अन्तराष्ट्रिय

परराष्ट्रमन्त्री डा. राणाद्वारा भारतका प्रधानमन्त्री मोदीसँग भेटवार्ता

परराष्ट्रमन्त्री डा. राणाद्वारा भारतका प्रधानमन्त्री मोदीसँग भेटवार्ता

नयाँ दिल्ली । भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहनुभएका परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सोमबार साँझ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुभएको छ । सो भेटका क्रममा नेपाल भारत बहुआयामिक सम्बन्धका विविध पक्ष तथा दुई देशको आपसी हित र सरोकारका विषयमा कुराकानी भएको जानकारी उहाँको सचिवालयले दिएको छ । प्रधानमन्त्री माेदीलाई नेपाल भ्रमणको निमन्त्रणा नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका अनुसार,भेटवार्तामा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने र दुई देशबिचको पारस्परिक लाभकारी सहयोग विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको थियो । परराष्ट्रमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्रीलाई नेपालको राजकीय भ्रमणको निमन्त्रणा गर्नु भएको पत्र हस्तान्तरण गर्नु भएको छ । यसअघि…
Read More
मोदीलाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले भने – हाम्रा राष्ट्रहरू बीचको मित्रता बलियो होस्

मोदीलाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले भने – हाम्रा राष्ट्रहरू बीचको मित्रता बलियो होस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ७८ औं स्वतन्त्रता दिवसका अवसरमा शुभकामना दिएका छन् । नेकपा एमाले अध्यक्षसमेत रहेका ओलीले सामाजिक सञ्जाल एक्समार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना दिएका हुन् । ‘स्वतन्त्रता दिवसका दिनले हाम्रा राष्ट्रहरू बीचको मित्रता र सहयोगको बन्धनलाई बलियो बनाओस्। नेपाल–भारत सम्बन्धलाई अगाडि बढाउने कामना छ,’ शुभकामना सन्देशमा उनले लेखेका छन् । आज अगस्ट १५ मा भातमा ७८औँ स्वतन्त्रता दिवस मनाइँदै छ ।
Read More
भारतलाई स्वतन्त्रता दिवसको शुभकामना दिँदै देउवाले भने – सम्बन्ध अझै मजबुत हुँदै जाओस्

भारतलाई स्वतन्त्रता दिवसको शुभकामना दिँदै देउवाले भने – सम्बन्ध अझै मजबुत हुँदै जाओस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको ७८ औं स्वतन्त्रता दिवसका अवसरमा शुभकामना दिएका छन् । पूर्वप्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल एक्समार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना दिएका हुन् । ‘हाम्रा दुई राष्ट्रबीचको मित्रताको सम्बन्ध अझै मजबुत हुँदै जाओस्,र हाम्रा दुवै देशले समृद्धि र नयाँ उचाइ हासिल गरोस्,’ शुभकामना सन्देशमा सभापति देउवाले उल्लेख गरेका छन् । आज अगस्ट १५ मा भातमा स्वतन्त्रता दिवस मनाइँदैछ । यस अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ११ औं पटक लाल किल्लामा राष्ट्रिय झन्डा फहराउने छन् ।
Read More
भारत ७८ औँ स्वतन्त्रता दिवस मनाउँदै, लालकिल्लाबाट मोदीको सम्बोधन

भारत ७८ औँ स्वतन्त्रता दिवस मनाउँदै, लालकिल्लाबाट मोदीको सम्बोधन

काठमाडौँ । भारतले ७८ औँ स्वतन्त्रता दिवस मनाइरहेको छ । हरेक १५ अगस्तमा भारतले स्वतन्त्रता दिवस मनाउने गर्छ । सो अवसरमा नरेन्द्र मोदीले लाल किल्लाबाट तिरङ्गा फहराएका छन् । उनले सो क्रममा आज हामीलाई सास लिने सौभाग्य मिलेको बताएका छन् । लालकिलामा भव्य कार्यक्रम भइरहेको छ । भारतभर र विदेशस्थित भारतीय दूतावासहरुले पनि स्वतन्त्रता दिवस मनाइरहेका छन् । मोदीले सम्बोधनका क्रममा देशका महापुरुषहरुप्रति ऋणी रहेकोसमेत बताएका छन् । ११ औँ पटक तिरङ्गा फहराएका मोदीले आज सरकारले खुद जनताका जरुरत पूरा गरिरहेको बताएका छन् । यसअघि बिहान मोदीले राजघाटमा पुगेर महात्मा गान्धीलाई श्रद्धाञ्जली दिएका थिए । यसपटकको स्वतन्त्रता दिवसको थिम ‘विकसित…
Read More
चिनियाँ ऋणको विश्वव्यापी जाल

चिनियाँ ऋणको विश्वव्यापी जाल

काठमाडौं । देशलाई २ तरिकाले जितेर दास बनाउन सकिन्छ–तरवारले वा ऋणले । दोस्रो बाटो रोज्दै, चीनले औपनिवेशिक युगको अभ्यासहरू अपनाएको छ र चाँडै विश्वको सबैभन्दा ठूलो आधिकारिक ऋणदाता बन्न पुगेको छ । चीनले यसअघि नै विश्व बैंक, विदेशी मुद्रा कोष र आर्थिक सहयोग तथा विकास संगठन (इभ्ऋम्) ऋणदाता राष्ट्रहरू जस्ता अन्तर्राष्ट्रिय रूपमा स्थापित ऋणदाताहरूलाई उछिनेको छ । चीनको ऋणको ठूलो हिस्सा सडक, रेलमार्ग र बन्दरगाह जस्ता ठूला पूर्वाधार परियोजनाहरू र राष्ट्रपति सी जिनपिङको बेल्ट एण्ड रोड इनिसिएटिभअन्तर्गत खानी तथा ऊर्जा उद्योगसँग सम्बन्धित छ । वास्तवमा, चीन ऋण लिने देशको ऋणयोग्यताको मूल्याङ्कन नगरी ऋण दिनको लागि कुख्यात छ । तर सर्वेक्षणले…
Read More
नेपालको आन्तरिक मामिलामा चिनियाँ राजदुतको टिप्पणी सह्य हुँदैछः यादव

नेपालको आन्तरिक मामिलामा चिनियाँ राजदुतको टिप्पणी सह्य हुँदैछः यादव

काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति राजकिशोर यादवले सिमलतालको पहिरोमा परी त्रिशुलीमा बेपत्ता बसको बारेमा चिनियाँ राजदुत छन सोङले दिएको अभिव्यक्ति कुटनीतिक मर्यादा विपरित भएको बताएका छन्। उनले भारतबाट हराएका बसु र यात्रुहरू खोज्नका लागि आएको गोताखोर टोलीका बारेमा चिनियाँ राजदुतले दिएको टिप्पणी दुर्भाग्यपूर्ण रहेको बताए। उनले नेपाल र चीनको बीचमा कसरी राम्रो सम्बन्ध बनाउन सकिन्छ भन्ने मात्रै अधिकार राजदुतलाई हुने भन्दै नेपालको आन्तरिक मामिलामा टिप्पणी गर्ने कुरा सह्य नहुने बताए। यस्ता टिप्पणीले दुई देशबीचको सम्बन्धमा दरार उत्पन्न गराउने उनको भनाइ छ। सभापति यादवले राजदुतले आफ्नो पदीय मर्यादाभन्दा बाहिर गएर आचरण गरेको उल्लेख गरे। उनले अन्तर्राष्ट्रिय सम्बन्ध र…
Read More
भारतीय नौसेनाद्वारा चिनियाँ नाविकको उद्धार

भारतीय नौसेनाद्वारा चिनियाँ नाविकको उद्धार

काठमाडौं । भारतीय नौसेनाले चिनियाँ नाविकको उद्धार गरेको छ । मुम्बईको तट नजिकैबाट भारतीय नौसेनाले एक जना चिनियाँ नाविकको उद्धार गरेको हो । मुम्बईको तटबाट झण्डै ३ सय ७० किलोमिटर टाढा जोङ साङ मेन जहाज समस्यामा परेपछि भारतीय नौसेनाको उद्धार समन्वय केन्द्रलेउद्धार गरेको हो जहाज समस्यामा फसेको सूचना पाएपछि नौसेनाको हवाई केन्द्रले हेलिकोप्टरको सहायताले खोजी अभियान थालेको थियो । भारतीय टेलिभिजन डब्लूआईओएनका अनुसार नौसेनाले ५१ वर्षे ती चिनियाँलाई गम्भीर घाइते भएको अवस्थामा फेला पारेको थियो । उद्धार गरेपछि उनको तत्कालै स्वास्थ्य उपचार गरिएको जनाइएको छ ।
Read More
आतंकवादका घटना बढ्न थालेको भन्दै पाकिस्तानमा प्रदर्शन

आतंकवादका घटना बढ्न थालेको भन्दै पाकिस्तानमा प्रदर्शन

काठमाडौं । आतंकवादका घटना बढ्न थालेको भन्दै पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा प्रदर्शन भएको छ । प्रान्तमा आतंकवादी आक्रमणका घटना बढ्न थालेको भन्दै स्वाबी शहरमा पश्तुन तहफुज मुभमेन्टले प्रदर्शन गरेको हो । पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार मुभमेन्टका नेता लियाकत युसुफजाईको अगुवाइमा भएको प्रदर्शनमा सहभागीहरुले आतंकवादका घटना न्यूनीकरण गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए । पछिल्लो समय खैबर पख्तुनख्वा प्रान्तमा तहरिक ए तालिबान पाकिस्तानका गतिविधि बढ्दै गएको बताइन्छ । यसबाट सो क्षेत्रका नागरिकहरु त्रसित बनेको डनले जनाएको छ । सो क्षेत्रमा तालिबानका नाममा भित्तेलेखनका घटना पनि बढ्दै गएको बताइन्छ ।
Read More
चिनियाँ ईभी स्काइवेलको टेस्ट ड्राइभ: सुरक्षित छैन, चलाउन मिल्दैन

चिनियाँ ईभी स्काइवेलको टेस्ट ड्राइभ: सुरक्षित छैन, चलाउन मिल्दैन

एजेन्सी । चिनियाँ विद्युतीय गाडी स्काइवेलको स्काइवर्थ ईभी ६ ले चिनियाँ सी एनसीएपी सुरक्षा तथा क्र्यास टेस्टमा १ स्टार मात्रै प्राप्त गरेको छ । यसको नतिजा यति खराब किन भयो ? स्काइवेल ईटी ५, इम्पेरियम एसईभी वा एलारिस बीईओको नामले पनि चिनिने यो सवारी चलाउन किन यति खतरनाक छ ? स्काइवर्थ ईभी ६ स्काइवर्थ ईभी ६ पूर्णतया विवादमा तानिएको कार हो । यो सवारीको सर्ट स्टोरी पनि पूर्ण रुपमा संकास्पद घटनाले भरिएको छ। यो एक एनईभी ब्रान्ड हो । जसलाई बस निर्माता नानजिङ गोल्डेन ड्रागन बस र ईभी स्काइवर्थबीचको सहकार्यबाट स्थापित कम्पनी हो । प्रारम्भिक चरणमा यो विद्युतीय सवारी सकाइवेलको…
Read More
चीनमा आँधीका कारण ३ लाख जना मानिस विस्थापित

चीनमा आँधीका कारण ३ लाख जना मानिस विस्थापित

एजेन्सी । चीनमा आएको गेमी आँधीका कारण झन्डै तीन लाख जना मानिस विस्थापित भएका छन् । प्रभावितहरूलाई चिनियाँ उद्धारकर्मीहरूले आज सुरक्षित ठाउँमा सारेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । केही शहरमा सार्वजनिक यातायात, कार्यालय, बजार, विद्यालयलगायत बन्द गरिएको छ । हावाहुरीसँगै परेको वर्षाले पूर्वी चीनमा हिजो सार्वजनिक यातायात स्थगित भएका थिए भने ताइवानमा पाँच जनाको ज्यान गएको थियो । आठ वर्षमा ताइवानमा आएको सबैभन्दा शक्तिशाली आँधीका कारण हिजो ताइवानका केही शहरी भागहरूमा बाढी र डुबानको समस्या आएको छ । फिलिपिन्सको ताइवानतर्फ जाने बाटोमा आँधी र वर्षाका कारण ठाउँठाउँमा पहिरो गएको छ । त्यहाँ २० जनाको ज्यान गएको छ ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.