राजनीति

देउवालाई प्रधानमन्त्री बनाउन बाटो खोल्नुपर्ने जिकिर

देउवालाई प्रधानमन्त्री बनाउन बाटो खोल्नुपर्ने जिकिर

Featured, राजनीति
काठमाडौँ। सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा वरिष्ठ अधिवक्ता शम्भु थापाले नेपाली काग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्नका लागि बाटो खोल्नुपर्ने तर्क गरेका छन् । प्रधानन्यायीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलामा आज वरिष्ठ अधिवक्ता थापाले अन्तरिम आदेशमार्फत देउवालाई प्रधानमन्त्रीका लागि बाटो खोल्नुपर्ने तर्क राखे। रिट निवेदकका तर्फबाट बहस गर्दै अधिवक्ता थापाले नेपालको संविधानको धारा ७६ (४) बमोजिम विश्वासको मत नलिएपछि प्रधानमन्त्रीबाट केपी शर्मा ओली स्वतः पदमुक्त भएकोसमेत दावी गरे । ‘संविधानमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ, विश्वासको मत पाउन सक्दिन भनिसकेकाले केपी ओलीजी पदमुक्त भइसक्नुभयो’,वरिष्ठ अधिवक्ता थापाले भने, ‘ओलीजी विश्वासको मत नपाएकाले पदमुक्...
इजलासमा कड्किए शम्भु थापा : विश्वासको मत पाउने आधार राष्ट्रपतिकहाँ हुन्छ कि आईसीसी हलमा ?

इजलासमा कड्किए शम्भु थापा : विश्वासको मत पाउने आधार राष्ट्रपतिकहाँ हुन्छ कि आईसीसी हलमा ?

राजनीति
वरिष्ठ अधिवक्ता शम्भु थापाले पदमुक्त भइसकेका प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेकाले स्वाभाविक रुपमा अदालतले अन्तरिम आदेश जारी गर्नुपर्ने जिकिर गरेका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका तत्कालीन नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलसहित १४६ निवर्तमान सांसदले दायर गरेको रिट निवेदनमा पक्षमा बहस गर्दै उनले प्रतिनिधिसभामा नपुगिकन विश्वास मत यसले प्राप्त गर्न सक्दैन भनेर राष्ट्रपतिले भन्न नमिल्ने समेत जिकिर गरे । उनले भने, ‘पदमुक्त भएको प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको हुनाले अन्तरिम आदेश जारी हुनुपर्छ ।’ उनले प्रधानमन्त्रीले विश्वासको मत नै नलिएकाले विश्वास मत फलानोले प्राप्त गर्न सक्दैन भनेर राष्ट्रपतिले भन्न नसक्ने उनको भनाइ थ...
एमाले एकताका बाधक ओली, नेपाल र खनाल भएको योगेश भट्टराईको आरोप

एमाले एकताका बाधक ओली, नेपाल र खनाल भएको योगेश भट्टराईको आरोप

Featured, राजनीति
काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकताको बाधक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, माधव नेपाल र झलनाथ खनाल भएको आरोप लगाएका छन् । ओली, नेपाल र खनालले एक अर्काको अस्तित्व स्विकार्न नसक्दा एमाले पार्टी एकतामा समस्या आएको बताए । आफ्नै पार्टीका नेताहरुसँग सहकार्य र छलफल गर्न तयार नहुने तर अन्य दलका नेताहरुसँग कुम जोडेर हिड्ने मनोवृत्तिले पार्टी एकता हुन नसकेको भट्टराईको आरोप छ । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले ओलीले राजेन्द्र महतो र महन्थ ठाकुरसँग सहकार्य गर्न हुने तर आफ्नै पार्टीका नेता नेपाल र खनालसित नहुने हुँदा समस्या बढ्दै गएको बताए । नेपाल र खनालले पनि शेरबहादुर देउवा, पुष्पकमल दाहाल र उपेन्द्र यादवसँग सत्ता साझेदारीलगायत बिषयमा गठबन्धन गर्न तयार भएका कारण पार्टी एकता हुन नसकेको उनले बताए ।...
संविधान लेख्नेहरूलाई साहको कटाक्ष: बबुर रोपेर आँपको अपेक्षा गर्नु मुर्खतापुर्ण

संविधान लेख्नेहरूलाई साहको कटाक्ष: बबुर रोपेर आँपको अपेक्षा गर्नु मुर्खतापुर्ण

राजनीति
काठमाडौं ।  पुर्व सहरी विकास मन्त्री प्रभु साहले अहिले उत्पन्न राजनीतिक संकटको समाधानका लागि संविधानको समिक्षा जरुरी रहेको बताएका छन्। मंगलबार सामाजिक संजालमा आफ्नो धारणा राख्दै उनले संविधानको समिक्षाको आवस्यकता औल्याएका हुन्। संवैधानिक प्रावधानहरु अस्पष्ट भएकोले सबैको फरक बुझाई हुन पुग्दा देश मुडभेड एवं अस्वस्थ प्रतिस्पर्धाको गोल चक्करमा फस्दै गएको उनको भनाई छ। उनले संविधानका गलत प्रावधानहरुलाई तत्काल सुधार गर्नुपर्नेना जोड दिएका छ्न। पुर्वमन्त्री साहले लेखेका छन्, "संविधानको सुधारका लागि गम्भीर समिक्षा गर्नुको सट्टा अदृश्य शक्तिहरुको चलखेलमा वर्तमान व्यवस्था संकटमा परेको हउवा पिट्नु भनेको अझ देशलाई संकटको लामो सुरुंगमा धकेल्नु हो।" उनले थपेका छ्न, "संविधान निर्माणका लागि तक्मा पाएकाहरूले विगतमा गरेका आफ्नो गल्तीप्रति आत्मलोचित हुँदै देशमा बेथिती, अराजकता, अस्थीरता एवम अस्तव्यस्तता र फो...
मन्त्रिपरिषद् विस्तारविरुद्धको रिट निवेदनमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

मन्त्रिपरिषद् विस्तारविरुद्धको रिट निवेदनमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

Featured, राजनीति
काठमाडौं । मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । मंगलबार न्यायाधीश इश्वर प्रसाद खतिवडाको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश अघि छलफल गर्नुपर्ने भनेर दुवै पक्षलाई असार ८ मा बोलाउने आदेश गरेको छ । वरिष्ठ अधिवक्ता निदेश त्रिपाठी, अधिवक्ता राजकुमार सुवाल, शालिकराम सापकोटा, सीतादेवी श्रेष्ठ, कञ्चनकृष्ण न्यौपाने र वीरेन्द्र प्रसाद शाहले दायर गरेको रिटमा मंगलबार सुनुवाई भएको थियो । रिट निवेदकले मन्त्रिमण्डल पुनर्गठन तथा विस्तार खारेज गर्न अन्तरिम आदेशको माग गरेका थिए । अदालतले निवेदक पक्ष र विपक्षी राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र मन्त्रिपरिषद्को कार्यालयलाई छलफल गरेर अन्तरिम आदेशबारे निर्णय गरिने आदेश गरेको हो । मन्त्रिपरिषद् विस्तार बिरुद्धको रिटमा भर्चुअल माध्यमबाट भएको थियो । केपी शर्मा ओलीले जेठ २१ मा गरेक...
चिनियाँ खोपको रियक्सनः राष्ट्रपति सि चिनफिङले नै दिए भण्डारीलाई यस्तो दबाब

चिनियाँ खोपको रियक्सनः राष्ट्रपति सि चिनफिङले नै दिए भण्डारीलाई यस्तो दबाब

राजनीति
काठमाडौँ । फुटको अन्तिम कसरत गर्दै गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई एक ठाउँमा ल्याउन राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय भएकी छन् । गत साता चिनियाँ राष्ट्रपति सि चिनफिङसँगको टेलीफोनपछि पार्टीलाई एक वनाउन भण्डारीको सकृयता वढेको हो । चिनियाँ राष्ट्रपतिसँगको छलफल सकिए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई शीतल निवास बोलाएकी थिइन् । त्यसयता उनले दोस्रो तहका नेताहरूमार्फत पार्टी एकतामा जोड दिइरहेकी छन् । माधवकुमार नेपाल समूहले २०७५ जेठ २ मा अध्यक्ष ओली फर्के पनि पार्टी एक हुन नसक्ने अवस्थामा पुगेको बताइरहँदा शीतल निवास फरक ढंगले लागेको हो । यद्यपि उनको पहलमा अध्यक्ष ओली गलत नभएको स्पष्टोक्ति हुने गरेकाले त्यो पहलले सार्थकता नपाउने देखिएको छ । चिनियाँ राष्ट्रपति सीले खोप उपलब्ध गराउने सँगै नेपालको राजनीतिक अवस्थाबारेमा चासो राखेका थिए । राजनीतिक कु...
एमाले सांसदको मतले जोगियो सुदूरपश्चिम सरकार

एमाले सांसदको मतले जोगियो सुदूरपश्चिम सरकार

Featured, राजनीति
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले विश्वासको मत पाएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव पेश गरेपछि सभामुखले निर्णयार्थ पेश गर्दा उनको पक्षमा बहुमत पुगेको हो । मुख्यमन्त्री भट्टले एमालेभित्रको विवादकै कारण विश्वासको मत लिनु परेको थियो भने एमालेकै सांसदको मतको कारण सरकार जोगिएको छ । प्रदेशसभामा भएको मतविभाजनमा मुख्यमन्त्रीको पक्षमा ३० मत प्राप्त भयो भने विपक्षमा ९ मत पर्यो । यस्तै काँग्रेसमा १२ सांसद मतदान प्रक्रियामा सहभागी भएनन् । मुख्यमन्त्रीलाई माओवादीसहित एमालेले समर्थन गर्ने निर्णय औपचारिक निर्णय गरेको थियो भने काँग्रेसले आवश्यकताअनुसार विश्वासको मत दिने निर्णय गरेको थियो । मुख्यमन्त्रीको पक्षमा विश्वासको मत पुग्ने भएपछि काँग्रेस मतविभाजन प्रक्रियामा सहभागी नभएको हो । ५२ सदस्यीय प्रदे...
मन्त्रिपरिषद् पुनर्गठन विरुद्ध सर्वोच्चमा रिट दर्ता

मन्त्रिपरिषद् पुनर्गठन विरुद्ध सर्वोच्चमा रिट दर्ता

राजनीति
मन्त्रिपरिषद् पुनर्गठन बिरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । मन्त्रिपरिषद् विस्तार विरुद्ध रिट दर्ता भएको अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले बताए । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले केपी शर्मा ओलीले जेठ २१ मा गरेको मन्त्रिपरिषद् विस्तार असंवैधानिक भएको दावी गरेर रिट हालेका हुन् । सोमबार अदालत प्रशासनले रिट दर्ता गरेको हो । विश्वासको मत लिन नसकेका प्रधानमन्त्री संविधानको धारा ७७ (३) अनुसार कामचलाउ भएको हुनाले मन्त्रिपरिषद् विस्तर गर्न नमिल्ने निवेदकको दाबी छ । ‘धारा ७६ अनुसार अदालतमा मुद्दा चलिरहेको छ’ अधिवक्ता न्यौपानेले भने–‘मन्त्रिपरिषद् विस्तार गैरसंवैधानिक भएको हाम्रो दावी छ ।‘...
प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, के-के भयो कुराकानी ?

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, के-के भयो कुराकानी ?

राजनीति
काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । नेता नेपाल र अध्यक्ष प्रचण्डबीच कोटेश्वरमा भएको भेटवार्तामा एमाले अध्यक्ष केपी ओलीले सार्वजनिक गरेको वक्तव्य, विपक्षी गठबन्धनका तर्फबाट प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा दिएको रिट निवेदन लगायतका विषयमा छलफल भएको बुझिएको छ । एमाले अध्यक्ष ओलीले आइतबार पार्टी एकताका लागि ६ बुँदे प्रस्तावसहित शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर र रिट निवेदन फिर्ता लिन माधव नेपाल पक्षलाई आव्हान गरेपछि प्रचण्ड र नेता नेपालबीच भेटवार्ता भएको हो । आजै नेता नेपालले ओलीको वक्तव्यबारे आफ्नो समूहका स्थायी समिति सदस्यहरुसँग छलफल गर्दैछन् ।...
ओलीको प्रस्ताव झुक्काउने र अलमलाउने नियतका साथ आयो : रामकुमारी झाँक्री

ओलीको प्रस्ताव झुक्काउने र अलमलाउने नियतका साथ आयो : रामकुमारी झाँक्री

Featured, राजनीति
काठमाडौँ । नेकपा (एमाले)की नेत्री रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले झुक्काउने मनसायका साथ ६ बूँदे प्रस्ताव राखेको टिप्पणी गरेकी छिन् ।साँच्चै एकताको लागि गरिएको भए एकता गर्नुपर्ने दुई पक्ष बिचमा सहमति गरी वरिष्ठ नेता कमरेड माधव नेपाल सहितको संयुक्त वक्तव्य आउनु पर्ने तर्क उनले गरेकी छिन् । यस्तो छ उनको धारणा भर्खरै मिडियामा अध्यक्ष क. खड्ग प्रसाद ओलीको नामबाट आएको वक्तव्य पढ्न पाइयो। सुरमा यो वक्तव्य देखेर म पनि खुसी भएँ। उत्साहित हुँदै पढेँ। पढ्दै जाँदा लाग्यो पार्टीको एकता खास उद्देश्यका लागि थियो र एकता भङ्ग पनि खास उद्देश्य पुरा गर्न योजनागत ढङ्गले गरिएको कुरा दिनको घाम जस्तै छ। अब रह्यो नेकपा एमालेको एकताको कुरास् यो साँच्चै एकताको लागि गरिएको भए एकता गर्नुपर्ने दुई पक्ष बिचमा सहमति गरी वरिष्ठ नेता कमरेड माधव नेपाल सहितको संयुक्त वक्तव्यको रूपमा आउँथ्यो। एकतर्फी घोष...