अमेरिकामा चिनियाँ वैज्ञानिकको हत्या
एजेन्सी। कोरोना भाइरस माथि अनुसन्धान गरिरहेका एक चिनियाँ मूलका वैज्ञानिकको अमेरिकामा हत्या भएको छ । अमेरिकाको पिट्सबर्ग विश्वविद्यालयमा पढाउने एक चिनियाँ वैज्ञानिकको गोली प्रहार गरेर हत्या गरिएको हाे । ती ३७ वर्षीय अनुसन्धानकर्ताको नाम विहग ली को । उनी शनिवार आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए । उनी युनिभर्सिटी अफ पिटर वर्गको स्कुल अफ मेडिसिनमा असिस्टेन्ट प्रोफेसरका रूपमा कार्यरत थिए । उनले कोभिड–१९ को अनुसन्धानको क्रममा निकै महत्त्वपूर्ण तथ्य पत्ता लगाउनै लागेका बेलामा गोली हानेर हत्या गरिएको हो । बिङ लिउ नामक ती रिसर्च असिस्टेन्ट प्रोफेसरलाई शनिबार उनकै सहरमा टाउको, घाँटी, कम्मर र हातमा गोली हानिएको प्रहरी विभागले जानकारी…