राजनीति

‘मुलुक गम्भीर संकटमा पर्दैछ भन्ने सूचना पाएको छु’

‘मुलुक गम्भीर संकटमा पर्दैछ भन्ने सूचना पाएको छु’

Featured, राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद‍् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले मुलुकप्रति गम्भीर घात हुन लागेको सूचना आफूले पाएको र त्यो सूचना प्रधानमन्त्री केपी शर्मा ओलीदेखि राजनीतिक दलका शीर्ष नेताहरुलाई जानकारी गराएको बताएका छन् । त्यो सूचना के हो भन्ने नखुलाएका भट्टराईले कुनै दिन यथार्थ बाहिर ल्याउने तर अहिले बेला नभएको उल्लेख गरेका छन् । हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’सँगको कुराकानीमा डा. भट्टराईले यो कुरा उल्लेख गरेका हुन् । ‘वैशाख १३ गते करिब–करिब मध्यरातमा मेरो जीवनमा यस्तो एउटा घटना घटेको छ यो आज पनि उद्घाटित गर्दिनँ, तपाईंलाई संकेत मात्र गर्छु,’ डा. भट्टराइले भनेका छन्, ‘कुनै दिन मैले नेपाली जनतालाई बुझाउनुपर्छ किनकी म देशको सार्वभौमिकता, स्वाधिनता, देशको लोकतन्त्र र संविधानप्रति बफादार रहन भनेर सपथ लिएको पूर्व प्रधानमन्त्री हो ।’ उनले देश ...
प्रदेश २ मा चार मन्त्री बर्खास्त गर्ने सिफारिस प्रदेश प्रमुखद्वारा सदर

प्रदेश २ मा चार मन्त्री बर्खास्त गर्ने सिफारिस प्रदेश प्रमुखद्वारा सदर

Featured, राजनीति
जनकपुरधाम । प्रदेश २ का ४ मन्त्री बर्खास्त गर्ने प्रदेश सरकारको निर्णय प्रदेश प्रमुख राजेश झाले सदर गरेका छन् । आइतबार प्रदेश सरकारले महन्थ ठाकुर पक्षका एक मन्त्री र तीन राज्यमन्त्रीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको थियो । भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, राज्यमन्त्री डिम्पलकुमारी झा, उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल र सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई मुख्यमन्त्रीको सिफारिसमा पदमुक्त गरिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता होम प्रसाद घिमिरेले जानकारी दिए । मन्त्री सोनलले जिम्मेवारी पाएको भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेबारी मुख्यमन्त्री लालबाबु राउतले आफू मातहत राखेका छन् । एक मन्त्री र तीन राज्यमन्त्री हटाइएसँगै प्रदेश प्रमुखले मुख्यमन्त्री, ५ मन्त्री र ३ राज्यमन्त्री कायम गरेका छन् । मुख्यमन्त्री लालबाबु राउत, आर्थिक मामिला ...
माधव नेपाल समूहको निश्कर्ष : वैकल्पिक बाटो रोज्नुपर्ने हुन सक्छ

माधव नेपाल समूहको निश्कर्ष : वैकल्पिक बाटो रोज्नुपर्ने हुन सक्छ

Featured, राजनीति
काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले आफूहरुको माग पूरा गर्ने विश्वसनीय आधार नभए वार्ताका नाममा अल्झिनु नहुने निष्कर्ष निकालेको छ। यो यस्तो अवस्थामा संविधानको रक्षा र लोकतन्त्रका लागि बाध्य भएर वैकल्पिक बाटो अवलम्बन गर्नुपर्ने निष्कर्ष पनि निकालेको छ । आफूपक्षीय केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकको निर्णयमा माधवकुमार नेपाल समूहले आफूहरुले अघि सारेका मागहरु निश्चित समयावधिमा विश्वसनीय रुपमा कार्यान्वयन हुने गरी सहमति सार्वजनिक भए मात्र अध्यक्ष केपी शर्मा ओली एकताको पक्षमा रहेको ठहरिने निष्कर्ष निकालेको छ । ‘अन्यथा असंवैधानिक किसिमले प्रतिनिधिसभा विघटन गरी आम निर्वाचनको घोषणा गर्ने कार्यका विरुद्ध देशका प्रमुख राजनीतिक दलहरु कानुनी र राजनीतिक रुपमा संघर्षरत रहेको स्थितिमा अनिश्चित र परिणामविहीन वार्ता र एकताको नाममा षड्यन्त्र र जालझेलमा अलमलिनु नहुने स्पष्ट छ’ बैठकको निर्णयमा भनिए...
फेरि मन्त्रिपरिषद विस्तार हुँदै, कोको बन्दैछन् नयाँ मन्त्री ?

फेरि मन्त्रिपरिषद विस्तार हुँदै, कोको बन्दैछन् नयाँ मन्त्री ?

Featured, राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग राखेका ६ वटा मन्त्रालयमा थप मन्त्रीहरुको नियुक्ति गर्ने भएका छन् । आइतबार बेलुकासम्म थप मन्त्री नियुक्तिका लागि अहिले बालुवाटारमा छलफल जारी छ । शुक्रबार जनता समाजवादी पार्टीका १० जनालाई मन्त्री बनाइएको र एमालेका केही मन्त्रीहरुलाई हटाइएका कारण ७ वटा मन्त्रालयहरु खाली छन् । खाली रहेका ७ मन्त्रालयहरुमा रक्षा, गृह, उद्योग, कृषि, सामान्य प्रशासन, वन र सञ्चार छन् । खाली रहेका मन्त्रालयमा पूर्वमाओवादीबाट एमालेमा प्रवेश गरेकाहरुलाई समेत समेट्ने प्रधानमन्त्री ओलीको तयारी छ । कोको बन्दैछन् मन्त्री ? एमाले उच्च स्रोतका अनुसार खाली रहेका मन्त्रालयमध्ये रक्षा प्रधानमन्त्री ओलीले आफैंसँग राख्ने सम्भावना छ । बाँकी मन्त्रीहरु आजै नियुक्त गरेर आजै सपथ ग्रहण गर्ने तयारी छ । प्रधानमन्त्री ओलीले गृह मन्त्रालयमा चुनाव गराउन सक्ने भरपर्दो पात्रको खोजी गरेका...
संवैधानिक इजलास : प्रधानन्यायाधीश जंगिएपछि कड्किए महान्यायाधिवक्ता

संवैधानिक इजलास : प्रधानन्यायाधीश जंगिएपछि कड्किए महान्यायाधिवक्ता

Featured, राजनीति
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि संवैधानिक इजलासमा जारी बहसमा महान्यायाधिवक्ता रमेश बडाल कडा रुपमा प्रस्तुत भएका छन् । प्रधानमन्त्री केपी ओली पक्षका वकिलले पूरक रिट निवेदक ल्याएसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले फिर्ता नलिए कारबाहीको भागिदार हुने चेतावनी दिएपछि महान्यायाधीवक्ता बडाल बहसमा उत्रिँदै कडा रुपमा प्रस्तुत भएका हुन् । ‘५ जना न्यायाधीश अस्ति जो इजलासमा बस्नुभयो उहाँहरुको आदेश मान्ने की नमान्ने भन्ने प्रश्न छ’, उनले भने, ‘यो अस्ति लेखेको राय के हो ?’ जेठ १८ गतेको इजलासको राय देखाउँदै उनले अगाडि भने, ‘यो आदेशमा प्रधान न्यायाधीशको हस्ताक्षर खै ? हाम्रो न्यायिक प्रणालीलाई हामीले कुन दर्जामा राख्ने ? निवेदकले प्रश्न उठाए ठिक अनि अरुले प्रश्न उठाउँदा चाहिँ कारवाहीको भागिदार हुनुपर्ने ?’ उनले अदालतले स्थापित गर्न खोजेको न्यायिक परम्परा केहो भन्दै आक्रोश पोखे । उन...
नेपालमा चीनले फेरि बढाउन खोज्यो हस्तक्षेप

नेपालमा चीनले फेरि बढाउन खोज्यो हस्तक्षेप

राजनीति
काठमाडौँ । नेपाल यो वर्तमान समयमा दुई मद्दासँग लडिरहेको छ। पहिलो कोरोना महामारी र दोस्रो राजनीतिक अस्थिरता । यसै बीच चीन फेरि नेपालमा आफ्नो पकड बनाउने रणनीतिमा लागेको छ। महामारीका कारण देशभर निषेधाज्ञा लगाइएको छ। साथै राजनीतिक अस्थिरताको मौका छोपेर नेपालमा चीनले आफ्नो प्रभाव जमाउन विभिन्न रणनीतिका उपायहरु अपनाउन लागेको छ। पहिला काठमाडौँ स्थित चिनियाँ दूतावासको माध्यमबाट नेपालको आन्तरिक राजनीति चलाउने प्रयास गरिहरेको चीन अब बेइजिंगबाट काठमाडौँलाई नियन्त्रण गर्न विभिन्न रणनीतिक योजना बनाउन लागेको छ। कम्युनिष्ट पार्टी आफ चाइनको विदेश विभाग सक्रिय रुपमा यो मिसनमा लागेको छ। विदेश विभागका प्रमुख निर्देशक सांग ताओका अनुसार केपी शर्मा ओली अब चीनको नियन्त्रणमा रहेनन्। यसकारण उनको विकल्प खोज्न जरुरी रहेको छ। यसकारण चीनको कम्युनिष्ट पार्टी ओलीको पार्टीको विकल्पमा अर्को एक मजबुत पार्टी खडा गर्नमा जुट...
महतोलाई ‘देश निकाला’ गर्नुपर्ने माग

महतोलाई ‘देश निकाला’ गर्नुपर्ने माग

section, राजनीति
काठमाडौं । मन्त्री बनेपछि जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र महतोले दिएको एउटा अभिव्यक्ति विवादित बनेको छ।उपप्रधानमन्त्री तथा शहरी विकाश मन्त्रीमा नियुक्त भएपछि महतो विवादमा परेका हुन। देशलाई बहुल राष्ट्रिय राज्यका रुपमा लैजानलाई राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्नु रहेको उनको अभिव्यक्तिसँगै उनी विवादमा तानिएका हुन्। सामाजिक सञ्जालमा महतोको आलोचना भइरहेको छ। यसैबीच, नयाँ पार्टी नेपालले महतोले पदभार ग्रहण गरेपछि दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेको छ। “महतोलाई २४ घण्टाभित्र उप-प्रधान एवम् सहरी विकास मन्त्रीबाट निलम्बन गरि निजको नागरिकताको सम्बन्धमा परेको उजुरी उपर छानविन गरी आवश्यक कारबाही गरि देशद्रोही अभिव्यक्ति दिएकोमा राज्यद्रोह मुद्धा लगाई देश निकाला गर्न समेत सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ।” विज्ञप्तिमा भनिएको छ। विज्ञप्तिमा लेखिएको छ “अल्पमतमा पर्दापर्दै गैरकान...
‘नेपाल बहुलताले भरिएको देश हो, एकल राज्य स्वीकार्य छैन’

‘नेपाल बहुलताले भरिएको देश हो, एकल राज्य स्वीकार्य छैन’

राजनीति
काठमाडौं । जनता समाजवादी पार्टीका नेता एवं उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपाल बहुलताले भरिएको देश भन्दै एकल राज्य नभई बहुल राज्य हुन आवश्यक रहेको दोहोर्‍याएका छन् । शनिवार जसपा पार्टी कार्यालयमा नवनियुक्त मन्त्रीहरुलाई गरिएको स्वागत कार्यक्रममा बोल्दै उनले एकल राज्यका कारण विभिन्न समुदाय पछि परेको भन्दै बहुल समुदाय रहेकोले बहुलतामा आधारित राज्य सञ्चालन गर्नुपर्ने बताए । उनले नवनियुक्त मन्त्रीहरुलाई सबैभन्दा पहिले पाटीको नीतिलाई मुख्य ध्यानमा दिँदै काम गर्न निर्देशन दिए । मन्त्री महतोले थरूहट आन्दोलनमा लागेका पार्टीका नेता रेशम चौधरी जेलमा रहेको बताउँदै सर्वोच्चले मुद्धा टुङ्याएपछि राष्ट्रपतिबाट कैद सजाय माफी गराएर चौधरीको रिहाइ गराउने जानकारी गराए । उनले रेशम चौधरीको रिहाइको विषयमा ध्यानमा राखेको जानकारी गराए ।...
‘मन्त्रिपरिषद् पुनःगठन संविधान विपरित’

‘मन्त्रिपरिषद् पुनःगठन संविधान विपरित’

Featured, राजनीति
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव घोषणा गरिसकेको सरकारले संविधान प्रतिकूल मन्त्रिपरिषद् पुनः गठन गरेको जिकिर गरेका छन् । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिद्वारा आज आयोजित ‘राष्ट्रिय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम’को भर्चुअल उद्घाटन समारोहका क्रममा अध्यक्षले यस्तो बताएका हुन् । उनले शिक्षकसहित समाजका धेरै वर्गका माग सम्बोधन गर्न २० प्रतिशत युवालगायतलाई नीतिगत तहमा समेटेर लैजाने अवधारणा बनाइएको पनि बताए । दाहालले संविधान, लोकतन्त्र र राष्ट्रियता रक्षाका विषय जनताका बीचमा पु¥याउन शिक्षकलाई आग्रह गरे । “नेपाली मौलिकताको जनवादी क्रान्तिको कोर्स पूरा भए पनि साम्राज्यवादविरुद्धको लडाइँ बाँकी नै छ”, उनले भने, “समाजवादी क्रान्तिबाट सामन्तवादका अवशेष समाप्त पार्न कम्युनिष्ट एकता र आन्दोलनबाट मात्र सम्भव छ ।” उनले कोरोना महामा...
जसपाको महन्थ–राजेन्द्र पक्षलाई समेटेर मन्त्रिपरिषद पुनर्गठन, यस्तो छ जिम्मेवारी

जसपाको महन्थ–राजेन्द्र पक्षलाई समेटेर मन्त्रिपरिषद पुनर्गठन, यस्तो छ जिम्मेवारी

Featured, राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जसपा नेपाल (महन्थ–राजेन्द्र पक्ष)का १० जनालाई सरकारमा सामेल गरेका छन् । मन्त्रिपरिषद पुनर्गठन गर्दै प्रधानमन्त्री ओलीले जसपालाई ८ मन्त्री र दुई राज्यमन्त्रीसहित सत्ता साझेदार बनाएका हुन् । यसैगरी उनले मौजुदा मन्त्रिपरिषदका १२ जनालाई बिदा गरेका छन् । बिदा हुनेमा उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित ९ मन्त्री र तीन राज्यमन्त्री छन् । प्रधानमन्त्री ओलीले तीनजनालाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिएका छन् । जसअनुसार एमालेबाट सामेल भएका विष्णु पौडेल र रघुवीर महासेठलाई उपप्रधानमन्त्रीसहित क्रमशः अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयको कार्यभार तोकिएको छ । यस्तै, जसपा नेपालका राजेन्द्र महतोलाई पनि उपप्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । उनलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री ओलीले रक्षा, गृह, सञ्चार, वन, कृषि, उद्योग वाणिज्य...