अन्तराष्ट्रिय

चिनियाँ ह्याकरको निशानामा अमेरिकी र भारतीय इन्टरनेट सेवाप्रदायक कम्पनी

चिनियाँ ह्याकरको निशानामा अमेरिकी र भारतीय इन्टरनेट सेवाप्रदायक कम्पनी

काठमाडौं । चिनियाँ ह्याकरले अमेरिकी र भारतीय इन्टरनेट सेवाप्रदायक कम्पनीहरुलाई निशाना बनाएका छन्। सेक्युरिटी रिसर्चर्सका अनुसार ‘भोल्ट टाइफुन’ नामको यो ह्याकिङ समूहले क्यालिफोर्नियाको एक स्टार्टअप कम्पनीको बगको फाइदा उठाइरहेको छ। यो खुलासा लुमेन टेक्नोलोजी इंकको इकाइ ब्ल्याक लोटस ल्याब्सले गरेको हो। ब्ल्याक लोटस ल्याब्सले भोल्ट टाइफुनले भर्सा नेटवर्कको सर्भर उत्पादनमा भएको त्रुटिको फाइदा उठाएर ४ अमेरिकी कम्पनी र एक भारतीय कम्पनीको सिस्टम तोडेको जनाएको छ। यी ४ अमेरिकी कम्पनीमा इन्टरनेट सेवा प्रदायक पनि पर्छन्। ब्ल्याक लोटस ल्याब्सले मंगलबार एक ब्लग पोस्टमा आफ्नो रिपोर्ट प्रकाशित गरेको छ। जसमा ‘मोडरेट कन्फिडेन्स’का साथ भनिएको छ, ‘बिना प्याच भर्सा सिस्टम उल्लंघनको पछाडि भोल्ट टाइफुनको…
Read More
चिनियाँ नागरिकको मुद्दती खातामा रहेको १ करोडको स्रोत खुलेन, सम्पत्ति शुद्धिकरणमा अर्को मुद्दा

चिनियाँ नागरिकको मुद्दती खातामा रहेको १ करोडको स्रोत खुलेन, सम्पत्ति शुद्धिकरणमा अर्को मुद्दा

काठमाडौं। चिनियाँ नागरिक फेग चांगवेन लगभग एक वर्षदेखि नख्खु कारागारमा छन्। जिल्ला अदालत काठमाडौंले विदेशी विनिमय अपचलन गरेको मुद्दामा दोषी ठहर गरेपछि उनलाई कारागार राखिएको हो २०८० जेठ २१ गते प्रहरीले उनलाई विदेशी मुद्रा सहित पक्राउ गरेको थियो। त्यसैको आधारमा २०८० पुस २० गते अनुसन्धानपछि अदालतले उनलाई दोषी ठहर गरेको थियो। नेपालमा उनको नाममा खोलिएको बैंक खातामा अस्वाभाविक रकम देखिएपछि त्यसबेला सम्पत्ति शुद्धिकरण विभागले पनि अनुसन्धान थालेको थियो। करिब एक वर्षको अनुसन्धानपछि विभागले फेगलाई अनुसन्धानको दायरमा ल्याउँदै मुद्दा चलाउन सिफारिस गरेको छ। जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार उनीविरुद्ध मुद्दा समेत दायर गरेको छ। उनको बैंक खातामा रहेको १ करोड २७…
Read More
क्यानडाले पनि चिनियाँ ईभीमा बढायो कर

क्यानडाले पनि चिनियाँ ईभीमा बढायो कर

क्यानडा । क्यानडाले पनि चीनमा निर्मित विद्युतीय सवारीसाधनको आयातमा एक सय प्रतिशत शुल्क लगाउने भएकोे छ । अमेरिका र युरोपेली संघले यसअघि नै चिनियाँ कारमा थप कर लगाइसकेका छन् । अमेरिका, युरोपेली संघ, क्यानडालगायतका पश्चिमी मुलुकहरुले चीनले आफ्नो विद्युतीय सवारी उद्योगलाई सहुलियत दिएको आरोप लगाउँदै आएका छन् । चीनले सहुलियत दिएका कारण आफ्नो देशका विद्युतीय गाडीको लागत महँगो भएकोले चिनियाँ विद्युतीय गाडीमा कर गाउनुपरेको बताउँदै आएका छन् । चीनले भने पश्चिमा मुलुकहरुले लिएकोे यो कदमलाई ‘व्यापार संरक्षणवाद’को संज्ञा दिएको छ । जुन विश्व व्यापार संगठनको नियमहरुको उल्लंघन गरेको आरोप चीनको छ । क्यानडाले विद्युतीय कारमा बढाएको ट्यारिफ शुल्क अक्टोबर एकदेखि लागू हुनेछ । यस्तै स्टिल र आल्मुनियममा…
Read More
चिनियाँ जासुसी विमानले हवाई क्षेत्र उल्लंघन गरेकाे जापानको आरोप

चिनियाँ जासुसी विमानले हवाई क्षेत्र उल्लंघन गरेकाे जापानको आरोप

टाेकियाे । जापानले चिनियाँ जासुसी विमानले आफ्नो हवाई क्षेत्र उल्लंघन गरेको आरोप लगाएको छ । जापानका अनुसार स्थानीय समयअनुसार सोमबार ११ः२९ मा करिब दुई मिनेटका लागि ‘वाई–९’ जासुसी विमानले डान्जो टापुको ‘हवाई क्षेत्रको उल्लंघन’ गरेको जनाएको हो । चीनले हवाई क्षेत्र उल्लंघन गरेको जापानको यो पहिलो आरोप हो । जापानका प्रमुख क्याबिनेट सचिवले चिनियाँ कदम ‘पूर्ण रूपमा अस्वीकार्य’ भएको बताएका छन् । उनले त्यसबारे टोकियोस्थित चिनियाँ दूतावासका एक अधिकारीसँग सोधपुछ गरेका बीबीसीले जनाएको छ । चीनले उक्त क्षेत्रमा प्रभाव जमाउन जापानलगायत अमेरिका र उसका साझेदारहरूविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । जापानी प्रसारण संस्था एनएचकेका अनुसार जापानी अधिकारीले सोमबारको अतिक्रमणविरुद्ध चिनियाँ विमानलाई…
Read More
चिनियाँ जासुसी जहाजको उपस्थितिप्रति श्रीलंकाका पूर्वसेना प्रमुखबाट चिन्ता व्यक्त

चिनियाँ जासुसी जहाजको उपस्थितिप्रति श्रीलंकाका पूर्वसेना प्रमुखबाट चिन्ता व्यक्त

काठमाडौं । श्रीलंकाका पूर्वसेना प्रमुख फिल्ड मार्शल सनथफोन्सेकाले हिन्द महासागर क्षेत्रमा चिनियाँ जासुसी जहाजको उपस्थितिप्रति चिन्ता व्यक्त गरेका छन् । उनले हिन्द महासागरक्षेत्र खासगरी श्रीलंकाली जलक्षेत्रमा चिनियाँ जहाजको उपस्थितिप्रति चिन्ता व्यक्त गरेका हुन् । उनले छिमेकी मुलुक भारतको सुरक्षा चासोलाई श्रीलंकाले प्राथमिकता दिनुपर्ने उल्लेख गरे । भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीका क्रममा पूर्वसेना प्रमुख फिल्डमार्शल फोन्सेकाले श्रीलंकाली जलक्षेत्रमा कुनै पनि सैनिक उपस्थिति आफ्ना लागि अस्वीकार्य रहेको समेत बताए । केही समयअघि श्रीलंकाको राजधानी कोलम्बोको बन्दरगाहमा चिनियाँ जहाजलाई रोकेर बन्दोबस्तीका सामान लोड गर्न दिइएको थियो । उनले श्रीलंकामा आगामी सेप्टेम्बर महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा पनि गरिसकेका छन् ।…
Read More
पोखरा विमानस्थलको ऋण अनुदानमा परिणत गरिदिन चीनलाई पत्र

पोखरा विमानस्थलको ऋण अनुदानमा परिणत गरिदिन चीनलाई पत्र

काठमाडौँ । सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह गरेको छ । अर्थ मन्त्रालयले उक्त ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै चिनियाँ पक्षलाई पत्र लेखेको हो । अर्थ मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले उक्त पत्र चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेइकुनलाई हस्तान्तरण गरे । पत्र हस्तान्तरण गर्नुअघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चीन नेपालको असल छिमेकी भएको र नेपालको अर्थतन्त्रको अवस्थालाई विशेष ध्यान दिँदै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा बदल्न चिनियाँ पक्षलाई आग्रह गरे । नेपाल सरकारले गरेको आग्रह चिनियाँ पक्षबाट…
Read More
अमेरिकामा चिनियाँ नागरिकमाथि जासुसी गरेको आरोप

अमेरिकामा चिनियाँ नागरिकमाथि जासुसी गरेको आरोप

वासिङ्टन डीसी । अमेरिकाले एक चिनियाँ नागरिकमाथि जासुसी गरेको आरोप लगाएको छ । अमेरिकी वकिलहरूले अमेरिकामा बस्दै आएका ६७ वर्षीय चिनियाँ नागरिक युआनजुं टांगविरुद्ध आपराधिक अभियोग दायर गरेका छन्। उनलाई चीनको गुप्तचर एजेन्सीको जासुस भएर काम गरेको आरोप लागेको छ । अमेरिकी न्याय मन्त्रालयका अनुसार टांगलाई बुधवार न्यूयोर्कबाट पक्राउ गरिएको हो । उनीमाथि एफबीआई विरुद्ध गलत बयान दिएको आरोप पनि लागेको छ । ‘टांगलाई चीनको एजेन्टको रूपमा काम गरेको, षड्यन्त्र गरेको र एफबीआईलाई गलत बयान दिएकोमा आपराधिक आरोप लगाइएको छ’ बुधवार जारी गरिएको एक विज्ञप्तिमा न्याय मन्त्रालयले भनेको छ । इ–मेल, इन्क्रिप्टेड च्याट र अन्य माध्यमबाट लगातार सन्देश पठाएको आरोप…
Read More
चीनमा बनेका कारमा इयूको दोहोरो नीति, चिनियाँ उत्पादनलाई थप समस्या

चीनमा बनेका कारमा इयूको दोहोरो नीति, चिनियाँ उत्पादनलाई थप समस्या

काठमाडौं । युरोपियन युनियनले चीनमा बनेका कारमा लाग्ने कर संसोधन गरेको छ । इयूले गरेको संसोधनले चिनियाँ ब्राण्डका उत्पादनलाई थप कठिन बनाएको हो । यूरोप र अमेरिकी ब्राण्डले चीनमा उत्पादन गर्ने कारमा ब्यापक कर कटौतीको निर्णय लिएको इयूले चिनियाँ ब्राण्डका उत्पादनमा कर कटौती अचम्म लाग्दो तरिकाले गरेको हो । इयूको नयाँ निर्णय अनुसार अमेरिकी ब्राण्ड टेस्लाले चीनमा उत्पादन गरेका कारमा दुई महिना अघि घोषणा गरेको २०.८ प्रतिशत करलाई घटाएर ९ प्रतिशतमा सिमित गरेको छ । त्यस्तै बीएमडब्लु र फक्सवागेनका चीनमा निर्मित कारमा लगाइएको ३७.६ प्रतिशत करलाई घटाएर २१.३ प्रतिशत गरेको हो । अमेरिकी र युरोपियन ब्राण्डका मात्रै नभई चिनियाँ ब्राण्डका…
Read More
चिनियाँ ऋणको खतरनाक विश्वव्यापी ‘ह्याङओभर’

चिनियाँ ऋणको खतरनाक विश्वव्यापी ‘ह्याङओभर’

एजेन्सी । सन् २००० को दशकमा भेनेजुएलाका पूर्वराष्ट्रपति ह्युगो चाभेजले आफ्नो देशको आर्थिक भविष्यलाई उदाउँदो चीनसँग बाजी थापे । तेल सम्झौता ऋण र लगानीका लागि अरबौं डलर लिए । यो सुरुमा चुक्ता भयो। चीनले भेनेजुएलाको तेल भोको मान्छेले खाएझैँ गरी खपत गर्‍यो । साटोमा द्रुत गतिको रेल मार्गदेखि पावर प्लान्टसम्मका पूर्वाधार परियोजनालाई वित्तीय सहयोग गर्‍यो । सन् २०१० का वर्षमा यसको हिसाब आयो । तेलको मूल्य घट्यो । तेलको चिनियाँ माग वृद्धिमा सुस्ततासँगै यसको अर्थतन्त्र सुस्त भयो । भेनेजुएलाको तेल निर्यात आय सन् २०११ म ७३ बिलियन डलर थियो । सन् २०१६ मा २२ बिलियन डलरमा झर्‍यो । चाभेज र…
Read More
भ्रष्टाचार आरोपमा चिनियाँ फुटबल पूर्वपदाधिकारीलाई ११ वर्ष जेल, सम्पत्ति जफत गरिने

भ्रष्टाचार आरोपमा चिनियाँ फुटबल पूर्वपदाधिकारीलाई ११ वर्ष जेल, सम्पत्ति जफत गरिने

बेइजिङ । चीनको एक अदालतले फुटबल संघका एक उच्च पूर्वपदाधिकारीलाई घुस लिएको अभियोगमा ११ वर्षको जेल सजाय सुनाएको छ । चिनियाँ फुटबल संघ (सीएफए) का पूर्वउपाध्यक्ष ली युयीलाई हुबेई प्रान्तको जिङझोउस्थित एक अदालतले सोमबार दोषी ठहर गरेको हो । उनलाई एक लाख ४० हजार अमेरिकी डलर जरिवानासमेत गरिएको छ भने भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति जफत गरी राज्यलाई हस्तान्तरण गरिने अदालतले जनाएको छ । सन् २००४ देखि २०२१ को बीचमा १७ लाख अमेरिकी डलर बराबरको रकम र उपहार जम्मा गर्न सीएफएमा आफ्नो पदीय अख्तियारको दुरुपयोग गरेको अभियोगमा लीलाई मार्चमा दोषी ठहर गरिएको थियो । लीले सन् २०१५ देखि २०१९ सम्म सीएफएको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.