई न्याय

उपेन्द्र यादव प्रचण्डपथमा लागे, महन्थले दिलाए थारूलाई न्याय

Featured, राजनीति
काठमाडौँ । नेपाल सरकार र थारू कल्याणकारी सभा, थरूहटरथारूवान संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । सहमतिको पहिलो बुँदामा थरुहटरथारुवान आन्दोलनका क्रममा टीकापुरमा भएको घटनामा आरोपित धनिराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरी लगायतमाथि लगाइएका सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान तथा कानुनअनुसार पहल गरिने उल्लेख गरिएको छ । थरुहटरथारुवान आन्दोलका क्रममा सहिद भइ राहत प्राप्त गर्न छुटेका परिवारलाई राहत उपलब्ध गराउने, सहिद परिवारको उचित व्यवस्थापन गर्ने, घाइतेहरुको उपचार गर्ने र आन्दोलनका क्रममा विभिन्न स्थानमा भएको धनजनको क्षतिको छानबिन र मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया अघि बढाउने सहमति पनि भएको छ । महिला र असहायमाथि दुर्व्यवहार गर्नेलाई पनि काुननी दायरामा ल्याउने पनि सहमतिमा जनाइएको छ । त्यस्तै सहमतिको तेस्रो बुँदामा संविधानमा उल्लेखित व्यवस्था र सर्वोच्च...